PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • वसन्तपुरबाट पेस्तोलसहित पाँचजना पक्राउ, सबै १६ वर्षभन्दा कम उमेरका

    वसन्तपुरबाट पेस्तोलसहित पाँचजना पक्राउ, सबै १६ वर्षभन्दा कम उमेरका

    काठमाडौँः काठमाडौँको वसन्तपुरबाट पेस्तोलसहित पाँचजना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत जनसेवाको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो।  प्रहरीका अनुसार पक्राउ पर्ने सबै १६ वर्षभन्दा कम उमेरका रहेका छन्।  पक्राउ पर्नेहरुमा पुजन लिम्बु, संगम लामा, रितेश तामाङ, प्रशान्त रञ्जितकार र रोहित तामाङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ९ एमएमको पेस्तोल र एक थान गोली समेत बरामद गरेको छ। 

    विस्तृतमा पढ्नुस्

  • उडान बन्द भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु, हेनुस् फोटोमा 

    उडान बन्द भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्रु, हेनुस् फोटोमा 

    काठमाडौँः बिहीबार राति मालिन्दो एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रवनेमा चिप्लिएपछि अन्तर्राष्ट्रिय उडान बन्द छन्। उडान बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन्। पूर्वनिर्धारित उडान तालिका अनुसार एयरपोर्ट पुगेका यात्रुहरु अहिले विमानस्थलमै छन्।  विमानस्थलमा अलपत्र यात्रु हेनुस् फोटोमा    

    विस्तृतमा पढ्नुस्

  • क्यान निलम्वन फुकुवाको बाटोमा

    क्यान निलम्वन फुकुवाको बाटोमा

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको संशोधित विधान हुबहु परित गरेपछि क्यानको निलम्बनको बाटो खुलेको छ। इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी)का प्रतिनिध अमर शेखको उपस्थितिमा बिहिवार काठमाडौंमा भएको विशेष साधारण सभाले विधान जस्ताको तस्तै पारित गरेको हो। निर्वचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जिल्ला संघका केही रिजरभेसनहरु रहेपनि अहिलेलाई सबै विषयत थाँती राखेर विधान हुबहु पारित गरेको…

    विस्तृतमा पढ्नुस्

  • भ्यानको ठक्करबाट एकजनाको मृत्यु

    भ्यानको ठक्करबाट एकजनाको मृत्यु

    विराटनगरः विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ। को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङे डिल्लीबजार कारागार चलान, ०७८ वैशाख ६ गतेसम्म जेल बस्ने

    दीपक मनाङे डिल्लीबजार कारागार चलान, ०७८ वैशाख ६ गतेसम्म जेल बस्ने

    काठमाडौँः ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका दीपक मनाङेलाई सदरखोर डिल्लीबजार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालत तहशील शाखाको पत्राचार अनुसार अब थप तीन वर्ष कैद बस्नु पर्नेछ। पाँच वर्षमध्ये दुई वर्ष कैद यसअघि नै भुक्तान भइसकेको छ।  पुनरावेदन अदालत पाटनको फैसला कार्यान्वयनमा गएको हो । उनी ०७८ वैशाख ६ गतेसम्म कारागारमा रहनेछन्।   ज्यान मार्ने उद्योग मुद्दामा तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • क्रिस गेल : टी-२० मा पहिलो अन्तर्राष्ट्रिय शतक देखि आइपीएलमा सर्वाधिक शतकसम्म

    क्रिस गेल : टी-२० मा पहिलो अन्तर्राष्ट्रिय शतक देखि आइपीएलमा सर्वाधिक शतकसम्म

    क्रिस्टोफर हेनरी गेल (क्रिस गेल), 'युनिभर्स बोस'। क्रिकेटको सर्ट फर्म्याट 'टी-२०' का लेजेण्ड्री प्लेअर हुन्। शतक प्रहार गर्नु र छक्काको वर्षा गर्नु गेलको विशेषता नै हो। टी-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने उनी पहिलो र एक मात्र खेलाडी हुन्। गेलले बिहीवार मात्र इन्डियन प्रिमियर लिग (आइपीएल)मा किंग्स ११ पञ्जावको लागि शतक प्रहार गर्दै टी-२० मा शतक संख्या २१ पुर्‍याएका…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई नयाँ फिल्म पर्दामा 

    फ्राइडे रिलिज: दुई नयाँ फिल्म पर्दामा 

    काठमाडौं: यो साता फ्राइडे रिलिजका लागि एकमात्र फिल्म रिलिज भयो। 'स्वर्ग मेरो गाउँ' सार्वजनिक भएको हो। फिल्मले सिंगस स्क्रिनमा मात्र सो पाएको छ।  फिल्मको निर्माण तथा निर्देशन रामकृष्ण बजगाईंले गरका हुन्। फिल्मले शहरबाट गाउँ घुम्न आएका युवतीहरुको कथा भन्छ। जो गाउँ परिवर्तनमा लाग्छन्। फिल्ममा नरेन खड्का, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा लगायतको अभिनय रहेको छ।  पवन गौतमले खिचेको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • राकेश रोशनलाई 'लाइफ टाइम अचिभमेन्ट' अवार्ड 

    राकेश रोशनलाई 'लाइफ टाइम अचिभमेन्ट' अवार्ड 

    बलिउड फिल्मकर्मी राकेश रोशनले 'लाइफ टाइम अचिभमेन्ट' अवार्ड  पाउने भएका छन्। दादासाहेब फाल्के फिल्म फाउन्डेसनले उनलाई उक्त उपाधी दिने भएको हो।  लामो समयसम्म निर्माता, निर्देशक, स्क्रिन लेखक, सम्पादक र अभिनेताको रुपमा सक्रिय उनको निरन्तर सक्रियताको लागि उपाधी प्रधान गर्न लागेको आयोजकको दाबी छ। आयोजक पारुल सुद भन्छन्,'उहाँजस्तो व्यक्तिलाई सम्मान गर्न पाउँदा खुशी छौं। यो उनको योगदानको कदर हो।' सुदले राकेशको…

    विस्तृतमा पढ्नुस्

  • 'मिस स्कुबा नेपाल २०१८' का लागि आवेदन खुला

    'मिस स्कुबा नेपाल २०१८' का लागि आवेदन खुला

    काठमाडौँ: मिस स्कुबा नेपाल २०१८ आयोजना हुने भएको छ। पहिलोपटक हुने सौन्दर्य प्रतियोगिताको लागि आवेदन खुला गरेको जानकारी आयोजक सङ्स नेपालले दियो। मिस स्कुबा मलेसियामा नेपालको प्रतिनिधित्व गराउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताइयो। प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले अन्तराष्ट्रिय स्तरमा नेपाली सुन्दरीको प्रतिनिधित्व गराउनु सकारात्मक प्रयास भएको बताए। भने,'यो व्यक्तित्व बिकास र बौद्धिकवृद्धीको लागि आवश्यक कदम हो जस्तो…

    विस्तृतमा पढ्नुस्

  • 'हाइ प्रोफाइल' कैदीहरु एकै ठाउँ : सुडान कान्डका पूर्व आइजी थुनिएकै ठाउँमा थपिए दीपक मनाङ्गे

    'हाइ प्रोफाइल' कैदीहरु एकै ठाउँ : सुडान कान्डका पूर्व आइजी थुनिएकै ठाउँमा थपिए दीपक मनाङ्गे

    काठमाडौं : बिहीवार पक्राउ परेका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई प्रहरीले शुक्रवार बिहान काठमाडौं जिल्ला अदालत  उपस्थित गरायो। अदालत ल्याइएका चर्चित गुन्डा नाइके ३ वर्षसम्म जेल बस्नुपर्ने जानकारी अदालतमा दिएपछि उनलाई सोधियो : कुन जेल बस्ने?   प्रदेश ४ मा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारीबाट चुनाव जिते पनि सांसद हुन नपाएका मनाङ्गेले रोजे- सदरखोर डिल्लीबजार। काठमाडौं जिल्ला अदालत तहशील शाखाको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समिति स्थगित: अर्को बैठक आइतवारमात्र

    कांग्रेस केन्द्रीय समिति स्थगित: अर्को बैठक आइतवारमात्र

    काठमाडौं: आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। बैठक ११ बजे बस्ने भनिएको थियो। वैठक किन स्थगित भयो भन्नेबारेमा कांग्रेसले खुलाएको छैन। अर्को बैठक आइतवार विहान ११ बजे बस्ने भएको छ। 'विशेष कारणवस उक्त बैठक २०७५ वैशाख ९ गते विहान ११ बजे बस्ने भएकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' कांग्रेस केन्द्रीय कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • स्वीट्जरल्याण्डसँग नाम मिल्दो-जुल्दो भएको कारण यी राजाले परिवर्तन गरे आफ्नै देशको नाम

    स्वीट्जरल्याण्डसँग नाम मिल्दो-जुल्दो भएको कारण यी राजाले परिवर्तन गरे आफ्नै देशको नाम

    दक्षिण अफ्रिकी राष्ट्र स्वाजील्याण्डका राजा मस्वती तेस्रोले आफ्नो देशको नामै परिवर्तन गरेका छन्। उनले विशेष अवसर पारेर देशको नाम परिवर्तन गरेका हुन्। स्वाजील्याण्ड स्वतन्त्र भएको र आफ्नो पनि ५०औँ जन्म दिवसको अवसमा स्वाजिल्याण्डको नाम परिवर्तन गर्दै 'द किंगडम इएसवातिनि' राखेका हुन्। जसको अर्थ ल्याण्ड अफ स्वाजिज अर्थात स्वाजीहरुको भूमि भन्ने हुन्छ। राजा मस्वातीले यसअघि पनि पटक-पटक स्वाजील्याण्डलाई इएसवातिनी भन्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीमा

    मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीमा

    काठमाडौँः महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ। महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको बताए। “पहिले दैनिक १५/२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,” उनले भने। उनले ट्याक्सी मिटरमा हिँड्न नमाने…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी भर्ना अभियानः शीर्ष नेताहरुको सहभागिताले तराईका विद्यालयमा उत्साह

    विद्यार्थी भर्ना अभियानः शीर्ष नेताहरुको सहभागिताले तराईका विद्यालयमा उत्साह

    प्रकाश सिलवाल काठमाडौँः विद्यार्थी भर्ना अभियानका लागि यो वर्ष एकैदिन प्रधानमन्त्री, मन्त्री र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि उत्साह पैदा भएको छ। विगत वर्षमा औपचारिकतामा सीमित यो कार्यक्रम यस वर्ष पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइएको हो। नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

    कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

    कञ्चनपुरः कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्। कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए। कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ। कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जनकारी गराउँदै आएका छन्। कारागार प्रशासनले जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ मा जनप्रतिनिधिको तलवः मुख्यमन्त्रीको ६० सांसद्को ४५ हजार सिफारिस 

    प्रदेश ५ मा जनप्रतिनिधिको तलवः मुख्यमन्त्रीको ६० सांसद्को ४५ हजार सिफारिस 

    रुपन्देहीः प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ। बैठकले विभिन्न ३ वटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ। जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश छ।   मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक निर्धारण, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूको पारिश्रमिक निर्धारण सम्बन्धी विधेयक दर्ताका…

    विस्तृतमा पढ्नुस्

  • फोनलाइन काटिएपछि महसुल तिर्ने तयारीमा संसद सचिवालय

    फोनलाइन काटिएपछि महसुल तिर्ने तयारीमा संसद सचिवालय

    काठमाडौं: नेपाल टेलिकमले टेलिफोन लाइनहरु काटेपछि संघीय संसद सचिवालयले महसुल तिर्ने तयारी गरेको जनाएको छ। सचिवालयले झण्डै ६० लाख रुपैयाँ नेपाल टेलिकमलाई बुझाउन बाँकी राखेपछि टेलिकमले बुधबार टेलिफोनका लाइनहरु काटिएका छन्। सचिवालयले लाइन सुचारु गर्न बुधबार नै टेलिकमलाई आग्रह गरे पनि बिहीवार एक बजेसम्म पनि टेलिफोनहरु सुचारु हुन सकेको थिएन। सचिवालयका सहप्रवक्ता केशव अर्यालले पहिलोपोस्टसँग भने,‘महसुल बुझाउने तयारी गर्दैछौं। केही…

    विस्तृतमा पढ्नुस्

  • 'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन

    'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलिया रिलिज एकैदिन

    काठमाडौं: फिल्म 'डमरुको डण्डीबियो' नेपाल र अस्ट्रेलियामा एकैदिन प्रदर्शनमा आउने भएको छ। फिल्म बैशाख २१ गते सार्वजनिक हुँदैछ। प्रचारका लागि मोफसल यात्रा सकेर आएको फिल्म युनिट हाल काठमाडौंमा प्रोमोसन गर्दैछ। प्रचारस्वरुप गत सातादेखि राजधानीको विभिन्न मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा आयोजना गरिरहेको छ। यसअघि पोखरा, बुटवल, नारायणढ र धरानमा पनि ठ्याक लगाउने प्रतिस्पर्धासँगै पत्रकार सम्मेलन आयोजना गरी फिल्म बारे…

    विस्तृतमा पढ्नुस्

  • क्यानको विशेष साधारण सभा सुरु, नेपाली क्रिकेटले पाउला निकास?

    क्यानको विशेष साधारण सभा सुरु, नेपाली क्रिकेटले पाउला निकास?

    काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आजबाट सुरु भएको छ। काठमाडौंमा दुई दिन चल्ने क्यानको साधारण सभामा आइसीसीको प्रतिनिधि अमर शेख पनि उपस्थित छन्। यस्तै विशेष साधारण सभामा क्यानका ३७ जिल्लाका जिल्ला प्रतिनिधिहरु उपस्थित छन्। निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एकपटक क्यानमा राजनीति हुँदा नेपालले कुन परिस्थिति भोग्नुपर्‍यो अब त्यस्तो अवस्था दोहोरिन नदिन क्रिकेटमा राजनीति हुन नहुने भन्दै यस पटकको…

    विस्तृतमा पढ्नुस्

  • एकताको विवाद टुङ्ग्याउन दुई अध्यक्ष आज पनि असफल

    एकताको विवाद टुङ्ग्याउन दुई अध्यक्ष आज पनि असफल

    काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता विना निष्कर्ष सकिएको छ।  मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयहरुलाई टुंगो लगाउनका लागि दुई अध्यक्षलाई जिम्मा दिएको थियो। सोही अनुसार विवादित विषयलाई ‘फाइनल टच’ दिनका लागि बसेको दुई नेताको 'वान अन वान' वार्ता विना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell