काठमाडौं: राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध भएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा केही समयअघि सम्पन्न बैठकले अध्यक्षमा उनको नाम निर्विरोध भएको घोषणा गरेको हो। फागुन २८ गते भएको मनोनयनअनुसार अध्यक्षमा एमालेका तिमिल्सिना एकल दाबेदार थिए। नवनिर्वाचित अध्यक्षलाई बधाइ दिन शुक्रबार बैठक बस्नेछ। राष्ट्रिय सभाको उपाध्यक्ष चयनका लागि ४ गते निर्वाचन हुने बैठकले निर्णय गरेको छ।
काठमाडौं : निर्वाचन आयोगले उप राष्ट्रपतिको चुनाव आगामी चैत्र ९ गते हुने गरी मिति तय गरेको छ। आज प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षता बसेको बैठकले मिति तय गरेको हो। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार उप…
काठमाडौं : सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बंगला एयरका चालकले विमान उडाउनु अघि नै राजीनामा दिएको खुलेको छ। चालक अबिद सुल्तानले इमेलमार्फत् राजीनामा दिएको उनका नजिकका साथीलाई उद्धृत गर्दै बंगलादेशको समाचार अनलाइनलाई प्रोथोमलोले जनाएको छ। 'अबिदले नेपाल उड्नुअघि नै युएस बंगलालाई इमेलमार्फत् राजीनामा दिएका थिए,' उनका साथीले भने। तर, उनको राजीनामा स्वीकृत नभएको उनका स्पष्ट पारेका छन्। युएस…
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालले भेटेका छन्। प्रधानमन्त्री ओलीले सोमबार भएको यूस बंगलाको विमान दुर्घटनालाई दुखद भएको बताए। मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्दार र उपचारमा देखाएको सक्रियताको प्रशंशा गरे। नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेका थिए। प्रधानमन्त्री ओलीले विमान…
भारतको राज्य सभा सदस्यका उम्मेदवार जया बच्चनले गत शुक्रबार आफ्नो मनोनयन दर्तासँगै सम्पत्ति विवरण पनि बुझाइन्। उनले बुझाएको विवरणअनुसार गएको छ वर्षमा वच्चन परिवार (जया र अमिताव) को सम्पत्ति पाँच सय करोडबाट एक हजार करोड पुगेको छ। उनीहरुसँग चार सय ६० करोडको अचल सम्पत्ति छ जुन सन् २०१२ को भन्दा दुईगुना बढी हो। त्यतिखेर १ सय ५२ करोड बराबरको अचल…
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिपरिषद् पूर्णता पाउने बताएका छन्। किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा आज यहाँ आयोजित ‘प्रदेश नं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा अध्यक्ष दाहालले भने, —“बिहीबार वा शुक्रबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउँछ।” अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै “वाम गठबन्धनले सयुक्त…
काठमाडौं : नियमित रुपमा उपस्थित भइ कार्य सम्पादन गर्न सहज नभएको भन्दै सर्वोच्च अदालतका आठ न्यायाधीशहरुले ५ दिन विदा मागेका छन्। चोलेन्द्रशम्शेर जवराले प्रधान न्यायाधीश गोपाल पराजुलीसँगको बेन्च बहिस्कार गरेपछि सर्वोच्च अदालतमा न्यायाधीशहरुबीच नै ध्रुविकरण देखिएको थियो। दीपकराज जोशी, चोलेन्द्रशम्शेर जवरा, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाश राउत, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र सपना प्रधानले विदाका लागि निवेदन दिएका छन्। उनीहरुले…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ ग्रहण गराउने कार्यक्रम सुरु हुनेक्रममै न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीशलाई पदमुक्त घोषणा गरेको छ। न्यायपरिषद सचिवालयले प्रधान न्यायाधीश पराजुलीलाई 'पदमा नरहेको जानकारी' गराउँदै न्याय परिषद सचिवायलमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरबाट प्राप्त पत्रका आधारमा पराजुली गत साउन २१ गते नै ६५ वर्ष पूरा भइसकेको देखिएकाले सचिवस्तरीय निर्णयबाट पदमुक्त…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले 'पदमुक्त भइसकेका' प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ खाएकी छिन्। सर्वोच्च अदालतबाट राष्ट्रपति भवनमा सपथ ग्रहणका लागि पुगेका प्रधान न्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवालयले पदमुक्त भएको जनाएको छ। जतिखेर उनलाई पदमुक्त भएको पत्र सार्वजनिक भएको थियो, त्यतिखेर राष्ट्रपतिको सपथ ग्रहण सुरु भएको थिएन। उनी पदमुक्त भएको पत्र कान्तिपुरले सार्वजनिक गर्दा राष्ट्रपति भवनमा औपचारिक कार्यक्रम…
काठमाडौं : गोल्डेनगेट इन्टरनेशनल कलेज र डिएभी कलेज कीर्तिपुरमा भइरहेको दोस्रो युनिभर्सिटी कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बुधवार भएको क्वाटरफाइनलमा गोल्डेनगेटले जनता कलेज तथा डिएभीले शंकरदेव क्याम्पसलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। शुक्रवार हुने खसेमिफाइनलमा टीयू र कसमस तथा गोल्डेनगेट र डिएभी कलेजबीच प्रतिस्पर्धा हुनेछ। रवि कुमार शाहले अलराउण्ड…
काठमाडौं : ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७४’ अन्तर्गत बुधबार भएको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमी काठमाडौं र नेपाल पुलिस क्लब विजयी भएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौंलाई २५–९, २५–३, २५–१९ को सेटमा हरायव। खेलमा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच…
काठमाडौं : चैत १७ गतेबाट हुने धनगढी प्रिमियर लिग डीपीएललाई इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले मान्यता दिएको हो। आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले आइसीसीले मान्यता दिएको पुष्टी गरे। 'आजै मात्र आइसीसीले मान्यता दिएको पत्र पठाएको छ। त्यसका लागि आइसीसीले केही क्राइटेरिया तोकेको छ। हामीले रकमको बारेमा कन्सिडर गर्नका लागि रिक्वेस्ट गर्नेछौँ र त्यसपछि फेरी जानकारी गराउनेछौँ।' शाहीले पहिलोपोस्टसँग भने।…
काठमाडौं : ‘चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’ अन्तर्गत महिला एकलको उपाधि त्रिभुवन आर्मी क्लबकी नङसल तामाङले जितेकी छिन्। बुधवार सम्पन्न फाइनलमा नङसलले सोही क्लबका रसिल महर्जनलाई २१–१९, १९–२१, २१–१९ ले पराजित गर्दै च्याम्पियन बनिन्। यसैगरी पुरुष एकलतर्फको सेमीफाइनलमा नेपाल एपीएफका दिपेश धामीले त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठलाई २१–१६, २१– १६ ले तथा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङले दार्चुलाका…
रुपन्देही : आयोजक लाली रुपन्देही-११ लाई पेनाल्टी सुटआउटमा ४-३ले हराउँदै नेपाल पुलिस क्लब २०औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। गोलकिपर रोशन खड्काको उच्च प्रदर्शन गर्दै ३ पेनाल्टी रोकेपछि बुधवारको पहिलो सेमिफाइनलमा पुलिसले जित हात पारेको हो। पेनाल्टीसुटबउटमा पुलिसका रेजिन सुब्बाले विजयी गोल गरे। शनिबार हुने फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबबीद्वको विजेतासँग…
काठमाडौं : त्रिभुवन आर्मीले क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा लगातार नवौँ जित हासिल गरेको छ। लिग अन्तर्गत बुधवार भएको खेलमा आर्मीले बुढानिलकण्ड मुनिसिपालिटीलाई ८९-८४ ले हरायो। बुढानिलकण्डको घरेलु कोर्ट गोल्फुटारमा भएको खेलमा आर्मीले पहिलो क्वाटर १८-२६ ले गुमाएको थियो। तर दोस्रो क्वाटरमा कमब्याक गर्दै ३०-१३ आफ्नो पक्षमा पारेको आर्मीले ४८-३९ को अग्रता बनायो। तेस्रो क्वाटर २०-२० को बराबरी भएको…
काठमाडौं : यही चैत १७ गतेबाट सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग डीपीएल खेल खेल तालिका सार्वजनिक भएको छ। आयोजक डीसीएका अध्यक्ष सुवास शाहीले बुधवार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार उद्घाटन खेलमा साविक विजेता टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्नेछन्। डीसीएका अध्यक्ष शाहीले प्रतियोगिताको सम्पूर्ण तयारीहरु अन्तिम चरणमा रहेको जानकारी गराएका छन्। यस्तै राष्ट्रिय टोलीका सदस्यहरु…
काठमाडौँः राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान लगतै मतगणना सुरु हुनेछ। मतदाताले आफ्नो परिचयपत्र, नागरिकता वा निर्वाचन आयोगले तोकेको अन्य परिचयपत्रले पनि मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। मतदानमा सहभागी हुने प्रदेश सभा…
काठमाडौंः न्यायाधीश र न्याय परिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। सोमबार रिट पेश भए पनि दर्ता वा दरपीठ दुबै भएको छैन। अधिवक्ता सुनील रञ्जन सिंहले सोमबार रिट पेश गरेका हुन्। अधिवक्ता सिंहका अनुसार सर्वोच्च प्रशासनले रिट दर्ताका विषयमा आज निर्णय दिने बताएको छ। कानुनी व्यवस्था अनुसार अहिलेसम्म न्यायाधीशको सम्पत्ति गोप्य राखिने गरिएको छ।…
लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि यात्रा थप मजबुत बनाउने क्रममा गएराती स्टोटक सिटीलाई २-० ले पराजित गरेको छ। सिटीका लागि दुवै गोल डेभिड शिल्भाले गरे। जितपछि सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडमाथि १६ अंकको अग्रता कायम गरेको छ। ३० खेलबाट ८१ अंक जोड्दै सिटी शीर्ष स्थानमा आसिन रहदा समान खेलबाट ६५ अंक रहेको युनाइटेड दोस्रोमा। लिगमा अब ८ खेल मात्र…
काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेशी तोकेका छन्। सर्वोच्चकै न्यायाधीश चोलेन्द्र शमशेर जवराले प्रधानन्यायाधीश पराजुलीले गत साउन २१ मै अवकाश पाइसकेको भन्दै राय व्यक्त गरेको भोलिपल्ट पराजुलीले इजलास तोकेका हुन्। न्यायाधीश जवरालाई भने पराजुलीले इजलास तोकेका छैनन्। जवराको रायपछि सोमबार अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाव दिएका थिए। तर, पराजुलीले मंगलबार आफूसहितको बेञ्च गठन गरेका छन्। आज पूर्ण बाहेक…