काठमाडौं : आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। देशभर विभिन्न कार्यक्रमहरु गरेर प्रजातन्त्र दिवस मनाउन लागिएको हो। २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते यो दिवस मनाइन्छ । सरकारले प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाइने बताएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रवार सबै प्रदेशका मुख्यमन्त्री तथा…
काठमाडौं : छुकछुक छुकछुक रेलकै बाटो गुडेर भुरभुर भुरभुर आकाशमै उडेर जादैँछन् युवा विदेशमा देशै रित्तो पारेर युवा सशक्तीकरणमा आधारित ‘छुकछुक…
काठमाडौं: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ भोलि सार्वजनिक गर्दैछ। २०७८ पुस १७ देखि २०७९ पुस १६ गते सम्म देशभर भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका तथ्याङ्क संकलन गरेर वर्ष पुस्तक सार्वजनिक हुन लागेको हो। इन्सेकका अनुसार सन् २०२२ मा हत्याका घटनामा देशभरि महिला र पुरुष गरि ३३२ जना पीडित भए। बलात्कारका घटनामा बालिकासमत गरि…
काठमाडौं : नामिबियालाई हराउँदै नेपालले जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले नामिबियामाथि ३ विकेटको जित निकालेसँगै नेपालले ‘ब्याक-टू-ब्याक’ तीनवटा जित निकालेको हो। यसअघि नेपालले सिरिजको आफ्नो पहिलो खेलमै नामबियालाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो। शनिवार टस हारेर ब्याटिङमा…
काठमाडौं : कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश सरकार कमजोर देखिएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रदेश सरकारको कार्यसम्पादन सूचकसम्बन्धी विवरणअनुसार कुनै पनि प्रदेशले ४५ प्रतिशतभन्दा माथि अङ्क प्राप्त गरेका छैनन्। आयोगको विवरणअनुसार प्रदेश नं १ ले सबैभन्दा बढी ४४.३ अङ्क पाएको छ। मधेश प्रदेशको कार्यसम्पादन अङ्क सबैभन्दा कम २०.५ छ। वाग्मती प्रदेशले ३६.१, गण्डकी प्रदेशले ३८. पाँच, लुम्बिनी…
ट्वीटरले भारतका प्रमुख शहरमा रहेका तीन मध्ये दुईवटा कार्यालय बन्द गरेको छ। राजधानी नयाँदिल्ली र व्यापारिक शहर मुम्बईमा रहेका कार्यालय ट्वीटरले बन्द गरेको हो। ट्वीटरको अब भारतका लागि बेंगलुरुमा एउटा कार्यालय मात्रै रहेनछ। जुन अमेरिकी मुख्यालय मातहत रहनेछ। ट्वीटरको इन्डियन टिममा अब तीन जना मात्रै कर्मचारी रहने भएका छन्। इलन मस्कले कम्पनी किनेपछि भारतमा रहेका ट्वीटरका करिब २ सय जना कर्मचारीलाई…
काठमाडौँ: आशिफ शेख र ज्ञानेन्द्र मल्लले नामबियाविरुद्ध अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको नामिबियाविरुद्धको खेलमा शेख र मल्लले अर्धशतक बनाएका हुन्। शेखले २२ औं ओभरको समाप्तीमा ६२ बलमा अर्धशतक बनाएका हुन्। जसका लागि उनले ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै ज्ञानेन्द्र मल्लले २३ औं ओभरको समाप्तीमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे।…
काठमाडौं : नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कैलालीमा शनिवार बिहान इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले कैलालीको टीकापुर नगरपालिका १ शिव मन्दिर बाहिरबाट २३ वर्षीय तपेन्द्र शाहीलाई पक्राउ गरेको हो। शाहीले खुद्रा पसलमा एक हजारको नेपाली नोट साटिरहेको अवस्थामा शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। साटिरहेको उक्त नोट नक्कली जस्तो देखिएकोले शरीर खानतलासी गर्दा साथबाट नक्कली जस्तो देखिने…
काठमाडौं : नामिबियाले नेपाललाई २ सय ७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा सुरुवाती ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाका लागि जेन ग्रिनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ७५ रन बनाउँदा त्यस्तै पिक्की या फ्रान्सले ४९ रन, लो-हान्द्रे लोउरेन्सले ४१,…
अमेरिकाको मिसिसिपीमा एक बन्दुकधारीले गोली चलाएर आफ्नी पूर्व पत्नीका साथै अन्य पाँचजनाको हत्या गरेका छन्। करिब ३०० जनाको मात्र बसोवास रहेको अरकबुतलाको विभिन्न स्थानमा भएको गोलीबारीमा ६ जना मृत्यु भएको हो। गोली चलाउने व्यक्ति ५२ वर्षीय रिचार्ड डले क्रुम रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार संदिग्ध व्यक्तिसँग एउटा ह्यान्डगन र एउटा सटगन रहेको छ। सो घटनापछि नजिकै रहेका विद्यालय बन्द…
काठमाडौं : नेपाली महिला फुटबल टोलीले शनिवार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ८ बजे खेल सुरु हुनेछ। यसअघि पहिलो खेलमा यी दुई टोली २-२ गोलको बराबरीमा रोकिएका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५६औँ मिनेटमा सौम्या गुगुलोथले भारतलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै, ६८औँ मिनेटमा इन्दुमती काथिरेसनले गोल गर्दै अग्रता दोब्बर बनाइन्। अर्कोतर्फ…
काठमाडौं : नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्ता दिएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो। यसअघिको दुई खेलमा पनि टस जितेर नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले बलिङ रोजेका थिए। पछिल्लो खेलमा भन्दा नेपाली टोलीमा कुनै परिवर्तन छैन। स्कटल्याण्डमाथिको जितपछि नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले आफू ‘स्थायित्वमा विश्वास गर्ने’…
काठमाडौं : शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व शनिवार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी शनिवार देशभर मनाउन लागिएको हो। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,…
काठमाडौंः सरकारले प्रजातन्त्र दिवसको अवसरमा १४ जना कैदीको कैद माफी दिन सिफारिस गरेको छ।। सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार कैद माफी दिएकी छिन्। द्वन्द्वकालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका पुष्कर गौतमसहित १४ जनाको कैद माफी भएको हो। अन्य १३ जनाको नामावली सार्वजनिक भएको छैन। मन्त्रिपरिषदको फाुगन ४ गतेको बैठकको निर्णय अनुसार भण्डारीले कैद माफी गरेको राष्ट्रपति कार्यालयको…
काठमाडौं ः राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहमा उम्मेदवार भई समयमा निर्वाचन खर्च नबुझाएका उम्मेदवारको जरिवाना मिनाहा गरेकी छिन्। मन्त्रिपरिषदको फागुन ४ गतेको बैठकको निर्णय अनुसार जरिवाना मिनाहा गरिएको हो। सर्वोच्च अदालतले समेत बुधबार जरिवाना गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। एक लाख २३ हजारभन्दा बढी उम्मेदवारको जरिवाना मिनाहा भएको हो।
काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज काठमाडौँमा जारी छ। सात टोली सम्मिलित लिगको छैटौँ स्थानमा रहेको नेपालले आफ्ना दुई खेलमा ब्याक टू ब्याक जित निकाले पनि आफ्नो 'पोजिसन' सुधार्न सकेको छैन। नेपाल अझै हार धान्न सक्ने अवस्थामा छैन। अर्कोतर्फ स्कटल्याण्ड भने प्रयोग गर्ने मुडमा देखिएको छ। सिरिजको पहिलो खेलमा नामिबियामाथि १० विकेटको फराकिलो जित…
काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपालका लागि चिनियाँ राजदूत चन सोङबीच भेटवार्ता भएको छ। अध्यक्ष ओली निवास बालकोटमा शुक्रबार साँझ भेट भएको हो। चिनियाँ टोली र अध्यक्ष ओलीबीच भेट भएको ओलीको सचिवालयले जनाएको छ। राष्ट्रपति चुनाव नजिकिँदै गर्दा दुबै छिमेकी देशका कूटनीतिज्ञले प्रमुख दलका शीर्ष नेताहरुलाई भेट गरिरहेका छन्। ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पनि…
महाशिवरात्रिको अवसरमा पाल्पालको सिद्धबाबा मन्दिरलाई पनि चिटिक्क सिँगारिएको छ। रूपन्देही र पाल्पाको सिमाना नजिकै तिनाउ गाउँपालिका ३ मा छ सिद्धबाबा मन्दिर। यस मन्दिरमा आन्तरिकसँगै भारतबाट पनि शवरात्रिमा भक्तजन आउने गरेका छन्। लुम्बिनी प्रदेशको पशुपतिनाथका रुपमा परिचित यस मन्दिरमा शिवरात्रि पर्वसँगै शनिबार र सोमबारमा विशेष भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ।
काठमाडौं : यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले राजनीतिक विषयवस्तु उठान गरेको छ। ट्रेलरमा सत्तामा जान गरेको जालझेलबारे देखाइएको छ। जहाँ फिल्मका मुख्य कलाकार दीपकराज गिरीलाई नेताको भूमिकामा देख्न सकिन्छ। दीपकले नेता बन्न गरेको लप्पन छप्पन र सत्तामा पुगेपछि आफैँ ठूलो देख्ने प्रवृतिलाई ट्रेलरले समेटेको छ। पत्रकारको भूमिकामा रहेकी अभिनेत्री बेनिशा हमाललाई दीपकको प्रेमिकाको रुपमा देखाइएको छ। यस…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले ‘ब्याक-टू-ब्याक’ जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुक्रवार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि तीन विकेटले हराउँदै सिरिजमा ‘ब्याक-टू-ब्याक’ जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७ ओभरको समाप्तीमा ७ विकेट गुमाएर लक्ष्य…