काठमाडौं : राष्ट्रपतिको उम्मेदवार फाइनल गर्न बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ। पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ बैठक सकिएको र फाइनलका लागि साँझ ५ बजे पुन: बैठक बस्ने कांग्रेस महामन्त्री गगन थापाले बताए। 'राष्ट्रपतिको चुनावको सन्दर्भमा छलफल जारी गरिरहेका छौं। हामी चार वटा दल एक ठाउँमा बसेर लामो छलफल गर्यौं,' बैठकबारे महामन्त्री थापाले भने, 'छलफल सकारात्मक छ।…
काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाह ठीक ठाउँमा बस्नुपर्ने बताएका छन्। एक दुई हजार मानिस लिएर हिड्दैमा राजतन्त्र नफर्कने कुरा पूर्व राजाले बुझ्नुपर्ने मन्त्रीको मोदीको भनाई थियो। 'गणतन्त्र सुन्दर पक्ष हो। दुई हजार एक हजार मान्छे जम्मा पारेर राजतन्त्र फर्कदैन। पूर्व राजा ठीक ठाउँमा बस्नुपर्छ। किनभने हामी उहाँलाई सम्मान गर्छौ,' शुक्रवार फोनिज युके…
काठमाडौं : यस वर्षको फोनिज युके पत्रकारिता पुरस्कार रमिता लामा र नृपेन्द्रलाल श्रेष्ठलाई प्रदान गरिएको छ। शुक्रवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकारद्वयलाई पुरस्कार प्रदान गरेका हुन्। आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को आयोजनामा अनामनगरको तमु बौद्ध सेवा समितिमा पुरस्कार तथा सम्मान प्रदान कार्यक्रम गरिएको थियो। पुरस्कृत लामा रेडियो नेपालमा तामाङ भाषाको पहिलो समाचारवाचिका हुन्। त्यसैगरी श्रेष्ठ नेवा: पत्रकार…
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेले विदेश जान पाउनुपर्ने मागसहित दिएको निवेदनको सुनवाई आज हुँदैछ। सर्वोच्च अदालतमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको छ। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा भएपछि सन्दीपले पीडित किशोरीको बारेमा कुनै टिप्पणी गर्न पाउने छैनन्।…
अमेरिकी गायिका सेलिना गोमेजको इन्स्टाग्राममा ३८२ मिलियन (३८ करोड २० लाख) फलोअर पुगेको छ। योसँगै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइएकी महिला सेलेब्रेटी बनेकी छिन्। ‘लुज यू टु लभ मी’ गायिका गोमेजले काइली जेनरलाई पछि पारेकी हुन्। जेनरको हाल ३८० मिलियन फलोअर्स छन्। गोमेजको पछिल्लो पोस्ट बुधवार (फेब्रुअरी २२)मा पोस्ट गरिएको एक कामुक फोटो हो। जसमा उनी एक रेस्टुरेन्टमा ककटेलको मजा…
सुशीला रेग्मी- रामपुर (पाल्पा) : हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, युवा तुलबहादुर थापा। रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन। पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका छन्। कालिजपालन व्यवसाय यो…
काठमाडौं : राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार चयनका लागि अन्तिम गृहकार्यमा चार दल जुटेका छन्। प्रतिनिधिसभा चुनावअघिको गठबन्धन ब्युँताउने गरी छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठक बालुवाटारमा जारी छ। चार दलले आन्तरिक परामर्श गरेर निष्कर्षमा पुग्नेगरी निर्णयक बैठक गर्नेगरी बिहीवार साँझको स्थगित भएको थियो। शुक्रवार पुनः द्विपक्षीय छलफल गरेरमात्र निर्णयक छलफल गर्ने…
डर र पक्षपात बिना रिपोर्टिङ गर्नबाट बीबीसी नरोकिने महानिर्देशक टिम डेभीले बताएका छन्। भारतका कर्मचारीहरूलाई इमेलमा पठाउँदै बीबीसी प्रमुख डेभीले यस्तो बताएका हुन्। ‘इनकम ट्याक्स अफिस’ले दिल्ली र मुम्बईस्थित बीबीसी कार्यालयहरूमा छापा मारेपछि महानिर्देशक डेभीको यस्तो भनाइ आएको हो। डेभीले कर्मचारीहरूलाई उनीहरूको साहसको लागि धन्यवाद दिँदै निष्पक्ष रूपमा रिपोर्टिङ गर्नु बाहेक अरु केही महत्त्वपूर्ण नभएको बताए। बीबीसीले ‘ट्याक्स अफिस’को अनुसन्धानमा…
इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा कपको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न खेलले घरेलु टोली युनाइेडले स्पेनिस क्लब बार्सिलोनामाथि २-१ गोलअन्तरको जित निकालेको छ। योसँगै युनाइटेडले समग्रमा ४-३ गोलअन्तरको जित निकाल्दै अन्तिम १६ को यात्रा सुनिश्चित गर्यो। यसअघि पहिलो लेगको खेलमा युनाइटेड र बार्सिलोना २-२ गोलको बराबरीमा रोकिएका थिए। गएराति सम्पन्न खेलमा १८ औं मिनेटमा रोबर्ट…
हेटौंडा : जंगली हात्तीको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एकजना पुरुषको ज्यान गएको छ। बकैया गाउँपालिका वडा नम्बर ५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तीको आक्रमणमा परी ज्यान गएको हो। बाख्रा ब्याएको र पाठापाठीलाई दुध खुवाउन गोठमा जाँदा केही समय अघि जंगली हात्तीले उनलाई आक्रण गरी घाइते बनाएको थियो। गम्भीर घाइते माझीलाई उपचारको लागि हेटौँडा ल्याइएकोमा हेटौंडा अस्पतालका डाक्टरले उनलाई…
बिजीशा बुढाथोकी- काठमाडौं : कुनै पनि स्टार्टअपले अधिकतम २५ लाख रूपैयाँसम्म सरकारबाट ऋण पाउने भएका छन्। उद्योग मन्त्रालयले स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर सहुलियत ब्याजदरमा कर्जा तथा बीउ पुँजी उपलब्ध गराउने गरी स्टार्टअप उद्यम कर्जा कार्यविधिमा उक्त व्यवस्था गर्न लागेको छ। यो मस्यौदा स्वीकृतिको अन्तिम चरणमा छ। मस्यौदामा कुनै परियोजनाका लागि माग गरेको रकमभन्दा घटी रकमबाट उक्त परियोजना सञ्चालन हुने…
शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाएका छन्। फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ल्होसार मनाउँदै आएका छन्। नयाँ वर्ष २१५१ को सुरुवातका रुपमा पर्व मनाइएको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिन्छ । यो पटक खरायो वर्ष सुरु भएको हो।
काठमाडौं: नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) पुनः निर्वाचित भएका छन्। बिहीबार सम्पन्न साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। उनी अध्यक्षमा निर्वाचन भएको यो तेस्रो पटक हो। यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए। निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षसहितका अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जानकारी दिए।…
काठमाडौंः राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार चयनका लागि अन्तिम गृहकार्यमा जुटेका चार दलले पुनः आन्तरिक परामर्श गरेर निष्कर्षमा पुग्नेगरी बिहीबारको निर्णयक भनिएको छलफल स्थगित गरेका छन्। प्रतिनिधि सभा चुनावअघिको गठबन्धन ब्युँताउने गरी छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले शुक्रबार पुनः द्धिपक्षीय छलफल गरेरमात्र निर्णयक छलफलको सहमति गरेका हुन्। बिहीबार साँझको छलफलमा माओवादी केन्द्रले पुनः…
काठमाडौंः पुरानो बसपार्कमा केही वर्षदेखि २१ तले भ्यूटावर बन्ने क्रममा छ। बन्न अझै कति समय लाग्ने हो पत्तो छैन। तर भ्यूटावर बनाउने ठेक्का पाएका एक ठेकेदार भने पछिल्लो पाँच वर्षमा पटक-पटक पक्राउ पर्दै आएका छन्। पाँच वर्षको अवधिमा उनी चारपटक समातिएका छन्। पाँच वर्षको अवधिमा वर्षमा एक पटक उनी हिरासत बस्न पुगिरहेका छन्। ठेकेदार हुन् मनोज भेटवाल। उनलाई प्रहरी हिरासतसम्म पुर्याउने…
बुटवलः लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत संकलित विदेशी मुद्रा सटही हुने भएको छ। राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमति दिएसँगै आठ वर्षदेखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा गएको हो। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग मुद्रा सटहीका बारेमा कुराकानी भएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा…
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) तयार भएको बताएका छन्। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग सिंहदरबारमा भेटपछि यादवले उक्त भनाइ राखेका हुन्। 'राष्ट्रपति, उपराष्ट्रपति र सरकार सञ्चालन लगायतका विषयमा प्रवेश गरेको छ र छलफल प्रारम्भ भएको छ। यो निरन्तर जारी छ। मन्त्रिपरिषद्को बैठक भएकोले ब्रेक भएको…
काठमाडौं : काठमाडौं उपत्यकाभित्रका केही सडक खण्डमा सवारीको गति निर्धारण गरिएको छ। सवारी साधनको अधिकतम गति सीमा निर्धारण गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धि व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि गति निर्धारण भएको प्रहरीले जानकारी दिएको छ। कलंकी-कोटेश्वर सडक…
काठमाडौं : बिहीवार अपराह्न मन्त्रिपरिषद्को नियमित बैठक जारी छ। बैठक केहीबेर अघिबाट सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषद्को एजेण्डाबारे भने कुनै जानकारी दिइएको छैन। बैठकले मन्त्रालयगत निर्णय गर्ने बताइएको छ।
बुटवल : लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। बिहीवार मुख्यमन्त्री लिला गिरीले दाङको देउखुरीबाट अभियानको सुभारम्भ गरेका हुन्। तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा औषधि खुवाउने भएकाले सरकारले सञ्चालन गरेको अभियानलाई साथ दिएर आफूलाई पायक पर्ने ठाउँमा पुगी औषधि सेवन गर्न मुख्यमन्त्री गिरीले आग्रह गरे। लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान सुरु भएको…