काठमाडौं : अहिले नै प्रहरी नियमावली यथावत् रहेको खण्डमा चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले अवकाश पाउनेछन्। त्यसपछि शुक्रवारमात्रै एआईजीमा बढुवा सिफारिस भएका पाँच जनामध्येबाट एक जनाले सङ्गठन प्रमुखको जिम्मेवारी पाउनेछन्। गृह मन्त्रालयले शुक्रवार पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको थियो। बढुवा समितिको बैठकले डीआईजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र…
इरानमा सयौं विद्यालयका छात्रालाई विष खुवाएको अभियोगमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। इरानको सरकारी संचारमाध्यम आइआरएनएका अनुसार सो घटनामा संलग्न भएको आशंकामा अनुसाधान गरि ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो। इरानको गृह मन्त्रालयले कक्षा बन्द गराउन र आतंक सिर्जना गरि मनोवैज्ञानिक प्रभाव पार्ने उद्देश्यले सो घटना घटाइएको प्रारम्भिक अनुसन्धानमा फेला परेको जनाएको छ। गएको केही महिनामा इरानका धेरै शहरहरुमा…
काठमाडौँ: नेपाली क्रिकेट टोलीले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम सिरिज अन्तर्गतको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ पहिला गर्ने निर्णय गरेका हुन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने आजको खेलमा जित निकाले नेपालका लागि एकदिवसीय मान्यता सुरक्षित गर्ने अवसर हुनेछ। यूएईमाथि जित निकाल्न सके नेपाल अमेरिकालाई अंकतालिकामा पछि पार्दै…
काठमाडौं : म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा-दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन्। विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको 'लाइफ लाइन' मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो। गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको थियो। ठेकेदार कम्पनी बिरुवा–क्याराभानका आधिकारिक प्रतिनिधि…
हेटौंडा : वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेकपा एमालेसँगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार भएको आरोप लगाएका छन्। शनिवार हेटौंडामा आयोजित कर्मचारी संगठनहरुको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने मुद्दामा ओलीले वास्ता नगरेको कारणले नेकपा माओवादी केन्द्र र एमालेबिच सम्बन्ध चिस्सिएको बताए। बाहिर हेर्दा राष्ट्रपति पदको मात्र मुद्दा जस्तो देखिए पनि भित्रीरुपमा शान्तिप्रक्रियाको विषयमा कुरा नमिलेको उनको भनाइ थियो। सो कार्यक्रममा उनले प्रदेशको कृषि…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधिको होडमा रहेको म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि कठिन जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा सिटीले प्यालेसमाथि १-० गोलको कठिन जित निकालेको हो। घरेलु टोलीमाथि सिटीलाई जित दिलाउन अर्लिङ हल्याण्डले निर्णायक गोल गरे। उनले खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा…
काठमाडौं : खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका-२ र ५ का किसान चिन्तित बनेका छन्। स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ। यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे। 'खोलाको वरिपरि खेत छ, ठूला–ठूला खाडल पारिएको छ', उनले भने, 'तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन।' गत वर्ष…
काठमाडौं : माओवादीधारका पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। विस्तृत शान्ति सम्झौताविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज राजधानीमा संयुक्तरुपमा साझा धारणा सार्वजनिक गर्न लागेको हो। तीन वर्षअघि माघीका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा दिए लिने अभिव्यक्ति दिएका थिए। सोही विषयमा बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन केहीदिन अघि सर्वोच्चले आदेश दिएको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल बर्नेमाउथसँग पराजित भएको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बर्नेमाउथले लिभरपुललाई १-० गझलअन्तरले हराएको हो। घरेलु टोलीलाई जित दिलाउन फिलिप बिलिङ्सले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे। खेलमा अधिकांश समय पकड बनाएको लिभरपुलले अवसरहरु बनाएर पनि सदुपयोग गर्न नसक्दा गोल फर्काउन सकेन। खेलको ६९ औं मिनेटमा पेनाल्टीको अवसर लिभरपुलले पाए…
काठमाडौं : आज बिहान देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली…
काठमाडौंः नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीका पुराना नेता आमोदप्रसाद उपाध्यायलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्। पूर्वमन्त्री उपाध्यायको निवास धुम्बाराही पुगेर नेता निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन्। ८८ वर्षीय उपाध्याय लामो समयदेखि बिरामी छन्।
काठमाडौंः प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा हतियारसहित एक जना पक्राउ परेका छन्। स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विवादमा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज दिउँसो नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका मनोज चन्दलाई पक्राउ गरेको हो। बैतडी मेलौली नगरपालिका ३ का चन्दलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको हो। चन्दमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध दुई उजुरी दर्ता भएका छन्। सत्ता गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएका यादवविरुद्ध नेकपा एमाले र जनमत पार्टीले उजुरी दिएका हुन्। यादवको उम्मेदवारी खारेज गर्न उजुरीमा माग गरिएको छ। राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएको भन्दै महिला उम्मेदवार कायमको माग गर्दै उजुरी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपराष्ट्रपतिमा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट…
काठमाडौंः त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन गठबन्धनमा आवद्ध प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनबीच तालमेलको सहमति भएको छ। शनिबारको मनोनयनअघि विद्यार्थी संगठनबीच सहमति भएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनबीच सहमति भएको हो। उपत्यकाका प्रमुख क्याम्पसको नेतृत्वका लागि तीन संगठनबीच सहमति भएको हो। सहमितमा नेविसंघ…
काठमाडौंः उपराष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा तीन राजनीतिक दलहरुले कार्यगत एकताको सहमति गरेका छन्। राजनीतिक एजेन्डामा कार्यगत एकताको सहमति ती दलहरुबीच भएको हो। डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति जनमतका अध्यक्ष सिके राउतले सार्वजनिक गरेका छन्। आपसी सहमतिका आधारमा सहकार्य र कार्यगत एकताको समझदारीमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बन्ने बताएका छन्। केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल हुने प्रचण्डले बताएका हुन्। शनिबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले एकताका लागि बहस सुरू हुने बताए। 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा…
ललितपुर : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन्। उक्त अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस नेता एंव भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाल, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस वाग्मती प्रदेशका सहमहामन्त्री ऋषिराम…
काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दर्ता गरेको छ। सत्ता गठबन्धनका तर्फबाट यादव उपराष्ट्रपतिको उम्मेदवार बनेका हुन्। एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरुष र खस आर्य समूदायबाट भएकाले अब महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै उजुरी हालेको हो। 'नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरित तथा विगतको दुवै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी रामसहाय यादवको उम्मेदवारी परेकाले..,'…
लि चियाङलाई चीनका नयाँमा प्रधानमन्त्री बनेका छन्। तेस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले चियाङलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका थिए। राष्ट्रिय जनकंग्रेसको सत्रमा सहभागी भएका २ हजार ९३६ जनाले नै चियाङको पक्षमा मतदान गरेका थिए। चियाङ राष्ट्रपति सीका विश्वासपात्र हुन्। ६३ वर्षीय चियाङ क्षेत्रीय राजनीतिक गर्दै केन्द्रीय राजनीतिमा आएका हुन्। चियाङले सन् २००० मा सी जेनजान प्रान्तका पार्टी प्रमुख हुँदा…
काठमाडौं : जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन्। सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार रामसहाय यादवविरुद्ध उम्मेदवारी दर्ता गराएको हो। नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन्। जनमतका अध्यक्ष डा सिके राउतले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भएकाले आफ्नो पार्टीले महिलालाई उम्मेदवार बनाएको बताए। उनले गठबन्धनसँग…