काठमाडौँ : नेपाल र मंगोलियाबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने सहमति भएको छ। मंगोलियाको राजधानी उलनबटारमा आयोजित दुई दिने भूपेरिवेष्ठित राष्ट्रहरूको अन्तर्राष्ट्रिय थिंक ट्यांक सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँको सरकारसँग सो सम्झौता गरेका हुन्। सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय वार्तापछि द्विपक्षीय परामर्श संयन्त्रगठन सम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र मंगोलियाका तर्फबाट उनका समकक्षी दमादीन सोग्तबटारले हस्ताक्षर गरेका…
काठमाडौँ : नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता सफल भएकोमा खुसी व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार वक्तव्य जारी गर्दै सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको हो। शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको…
काठमाडौं : काठमाडौं : आज बसेको संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ। संवैधानिक परिषद्को आजको बैठकको प्रमुख कार्यसूचीअनुसार जोशीको नाम सिफारिस गरिएको हो। प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय सुनुवाइको बाटो खुलेको थियो। नियमावली पारितपछि यो पहिलो परिषद बैठक हो। चैत १ गतेदेखि सर्वोच्चमा प्रधानन्यायाधीश पद रिक्त छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि न्यायालय नेतृत्वविहीन…
बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बिस्तृत सम्झौतापत्रमा हस्ताक्षर भएपछि चीनले ऐतिहासिक भन्दै प्रशंसा गरेको छ। यस्तै कोरियन प्रायद्वीपमा शान्तिका लागि पूर्ण निशस्त्रीकरण हुनुपर्नेमा चीनले जोड दिएको छ। दुर्इ नेतासँगै बसेर समान कुरा गर्नुले एउटा महत्वपूर्ण र सकरात्मक सन्देश दिएको भन्दै चीनका विदेशमन्त्री वाङ् इले यसबाट नयाँ इतिहासको निर्माण हुने बताए। …
उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश र जनताका लागि एउटा महत्वपूर्ण कदम चालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ऐतिहासिक शिखर सम्मेलन पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले किमसँगको वार्ताबाट परिवर्तन सम्भव रहेको कुरा पुष्टि गरेको बताएका हुन्। यस्तै ट्रम्पले किमलार्इ उपयुक्त समयमा वासिङ्गटन भ्रमणको निम्तो दिने समेत बताएका छन्। पत्रकारहरुको प्रश्नको जवाफ दिँदै ट्रम्पले आफू पनि प्योङयाङ जानसक्ने…
रसिया विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रका ३२ कप्तान मध्ये कोही युवा छन् भने कोही अनुभवी छन्। कोही प्रतियोगितामा डेब्यु गर्दैछन् भने कोही विश्व फुटबलमा चर्चित नाम छन्। रसिया विश्वकप २०१८ का लागि आफ्नो देशको कप्तानी गर्न सबै तयार छन् तर ति मध्ये एकले मात्र विश्वकपको ट्रफी उचाल्ने मौका पाउनेछन्। तैपनि विश्वकप सुरु हुनुअघि फिफाले ३२ मध्ये यी ५ कप्तानको बारेमा…
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राज्य मामिला परिषदका अध्यक्ष किम जोङ उनबीच सिंगापुरमा ऐतिहासिक सम्झौता भएको छ। चार बुँदे सम्झौतामा दुवै नेताले हस्ताक्षर गरेका छन्। यस्तो छ सम्झौताको पूर्ण पाठः अमेरिकी राष्ट्रपति डोनाल्ड जुनियर ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राज्य मामिला परिषदका अध्यक्ष किम जोङ उनको सिंगापुर सम्मेलनका क्रममा जारी संयुक्त वक्तव्य…
एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठको स्मृतिमा आयोजित तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिप आजदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको छ। च्याम्पियनसिपमा ए डिभिजनका १४ तथा मोफसलका ४ गरी कूल १८ टिमको सहभागिता रहेको छ। उद्घाटन खेलमा एनआरटी र मछिन्द्र क्लब खेल्दैछन्। त्रिभुवन आर्मीले यसअघिका दुवै संस्करणको उपाधि जितेको थियो।
नाजिर हुसेनको परिकल्पना एवं निर्देशन रहेको नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ। असार १ गतेदेखि ३ गतेसम्म पोखरा थिएटरको गन्दर्भ नाटकघरमा नियमित मञ्चन हुनेछ। डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा ‘अग्लीडकलिङ’ कथामा आधारित नाटक यसअघि वैशाख २८ गतेदेखि जेठको २० गतेसम्म काठमाडौंस्थित मण्डलानाटकघरमा मञ्चन भएको थियो। नाटकमा सेता हाँसहरुसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी…
इजिप्टको उच्च गोलकर्ता मोहमद सालाह विश्वकपमा आयोजक रसिया विरुद्ध खेल्न तयार रहेको प्रशिक्षक हेक्टर कुपरले सोमवार बताएका छन्। 'फरवार्ड सालाह खेल्नका लागि तयार छन्।, प्रशिक्षक कुपरले भने, 'उनी टिमको मुख्य हतियार हुन्। यद्यपी सालाह नै टिम भने होइन।' समूह ए मा रहेका यी दुईबीचको खेल मंगलवार सेन्टपिटर्सवर्गमा हुँदैछ। प्रिमियर लिग क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने सालाह युरोपियन च्याम्पियन्स लिग फाइनलमा घाइते…
काठमाडौँः संवैधानिक परिषद्को बैठक आज बोलाइएको छ। मंगलबार अपराह्न ४ बजे बैठक बोलाइएको हो। संवैधानिक निकायका पदाधिकारी सिफारिसको कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय सुनुवाइको बाटो खुलेको थियो। नियमावली पारितपछि परिषद बस्न लागेको हो। मंगलबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिसको कार्यसूची तय भएको छ। यस्तै अख्तियार प्रमुख सिफारिसको पनि कार्यसूची तय भएको छ। चैत १ गतेदेखि सर्वोच्चमा प्रधानन्यायाधीश पद…
काठमाडौं: हालै फिल्म 'कस्मिक लभ' बन्ने घोषणा भयो। लभ स्टोरीमा आधारित रहने फिल्मको असार ११ देखि छायाँकन शुरु हुनेछ। निर्माण टिम यतिखेर फिल्ममा समावेश गीतका रेकर्डिङमा व्यस्त छन्। ‘माया तिमीलाई' बोलको गीतको रेकर्डिङ सकियो। दिनेश सुवेदीको शब्द तथा बाबुल गिरीको संगीत गीतमा बाबुल र मिलन अमात्यको स्वर रहेकोछ। शंकर अधिकारीले निर्देशनमा बन्ने फिल्ममा कलाकार प्रशान्त ताम्राकार, अर्पण थापा र दीया मास्केको…
राजविराज सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा सोमबार साँझ एक बालकको डुबेर मृत्यु भएको छ। स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। केही दिनयता तराईमा बढेको अत्याधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन्। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्ता सम्पन्न भएको छ। सिंगापुरको सेन्तोसा टापुमा रहेको कापेला होटलमा भएको वार्ता सकरात्मक भएको प्रतिक्रिया दुबै नेताले दिएका छन्। दुई नेताबीच करिव ४५ मिनेट भेटवार्ता भएको हो। दुई नेताबीच वान टु वान वार्ता भएको हो। दुबै नेताहरु दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोरियाली प्रायद्धीपको आणविक…
चितवनः सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ। राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने…
काठमाडौँ : मंगलबार बिहान सिंगापुरमा सम्पन्न ट्रम्प–किम वार्तामा चार बुँदे सहमति जुटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्तापछि दुवैले बृहत् सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा विस्तृतमा के लेखिएको छ भन्ने सार्वजनिक नभए पनि सम्झौतामा चार बुँदा देखिएको छ। ट्रम्पले सम्झौतालाई बृहत् र महत्त्वपूर्ण भनेका छन्। हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूले…
काठमाडौं : अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको ऐतिहासिक वार्ता सम्पन्न भएको छ। दुई नेताबीच वार्ता सकारात्मक भएको भन्दै घोषणापत्रमा समेत हस्ताक्ष गरेका छन्। ४५ मिनेट लामो फेस टु फेस वार्तापछि उनले अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमसँग सहमतिमा हस्ताक्षर गर्ने बताएका थिए। ‘हामी एउटा महत्त्वपूर्ण डकुमेन्टमा हस्ताक्षर गर्दै छौँ। एउटा व्यापक डकुमेन्ट। हामीबीच एउटा…
सिंगापुर : उत्तर कोरियाली नेता किम जोङ् उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलवारका लागि तय भएको बहुप्रतिक्षित शिखर वार्ताका लागि सिंगापुरमा छन्। आइतवार सिंगापुर पुगेका उनीहरुबीच सेन्तोसा टापुमा वार्ता हुनेछ। उत्तर कोरियाली समाचार संस्थाले जनाए अनुसार उत्तर कोरियले यो वार्ताबाट दशकौदेखि शत्रु मान्दै आएको अमेरिकासँग नयाँ सम्बन्ध स्थापना हुनसक्ने बताएको छ। मंगलवार हुने भेटमा किमले स्थायी शान्ति स्थापना संयन्त्रका…
काठमाडौं: बीबीसी साझा सवालमा कविता वाचनमार्फत आफ्नो परिचय दिने आमाको कविता संग्रह सार्वजनिक भएको छ। धादिङकी खुमादेवी पाण्डेले 'अनेक घुम्ती' नामक पुस्तक बजारमा ल्याएकी हुन्। मौखिक रुपमा वाचन गरिएका कविताहरुलाई रेकर्ड गरेर उतारिएको हो। स्थापित अफसेट प्रेसले प्रकाशनमा ल्याएको कृतिमा उनले ८ वटा खण्डहरुमा कविता विभाजन गराएकी छिन्। समग्रमा ४१ वटा कविता छन्। समावेश कविताहरु बारे डाक्टर नवराज लम्सालले लेखेका…
काठमाडौं: गायक दीपक खरेलको नयाँ गीत सार्वजनिक भएको छ। 'मेरो नेपाल' बोलको गीत युट्यबमार्फत रिलिज भएको हो। सार्वजनिक गीतमा दीपक खरेलको स्वर, दीपक जंगमको संगीत र विजय सिवाकोटीको शब्द रहेको छ। राजेश श्रेष्ठले निर्देशन गरेको भिडियोमा यी तीनजना संगीतकर्मी देखिएका छन्। भिडियोलाई ह्यारी महर्जनले खिचेका हुन्।