PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

  • अक्षय कुमारको 'सेल्फी' रेकर्ड : तीन मिनेटमा खिचे १८४ फोटो, गिनिज बुकमा लेखे नाम

    अक्षय कुमारको 'सेल्फी' रेकर्ड : तीन मिनेटमा खिचे १८४ फोटो, गिनिज बुकमा लेखे नाम

    बलिउड अभिनेता अक्षय कुमारले सबैभन्दा धेरै सेल्फी खिचेर गिनिज बुक वर्ल्ड रेकर्ड कायम गरेका हुन्। उनले तीन मिनेटमा १८४ सेल्फी खिच्दै गिनिज बुक वर्ल्ड रेकर्ड कायम गरेका हुन्। अक्षय बुधवार आउँदै गरेको उनको फिल्म ‘सेल्फी’ को मुम्बईमा आयोजित प्रमोसन कार्यक्रममा पुगेका थिए। जहाँ उनले आफ्ना फ्यानहरु फोटो खिच्दै यो रेकर्ड बनाउन सफल भएका हुन्। कार्यक्रमको भिडियो इन्स्टाग्राममा राख्दै अक्षयले आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • अस्करले बनायो 'क्राइसिस टिम' :स्मिथको थप्पड काण्डजस्ता घटना रोक्न

    अस्करले बनायो 'क्राइसिस टिम' :स्मिथको थप्पड काण्डजस्ता घटना रोक्न

    अस्कर अवार्डको ९५ औं संस्करण १२ मार्चमा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ। यसैबीच, यस वर्षको अवार्ड समारोहमा एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ‘क्राइसिस टिम’ को घोषणा गरेका छन्।   गत वर्ष अवार्ड समारोहमा अमेरिकी अभिनेता विल स्मिथ र क्रिस रकबिच भएको घटनालाई ध्यानमा राखेर 'क्राइसिस टिम' गठन गरिएको हो। जसको उद्देश्य हो : अवार्डका क्रममा  विवादित…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले आममाफी दिएर छुटेका पनि लाखौंको धनमाल चोरीमा : प्रमाण लुकाउने यस्ता छन् चोरका हजार दाउ

    राष्ट्रपतिले आममाफी दिएर छुटेका पनि लाखौंको धनमाल चोरीमा : प्रमाण लुकाउने यस्ता छन् चोरका हजार दाउ

    काठमाडौं : काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पाँचथर हिलिहाङ गाउँपालिका घर भएका ४३ वर्षीय राजकुमार योङ्या लिम्बु, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेशम रुम्बा, धादिङ नीलकण्ठ नगरपालिकाका ४३ वर्षीय सागर तामाङ, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका ५२ वर्षीय पेम्बा लामा र मुस्ताङका ४१ वर्षीय डिमा वाङ्दी…

    विस्तृतमा पढ्नुस्

  • पुरानो गठबन्धन ब्युतिँनेबारे फाइनल नभएको प्रचण्डको भनाई, राष्ट्रपतिको उम्मेदवारबारे भने : १३ गते त टुंगो लागिहाल्छ नि

    पुरानो गठबन्धन ब्युतिँनेबारे फाइनल नभएको प्रचण्डको भनाई, राष्ट्रपतिको उम्मेदवारबारे भने : १३ गते त टुंगो लागिहाल्छ नि

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै पुरानो गठबन्धन ब्युँतने कुनै तयारी नभएको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। बुधवार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि पुरानै पाँच दलीय गठबन्धन ब्युँतने प्रयासमा लागेको बताइएको थियो। यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने – अहिले फाइनल भएको छैन। दलहरु राष्ट्रपतिको उम्मेदवार तय गर्न…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिका लागि माधव नेपालको दौडधुप, सिंहदरबारमा प्रचण्डसँग वार्ता

    राष्ट्रपतिका लागि माधव नेपालको दौडधुप, सिंहदरबारमा प्रचण्डसँग वार्ता

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सिंहदरवारमा भेटवार्ता भइरहेको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड- नेपालबिच वार्ता भइरहेको हो। पुरानो पाँच दलीय गठबन्धन ब्युँताउन प्रचण्ड- नेपालबिच वार्ता भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।  नेपालले राष्ट्रपतिमा दाबी गरिरहेका छन् भने सत्ता गठबन्धनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाललाई नै राष्ट्रपतिमा प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरु आन्तरिक कसरतमा

    राष्ट्रपतिको उम्मेदवार तय गर्न दलहरु आन्तरिक कसरतमा

    काठमाडौं : राष्ट्रपतिको उम्मेदवार तय गर्न शीर्ष दलका नेताहरु आन्तरिक कसरतमा जुटेका छन्। शनिवार राष्ट्रपतिको उम्मेदवारको मनोनयनको कार्यतालिका रहेको छ। कांग्रेसले राष्ट्रपतिको उम्मेदवार तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बैठक जारी छ। बैठकले कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार तय गर्नेछ। यसअघि कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक भेटिसकेको छ। प्रधामन्त्री निवास बालुवाटार…

    विस्तृतमा पढ्नुस्

  • नौ महिनाअघिको तारा एयर दुर्घटनाको अन्तिम प्रतिवेदन : इञ्जिनियरिङ लापरबाहीसँगै मानवीय त्रुटि

    नौ महिनाअघिको तारा एयर दुर्घटनाको अन्तिम प्रतिवेदन : इञ्जिनियरिङ लापरबाहीसँगै मानवीय त्रुटि

    काठमाडौं : नौ महिनाअघि पोखरा-मुस्ताङ उडानका क्रममा दुर्घटना भएको तारा एयरको प्रतिवेदन सार्वजनिक भएको छ। अन्तिम प्रतिवेदनको मस्यौदाले जहाजको इञ्जिनियरिङसँगै मानवीय त्रुटि नै सम्भावित कारण भएको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको जाँचबुझ आयोगले बुधवार प्रतिवेदन पेश गरेको हो। यो दुर्घटनाको सम्भावित कारण जहाजको इञ्जिनियरिङ र मानवीय त्रुटि रहेको आयोगका संयोजक रतिशचन्द्रलाल सुमनले बताए। जहाजमा ‘टरेन’को…

    विस्तृतमा पढ्नुस्

  • जन्मदिनमा प्रचण्डमाथि ओलीको प्रहार : बुद्ध जन्मेको देशमा हिंसाको धङधङी अझै छ, क्यालेन्डरमै राखेर हिंसा दिवस मनाए

    जन्मदिनमा प्रचण्डमाथि ओलीको प्रहार : बुद्ध जन्मेको देशमा हिंसाको धङधङी अझै छ, क्यालेन्डरमै राखेर हिंसा दिवस मनाए

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले हिंसालाई राष्ट्रिय दिवस मनाएर दुखद निर्णय गरेको दाबी गरेका छन्। आफ्नो जन्मदिनमा भक्तपुरस्थित बालकोटमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले माओवादीमा अझै हिंसाको धङधङी बाँकी रहेको देखिएकोसमेत बताए। 'हाम्रो देश बुद्धको जन्मथलो। शान्तिको देशमा हिंसा भयो। हिंसा टुंगिएको थियो। हिंसाको धङ्धङीचाहि अझै पनि छ जस्तो देखिन्छ। मानिसहरुका क्रियाकलाप र व्यवहारमा,' ओलीले…

    विस्तृतमा पढ्नुस्

  • तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं : सुनको मूल्य बिहीवार केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। बुधवार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बिहीवार चाँदी प्रतितोला एक हजार २ सय ८५ रुपैयाँ कायम छ। बुधवार चाँदी…

    विस्तृतमा पढ्नुस्

  • विदेशतिर बसाइँ सरेकाहरुको रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

    विदेशतिर बसाइँ सरेकाहरुको रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ

    सुमनजंग थापा- कुश्मा : सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ, आर्थर डाँडाखर्क। गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत गर्छ। तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन्। हरेकजस्तो…

    विस्तृतमा पढ्नुस्

  • निर्माण व्यवसायी मनोज भेटवाल चेक बाउन्सको मुद्दामा पक्राउ

    निर्माण व्यवसायी मनोज भेटवाल चेक बाउन्सको मुद्दामा पक्राउ

    काठमाडौं : निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई पक्राउ गरेको हो। चेक बाउन्सको मुद्दामा बुधवार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। निर्माण व्यवसायी भेटवाल पटक-पटक पक्राउ पर्दै आएका छन्। भेटवाललाई चार वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा समेत पक्राउ गरेको थियो। त्यसपछि पनि उनलाई बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • इजरायली सेनाको आक्रमणबाट कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु

    इजरायली सेनाको आक्रमणबाट कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु

    इजरायली सेनाको आक्रमणबाट कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा सेनाको आक्रमणबाट दर्जनौं अन्य घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बुधवार बिहान सेनाहरू पुरानो शहर नाब्लसमा प्रवेश गर्दा प्यालेस्टाइनी बन्दुकधारीहरूसँग सशस्त्र झडप सुरु भएको थियो। इजरायली सेनाले आत्मसमर्पण गर्न अस्वीकार गर्ने घरभित्र लुकेर बसेका तीन जना लडाकूलाई मारेको बताएको छ। घरबाहिर मारिएकामध्ये दुई वृद्ध…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी आरबी लाइपजिगसँग बराबरीमा रोकिएको छ। अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब सिटी जर्मन क्लब लाइपजिगसँग १-१ गोलको बराबरीमा रोकियो। लाइपजिगको घरेलु मैदान रेड बुल एरेनामा सम्पन्न खेलमा सिटीले पहिलो हाफमै अग्रता बनाएको थियो। सिटीका लागि २१ औं मिनेटमा रियाद महरेजले इल्के गुण्डोगनको पासमा गोल गरेका थिए। पहिलो हाफमा एक…

    विस्तृतमा पढ्नुस्

  • ग्रीन ग्याङका ‘लिडर’ अनमोलको रोयल मनाङ र बारुलाजसँग टकराब

    ग्रीन ग्याङका ‘लिडर’ अनमोलको रोयल मनाङ र बारुलाजसँग टकराब

    काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’को ट्रेलर सार्वजनिक भएको छ। यस वर्षको बहुप्रतिक्षित फिल्मको ट्रेलरले तीन ग्याङबिचको द्वन्द्वलाई पछ्याउँछ। फिल्मले रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथालाई समेटेको छ। जसको उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन गर्नु र बिक्रीबाट पैसा कमाउनु हुन्छ। जहाँ ग्याङस्टार लुकमा देखिएका अनमोललाई ग्रीन ग्याङको ‘लिडर’को रुपमा प्रस्तुत गरिएको छ। निगम…

    विस्तृतमा पढ्नुस्

  • तीन घन्टाभन्दा लामो छलफलमा भएन प्रचण्ड–देउवाबीच सहमति, पुरानो गठबन्धन ब्युँताउने जोडमा कांग्रेस

    तीन घन्टाभन्दा लामो छलफलमा भएन प्रचण्ड–देउवाबीच सहमति, पुरानो गठबन्धन ब्युँताउने जोडमा कांग्रेस

    काठमाडौंः राष्ट्रपति निर्वाचनको मनोनयन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरु उम्मेदवार चयनको रस्साकस्सीमा छन्। पूर्व सहमति विपरीत सत्ता गठबन्धनमा मतभेद भएपछि उम्मेदवार चयन हुन सकेको छैन। विपक्षी दल कांग्रेस आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिमा छ। सत्ता गठबन्धनमा आवद्ध एमाले आफ्नो उम्मेदवारलाई जिताउने रणनीतिमा छ। फागुन १३ गतेको मनोनयन नजिकिँदै जाँदा दलहरु आ–आफ्नो उम्मेदवारको पक्षमा बहुमत जुटाउन कसरत गरिरहेका छन्। पछिल्लो समय कांग्रेस,…

    विस्तृतमा पढ्नुस्

  • स्पट फिक्सिङका आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    स्पट फिक्सिङका आरोपित तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौंः नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाका तीन आरोपितलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले महबुब आलम र मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहाको आदेश दिएको हो। जनही तीन लाख रुपैयाँ धरौटी उनीहरुसँग माग गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फागुन ५ गते मुद्दा दर्ता गरेको थियो। प्रतिवादी पाँच…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल भेट्नसाथ देउवा पुगे बालुवाटार, ओली पुगेका थिए बिहानमात्रै

    माधव नेपाल भेट्नसाथ देउवा पुगे बालुवाटार, ओली पुगेका थिए बिहानमात्रै

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका छन्। राष्ट्रपतिबारे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट सकिएलगत्तै देउवा बालुवाटार पुगेका हुन्। बालुवाटारमा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न पुगेको उनको सचिवालयले जनाएको छ। शनिवार राष्ट्रपतिको उम्मेदवार मनोनयन हुँदैछ। बिहानमात्रै प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेका थिए। ओलीले प्रचण्डलाई राष्ट्रपतिमा एमालेको तर्फबाट एकीकृत समाजवादीका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुर गोल्डकप : मनाङ मर्स्याङ्दी च्याम्पियन, कप्तान दीप कार्कीलाई बुलेट बाइक

    मकवानपुर गोल्डकप : मनाङ मर्स्याङ्दी च्याम्पियन, कप्तान दीप कार्कीलाई बुलेट बाइक

    हेटौंडा : पाँचौ स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्याङदीले जितेको छ। हेटौंडा–४ स्थित पिप्ले क्याम्प रंगशालामा बुधबार भएको फाइनलमा हिमालयन शेर्पालाई १–० ले हराउँदै मनाङ च्याम्पियन बनेको हो। मनाङलाई उपाधि दिलाउन रोशन राना मगर एकमात्रै गोल काफी बन्यो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७८ औँ मिनेटमा रोशनले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिबारे छलफल गर्न पार्टीका नेताहरुसहित माधव नेपाल पुगे देउवा निवास

    राष्ट्रपतिबारे छलफल गर्न पार्टीका नेताहरुसहित माधव नेपाल पुगे देउवा निवास

    काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न धुम्बाराही पुगेका छन्। राष्ट्रपतिका विषयमा छलफल गर्न आफू निकट नेताहरु लिएर नेपाल धुम्बाराही पुगेका हुन्। नेताहरुबीच छलफल जारी रहेको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 'एकीकृत समाजवादीका अध्यक्ष आउनुभएको छ। सभापतिसँग उहाँको छलफल जारी छ,' स्वकीय सचिव देउवाले भने। पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले…

    विस्तृतमा पढ्नुस्

  • ‘हेरा फेरी ३’को छायाङ्कन सुरु, ‘राजु’को भूमिकामा अक्षय कुमार नै

    ‘हेरा फेरी ३’को छायाङ्कन सुरु, ‘राजु’को भूमिकामा अक्षय कुमार नै

    बलिउड फिल्म ‘हेरा फेरी ३’को छायाङ्कन सुरु भएको छ। पहिलो र दोस्रो सिक्वेलको सफलतापछि यस फिल्ममा पनि अक्षय कुमार, सुनील सेट्टी र परेश रावललाई पर्दामा देख्न पाइने भएको छ। ‘हेरा फेरी’को तेस्रो पार्ट घोषणादेखि नै चर्चामा छ। यसअघि अक्षयले स्क्रिप्ट मन नपरेको भन्दै तेस्रो भागमा नजोडिने बताएका थिए। जसकारण उनको ठाउँमा कार्तिक आर्यन देखिने कुरा भएको थियो। तर, दर्शकले अक्षय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell