PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • रामचन्द्र पौडेल पहिलाको राष्ट्रपति जस्तो हुनेछैनन् : प्रकाशशरण महत

    रामचन्द्र पौडेल पहिलाको राष्ट्रपति जस्तो हुनेछैनन् : प्रकाशशरण महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन्। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले भने, 'उहाँले संविधान अनुसार काम गर्नुहुनेछ' वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैली प्रति लक्षित थियो उनको टिप्पणी। उनले पौडेल पहिलाको राष्ट्रपति जस्तै नहुनेसमेत बताए।  

    विस्तृतमा पढ्नुस्

  • पीएनजीमाथि नेपालको कीर्तिमानी जित : एक खेल जिते एकदिवसीय मान्यता जोगिने, विश्वकप छनोट खेल्न ३ खेल जित्नपर्ने

    पीएनजीमाथि नेपालको कीर्तिमानी जित : एक खेल जिते एकदिवसीय मान्यता जोगिने, विश्वकप छनोट खेल्न ३ खेल जित्नपर्ने

    काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी(पीएनजी)लाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा नेपालले पीएनजीमाथि ५२ रनको जित निकालेको हो।  टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रनमा समेटियो। उत्कृष्ट सुरुवात गरेको नेपालका लागि…

    विस्तृतमा पढ्नुस्

  • संसदमा दर्ता भयो सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

    संसदमा दर्ता भयो सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

    काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको थियो। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग सम्बन्धी ऐनको पहिलो संशोधन अध्यादेश जारी गरेको थियो। संसद नभएको अवस्थामा तत्कालिन सरकारले २०७४ माघमा अध्यादेश जारी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा रामचन्द्र कि सुवास? बानेश्वरमा सुरु भयो मतगणना

    राष्ट्रपतिमा रामचन्द्र कि सुवास? बानेश्वरमा सुरु भयो मतगणना

    काठमाडौं : राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद भवनमा मतगणना सुरु भएको हो। राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन्। नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्। कुल ८८१ मतदाता रहेकोमा आज ८३१…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको निर्वाचनमा ५० सांसद अनुपस्थित

    राष्ट्रपतिको निर्वाचनमा ५० सांसद अनुपस्थित

    काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा मदतान सम्पन्न भएको छ। नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्। कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्। मतदाता नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको नाम समावेश…

    विस्तृतमा पढ्नुस्

  • सिमरामा बस दुर्घटना : चारजना घाइतेको अवस्था गम्भीर

    सिमरामा बस दुर्घटना : चारजना घाइतेको अवस्था गम्भीर

    वीरगंज : वीरगंज-पथलैया सडकखण्ड अन्तर्गत हुलास स्टिल अगाडि बस दुर्घटना भएको छ। वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ५ ख २१४८ नम्बरको बस आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा ३६ जना यात्रु घाइते भएको बारा प्रहरीले जनाएको छ। साइकल यात्रीलाई बचाउन खोज्दा उक्त बस दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते मध्ये चारजनाको अवस्था गम्भीर भएको र ३२ जना समान्य घाइते भएको बारा प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • साढे २ महिनापछि गौतमबुद्ध विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु

    साढे २ महिनापछि गौतमबुद्ध विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु

    बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। कुवेतको जजिरा एयरवेजले आजदेखि पुनः उडान सुरु गरेको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए। खराब मौसमका कारण भिजिबिलिटी कम भएको बताउँदै गएको पुस ६ गतेदेखि जजिराले उडान रोकेको थियो। कुवेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको…

    विस्तृतमा पढ्नुस्

  • युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सामा ६ जना पक्राउ

    युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सामा ६ जना पक्राउ

    वीरगंज : युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वर्ष २५ का जहांगिर अंसारी, वर्ष २४ का आदित्य गिरी, वर्ष ३२ का फिरोज अंसारी, वर्ष ३१ का अल्फाज अंसारी र वर्ष २७ का तारीक अंसारी रहेको पर्सा प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। मंगलवार राति ८ बजेको समयमा घण्टाघर पशुपति मार्केटको पहिलो तल्लामा दुई…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न : गगन थापा

    रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उनले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई…

    विस्तृतमा पढ्नुस्

  • सौराहामा सुरक्षा र मानवले गरे विवाह

    सौराहामा सुरक्षा र मानवले गरे विवाह

    काठमाडौं : अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छिन्। हिजो 'इन्गेजमेन्ट' गरेका सुरक्षा र मानवले ६ वर्षको प्रेमसम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन्। चितवनको सौराहामा दुवैका पारिवारिक सदस्यहरुको उपस्थितिमा उनीहरुको विवाह समारोह चलिरहेको छ। ओस्कार फिल्म कलेजबाट अध्ययन गरेका मानव अभिनेताका साथै निर्देशक र म्युजिसियन पनि हुन्।

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न रोक, अरु के के गर्न पाइँदैन?

    स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न रोक, अरु के के गर्न पाइँदैन?

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरि आचारसंहिता जारी गरेको छ। त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीले जानकारी दिए। उनका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले धेरै राम्रो काम गर्दा चर्को विरोध आयो : ओली, कांग्रेससँग नमिल्ने भनेर कसम खाएको छैन

    राष्ट्रपति भण्डारीले धेरै राम्रो काम गर्दा चर्को विरोध आयो : ओली, कांग्रेससँग नमिल्ने भनेर कसम खाएको छैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग मिलेर काम गर्न नसकिने भन्ने विषय नै नरहेको बताएका छन्। राष्ट्रपति निर्वाचनमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एक ठाउँमा नआउने भनेर कसम खाइनसकेको बताएका हुन्। राजनीतिमा जे पनि सम्भव हुने र कहिले कही केही पनि सम्भव नहुने उल्लेख गर्दै ओलीले यस्तो बताएका हुन्। कांग्रेससँग सहकार्य…

    विस्तृतमा पढ्नुस्

  • शान्ति प्रक्रिया टुंगो लगाउने पक्षमा छौं : मन्त्री रेखा शर्मा

    शान्ति प्रक्रिया टुंगो लगाउने पक्षमा छौं : मन्त्री रेखा शर्मा

    काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेकपा माओवादी केन्द्र शान्ति प्रक्रिया टुंगो लगाउने पक्षमा रहेको बताएकी छिन्। संघीय संसद भवन पुगेकी उनले माओवादीका कारण प्रक्रिया नलम्बिएको बताइन्। 'हामीले अघिल्लो पटक पनि समितिमा छलफलमा नलिइ फास्ट ट्र्याकमा लैजाउँ भनेका थियौं। हाम्रा कारणले रोकिएको होइन। हामीले जहिले पनि शान्ती प्रक्रियाको काम टुंगोमा पुर्‍याउँ भनेका छौं,' उनले भनिन्। आज बसेको…

    विस्तृतमा पढ्नुस्

  • राजेश पायलले किन लेखे : बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ?

    राजेश पायलले किन लेखे : बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ?

    काठमाडौं : गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन। श्रीमती साङबुङ राईले लगाएको आरोपको खण्डन गर्दै उनले बिना प्रमाण मानहानि गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। हिजो राजेशकी श्रीमती साङबुङले फेसबुकमा एक स्टाट्स लेखेकी थिइन। आफ्नो बच्चालाई राजेशले शरीरमा तातोपानी खन्याएको उनको आरोप थियो। जुन स्टाट्स भाइरल भएसँगै राजेशको आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि राजेशले फेसबुकमा स्टाट्स…

    विस्तृतमा पढ्नुस्

  • अनुप बरालको निर्देशनमा नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन हुने

    अनुप बरालको निर्देशनमा नाटक ‘यौटा सपनाको अवसान’ मञ्चन हुने

    काठमाडौं : रंगकर्मी अनुप बरालको निर्देशनमा ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक मञ्चन हुने भएको छ। चैत १० गतदेखि मण्डला थिएटरमा मञ्चन हुने नाटक एक महिनासम्म चल्नेछ। गोविन्द पराजुलीले निर्माण गर्ने यो नाटक एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा बनेको हो। नाटकका निर्देशक तथा परिकल्पनाकार समेत रहेका बरालले फेसबुकमा नाटकको पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको उल्लेख गरेका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचनमा दिउँसो १ बजेसम्म ७२५ जनाले गरे मतदान

    राष्ट्रपति निर्वाचनमा दिउँसो १ बजेसम्म ७२५ जनाले गरे मतदान

    काठमाडौं : राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मतदान जारी छ। निर्वाचन कार्यालयले दिउँसो १ बजेसम्म कुल ७२५ जनाले मतदान गरिसकेको जनाएको छ। हालसम्म ४४० प्रदेश सांसद र २८५ संघीय सांसदले मतदान गरिसकेका छन्। मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। मतदाता नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको नाम समावेश…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा नेपालको कीर्तिमानी ब्याटिङ : पीएनजीलाई २९८ रनको लक्ष्य

    कीर्तिपुरमा नेपालको कीर्तिमानी ब्याटिङ : पीएनजीलाई २९८ रनको लक्ष्य

    काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)लाई २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको हो। उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ११० रनको साझेदारी बनाए। शेखले शतकीय पारि खेल्दा भुर्तेलले ४५ बनाए। अर्धशतक बनाउन भुर्तेल ५ रनले…

    विस्तृतमा पढ्नुस्

  • माओवादीमाथि गोकुलको प्रहार : जङ्गल जाने हुती थियो भने बिहान एउटासँग दिउँसो अर्कोसँग टासिनु हुन्थ्यो?

    माओवादीमाथि गोकुलको प्रहार : जङ्गल जाने हुती थियो भने बिहान एउटासँग दिउँसो अर्कोसँग टासिनु हुन्थ्यो?

    काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने तयारी गरेको छ। विधेयक आजै दर्ता गराउने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको थियो। नेकपा एमालेले भने सरकारले हतारमा विधेयक ल्याउन लागेको आरोप लगाएको छ। राष्ट्रपति निर्वाचनका क्रममा बानेश्वर पुगेका एमाले सांसद गोकुल बास्कोटाले  छलफल नगरी विधेयक ल्याउन नहुने बताएका हुन्। उनले अदालतसँग सेटिङ भएको हुन सक्ने समेत आरोप…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय

    राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा बसेको बैठकले अन्तिम समयमा आएर सत्तारुढ दलको उम्मेदवार पौडेललाई समर्थन गर्ने निर्णय गरेको हो। त्यसैगरी रास्वपा सरकारमा पनि सहभागी हुने भएको छ। योसँगै सत्तारुढ दलमा ९ दल पुग्ने भएको छ। यसअघि गृहमन्त्री नपाएपछि रास्वा सरकारबाट बाहिरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • के हो गायक राजेश पायल राईको बिहे प्रकरण?

    के हो गायक राजेश पायल राईको बिहे प्रकरण?

    काठमाडौं : उमेरको चार दशकसम्म अविवाहित बसेर टीकाटिप्पणी खेपिरहेका गायक राजेश पायल राई केही दिनदेखि चर्चामा आएका छन्। गायनसँगै विभिन्न स्क्यान्डलका कारण उनी चर्चामा आउने गरेका छन्। कहिले विभिन्न नायिकाहरूसँगको सम्बन्ध त कहिले आफूले दिएको अभिव्यक्तिका कारण। उनी पछिल्ला दिनहरूमा भने विवाहका कारण चर्चामा छन्। गायकदेखि अभिनयसम्म गरेका राई अहिले भने विवाहको कारण सामाजिक सञ्जालमा छाएका हन्। ४७ वर्षको उमेरमा उनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell