काठमाडौं : सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो। 'रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको छ। यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिनेछ।' कृषि मन्त्रालयले जारी गरेको प्रेस…
हेटौंडा : वाग्मती प्रदेश मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षमा बसेको बैठकले विभिन्न तीन वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए। बैठकले मकवानपुरको तत्कालिन हटिया गाविस वडा नम्वर २ मा रहेको १९६ कित्तामध्येको ५४ बिगाहा जग्गा केन्द्र सरकारले हालै प्रदेश सरकारलाई उपलब्ध गराए…
काठमाडौं : नेकपा एमालेको संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरिएको छ। पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आज नेम्वाङलाई उपनेतामा मनोनित गरेको पत्र हस्तान्तरण गरेका हुन्।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन्। उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को (१) बमोजिम ईजिप्टका लागि नेपालका आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्। पौडेल यही…
काठमाडौं : विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन्। खरिद अनुगमन कार्यालयकाअनुसार सिराहामा कार्यालय रहेको विकास…
काठमाडौं : अमेरिकाले राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालका लागि बधाई दिएको छ। पौडेलले आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिका रुपमा शपथ लिएका थिए। अमेरिकी दूतावासले सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै पौडेललाई बधाई दिएको हो। 'संयुक्त राज्य अमेरिका उहाँको सफल कार्यकालको कामना गर्न चाहन्छ,' दूतावासले भनेको छ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन। पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेकी सांसद रामसहाय यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्। सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायलाई समर्थन गर्नुका साथै सहयोग गर्न पनि सबैलाई…
काठमाडौं : निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिहिरिएकी छिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मानसहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन्। निवर्तमान राष्ट्रपति भण्डारी ७ वर्ष शीतल निवासमा थिइन्। उनले दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन्। शीतल निवासबाट बाहिरिनु अघि राष्ट्रपति पौडेलले भण्डारीलाई विदाई गरेका थिए। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई मयुर…
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा उनले शपथ ग्रहण गरेका हुन्। नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। शपथ ग्रहणपछि पौडेललाई निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आसन हस्तान्तरण गरेकी थिइन्। ७ वर्ष राष्ट्रपतिको जिम्मेवारी…
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। शीतल निवासमा अहिले शपथ ग्रहणको कार्यक्रम भइरहेको छ। नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउँदैछन्। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। हेर्नुस लाइभ :
काठमाडौं : तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको करौडौं रुपैयाँ ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सहकारीका केही पदाधिकारीलाई पक्राउ गरेर अनुसन्धान समेत सुरु गरिसकेको जानकारी दिएको छ। २०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको सहकारीको झापा, उदयपुर र सिरहामा शाखा समेत रहेको खुलेको छ। सहकारीमा २१ हजार ७ सय सदस्यहरू रहेका छन्। केन्द्रीय कार्यालय विराटनगर उपमहानगरपालिका वडा…
काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)बाट ९६ रनको लक्ष्य पाएको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा पीएनजीले फितलो ब्याटिङ गर्दै नेपाललाई ९६ रनको चुनौती प्रस्तुत गरेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले ३२ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको हो। पीएनजीका कप्तान असद भालाले सर्वाधिक २० रन तथा सेसे बाउले…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्।आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए। 'सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,' उनले भने। लामिछानेले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। भने, 'अहिले सरकारमा जाने नजाने भन्ने…
काठमाडौं : ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ। चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीय श्रीधर श्रेष्ठले जानकारी दिए। चार मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७ मा पनि मूर्ति चोरी भएको थियो। चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको जनाइएको छ। बुद्धको मूर्ति भएको स्तूपा भत्काएर…
एकेडेमी अवार्ड्स (ओस्कर्स)को स्टेज फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को लागि निकै फलदायी बन्यो। फिल्मले सबैभन्दा धेरै अवार्डहरु हात पार्न सफल भयो। मल्टिभर्स फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ले सात ओस्कर जितेको छ। ति अवार्डहरु ओस्कर्सका सबैभन्दा ठूलो अवार्डहरू पनि थिए। के ह्यु क्वान र जेमी ली कर्टिसले आफ्नो सहायक भूमिकाको लागि पहिलो ओस्कर अवार्ड जितेका थिए। फिल्मले उत्कृष्ट सम्पादन,…
चन्द्रबोस र एमएमएम कीरावानीले ‘नाटु नाटु’ गीतको लागि ‘बेस्ट सङ’को अवार्ड जितेका छन्। जितसँगै उनीहरूले ओस्करको स्टेजमा आफ्नो फिल्म ‘आरआरआर’ र भारतको बारेमा गीत गाएका थिए। ‘आरआरआर’ एकेडेमी अवार्डमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म बाहेक अन्य कुनै पनि बिधामा मनोनित हुने पहिलो भारतीय फिचर फिल्म हो। ‘आरआरआर’ भनेको ‘राइज’, ‘रोर’, ‘रिभोल्ट’ हो। एसएस राजामौली निर्देशिन यो फिल्म हिस्टोरिकल फेन्टसीमा आधारित फिल्म हो जसले…
काठमाडौँ: नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर फिल्डिङमा उत्रिने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। नेपाली टोलीमा आइतवारको खेलमा भन्दा एक परिवर्तन छ। यूएईविरुद्ध बेन्चमा रहेका करण केसी प्लेइङ ११ मा फर्कँदा गुलसन झा बेन्चमा छन्। त्यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि बेन्चमै छन्। नेपाललाई क्रिकेट…
स्पेनिस ला लिगाको अंकतालिकामा बार्सिलोनाले ९ अंकको फराकिलो अग्रता बनाएको छ। गएराति सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओलाई १-० गोलअन्तरले हराएसँगै शीर्षस्थानमा फराकिलो अग्रता बनाएको हो। सान मामेस बारिया स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि १-० गोलअन्तरको जित निकालेको हो। बार्सिलोनाको जितमा राफिन्हाले पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बुस्क्वेटको पासमा निर्णायक गोल गरे। जितसँगै २५ खेलबाट बार्सिलोनाले ६५ अंक जोडेर शीर्षस्थानमा दर्बिलो…
डम्मर बुढा मगर- ढोरपाटन : चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका-२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे। विसं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होमस्टे) सञ्चालनमा ल्याए। घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो। एक वर्षमै विश्वभर महामारीका रुपमा कोभिड-१९ फैलियो। यसको प्रत्यक्ष असर यहाँका घरबास सञ्चालकलाई पनि परेको थियो। झण्डै दुई वर्ष कोभिडका कारण बन्द भएको घरबास…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले फुलहममाथि सहज जित निकालेको छ। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा लिग लिडर आर्सनलले घरेलु टोली फुलहममाथि ३-० गोलअन्तरको जित निकालेको हो। खेलको २१ औँ मिनेटमा गाब्रियल मगलहएसको गोलमा आर्सनलले अग्रता बनाएको थियो। त्यस्तै २६ औँ मिनेटमा गाब्रियल मार्टिनेलीले अग्रता दोब्बर बनाए। दुबै गोल लियोनार्दो ट्रोसअर्डको पासमा सम्भव भएको थियो। तेस्रो गोल पनि ट्रसअर्डको…