हेटौंडा : नेकपा (एमाले)ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै वाग्मती प्रदेश सरकारबाट बाहिरिने/नबाहिरिनेबारे निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनपछि मात्रै राजीनामा दिने बताउँदै आएका एमालेका मन्त्रीहरु हाल उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार छाड्ने पक्षमा देखिएका हुन्। चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारबारे निर्णय लिने वाग्मती संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए। केन्द्रबाट राजीनामा दिन कुनै निर्देशन…
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ८०० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार आठ सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय छ। यसको मूल्य अघिल्लो दिन…
काठमाडौं : विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेता सम्मिलित बैठकले पछिल्ला दिनमा भइरहेका गतिविधिको सामूहिक प्रतिवाद गर्ने र साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन्। शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा समान धारणाका साथ…
सांघाई : चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन्। १४ औं चिनियाँ जनकंग्रेस (एनपीसी)को जारी अधिवेशनले शुक्रवार उनलाई राष्ट्रपतिमा निर्वाचित गरेको हो। त्यस्तै एनपीसीले उनलाई चीनको केन्द्री सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ। त्यस्तै एनपीसीले हान झङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ। सोही बैठकले झाओ लचीलाई एनसीपीको स्थायी कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ।…
अफगानिस्तानको बल्ख प्रान्तका गभर्नर मोहम्मद दाउद मुजाम्मिलको हत्या भएको छ। मुजाम्मिलकै कार्यालयमा गराइएको आत्मघाती विस्फोटमा उनको मृत्यु भएको हो। आत्मघाती बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आइएस)ले लिएको छ। मुजाम्मिल यसअघि नानगहर प्रान्तको गर्भनर हुँदा आइएसविरुद्ध अभियानको नेतृत्व गरेका थिए। गत अक्टोबरमा उनलाई बल्खको गर्भनरमा नियुक्त गरिएको थियो। सन् २०२१ मा तालिवानले सत्ता हातमा लिएपछि हत्या गरिएका उनी पहिलो वरिष्ठ अधिकारी हुन्। आइएसले…
काठमाडौं : सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन्। बोहोराटारस्थित पौडेल निवास पुगेर घिमिरेले उनलाई सफल कार्यकालका लागि शुभकामनाका साथ बधाई दिएका हुन्। ९ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए। सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन्। बिहीवार भएको राष्ट्रपति निर्वाचनमा पौडेल एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए। ओलीले आज सामाजिक संजालमार्फत पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।
काठमाडौं : आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेनछ। यस्तै, बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन…
काठमाडौं : माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा बसिरहेको छ। माओवादी आन्दोलनका (पूर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ। तीन वर्षअघि माघीका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा दिए लिने अभिव्यक्ति दिएका थिए। सोही विषयमा बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन केहीदिन अघि सर्वोच्चले आदेश दिएको थियो।…
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य नेतृत्वको माओवादीका नेता सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, विष्णुभक्त दुलाल आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी छन्। जनयुद्धमा मारिएका ५ हजार जनाको जिम्मा लिने बारेको अभिव्यक्तिमा सर्वोच्च अदालतमा रिट दर्ताको स्विकृतिपछि मंगलवार माओवादी बालुवाटारमा जुटेको थियो। टुटफूट…
जर्मनीको ह्याबर्ग शहरमा गोली चलेको छ। बीबीसीका अनुसार सो गोलीकाण्डमा मृत्यु हुनेको संख्या ६ देखि ७ जना रहेको छ। प्रहरीले गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको अनुमान गरेको छ। प्रहरीले घटनापछिको उद्देश्यबारे केही सूचना फेला नपरेको जनाएको छ। डिलबोगे स्ट्रिटमा भएको गोलीकाण्डमा धेरैजना घाइते भएको र अस्पतालमा उनीहरुको उपचार भइरहेको छ। प्रहरीले घटनास्थलमा एक व्यक्ति मृत फेला परेको र उनले…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते हुनुभएका नेता एवं प्रतिनिधिसभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए। 'डा…
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई मतदान गरी विजयी बन्ने अवसर दिएकोमा सबै मतदातालाई आभार व्यक्त गरेका छन्। राष्ट्रपतिमा निर्वाचन भएपछि एक वक्तव्य जारी गर्दै पौडेलले शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मतदातालाई आभार व्यक्त गरेका हुन्। 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, संघर्ष र अभियानमा ज्यान…
बुटवलः रुपन्देहीको सैनामैनामा एक युवाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार घटना अनुसन्धानबारे जानकारी गराउँदै उनीहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका २ का १८ वर्षीय शिशिर थारु, अर्घाखाँची घर भई सैनामैना बस्ने २७ वर्षीय धुव्र बिसी, नवलपरासीको बर्दघाट नगरपालिका ९ का २५ वर्षीय शेरबहादुर बोहोरा रहेको इलाका प्रहरी…
काठमाडौंः भुकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री बद्री न्यौपानेलाई साढे ९ वर्ष कैद सजाय सुनाएको छ। यस्तै, न्यौपानेसँग दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ बिगो असुल गर्न आदेश गरेको छ। बिगो अनुसारकै जरिवाना पनि न्याौपानेलाई हुने फैसला विशेषले गरेको छ। फागुन १६ गते नै कसुर ठहर भए पनि बिहीबार विशेषले सजाय निर्धारण गरेको हो। यस्तै पूर्वमन्त्री एवं कांग्रेस…
काठमाडौं : राष्ट्रपतिमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। संघीय संसद भवनमा भएको निर्वाचनमा उनले नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्। निर्वाचित भएको घोषणासँगै पौडेललाई संसद भवनमै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो। संसद भवन भित्रै उनलाई धेरैले माला र खादा लगाइदिएका थिए। जीतको खुसी बोकेर संसद भवनबाट उनी बाहिरिएका छन्। भवनबाट बाहिँरिँदा भने…
काठमाडौं : राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै सत्तारुढ दल अब उपराष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। सत्तारुढ दलले कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमति गरेको थियो। जस अनुसार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको जसपाले जनाएको छ। यादव बारा २ बाट प्रतिनिधि सभामा…
काठमाडौं : गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो। उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन) छन् । मध्यमवर्गीय किसान परिवारमा…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन्। आज भएको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दे पौडेल विजयी भएका हुन्। पौडेललाई 'मित्र'का रुपमा सम्बोधन गर्दै देउवाले सफल कार्यकालको शुभकामना दिएका छन्।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। यससँगै उनी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्। नेपाली राजनीतिमा पौडेल लामो समयदेखि क्रियालशील छन्। प्रजातन्त्रको लडाइँमा धेरैपटक जेल जीवन बिताएका उनले अब शीतल निवासको यात्रा तय गरेका छन्। यस्तो छ उनको राजनीतिक करियर राजा…