काठमाडौं : गृहमन्त्रालयले गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)का पदाधिकारीहरुको सम्पत्ति विवरण माग गरेको छ। गृहमन्त्रालयमा ७७ वटै जिल्लामा पत्राचार गर्दै पदाधिकारीको सम्पत्ति विवरण शिलबन्दी गरेर पठाउन निर्देशन दिएको हो। एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित नियमनलाई तीव्रता दिने निर्णय गृहमन्त्री रामबहादुर थापाले गरेका हुन्। हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयलेसमेत…
लङ शिङचोङ - नेपाली प्रधानमन्त्री केपी शर्मा ओली पुन:प्रधानमन्त्रीमा निर्वाचित भएपछि चीनको भ्रमणमा छन्। यो भ्रमणलार्इ दुवै देशमा महत्त्वका साथ हेरिएको छ। नेपाल र चीनमात्र होइन यो भ्रमणले भारतको पनि ध्यान तानेको छ। चीन र नेपालबीच विस्तृत सहकार्यलार्इ बढाए, नेपालको आर्थिक विकासका लागि प्रधानमन्त्री ओलीको यो भ्रमण ऐतिहासिक हुनसक्छ। चीन-नेपालबीच आर्थिक सहकार्यको ठूलो सम्भावना छ। अविकसित देश भएकाले नेपालले विदेशी…
बलिउड फिल्म 'जिरो'को टिजर सार्वजनिक भएको छ। सलमान खान र शाहरुख खान अभिनित फिल्मको टिजर कमेडीपुर्ण छ। 'जेरो' डिसेम्बरमा प्रदर्शनमा आउने भएको छ। बलिउडका दुइ खान पर्दामा एकसाथ प्रस्तुत हुँदा दर्शक फिल्म हेर्न उत्साहित देखिन्छन्। फिल्ममा सलमानको केमियो भुमिका रहेको छ। पछिल्लो समय सलमानको ट्यूबलाईटमा शाहरुखले केमियो भुमिका निभाएका थिए। फिल्ममा शाहरुखसँगै कट्रिना कैफ र अनुश्का शर्माको अभिनय छ। फिल्मलाई…
बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर कपुरको विवाहको चर्चाले नयाँ मोड लिएको छ। भारतिय मिडियाले उनीहरु दुईको विवाह हुने निश्चित भएको जनाएको छ। आगामी नोभेम्बरमा लगन गाँठो कस्ने तयारीमा छन्। बलिउडमा केही हप्तादेखि उक्त विषय गसिप बनेको थियो। कलाकारद्वयले भने अहिलेसम्म आफ्नो यस विषयमा मुख खोलेका छैनन्। अब चाँडै नै दुइको इन्गेज्मेन्ट हुने पनि भारतिय मिडियामा उल्लेख छन्। पछिल्लो…
काठमाडौं: यतिबेला ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’को छायाँकन भईरहेको छ। निर्माण टिम अहिले चितवनको उपरदाङ्ग गढीमा छ। निर्देशक रिमेश अधिकारीले एक हप्ताको छायाँकन सकेर काठमाडौं फर्कने बताए। फिल्मको नब्बे प्रतिशत छायांकन उपरदाङ्गमा सकिनेछ। बाँकीको दश प्रतिशत काठमाडौंमा छायाँकन हुने निर्माण टिमले जनाएको छ। धन बहादुर कुँवरले लेखेको पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित भएर फिल्म बन्ने भनिएको छ। फिल्ममा देव गुरुङ, देशभक्त…
काठमाडौं : ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट प्रहरी निरिक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले काभ्रे देउराली ८ घर भएका २६ वर्षीय देवकुमार थापा र धादिङ घर भएका २९ वर्षीय कमल गुरुङलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। उनीहरूले 'राधे समूह'को नाममा ठमेल, ज्याठा क्षेत्रमा होटेल, रेस्टुरेन्ट तथा अन्य…
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा काम गर्ने क्रममा करेन्ट लागि एक युवाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ का २८ वर्षीय नियुशन लिम्बूको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय बागमारा खोलामा निर्माणाधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई साँझ करीब ६ बजे करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको दमकतर्फ लैजाँदै गर्दा बाटोमा नै…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते गते उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन्। भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत साझेदारीका क्षेत्रमा समझदारी हुने भएको छ। नेपालले प्रधानमन्त्री ओलीको भ्रमणको तालिका सार्वजनिक गरेकै दिन चिनियाँ विदेशमन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनका क्रममा भ्रमणको जानकारी गराएको हो। चिनियाँ विदेशमन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनका सुरुवातमै मन्त्रालयका प्रवक्ता…
काठमाडौं : थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले तेस्रो ललित स्मति यू-१८ फुटबल च्याम्पियनसिप अन्तर्गत बुधवारको खेलमा जित हात पारेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा थ्री स्टारले मनाङ मर्स्याङ्दीलाई १-० ले हरायो। थ्री स्टारका लागि खेलको ४४औँ मिनेटमा टिका राज गुरुङले निर्णायक गोल गरे। यस्तै दोस्रो खेलमा फ्रेण्ड्ले फार वेस्ट फुटबल क्लबलाई १-० ले नै पराजित गर्यो। १०औँ…
काठमाडौं : भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ। बुधवार थुनछेक बहसपछि धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो। अध्यक्ष श्रेष्ठ विरुद्ध करिब ३ अर्ब बिगो दाबीसहित काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो। प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी…
काठमाडौं: सुन प्रकरणलाई लिएर प्रहरीले बुधवार बाजेको सेकुवा कर्नरमा छापा मारेको छ। काठमाडौंको १० वटा आउटलेट मध्ये ६ वटा सेकुवामा सिलबन्दी गरेको छ। अनामनगर, गौरीधारा, बत्तिसपुतली लगायत ६ वटामा सिलवन्दी गरिएको सरकारले गठन विषेश छानविन समिति संयोजक ईश्वरराज पौडेलले बताए। पहिलोपोस्टसँगको कुराकानीमा पौडेलले भने, 'प्रतिवादी चेतन भण्डारीको पूर्ण स्वामित्व रहेको सेकुवा कर्नर मात्र सिलवन्दी गरेका हौं। अरुको पनि लगानी भएको…
सन् २०२६ को २३ औँ संस्करणको विश्वकप फुटबल तीन उत्तर अमेरिकी राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। फिफाको ६८ औँ कंग्रेसमा यी ती राष्ट्र सम्मिलित युनाइटेडले सर्वाधिक मत प्राप्त गर्दै विश्वकप आयोजना गर्ने अवसर पाएको हो। युनाइटेड र मोरोक्कोले सन् २०२६ को विश्वकप आयोजनाका लागि आ-आफ्नो दाबेदारी पेश गरेका थिए। तर, फिफाको सदस्य राष्ट्रहरुले दिएको…
रसिया विश्वकप २०१८ अन्तर्गत आज पनि ३ खेल हुँदैछ। साँझ ५:४५ बजे समूह बी का पोर्चुगल र मोरोक्को भिड्दैछन् भने राती ८:४५ बजे समूह ए मा रहेका उरुग्वे र साउदी अरबबीच खेल हुनेछ। यस्तै राती ११:४५ बजे समूह बी का स्पेन र इरान भिड्नेछन्। यी तीन खेलमा हेर्नलायक खेलाडीका रुपमा रहेका स्टारहरु: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) रसिया विश्वकपमा स्पेनसँग समूह…
भोलिबाट रुसमा सुरु हुने २१ औं संस्करणको विश्वकप प्रतियोगितामा २१ औँ शताब्दीमा प्रतिपादन भएका प्राविधिहरुको समेत प्रयोग हुँदैछन्। खेलका क्रममा रेफ्रीलाई सहयोग गर्नका लागि अनेक प्रविधिहरुको प्रयोग हुनेछन्। आम दर्शकलाई यस विषयमा भने त्यति जानकारी हुनेछैन। एनएफसी चिप जडित टेलस्टार १८ विश्वकप २०१८ का लागि विशेषरुपमा तयार पारिएको बल हो टेलस्टार १८। गत वर्ष एडिडासले यो बल सार्वजनिक गरेको…
रसियाको लुझनिकी स्टेडियममा रसिया र साउदी अरेबियाबीच भोलि हुने विश्वकप २०१८ को उद्घाटन खेल अर्जेन्टिनाका नेस्टर पिटानाले सञ्चालन गर्ने भएका छन्। उक्त खेलमा जुआन पयाब्लो बेल्लाटी र हेर्नान माइडाना सहायक रेफ्रीको हुनेछन्। यस्तै ब्राजिलका सान्द्रो रिक्की चौथो अफिसियलको जिम्मेवारी दिइएको छ। रसिया विश्वकपमा यसपालिदेखि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको पनि प्रयोग हुनेछ। उद्घाटन खेलमा भिएआर टोलीमा इटालीका म्यासिमिलिआनो इर्राटी, अर्जेन्टिनाका…
राजविराजः पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ९८८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए।…
हेटौँडाः प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा खिमलाल देवकोटालाई नियुक्ति गरेको छ। यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ भने अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए। रासस
काठमाडौँः विनियोजन विधेयकको मन्त्रालयगत विवरण समयमा प्राप्त नहुँदा रोकिएको बजेट छलफल आजदेखि सुरु हुँदैछ। संघीय संसद् सचिवालयले चारवटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल गर्नेगरि कार्यतालिका मंगलबार नै प्रकाशन गरिसकेको छ। कार्यसूची अनुसार बुधबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी, र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा छलफल हुनेछ। बुधबारका लागि छलफल तय भएका चार मन्त्रालयका विवरण…
फलेवासः आफ्नै साथीहरूको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी नसिब को तीन साता बितिसक्दा पनि शव नेपाल ल्याउन नसकेपछि परिवारले सहयोगको अपिल गरेको छ। पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि ल्याउन नसकेपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गरेका हुन्। घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण…
काठमाडौँः नेपाल प्रहरीका ५५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा भएका छन्। गृह मन्त्रालयका सचिवस्तरको बैठकले मंगलबार बढुवा गरेको हो। बढुवाको पहिलो नम्बरमा इन्सपेक्टर मीमबहादुर लामा रहेका छन्। हेर्नुस् बढुवा सूची