काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण देशको पहाडी भू-भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा…
बुटवलः गुल्मीको मालिका गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ। गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिक रुपमा आह्वान गरेको हो। लोगो निर्माण गर्दा गाउँपालिकाको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने…
काठमाडौंः नेकपा (एमाले) को प्रमुख सचेतकमा पदम गिरी चयन भएका छन्। निवर्तमान स्वास्थ्य मन्त्री समेत रहेका गिरीलाई संसदीय दलको विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक चयन गरेका हुन्। यस्तै, अध्यक्ष ओलीले संसदीय दलका सचेतकमा महेशकुमार बर्तौलालाई चयन गरेका छन्। गिरी २०७४ र २०७९ मा पर्वतबाट निर्वाचित भएका हुन्। उनको लगतारा दोस्रो पटकको संसदीय यात्रा हो। तर, बर्तौला पहिलोपटक संघीय…
हेटौंडा : मकवानपुर बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्रको विवाद स्ववियु निर्वाचनमा देखिएको छ। निर्वाचन समितिले नेविसंघ मकवानपुर जिल्ला समितिमार्फत उम्मेदवारी दर्ता गर्ने समूहलाई आधिकारिक मान्ने निर्णय गरेपछि असन्तुष्ट बनेको अर्को समूहले तालाबन्दीसँगै तोडफोड गरेको छ। पार्टी जिल्ला समितिले भेला राखेर सुवास सापकोटालाई नेविसंघ मकवानपुरको अध्यक्ष बनाएको थियो भने भिषण ठकुरीलाई नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले १९ फागुनमा…
सांघाई : १४औँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)को चालु अधिवेशनले चीनको नयाँ सरकारलाई पूर्णता दिएको छ। शुक्रवार जनकंग्रेसले राष्ट्रपतिमा सि चिनफिङलाई तेस्रो कार्यकालका लागि निर्वाचित गरेको थियो। त्यस्तै, उनलाई केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि एनपीसीको जारी अधिवेशनले निर्वाचित गरेको थियो। आगामी पाँच वर्ष चीनको राज्यसत्ता सञ्चालनको जिम्मासहित शनिवार मात्र प्रधानमन्त्रीमा लि छियाङलाई निर्वाचित गरेको एनपीसीले आइतवार बाँकी सरकारका मन्त्री तथा उच्च अधिकारीको टुंगो…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अभावको अनुभूति गर्दै काम अघि बढाउनुपर्ने बताएका छन्। राजधानीमा आयोजित 'वर्तमान सरकारको अबको आर्थिक प्राथमिकताबारे' छलफल कार्यक्रममा उनले अहिलेको समयमा प्रधानमन्त्रीले समय, स्रोत र जनताको धैर्यता बुझ्नुपर्ने बताए। सो कार्यक्रममा आगामी अर्थमन्त्रीका रुपमा चित्रण भइरहेका बेला थापाले अर्थतन्त्रका बारेमा खुलेर कुरा गरेका हुन्। पुरानो गठबन्धन ब्युँतेर सरकार गठन हुने चरणमा रहेका बेला गगनले केही दिनयता अर्थतन्त्रका बारेमा चर्चा गरिरहेका छन्। उनले गुटका नेता…
काठमाडौं : माओवादी धारका पार्टीहरुले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सरकारसँग अपील गरेका छन्। आज राजधानीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर ९ दलले संक्रमणकालीन न्यायका सम्बन्धमा चलेका चर्चाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ती घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हुनुपर्ने जनाएको छ। 'संक्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने कुरा पनि सुस्पष्ट रहेको…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता तथा राजनीतिक नेता र कार्यकर्तालाई अपराधीकरण गर्न खोज्नेहरु यो देशमा टिक्ने नसक्ने बताएका छन्। माओवादी धारका राजनीतिक दलहरुको संयुक्त पत्रकार सम्मेलनमा चन्दले जनताको तागतबाट जन्मिएको व्यवस्थालाई सीमित दलाल पूँजीपतिहरुको हातमा लगेर परिवर्तनका संवाहक जनता तथा राजनीतिक नेता र कार्यकर्तालाई अपराधीकरण गर्न खोज्नेहरु नटिक्ने बताएका हुन्। उनले राज्य पुनःसंरचनाको बेला आएको…
काठमाडौं : माओवादी धारका पार्टीहरुले नेकपा एमालेका कारणले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन नसकेको आरोप लगाएका छन्। माओवादीधारका पार्टीहरुले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने काम रोकिएको आरोप लगाएका हुन्। शान्तिप्रक्रिया टंगोमा पुर्याउन भन्दै सरकारले बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक बिहीबार प्रतिनिधि…
काठमाडौं : नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २४९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै खेलको सुरुवात गरेको थियो। अघिल्लो खेलमा शतक प्रहार गरेका आशिफ शेखलाई शून्य रनमै गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि ८ रनमा…
काठमाडौं : माघमा मुलुकमा महँगी बढेको छ। चालु वर्षको माघसम्मको तथ्यांक अनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म ७.२६ प्रतिशत कायम थियो। यस्तै पोहोर माघमा मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति ६.१९ प्रतिशत छ। गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको हो। समीक्षा महिनामा काठमाडौं उपत्यकामा…
काठमाडौं : सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्। उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। मृतकहरुको पहिचान खुल्न सकेको छैन। मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हुँदा…
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति…
काठमाडौं : मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी-जोमसोम सडकमा चाप बढेको हो। मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए।…
काठमाडौं : जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। तिला गाउँपालिका-४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ। घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। कुटपिटबाट बेहोस भएकी ममताको…
काठमाडौं : साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा बढोत्तरी हुँदा सोझो असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत साता मूल्य क्रमिक घट्दै सुन…
काठमाडौँ: नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा रोहितले ८३ बलमा ७ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै खेलको सुरुवात गरेको थियो। अघिल्लो खेलमा शतक प्रहार गरेका आशिफ शेखलाई शुन्य रनमै गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि ८ रनमा गुमायो। त्यस्तै कुशल मल्ल ९…
काठमाडौं : चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ। शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ। साथै दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नाम…
बुटवल : पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ। आइतबार बिहान माथागढी गाउँपालिका-६ गोठादीबाट रहवासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर चिलेपानीमा दुर्घटना भएको हो। दुर्घटनामा टिपर चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र…
निक्षेपमा १५ वर्ष यताकै सर्वाधिक गिरावट आएपछि अमेरिकी बैंकहरुले निक्षेप दर बढाउने निर्णय गरेका छन्। गत वर्ष प्रणालीबाट २७८ अर्ब डलर निक्षेप निस्किएका कारण बैंकहरुले डिपोजिट रेट बढाउने घोषणा गरेका हुन्। अमेरिकी बैंकहरुले निक्षेपकै लागि यस्तो कसरत पछिल्लो १५ वर्षसम्म गर्नु परेको थिएन। फेडरल रिजर्भले ब्याज दरहरू माथि उठाउँदै गर्दा निक्षेपकर्ताहरूले न्यून प्रतिफलको बचत दर छाडेर ट्रेजरी बिलहरू जस्ता उच्च-लाभदायी विकल्पमा लगानी…