PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीको कार्यक्रम : 'क्यु फ्री' देखि ग्यारेजमै थन्काउनेसम्म

    सिन्डिकेट हटाउने निर्णय विरुद्ध यातायात व्यवसायीको कार्यक्रम : 'क्यु फ्री' देखि ग्यारेजमै थन्काउनेसम्म

    काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गतेबाट आफ्नो गाडी ग्यारेजमा थन्काउने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गर्दै यातायात समितिको दर्ता नवीकरण नगर्ने निर्णय गरेपछि क्रुद्ध बनेका व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।    यातायात व्यवसायीले देशभरका यातायात कार्यालय घेराउदेखि सवारी साधन ग्यारेजमा थन्काउनेसम्मका कार्यक्रम अघि सारेका हुन्। उनीहरुले ७ गते प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकताका लागि धेरै दिन कुर्न पर्दैन: प्रचण्ड

    पार्टी एकताका लागि धेरै दिन कुर्न पर्दैन: प्रचण्ड

    चितवन: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागि नसकेको बताएका छन्।   प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए।  दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गमा दफनाइएकी 'महक परी'

    दरबारमार्गमा दफनाइएकी 'महक परी'

    काठमाडौँ : दरबारमार्गबाट बागबजार जाने बाटोतिरको रत्नपार्कको आकाशे पुल चढ्दा बायाँतिर हेर्नुभयो भने मार्बल ओछ्याइएको एउटा साँघुरो स्थान देखिन्छ। धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ। एउटी त्यस्ती वीराङ्गना जसले अङ्ग्रेज शासकहरुसँग विद्रोह गरिन्, तर अन्तिममा उनले मृत्युपछि चीरनिद्राका लागि आफ्नै जमिनसमेत पाइनन्। विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरैसमयसम्म अनजान र अलपत्र रह्यो।   आज भने यो…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङमा उच्चस्तरीय भेटमा परराष्ट्रमन्त्री ज्ञवाली

    बेइजिङमा उच्चस्तरीय भेटमा परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं: चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ उपराष्ट्रपति वाङ क्यूसानसँग शिष्टाचार भेटवार्ता गरेका छन्।  बुधबार विहान बेइजिङस्थित त्यहाँको सरकारी निवासमा पुगेर परराष्ट्रमन्त्री ज्ञवालीले उपराष्ट्रपति क्यूसानसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा द्वीपक्षी हित र दुई देशबीचको आपसी सम्बन्धका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  यसैबीच परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग समेत भेटवार्ता भएको छ। दुइपक्षीय भेटवार्ताका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकाले देखाए एकै मञ्चमा ३ नाटक

    बालबालिकाले देखाए एकै मञ्चमा ३ नाटक

    काठमाडौं: बाल कलाकारहरुले एकैदिनमा तीनवटा नाटक मञ्चन गरेका छन्। थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले गरेको नाट्य कार्यशालाको समापनमा उक्त नाटकहरु देखाएका हुन्। मञ्चनसँगै ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करण सकिएको छ। नाटकमार्फत बालबालिकाले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई प्रस्तुत गरे। ५ देखि १५ वर्षसम्मका २९ जना बालबालिका सहभागी भएको कार्यशालाको समापनमा नेपाली बालसाहित्यकार शान्तदास मानन्धरको नाटक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीद्वारा मधेशका दुई बालबालिकालाई विद्यालय भर्ना

    प्रधानमन्त्री ओलीद्वारा मधेशका दुई बालबालिकालाई विद्यालय भर्ना

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएका छन्। उनले सिराहाका रुपाकुमारी मण्डल र पवन मल्लिक डोमलाई रामदुलारी माध्यामिक विद्यालय कल्याणपुरमा भर्ना गरेका हुन। भर्नापछि प्रधानमन्त्री ओलीले निरक्षरता उन्मुलन गर्न उमेर पुगेका बालबालिका विद्यालय भर्ना गर्न सबैलाई आग्रह गरेका छन्।   दुई बालबालिकालाई विद्यालय भर्ना गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘निरक्षरता उन्मुलनमा आ–आफ्नो ठाउँबाट…

    विस्तृतमा पढ्नुस्

  • मंगोलियन हर्टको रजत जयन्तीमा च्यारिटी कन्सर्ट

    मंगोलियन हर्टको रजत जयन्तीमा च्यारिटी कन्सर्ट

    काठमाडौं: नेपाली सांगीतिक ब्यान्ड ‘मंगोलियन हर्ट’ले आउँदो शनिबार आफ्नो रजत जयन्ती मनाउने भएको छ। जसका लागि समूहले च्यारिटी कन्सर्ट आयोजना गरेको छ। आउँदो शनिबार काठमाडौंको टुसालस्थित ह्यात रिजेन्सीको ग्राउण्डमा कन्सर्ट गर्ने भएको हो। मंगलबार कार्यक्रम आयोजना गरी सांगीतिक प्रस्तुति दिने बारे जानकारी दिइएको हो। ‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नाम दिइएको कार्यक्रममा ब्यान्ड बाहेकका गायक, गायिकाहरुको प्रस्तुति तथा सहभागिता रहने बताइएको…

    विस्तृतमा पढ्नुस्

  • सृष्टि केसीको लागि पुन: एकपटक 'ब्लाइन्ड रक्स'

    सृष्टि केसीको लागि पुन: एकपटक 'ब्लाइन्ड रक्स'

    फिल्म 'ब्लाइन्ड रक्स'को सहयोगार्थ सो आयोजना हुने भएको छ। बैशाख १३ गते काठमाडौँको कुमारी हलमा च्यारिटी सो आयोजना हुन लागेको हो। फिल्मको नेपाल, हङकङ र लण्डनमा सो भइसको छ। फिल्म दृष्टिबिहिनहरुको लागि खोलिएको संस्था ब्लाइन्ड रक्सकी अध्यक्ष एवं मोटिभेसनल स्पिकर सृष्टि केसीको बायोपिक हो। र हुन लागेको च्यारिटी सोको मुनाफा उनकै संस्थाको सहयोगका लागि आयोजना गरिएको हो। मिलन चाम्स निर्देशित…

    विस्तृतमा पढ्नुस्

  • चितवन पुगेर प्रचण्डले भने- चुनाव चिन्ह, जनयुद्ध र फिप्टी फिप्टीमा कुरा मिल्न बाँकी छ

    चितवन पुगेर प्रचण्डले भने- चुनाव चिन्ह, जनयुद्ध र फिप्टी फिप्टीमा कुरा मिल्न बाँकी छ

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले चुनाव चिन्ह, जनयुद्ध र एकताको मोडालिटी नमिलेका कारण वैशाख ९ गते पार्टी एकता हुन नसक्ने स्पष्ट पारेका छन्।  बुधवार सरकारले सार्वजनिक गरेको साक्षरता अभियान अन्तर्गत चितवनका दुर्इ बालबालिकालार्इ विद्यालय भर्ना गराउन गृहजिल्ला चितवन पुगेका प्रचण्डले त्यहाँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्बोधन गर्ने र पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • मेघौलीका दुई विपन्न बालकको शिक्षामा प्रचण्डको साथ

    मेघौलीका दुई विपन्न बालकको शिक्षामा प्रचण्डको साथ

    चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका दुर्इ बालकलार्इ विद्यालयमा भर्ना गराएका छन्।  बुधवार पश्चिम चितवनको मेघौलीस्थित साझापुर माविमा आयोजित कार्यक्रममा प्रचण्डले मुसहर र माझी समुदायका बालकहरूको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका हुन्।  प्रचण्डले ९ वर्षका अरुण मुसहर र ५ वर्षका पत्रुस माझीलाई भर्ना गराएका हुन्। उनले यी बालकहरूको कक्षा १२ सम्म निःशुल्क अध्ययन खर्च व्यहोर्ने छन्।  प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • भारतमा जन्ती सवार गाडी दुर्घटना: २१ को मृत्यु, १२ घाइते

    भारतमा जन्ती सवार गाडी दुर्घटना: २१ को मृत्यु, १२ घाइते

    नयाँदिल्ली: वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।  मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।  मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो।  गएराति भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री होइन, कानुन ठुलो हो, कोहीसँग एक इन्च पनि झुक्नेवाला छैन : कानुनमन्त्री तामाङ

    प्रधानमन्त्री होइन, कानुन ठुलो हो, कोहीसँग एक इन्च पनि झुक्नेवाला छैन : कानुनमन्त्री तामाङ

    काठमाडौं: कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले देश विकासको लागि कानुन र विधान आवश्यक रहेको बताएका छन्। ग्याबा तामाङहरूको पहिलो राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले कतिपय मानिसहरू पदमा बसेकै आडमा ठुलो बन्ने गरेको आरोप लगाए। 'कति मान्छेहरू संविधान, कानुनले दिएको पदमा बसेका हुन्छन्, त्यो भन्दा पनि ठुलो मान्दो रहेछन्,' मन्त्री तामाङले भने, 'स‌ंविधान, कानुनले दिएको…

    विस्तृतमा पढ्नुस्

  • सेवाग्राहीसँग घुस लिने विद्युत प्रधिकरणका दुई कर्मचारी पक्राउ

    सेवाग्राहीसँग घुस लिने विद्युत प्रधिकरणका दुई कर्मचारी पक्राउ

    काठमाडौं: घुस रकमसहित महोत्तरी जलेश्वरबाट नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारी पक्राउ परेका छन्।   विद्युत प्राधिकरण शाखामा कार्यरत चौथो तहका बाबुसाहेव सिंह र तृतिय तहका लालबाबु पण्डितलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।   उनीहरुले थ्रि फेज मिटर जडानको लागि भनेर सेवाग्राहीसंग ३० हजार रुपैयाँ लिएका थिए। सेवाग्राहीको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • ईयूकी राजदुतले भेटिन् प्रधानसेनापति

    ईयूकी राजदुतले भेटिन् प्रधानसेनापति

    काठमाडौं: यूरोपिएन युनियनकी राजदुत भेरोनिका बोडेले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटघाट गरेकी छिन्। राजधानीस्थित भद्रकालीमा रहेको नेपाली सेनाको मुख्यालय पुगी बोडेले प्रधानसेनापति क्षत्रीलाई भेटेको नेपाली सेनाले जनाएको छ। भेटमा दुई पक्षीय हित र पारिस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। त्यसैगरी रक्षा मन्त्रालयका नवनियक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण गरेका छन्। उनलाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले जंगी अड्डामा…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेशमन्त्री वाङद्वारा त्रिदेशीय साझेदारीका लागि भारतलाई आह्वान

    चिनियाँ विदेशमन्त्री वाङद्वारा त्रिदेशीय साझेदारीका लागि भारतलाई आह्वान

    काठमाडौं: चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग त्रिदेशीय साझेदारीका लागि आह्वान गरेका छन्। बेइजिङ भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री यीले यस्तो बताएका हुन्।   उनले नेपाल भारत र चीनको साझेदारीका लागि प्राकृतिक क्षेत्र रहेको भन्दै भारतलाई तीन देशबीचको कनेक्टिभिटी प्रोजेक्टमा सहभागी हुन आह्वानसमेत गरे।  नेपालले पटकपटक त्रिदेशीय साझेदारीको कुरा उठाउँदै आएको छ। यस्तोमा बेइजिङबाट त्रिदेशीय…

    विस्तृतमा पढ्नुस्

  • केरुङ - काठमाडौं - पोखरा - लुम्बिनी - रेलमार्ग : नेपाल र चीनबीच यस्तो भयो सहमति

    केरुङ - काठमाडौं - पोखरा - लुम्बिनी - रेलमार्ग : नेपाल र चीनबीच यस्तो भयो सहमति

    काठमाडौं : नेपाल र चीनबीच केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यतालाई अगाडि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने विषयमा सहमति भएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको दुईपक्षीय भेटवार्ताका क्रममा यस्तो समझदारी जुटेको हो।  चिनियाँ टोलीले गरेको केरुङ काठमाडौँ र काठमाडौँ पोखरा लुम्बिनी रेलवेको प्रारम्भिक सम्भाव्यता अध्ययन गरी बेइजिङ फर्किएको थियो। भेटवार्तामा सो सम्भाव्यता अध्यन र विस्तृत…

    विस्तृतमा पढ्नुस्

  • एसएसपी सिंहले सम्हाले अपराध महाशाखामा जिम्मेवारी

    एसएसपी सिंहले सम्हाले अपराध महाशाखामा जिम्मेवारी

    काठमाडौं: एसएसपी धिरजप्रताप सिंहले आजदेखि महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी सम्हालेका छन्।  दिउँसो ४ बजे टेकुस्थित महाशाखाको कार्यालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन्। प्रहरी प्रधान कार्यालय नक्सालले गत आइतबार एसएसपी सिंहलाई महाशाखामा सरुवाको लागि पत्र थमाएको थियो।  ३३ केजी सुन काण्डमा एसएसपी दिवेश लोहनीलाई हेडक्वाटर तानिएपछि लोहनीको ठाउँमा सिंहलाई पठाइएको हो। एसएसपी सिंह यसअघि बाग्मती अञ्चल कार्यालयमा थिए। उनीसँग दाङ,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सचेतकमा पुष्पा भुषाल मनोनीत

    कांग्रेस सचेतकमा पुष्पा भुषाल मनोनीत

    काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेसको तर्फबाट सचेतकमा पुष्पा भुषाललाई मनोनीत गरेका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार भुषाललाई सचेतकमा आज मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। समानुपातिकबाट प्रतिनिधिमा निर्वाचित अर्घाखाँचीकी भुषाल उपसभामुखमा पराजित भएकी थिइन्।

    विस्तृतमा पढ्नुस्

  • प्रहरीले पक्राउ गरेका युवकको गोजीमा विष

    प्रहरीले पक्राउ गरेका युवकको गोजीमा विष

    काठमाडौं : बुधवार दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले एक युवकलाई पक्राउ गर्‍यो। करीब २५ वर्षका ती युवकले एक युवतीलाई फेसबुकमा जथाभावी म्यासेज गर्ने गरेका थिए। युवतीले प्रहरीमा उजुरी दिएपछि युवक पक्राउ परे। प्रहरीले ती युवकको शरीर खानतलास गर्‍यो। युवकको गोजीमा रहेको सामाग्री देखेर प्रहरी नै चकित भए। ती युवकको गोजीमा विषको बट्टा भेटियो। नखोलिएको भर्खरै किनिएको विषको बट्टा थियो…

    विस्तृतमा पढ्नुस्

  • आइपीएल : कोलकताको दोस्रो जित, रसेलको आक्रमक ब्याटिङ

    आइपीएल : कोलकताको दोस्रो जित, रसेलको आक्रमक ब्याटिङ

    नितिश राना र आन्द्रे रसेलको उत्कृष्ट ब्याटिङ अनी बलरहरुको उत्कष्ट प्रदर्शन मद्दतमा कोलकता नाइट राइटडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा कोलकताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनले पराजित गर्‍यो। प्रतियोगितामा ४ मध्ये २ खेल जितेको कोलकता ४ अंकका साथ अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। उता तेस्रो हारपछि २ अंक मात्र रहेको दिल्ली पुछारबाट दोस्रोमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell