PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • उपराष्ट्रपतिमा अष्टलक्ष्मी भर्सेस रामसहाय

    उपराष्ट्रपतिमा अष्टलक्ष्मी भर्सेस रामसहाय

    काठमाडौं : नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमाले र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी परेको हो। शाक्यको प्रस्तावकमा एमालेका सांसद केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ छन्। समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा सत्तारुढ दलबाटै तीन जनाको उम्मेदवारी पर्न सक्ने, यादवलाई किन रोक्न चाहन्छ माओवादी?

    उपराष्ट्रपतिमा सत्तारुढ दलबाटै तीन जनाको उम्मेदवारी पर्न सक्ने, यादवलाई किन रोक्न चाहन्छ माओवादी?

    काठमाडौं : एमालेले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। तर सत्तारुढ दलले भने उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सकेन। शनिवार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा जनता समाजवादी पार्टीले आफ्नो तर्फबाट उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई अघि बढाउने प्रस्ताव गरेको छ। तर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने माग उठेसँगै जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने प्रस्ताव गरेको छ। 'जनमत…

    विस्तृतमा पढ्नुस्

  • एमालेले अष्टलक्ष्मी शाक्यलाई बनायो उपराष्ट्रपतिको उम्मेदवार

    एमालेले अष्टलक्ष्मी शाक्यलाई बनायो उपराष्ट्रपतिको उम्मेदवार

    काठमाडौं : नेकपा (एमाले)ले उपराष्ट्रपतिका लागि उम्मेदवारको टुंगो लगाएको छ। शनिवार बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उपराष्ट्रपतिका लागि उम्मेदवार टुंगो लगाउने एकमात्र एजेन्डामा केन्द्रित बैठकले वाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्रीसमेत रहेकी शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको ज्ञवालीले बताए।

    विस्तृतमा पढ्नुस्

  • स्टोर्मी डेनियल्स मुद्दामा ‘ग्रान्ड जुरी’समक्ष बयान दिन बोलाइयो ट्रम्पलाई

    स्टोर्मी डेनियल्स मुद्दामा ‘ग्रान्ड जुरी’समक्ष बयान दिन बोलाइयो ट्रम्पलाई

    स्टोर्मी डेनियल्स मुद्दामा न्यूयोर्कका ‘प्रोसेक्युटर’हरूले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘ग्रान्ड जुरी’समक्ष बयान दिन बोलाएका छन्। ट्रम्पका वकिलले यसको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। पूर्व ‘पोर्न स्टार’ डेनियल्सलाई पैसा दिएको अभियोगमा म्यानहट्टनका जिल्ला न्यायाधिवक्ताले ट्रम्पमाथि पाँच वर्षसम्म अनुसन्धान गरेका छन्। डेनियल्सले सन् २०१६ को चुनावअघि कथित ‘अफेयर’को बारेमा मौन बस्न १ लाख ३० हजार अमेरिकी डलर प्राप्त गरेको दाबी…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै, उपराष्ट्रपतिका उम्मेदवारको टुंगो लगाइने

    बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै, उपराष्ट्रपतिका उम्मेदवारको टुंगो लगाइने

    काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवारबारे छलफल गर्न केही बेरमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। उपराष्ट्रपतिका उम्मेदवारहरुको मनोनयन दर्ताअघि बिहान ८:३० बजे बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो। आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिवार नै उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि, सत्ता साझेदार दलले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। मनोनयनपत्र…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिका लागि उम्मेदवारहरुको मनोनयन दर्ता आज

    उपराष्ट्रपतिका लागि उम्मेदवारहरुको मनोनयन दर्ता आज

    काठमाडौं : आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। मनोनयनपत्र दर्ताको समय बिहान ९ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन हुनेछ। संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य…

    विस्तृतमा पढ्नुस्

  • कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क जाँदै, त्यहाँबाट भट्टराई आश्रम बाँडेगाउँ पुग्ने

    राष्ट्रपति पौडेल आज पुष्पलाल पार्क जाँदै, त्यहाँबाट भट्टराई आश्रम बाँडेगाउँ पुग्ने

    काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिवार चम्पादेवीस्थित पुष्पलाल पार्क पुग्ने भएका छन्। दिउँसो साढे १ बजे पौडेल चम्पादेवी पुग्ने कार्यक्रम रहेको बताइएको छ। त्यहीबाट पौडेल साढे २ मा ललितपुरस्थि बाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो। बिहीवार राष्ट्रपतिमा निर्वाचित पौडेल शनिवार पशुपतिनाथ र स्वयम्भु पुगेका थिए। त्यसैगरी पौडेल शनिवारै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित राष्ट्रपति पौडेललाई निधिको बधाई

    नवनिर्वाचित राष्ट्रपति पौडेललाई निधिको बधाई

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रवार साँझ उनकै निवास बोहोराटार पुगेका थिए। भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनावलगायत समसामयिक विषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो। निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको…

    विस्तृतमा पढ्नुस्

  • प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा सुन्दर शिरीष, पूर्व अध्यक्ष श्रेष्ठ सम्मानित

    प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा सुन्दर शिरीष, पूर्व अध्यक्ष श्रेष्ठ सम्मानित

    चौतारा : प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैटौं अधिवेशनले सुन्दर शिरीषको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। शुक्रवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा निर्मल बस्नेत, सम्झना कार्की, सचिवमा अर्जुन शर्मा, सहसचिवमा सुमित्रा श्रेष्ठ, कोषाध्यक्षमा दीलमाया श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक रत्न श्रेष्ठले जानकारी दिए। सदस्यहरुमा राजेन्द्र रानामगर, सुप्रिन्स कसजू, मोनिका विक, निर्मल माझी निर्वाचित भए। पहिलो बैठकले…

    विस्तृतमा पढ्नुस्

  • जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग

    जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग

    काठमाडौंः विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ-संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा…

    विस्तृतमा पढ्नुस्

  • श्री एयरका जहाजमा प्राविधिक समस्या नभेटेपछि प्राधिकरणले दियो ‘क्लिन चिट’, शनिवारदेखि नियमित उडान गर्ने

    श्री एयरका जहाजमा प्राविधिक समस्या नभेटेपछि प्राधिकरणले दियो ‘क्लिन चिट’, शनिवारदेखि नियमित उडान गर्ने

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमा चेकजाँच गर्दा कुनै प्राविधिक समस्या नभेटेपछि ‘क्लिन चिट’ दिएको छ। प्राधिकरणले बिहीवार एउटा जहाजको इन्जिन फेल भएपछि श्रीका सबै जहाज ग्राउण्डेड गरेर शुक्रवार चेकजाँच गरेको थियो। प्राधिकरणको इन्जिनियरिङको टोलीले सबै जहाजको अपरेसन सुरक्षा र कम्पनीको वित्तीय स्थिति अध्ययन गर्दा कुनै खराबी नभेटेको र उडान सुरक्षित रहेको पत्र दिएको छ। यो…

    विस्तृतमा पढ्नुस्

  • इन्जिनियरिङमा त्रुटि देखिएपछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज गर्‍यो ‘ग्राउण्डेड’

    इन्जिनियरिङमा त्रुटि देखिएपछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज गर्‍यो ‘ग्राउण्डेड’

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको इन्जिनियरिङमा त्रुटि देखिएकाले सबै जहाज ग्राउण्डेड गराइएको जिकिर गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कम्पनीको इन्जिनियरिङ विभागबाट गल्ती देखिएकाले सबै जहाज ग्राउण्डेड गरिएको जानकारी दिए। ‘उहाँहरुको नियमित चेकजाँच भइरहेको हुन्छ। बिहीवार इन्जिनियरले ठीक छ भनेर रिलिज गरेको जहाज उडान गरेको पाँच मिनेटमै समस्या देखिनु राम्रो होइन। त्यही भएर सबै इन्जिनियर ग्राउण्डेड…

    विस्तृतमा पढ्नुस्

  • हिमाली तथा उच्च लेकाली क्षेत्रबाट मासिँदै सिमल, लोप हुँदै गिद्ध

    हिमाली तथा उच्च लेकाली क्षेत्रबाट मासिँदै सिमल, लोप हुँदै गिद्ध

    ध्रुवसागर शर्मा- गलेश्वर : हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ। विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो। सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए। ‘वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप भए’, म्याग्दी डिभिजनल वन कार्यालयका निमित्त अधिकृत चन्द्रमणि…

    विस्तृतमा पढ्नुस्

  • मार्टिन्सको दोहोरो गोलमा थ्री स्टारको पहिलो जित

    मार्टिन्सको दोहोरो गोलमा थ्री स्टारको पहिलो जित

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्री स्टार क्लबले पहिलो जित निकालेको निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारमाथि २-० गोलअन्तरको जित निकालेको हो। थ्री स्टारको जितमा दुबै गोल अजयी मार्टिन्सले गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५४ र ८३ औँ मिनेटमा उनले गोल गर्दा जारी लिगमा थ्री स्टार क्लबले पहिलो जित…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्री प्रचण्डको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा भएको सुनुवाईपछि अन्तरिक आदेश दिन अस्विकार गरेको छ। शुक्रवार आदेश जारी गर्दै कारण नदेखिएकाले अन्तरिम आदेश नदिएको आदेशमा उल्लेख गरिएको छ। २०७६ मा खुलामञ्चमा माघीका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। जनयुद्धकालबारे प्रचण्डको अभिव्यक्तिलाई लिएर सुरुमा रिट…

    विस्तृतमा पढ्नुस्

  • यूएईको मध्यक्रम फेरि चलेन, पीएनजीसँग ५६ रनले पराजित

    यूएईको मध्यक्रम फेरि चलेन, पीएनजीसँग ५६ रनले पराजित

    काठमाडौँ : क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको आज सम्पन्न खेलमा यूएई पपुवा न्युगिनी (पीएनजी)सँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएई ५६ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई ४२.२ ओभरमा १९० रनमा समेटियो। उत्कृष्ट सुरुवात गरेको…

    विस्तृतमा पढ्नुस्

  • कक्षा ३ की आश्विनीको किताब 'पिरामिडमा पाण्डा', ललितकलामा चित्रकला प्रदर्शनी

    कक्षा ३ की आश्विनीको किताब 'पिरामिडमा पाण्डा', ललितकलामा चित्रकला प्रदर्शनी

    काठमाडौं : आश्विनी मानन्धरकृत पिरामिडमा पाण्डा किताब सार्वजनिक भएको छ। काठमाडौंको मैत्री स्कुलको कक्षा ३ मा अध्ययनरत छात्रा आश्विनीको चित्र र कथा रहेको किताब बिहीवार नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भएको हो। किताब प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, बाल वाङ्मयका तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, मैत्री स्कुलका प्रिन्सिपल ओजेस बज्राचार्य, कार्टुनिस्ट अबिन श्रेष्ठलगायतले सार्वजनिक गरेका हुन्। विवेक…

    विस्तृतमा पढ्नुस्

  • ‘२.० छड्के’ फ्लप भएपछि अनमोलले भने : अब म शून्यमा झरेको छु

    ‘२.० छड्के’ फ्लप भएपछि अनमोलले भने : अब म शून्यमा झरेको छु

    काठमाडौं : फिल्म ‘२.० छड्के’ फ्लप भएपछि नायक अनमोल केसीले आफू दुखी भएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई माया गर्ने दर्शकलाई निराश बनाउँदा झनै दुखी भएको बताएका छन्। ‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ वहाँहरुलाई नै निराश बनाउँदा म झनै दुखी भएको छु!’ उनले लेखेका…

    विस्तृतमा पढ्नुस्

  • एआइजीमा बढुवाको लागि सिफारिस भए पाँच डीआइजी : पहिलो नम्बरमा कुँवर, पाँचौँमा बज्राचार्य

    एआइजीमा बढुवाको लागि सिफारिस भए पाँच डीआइजी : पहिलो नम्बरमा कुँवर, पाँचौँमा बज्राचार्य

    काठमाडौं : गृह मन्त्रालयले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ। आज बसेको बढुवा समितिको बैठकले डीआइजी बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई बढुवाको लागि सिफारिस गरेको हो। गृह मन्त्रालयको बढुवा समितिले डीआइजी कुँवरलाई ६९ दशमलव ९३ अङ्क दिएर पहिलो स्थानमा बढुवा सिफारिस गरेको छ। कुँवर एसएसपीबाट बढुवा हुँदा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell