इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले वेस्टहमलाई हराएको छ। टोटेनहम हट्सपर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले वेस्टहमलाई २-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५६ औं मिनेटमा इमर्सनले बेन डेभिसको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै ७२ औं मिनेटमा ह्यारी केनको पासमा सन ह्युङ मिनले गोल गर्दा टोटेनहम २-० गोलअन्तरले विजयी भएको…
काठमाडौं : लघुकथा समाज नेपालले ‘सावित्री–केशर कथा सम्मान—२०७९’ कथाकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने)लाई प्रदान गरेको छ। त्यस्तै समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान—२०७९’ लघुकथाकार कल्याण पन्तलाई प्रदान गरेको छ। दुवै सम्मानका साथ नगद राशि २१ हजार रुपैयाँको थैली पनि प्रदान गरियो। थैली पुरस्कार संस्थापकहरू हरि थापा र भैरवी थापाले प्रदान गरे। आइतबार बिहान काठमाडौंमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सम्मानित…
बुटवलः लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) सामेल भएको छ। आइतबार जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेका छन्। जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा स्थानान्तरण गरेर अहिरलाई मन्त्री बनाइएको हो। मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी…
काठमाडौँ: नेपाल एथलेटिक्स संघको आयोजनामा फागुन २३ गतेबाट नेपालमा १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसीप आयोजना हुने भएको छ। नेपाल एथ्लेटिक्स संघले आज पत्रकार सम्मेलन गर्दै दुई दशकपछि नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो। उकालो, ओरालो र कच्ची सडकहरुलाई समेटेर तयार पारिएको कोर्षमा संचालन हुने यो प्रतियोगिता २००१मा नेपालले आयोजना गरिसकेको छ। १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसीमा नेपाली…
काठमाडौँ: प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकलतर्फ उपाधि जितेका छन्। नेपाल पुलिस क्लबका प्रिन्सले एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै 'ह्याट्रिक' उपाधि जित्न सफल भएका हुन्। यसपटकको उपाधि जित्न दाहालले आर्मीका फुल महर्जनलाई हराए। प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उपाधि जितेका हुन्। पहिलो सेट सहज जित…
जनकपुरधाम : नेकपा एमालेले रौतहट स्थित मौलापुर नगरपालिकाकी मेयर रिना साहलाई साधारण सदस्य नरहने गरि कारवाही गरेको छ। यसैगरी अरु १० जना नेता तथा कार्यकर्तालाई कारवाही गरेको नेकपा एमाले मधेश प्रदेश समितिको सचिवालयले जनायो। शनिवार बसेको बैठकबाट एमाले मधेश प्रदेश समितिका उपाध्यक्ष रेवती पन्तसहित १० जनालाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै ३ महिनाका लागि कारवाही गरेको हो। मौलापुर नगरपालिकाकी…
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको समृद्धि र विकासका लागि तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। स्थानीय तह जनताको ढोका अगाडि भएकाले प्रदेश र संघका योजनामा चासो राख्नुपर्ने र समयमा पूरा गराउन सहयोग गर्नुपर्ने बताए। आइतवार गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको बुटवलमा आयोजित दोस्रो अधिवेशनमा मुख्यमन्त्री गिरीले जुनसुकै सरकारका योजना भएपनि विकास गर्ने थलो…
जनकपुरधाम : जनकपुरधाममा फागुन ११ गतेदेखि तीन दिवसीय चौथो ‘जनकपुर साहित्य महोत्सव-२०२३’ हुन लागेको छ। नवमिथिला फाउण्डेशनको आयोजनामा हुन लागेको महोत्सवको चौथो संस्करण फागुन ११ गते देखि १३ गतेसम्म चल्ने भएको हो। २०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ओपन-एयर प्यानलमा छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनका…
काठमाडौं : भारतसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ। नेपालले भारतसँग गत बुधवार र शनिवार दुई मैत्रीपूर्ण खेल खेलेको थियो। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा सम्पन्न दुवै खेलमा नेपाल र भारत बराबरीमा रोकिएका छन्। पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारत २-२ गोल र दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएका हुन्। स्वदेश फर्किएका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा 'एक्जिट पोलिसी' नहुँदा अहिलेको विकराल समस्या निस्किएको बताए। कर्णाली उत्सवको कुडा कर्णाली अन्तरगत तेस्रो दिन 'सग्लो समाज र सङ्लो राजनीति' सेसनमा शर्माले उक्त भनाइ राखेका हुन्। राजनीतिमा पस्ने ढोका भए पनि निस्कने ढोका नहुँदा शक्ति घट्ने भय नेताहरुमा हुने शर्माको भनाई थियो। 'एक्जिट पोलिसी भएन पोलिटिक्समा। यहाँ कसैले विश्वप्रकाश शर्मा पोलिटिक्सबाट…
बुटवल : पाल्पामा ससुराली गएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। पाल्पाको रिब्दिकोट गाउँपालिका-४ भार्कोट स्थायी घर भई रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ बस्दै आएका ४५ वर्षीय थानेश्वर सुवेदी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। प्रवक्ता थापाका अनुसार सुवेदी गएको शुक्रवार श्रीमती कोपिलासँगै रिब्दिकोट गाउँपालिका-४ भार्कोटस्थित ससुरालीमा पुगेका थिए। शनिवार बेलुका…
सांगीतिक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा सम्पन्न गरेको छ। अष्ट्रेलियाली टापु तासमानियामा गत शुक्रवार बेलुकी अन्तिम प्रस्तुतिसँगै नेपथ्य अष्ट्रेलिया यात्राको समापन भएको छ। अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो। नेपथ्यलाई दोश्रोपटक सहरमा पाएर नेपालीहरुले नेपथ्यका गीतमा कलाकारसँगै गीत गाउँदै रमाएका थिए। कार्यक्रममा ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ…
आइतवार बिहानै इजरायलले सिरियाको राजधानी दमस्कसमा मिसाइल प्रहार गरेको छ। दमस्कसको एक भवनमा मिसाइल प्रहार हुँदा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ। काफर सोउसेको रिहायसी इलाकामा भएको घटनामा परी केही व्यक्तिहरु घाइतेसमेत भएका छन्। यो क्षेत्रमा सिरियाका सुरक्षा एजेन्सी, इन्टेलिजेन्स हेडक्वार्टर तथा वरिष्ठ सैन्य अधिकारिहरुको घर रहेको बताइएको छ। सिरियाको रक्षा मन्त्रालयले गोलन हाइट्सको तर्फबाट अरु क्षेत्रमा पनि…
चितवन : वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ। नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३…
काठमाडौं : नेपाल कला, भाषा र साँस्कृतिक विविधताले भरिपूर्ण देश हो। जसमध्ये मगरको कौरा, लिम्बुको हाक्पारे, च्याब्रुङ नाच, ख्याली र पालम चर्चित छन्। त्यसैगरी, नेवार समुदायको दाफा खल: र गन्धर्व समुदायको गीतसंगीत पनि नेपालको पहिचान हुन्। तिनै संस्कृति झल्काउने सांगीतिक कार्यक्रम झम्सीखेलस्थित 'पोर्क हब'मा हिजो देख्न पाइयो। कार्यक्रममा स्थानीय समुदायको संस्कृति झल्किने भेषभुषासहितको प्रस्तुतिमा दर्शकहरु कलाकारहरुसँगै झुमे। स्थानीय कलाकारसँगै दर्शक नाच्दा माहोल तातेको…
काठमाडौं : फागुन १ गते काठमाठौंको माछापोखरी, बालाजु र गोगंबुलगायत क्षेत्रमा तोडफोड, आगजनी तथा मोबाइल लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ तथा खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। तीन वटै टोलीले अहिलेसम्म ४५ जना भन्दा बढीलाई पक्राउ गरेको छ। जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दा र आपराधिक उपद्रव गर्न…
काठमाडौं : ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतवार नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्यो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत विशिष्ट अतिथि उपस्थित समारोहमा सेनाले विविध कला प्रस्तुत गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्। समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने सहमतिको आवश्यकता भएको प्रचण्डले बताए।
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन्। नेपाल प्रहरीले माघ १९ गते सांसद चौधरीललाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो। जिल्ला कारागार धनगढीबाट आइतवार बिहान उनी रिहा भएका हुन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन्। उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन्। आइतवार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने सहमतिको आवश्यकता भएको प्रचण्डले बताए। जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव रहेको उनको भनाइ छ। ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौँदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय…
दक्षिण कोरियाको राजधानी सियोलमा महिलाका लागि मात्र तोकिएको पार्किङ क्षेत्र हटाउने निर्णय गरिएको छ। ‘बेसमेन्ट’मा लैङ्गिक हिंसाका घटना बढेपछि सन् २००९ मा यो नियम लागू गरिएको थियो। जसअनुसार पार्किङ क्षेत्रमा महिलाका लागि छुट्टै गाडी राख्न स्थान तोकिएको थियो। १४ वर्षपछि सो नियम परिवर्तन भएपछि आलोचना पनि भइरहेको छ। आलोचकहरुले यसलाई सरकारको महिला अधिकार विरोधी ‘एन्टी फेमिनिस्ट’ निर्णय पनि भनेका छन्।…