PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिडको सानदार पुनरागमन, लिभरपुलको फराकिलो हार

    दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिडको सानदार पुनरागमन, लिभरपुलको फराकिलो हार

    यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुल रियल मड्रिडसँग पराजित भएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग घरेलु मैदानमा ५-२ गोलअन्तरले पराजित भएको हो। खेलको चौथो मिनेटमै मोहम्मद सलाहको पासमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै १५ औं मिनेटमा सलाहले लिभरपुलका लागि दोस्रो गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज बस्दै छ। प्रदेशसभा सचिवालयले सोमवार सूचना जारी गर्दै बुधवारको लागि प्रदेशसभा बैठक आह्वान गरेको थियो। बैठक बुधवार दिउँसो २:१० बजे बस्नेछ। उक्त बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेश हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेश गरिनेछ।…

    विस्तृतमा पढ्नुस्

  • आउने भयो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन, प्रियंका कार्कीलाई दिइयो यस्तो भूमिका

    आउने भयो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन, प्रियंका कार्कीलाई दिइयो यस्तो भूमिका

    काठमाडौं : ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आगामी चैत २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ। कलाकार जितु नेपाल (मुन्द्रे)को उक्त शोको मंगलवार औपचारिक घोषणा भएको छ। शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन्। कलाकारहरूमा भने दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा रहने नेपालले जानकारी दिए। साथै, जोश र जागर भएको टिम भएकाले शो राम्रो बन्नेमा जितु आशावादी देखिएका छन्। त्यसैगरी, अभिनेत्री…

    विस्तृतमा पढ्नुस्

  • फागुन १२ देखि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन हुने

    फागुन १२ देखि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन हुने

    काठमाडौं: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ सम्म हुने भएको छ । महाधिवेशन धादिङको धादिङ वेशीमा हुने छ । २६ हजार ११८ जना सदस्य रहेको प्रतिष्ठानको महाधिवेशनको सबै तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए।  ‘खर्च कम गर्नका लागि हामीले महाधिवशेन ३ दिनका लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय मातृभाषा दिवस : मधेश प्रदेशको कामकाजी भाषाको टुंगो लाग्न नसकेकोमा चिन्ता

    अन्तर्राष्ट्रिय मातृभाषा दिवस : मधेश प्रदेशको कामकाजी भाषाको टुंगो लाग्न नसकेकोमा चिन्ता

    जनकपुरधाम : जनकपुरधाममा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रदेशको कामकाजी भाषाको निष्कर्ष लाग्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। मुलुकमा संघीयता आएपछि प्रदेशमा एक कार्यकाल सरकार चलिसकेपनि प्रदेशको कामकाजी भाषाको विषयमा कुनै निष्कर्ष लगाउन नसक्नु दुःखद रहेको वक्ताहरुले बताए। सो कार्यक्रममा वक्ताहरुले प्रश्न गरे, ‘एक कार्यकाल सरकार चलिसक्यो, प्रदेशको कामकाजी भाषा कहिले बनाउने?’ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित…

    विस्तृतमा पढ्नुस्

  • मायादेवी मन्दिरमा नयाँ प्रविधिको गजुर

    मायादेवी मन्दिरमा नयाँ प्रविधिको गजुर

    बुटवल : लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा आधुनिक गजुर राखेको छ। गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको आधुनिक गजुर राखिएको हो। गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ। मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्यान्डमाथि नेपालको कठिन जित : फितलो ब्याटिङ, कप्तानको करणसँग सुझबुझपूर्ण साझेदारी

    स्कटल्यान्डमाथि नेपालको कठिन जित : फितलो ब्याटिङ, कप्तानको करणसँग सुझबुझपूर्ण साझेदारी

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ को च्याम्पियन स्कटल्यान्ड लिग २ को आफ्नो अन्तिम खेल पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित निकालेको हो। नेपाललाई जित दिलाउन कप्तान रोहितकुमार पौडेल नायक रहे। उनले १०१ बलमा ७ चौका र ४ छक्काको सहायतमा अविजित ९५ रन बनाए। त्यस्तै अहम घडीमा साझेदारी गरेका करण…

    विस्तृतमा पढ्नुस्

  • ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन बुधबारबाट

    ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन बुधबारबाट

    बुटवल : पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन बुटवलमा भोलि (बुधबार) हुने भएको छ। इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको रियालिटी शो को बुटवल अडिसनबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। रियालिटी शो का निर्देशक एलिन श्रेष्ठले बुटवलमा फिल्ड अडिसन बुधवार हुने जानकारी दिए। उनका अनुसार नेपालगन्जमा…

    विस्तृतमा पढ्नुस्

  • मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसेपछि...

    मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसेपछि...

    उर्लाबारी : मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्। हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्। चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। गए राति मिक्लाजुङ-६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्‍याएका छन्। सोमवार राति पनि हात्तीको बथान गाउँ पसेर स्थानीय हरि…

    विस्तृतमा पढ्नुस्

  • बाइडेन किभ पुगेको भोलिपल्टै पुटिनले गरे देशवासीको नाममा सम्बोधन : हामी अमेरिकासँग झुक्दैनौं

    बाइडेन किभ पुगेको भोलिपल्टै पुटिनले गरे देशवासीको नाममा सम्बोधन : हामी अमेरिकासँग झुक्दैनौं

    रुसले युक्रेनमा आक्रमण थालेको २४ फेब्रुअरीमा वर्षदिन पुग्दैछ। यसको ठीक ३ दिन अघि रुसका राष्ट्रपति भ्लादमिर पुटिनले देशवासीको नाममा सम्बोधन गर्दैछन्। सम्बोधनको क्रममा पुटिनले आफूले युद्ध हुन नदिन अनेकन प्रयास गरे पनि नेटो र अमेरिकाले यस्तो हुन नदिएको दाबी गरेका छन्। अहिले पनि युद्ध रोक्न आफूहरुले वार्ता चाहेको उनले बताएका छन्। पश्चिमी राष्ट्रका नेताहरुले लगातार झुटा कुरा गर्ने र धोका…

    विस्तृतमा पढ्नुस्

  • रोहितको अर्धशतक,ब्याटिङको फेरि कमजोर लय?

    रोहितको अर्धशतक,ब्याटिङको फेरि कमजोर लय?

    काठमाडौँ: नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा पौडेलले नेपालको ब्याटिङ धरासायी भएको अवस्थामा अर्धशतक बनाएका हुन्। पौडेलले ५४ बलमा ४ चौका र २ छक्काको सहायतामा अर्धशतक बनाएका हुन्। अहिले क्रिजमा करण केसी र पौडेल छन्। नेपालले ३२.२ ओभरमा १४० रन बनाएको छ। ओपनर कुशल भुर्तेललाई १ रनमा गुमाएर सुरु भएको नेपालको विकेट पतनको शृङखला…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन

    राष्ट्रपति भण्डारीद्वारा हेटौंडा अस्पताल उद्घाटन

    हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नव निर्मित भवनको उद्घाटन् गरेकी छन्। संघीय सरकारको ३५ करोड ३२ रुपैयाँ लागतमा निर्मित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको ३ तले भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्। प्रतिष्ठानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ मानिसबाटमात्रै स्वस्थ समाज र सुदृढ राज्य निर्माण कार्यलाई यथार्थ कार्यरूप दिने र प्रतिष्ठानले यो अभियानमा महत्वपूर्ण भूमिका निर्वाह…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई स्कटल्याण्डले दियो २ सय १३ रनको लक्ष्य

    नेपाललाई स्कटल्याण्डले दियो २ सय १३ रनको लक्ष्य

    काठमाडौँ: नेपाली क्रिकेट टोलीले जितका लागि २ सय १३ रनको लक्ष्य प्राप्त गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो। सुरुवाती ब्याटिङ गरेको स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६० रन बनाउँदा ब्रान्डन म्याकमुलेनले ३१…

    विस्तृतमा पढ्नुस्

  • ‘नांगो गाउँ’ मा जोडिए साम्राज्ञी र कार्म

    ‘नांगो गाउँ’ मा जोडिए साम्राज्ञी र कार्म

    काठमाडौं : फिल्म ‘नांगो गाउँ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह र कार्म अनुबन्धित भएका छन्। सोमवार उनीहरुसँग निर्माणपक्षले लिखित सम्झौता गरेको हो। फिल्ममा आफूहरुको भूमिका निकै मन परेर जोडिएको दुवै कलाकारको भनाइ छ। साम्राज्ञी र कार्मले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन्। दिपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्ममा यसअघि नै दयाहाङ राई र मिरुना मगर फाइनल भइसकेका छन। योसँगै निर्माणपक्षले कलाकारको लाइनअप…

    विस्तृतमा पढ्नुस्

  • आज शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसार मनाइँदै

    आज शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसार मनाइँदै

    काठमाडौं : आज शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसार (नयाँ वर्ष) मनाइँदै छ। हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ। यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा ७५ तोला चाँदीसहित झापाका एक युवक समातिए

    सप्तरीमा ७५ तोला चाँदीसहित झापाका एक युवक समातिए

    काठमाडौं : भारतीय सीमा क्षेत्र नजिकैबाट प्रहरीले अवैध रुपमा ल्याएको चाँदी बरामद गरेको छ। सप्तरीको कल्याणपुर बजारबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएका चाँदीका गरगहनाहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। झापाको शिवसतासी नगरपालिका वडा नम्बर ११ बस्ने ३१ वर्षीय कुमार तिरुवा विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। उनको साथबाट पत्थरबिनाको बाला थान १६, ब्रासलेट ३ थान र चाँदीका टुक्राहरू गरी जम्मा तौल गर्दा ७५…

    विस्तृतमा पढ्नुस्

  • टर्कीएमा फेरि गए दुई ठूला परकम्प, कम्तीमा ४ जनाको मृत्यु

    टर्कीएमा फेरि गए दुई ठूला परकम्प, कम्तीमा ४ जनाको मृत्यु

    टर्कीएमा पुनः दुई ठूला परकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। दुई परकम्प गएसँगै उद्धारकर्ताहरु पुनः भग्नावशेषमा फसेका मानिसहरुको खोजी तथा उद्धार गर्ने कार्यमा लागेका छन्। फेब्रुअरी ६ मा गएको भूकम्पले तहसनहस भएको सिरियाको सीमानजिकको क्षेत्रमा सोमवार ६.४ र ५.८ म्याग्निच्युड को परकम्प गएको हो। ठूलो भूकम्पका कारण सिरिया र टर्कीएमा गरी ४४ हजार मानिस मृत्यु भएको छ भने…

    विस्तृतमा पढ्नुस्

  • नेपालले टस जित्यो, प्लेइङ ११ मा को-को?

    नेपालले टस जित्यो, प्लेइङ ११ मा को-को?

    काठमाडौं : नेपालले स्कटल्याण्डविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा जारी नेपाल, नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल फेरि पहिला बलिङमा उत्रिएको हो। जारी सिरिजका यसअघिका तीन वटै खेलमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जित्दै बलिङ रोजेका थिए। घरेलु मैदानमा जारी सिरिजमा तीनवटा खेल ब्याक-टू-ब्याक जितेको नेपाल लगातार चौथो खेल जित्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका प्रदेश १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। मंगलवार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी चार वर्षपछि मकवानपुर आउँदै, हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन गर्ने

    राष्ट्रपति भण्डारी चार वर्षपछि मकवानपुर आउँदै, हेटौंडा अस्पतालको नयाँ भवनको उद्घाटन गर्ने

    हेटौंडा : राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन आज हेटौंडा आउने भएकी छन्। भण्डारी चार वर्षपछि मकवानपुर आउन लागेकी हुन्। प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पचालको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउने तय भएको प्रतिष्ठानले जानकारी दिएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकप्टरमा हेटौंडा आउने र अस्पताल भवनको उद्घाटनपश्चात पुनः काठमाडौं फर्किने जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell