PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • एभिसी सेन्ट्रल जोन भलिबल : स्वर्ण जित्ने नेपालको लक्ष्य

    एभिसी सेन्ट्रल जोन भलिबल : स्वर्ण जित्ने नेपालको लक्ष्य

    काठमाडौं : बंगलादेशमा हुने चौथो एभिसी मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने भएको छ। अघिल्लो संस्करणमा तेस्रो भएको नेपालले यस पटक स्वर्ण जित्ने लक्ष्य लिएको छ। बुधवार भएको बिदाई कार्यक्रममा नेपाली टिमका कप्तान इम रानाले यसपटकको तयारी राम्रो रहेकाले फाइनलसम्मको यात्रा तय गरी उपाधि जित्ने टिमको लक्ष्य रहेको बताए। आगामी अप्रिल २१ देखि २८…

    विस्तृतमा पढ्नुस्

  • पात्रहरुको चरित्र खुलाउने 'हैरान' टिजर

    पात्रहरुको चरित्र खुलाउने 'हैरान' टिजर

    काठमाडौं: कान्छो निर्देशक सौगात विष्टको निर्देशनमा बनेको फिल्म ‘हैरान’को टीजर सार्वजनिक भएको छ। फिल्मका पात्रहरुको चरित्र बुझाउने ट्रेलर विहिबार युट्युबमार्फत रिलिज गरिएको हो। कमेडी र एक्सन पाटो देखाइएको टिजरमा मुख्य कलाकारहरु फिचर्ड छन्। फिल्म जेठ ४ गतेबाट प्रदर्शन हुँदैछ। डान्स फिभरको ब्यानरमा बनेको फिल्मलाई निरज कडेँल र नवराज उप्रेतीले खिचेका हुन्। फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्। सत्य–स्वरुपको संगीत रहेको…

    विस्तृतमा पढ्नुस्

  • 'बेबी आइ लभ यु'को कभर भिडियो र गीतको नतिजा घोषणा

    'बेबी आइ लभ यु'को कभर भिडियो र गीतको नतिजा घोषणा

    काठमाडौं: फिल्म 'बेबी आइ लभ यु'को ट्रेलर सार्वजनिक भएको छ। विहीबार काठमाडौंमा कार्यक्रम आयोजनागरी ट्रेलर रिलिजसँगै फिल्मको कभर गीत र भिडियो प्रतियोगिताको विजेता घोषणा पनि गरियो। फिल्मको गीत 'कान्छी मायालु'को कभर भिडियो आह्वान गरिएको थियो। जसको लागि बिटुडी डान्सिङ ग्रुप विजेता घोषित भयो। समुहलाई एक लाख नगद पुरस्कारको चेक हस्तान्तरण गरियो। त्यस्तै गायनतर्फ प्रितम सेन्चुरी विजेता घोषित भए। उनलाई पनि एक…

    विस्तृतमा पढ्नुस्

  • सेप्टेम्बर ११ का संदिग्ध मोहमेद हैदर सिरियाबाट पक्राउ

    सेप्टेम्बर ११ का संदिग्ध मोहमेद हैदर सिरियाबाट पक्राउ

    बर्लिनः सेप्टेम्बर ११ को घटनाका संलग्न भनिएका एक जर्मन नागरिकलार्इ सिरियाबाट पक्राउ गरिएको छ। मोहमेद अत्ता र अन्य अल कायदाका हमलाकारीलार्इ सिरियाबाट पक्राउ गरिएको एएफपीले जनाएको छ।  'मोहमेद हैदर जमारलार्इ कुर्दिस सुरक्षा दस्ताले उत्तरी सिरियाबाट पक्राउ गरिएको छ,' प्रहरी अधिकारीलार्इ उदृत गर्दै एएफपीले जनाएको छ। यद्पी यो समाचार स्वतन्त्र रूपमा पुष्टि भइनसकेको एनबीसी न्यूजले जनाएको छ।  जर्मनीको बील्ड न्यूजपेपरले जमारलार्इ…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली म्युजिक भिडियो अवार्ड'को तेस्रो संस्करण मलेसियामा

    'नेपाली म्युजिक भिडियो अवार्ड'को तेस्रो संस्करण मलेसियामा

    काठमाडौं: 'नेपाली म्युजिक भिडियो अवार्ड २०१८'को लागि आवेदन आह्वान गरिएको छ। संज्ञिक्षा फिल्मस् र एसकेएस ब्राइट भेन्चरको संयुक्त आयोजनामा कार्यक्रमको दोस्रो संस्करण आयोजना हुन लागेको हो। योपटक कार्यक्रम मलेसियामा हुँदैछ। अवार्ड कार्यक्रममा दुई अङ्क युएइमा भएका थिए। आउँदो जुन १६, १७ र १८ तारिखमा हुने समारोहमा ३२ विधामा अवार्ड वितरण गरिने आयोजक मनोज केसीले जानकारी दिए। अवार्डको यो संस्करण केही…

    विस्तृतमा पढ्नुस्

  • गोपाल पराजुलीविरुद्धको अवहेलना मुद्दा सर्वोच्चले दर्ता गरेन

    गोपाल पराजुलीविरुद्धको अवहेलना मुद्दा सर्वोच्चले दर्ता गरेन

    काठमाडौं : निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध सर्वोच्चमा पेश भएको अवहेलना मुद्दाको दरपीठ इजलासले पनि सदर गरेको छ। दरपीठ सदरसँगै पराजुलीविरुद्धको मुद्दा दर्ता भएन। दर्ताका लागि पेश भएको झण्डै एक महिनापछि मुद्दा दरपीठ सदर भएको हो।  न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको इजलासले प्रशासनको दरपीठ सदर गरेको हो । फागुन  २५ गते रिट दरपीठ भएको थियो। सर्वोच्च प्रशासनले रिट दरपीठ गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • देउवाले भने : सबै दोष मेरो टाउकोमा थोपारियो

    देउवाले भने : सबै दोष मेरो टाउकोमा थोपारियो

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस हारदेखि गुट उप-गुटसम्मका सबै दोष आफ्नो टाउकोमा थोपरेको गुनासो गरेका छन्। नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा राजधानीको त्रिचन्द्र कलेजमा आयोजित बृहत् शुभकामना आदानप्रदान एवं जलपान समारोहलाई सम्बोधन गर्दै देउवाले उक्त भनाइ राखेका हुन्। देउवाले दोष अाफूमाथि आएकाले मिलाएर लैजाने प्रतिवद्धतासमेत जनाए। विवाद अन्त्यका लागि केन्द्रीय समिति जारी रहेको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ लज्जास्पद रूपमा कमजोर, गुटबन्दीकै कारण यस्तो भयो : संस्थापक अध्यक्ष विपिन कोइराला

    नेविसंघ लज्जास्पद रूपमा कमजोर, गुटबन्दीकै कारण यस्तो भयो : संस्थापक अध्यक्ष विपिन कोइराला

    काठमाडौं: नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइरालाले नेविसंघ इतिहासमै कमजोर सावित भएको बताएका छन्। नेपाली कांग्रेसमा भएको गुटबन्दीकै कारण विद्यार्थी संगठन पनि कमजोर भएको उनको आरोप थियो। 'कांग्रेसमा अहिले गुट उपगुट छ। नेविसंघ इतिहासमै कमजोर भयो। यो गुट उपगुटको रिफ्लेक्सन हो', कोइरालाले भने, 'यसलाई पार्टी नेतृत्वले मिलाएर लैजान सक्नुपर्छ। नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा राजधानीको त्रिचन्द्र…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ काफ्ले पक्षको शुभकामना लैनचौरमा, प्रकाशमानले भने : पार्टीमा 'डिबेट' नै गर्न नमिल्ने अवस्था आयो

    नेविसंघ काफ्ले पक्षको शुभकामना लैनचौरमा, प्रकाशमानले भने : पार्टीमा 'डिबेट' नै गर्न नमिल्ने अवस्था आयो

    काठमाडौं : नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा राजधानीमै दुई स्थानमा शुभकामना कार्यक्रम आयोजना भयो। नेविसंघ अध्यक्ष नैनसिंह महर पक्षले त्रिचन्द्र कलेजमा शुभकामना कार्यक्रम आयोजना गर्‍यो। यता महामन्त्री कुन्दनराज काफ्ले समूहले लैनचौरस्थित लैनचौर बैङ्क्वेटमा 'नेपाल विद्यार्थी संघ र वर्तमान दायित्व विषयक गोष्ठी र शुभकामना कार्यक्रम आयोजना गर्‍यो। त्रिचन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : मुम्बईको पहिलो जित, कोहलीको ९२ रन छायाँमा

    आइपीएल : मुम्बईको पहिलो जित, कोहलीको ९२ रन छायाँमा

    रोहित शर्मा र विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरेको दिन साविक विजेता मुम्बई इन्डियन्सले आइपीएलमा यस सिजनको पहिलो जित हात पारेको छ। रोहितको ९४ रन मद्दतमा मुम्बईले विराटको रोएल च्यालेन्जर्स बैंगोलरलाई ४६ रनले पराजित गरेको हो। लगातार ३ हारपछि पहिलो जित हात पारेको मुम्बईलाई यस जितले राहत समेत मिलेको छ। उता ४ खेलमा बैंगलोरको यो तेस्रो हार हो। दुवैको समान २…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा शिक्षकको मृत्यु

    दुर्घटनामा शिक्षकको मृत्यु

    मलेखुः धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ। सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते भएका छन्। बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै टिपरले ठक्कर दिएको थियो। टिपरको ठक्करबाट मोटरसाइकल सडकमा…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा कारबाहीमा अफगानिस्तानमा १६ तालिवान लडाकुको मृत्यु

    सुरक्षा कारबाहीमा अफगानिस्तानमा १६ तालिवान लडाकुको मृत्यु

    गाजनीः अफगानिस्तानको पूर्वी गाजनी प्रान्तमा अफगानी सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा १६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुख मोहम्मद जमान खोस्तीले बताएका छन्। उक्त घटनामा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ। अधिकारीका अनुसार अलिखिल क्षेत्रमा गस्ती गरिरहेको प्रहरी समूहमाथि तालीवान विद्रोहीले धराप विष्फोट गराई आक्रमण गरेपछि शुरूभएको दोहोरो भिडन्तमा विद्रोहीतर्फ ठूलो सङ्ख्यामा क्षति भएको छ। झडपपछि कतिपय घाइतेलाई विद्रोहीले…

    विस्तृतमा पढ्नुस्

  • होटल सोल्टीको क्यासिनो माजोङमा प्रहरीको छापा, सञ्चालकसहित ८ जना पक्राउ

    होटल सोल्टीको क्यासिनो माजोङमा प्रहरीको छापा, सञ्चालकसहित ८ जना पक्राउ

    काठमाडौँः प्रहरीले मंगलबार राति होटल सोल्टीको क्यासिनो माजोङमा छापा मारेको छ। नेपालीहरु समेत क्यासिनोमा रहेको भन्ने  सूचनाका आधारमा प्रहरी माजोङमा छापा मारेको हो।  प्रहरीको छापामा क्यासिनो संचालक र मेनेजरसहित ८ जना नेपाली पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेनेजर बिनोद श्रेष्ठ, सञ्चालक ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरीलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री सिरहा जाँदै, पाँच वर्षीया मनीषा डोमलाई विद्यालयमा भर्ना गराउने

    प्रधानमन्त्री सिरहा जाँदै, पाँच वर्षीया मनीषा डोमलाई विद्यालयमा भर्ना गराउने

    काठमाडौँः विद्यार्थी भर्ना अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा जाँदै छन्। यसअघि मुगुबाट विद्यार्थीको अभिभावकत्व ग्रहण गरी अभियान सुरु गरेका ओली आज सिरहा जान लागेको उनका निजी सचिवालयले जनाएको छ।    प्रधानमन्त्री ओलीले सिरहाको कल्याणपुर नगरपालिका ११ की ५ वर्षीया मनीषा कुमारी डोमलाई सोही ठाउँको रामदुलारी माध्यामिक विद्यालयमा भर्ना गर्ने कार्यक्रम रहेको छ।  दलित समुदायमा निरक्षरता दर…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी भर्ना अभियानमा साथ दिँदै शीर्ष नेता, माझी र मुसहर समुदायका दुई बालक भर्ना गर्दै प्रचण्ड 

    विद्यार्थी भर्ना अभियानमा साथ दिँदै शीर्ष नेता, माझी र मुसहर समुदायका दुई बालक भर्ना गर्दै प्रचण्ड 

    काठमाडौँः सरकारले सुरु गरेको विद्यालय भर्ना अभियानलाई राजनीतिक दलका शीर्ष नेताहरूले साथ दिएका छन्। प्रधानमन्त्रीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई बालकलाई विद्यालय भर्ना गराउने भएका छन्। यसअघि कांग्रेस युवा नेता गगन थापाले पनि काठमाडौँमा एक बालिकालाई विद्यालय भर्ना गराएका थिए।  प्रचण्डको निजी सचिवालयका अनुसार बुधवार प्रचण्डले पश्चिम चितवनको मेघौलीमा अल्पसंख्यक समुदायका बालबालिकाहरूलाई विद्यालय भर्ना गर्ने कार्यक्रम छ।  उनले…

    विस्तृतमा पढ्नुस्

  • डेढ किलो चरेशसहित ७४ वर्षीय वृद्ध पक्राउ

    डेढ किलो चरेशसहित ७४ वर्षीय वृद्ध पक्राउ

    कञ्चनपुरः लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ। मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छबिस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई ब्यूरोको टोलीले चरेशसहित पक्राउ गरेको हो। पक्राउ गरेका जोशीलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। रासस

    विस्तृतमा पढ्नुस्

  • हराएको ४० दिनपछि शव फेला

    हराएको ४० दिनपछि शव फेला

    नुवाकोटः रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेटिएका छन्। विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशुली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे भेटिएको शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए। शव परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ५७ वर्षीय तामाङ मकै…

    विस्तृतमा पढ्नुस्

  • दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

    दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

    दाङः गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ। घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। आज बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो। ठक्कर दिने गाडीको पहिचान भएको छैन। प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • नेटवर्किङ व्यवसाय चलाएको आरोपमा सञ्चालक पक्राउ

    नेटवर्किङ व्यवसाय चलाएको आरोपमा सञ्चालक पक्राउ

    काठमाडौंः पिरामिड शैलीमा नेटवर्किङ व्यवसाय गरेको आरोपमा प्रहरीले सञ्चालकसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार काठमाडौंको चुच्पाट्टीबाट राजकुमार दंगाललगायत केहीलाई पक्राउ गरेको व्यूरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। आइबोस ग्लोवल मार्केटिङका नाममा सदस्य बनाएर ठगी भएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।

    विस्तृतमा पढ्नुस्

  • पूर्वराष्ट्रपति बुस पत्नी बारबरा बुसको निधन

    पूर्वराष्ट्रपति बुस पत्नी बारबरा बुसको निधन

    वासिङटनः अमेरिकी पूर्व प्रथम महिला बारबार बुसको ९२ वर्षको उमेरमा निधन भएको छ। स्थानीय समयअनुसार बुधवार साँझ उनको मृत्यु भएको हो।  अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज बुसकी पत्नी तथा ४३ औँ राष्ट्रपति जर्ज डब्लु बुसकी आमा बारबरा बुस अमेरिकी इतिहासमा प्रथम महिलासँगै राष्ट्रपतिकी आमाको रूपमा ह्वाइट हाउसमाबा बस्ने दोस्री महिला हुन्।  अमेरिकी इतिहासमा प्रथम महिला र राष्ट्रपतिको आमाको रूपमा ह्वाइट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell