काठमाडौँः कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विगतदेखि नै चन्दाका लाथि दबाव दिँदै आएको र केही घटनाक्रमका कारण मेयर चौधरी आलोचित भएको अवस्थामा विप्लव समूहले गोली प्रहार गरेको प्रहरीको अनुसन्धान छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ‘विगतमा पनि चन्दाका लागि पत्राचार भइसकेको रहेछ। चन्दामा कुरा नमिल्दा नेकपाका…
काठमाडाैँः राजधानीमा सोमबार भएको विमान दुर्घटनाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सिंगापुर भ्रमण छोट्टिएको छ। अाइतबार चार दिनको राजकीय भ्रमणका लागि सिंगापुर पुगेकी उनी अाज मंगलबार नै स्वदेश फर्किँदै छन्। सोमबार बंगलादेशबाट काठमाडाैँका लागि अाएको युएस-बंगला विमान दुर्घटनापछि प्रधानमन्त्री हसिनाले अाफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किन लागेको ढाका ट्रिव्यूनले जनाएको छ। उनी बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको थियो। यसैबीच सोमबार नै प्रधानमन्त्री…
काठमाडौंः युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत रहेका ६ जना कर्मचारीलार्इ अर्को विभागमा सरुवा गरिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको जनाएको छ। ‘एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो दुर्घटना देखे। उनीहरु सक्ड हुनसक्ने भएकाले हामीले अन्य विभागमा सारेका हौं’…
काठमाडौँः सोमबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका बंगलादेशका नागरिक तथा घाइतेहरूका अाफन्तहरू नेपाल अाउन लागेका छन्। दी डेली स्टारले त्यहाँको विमानस्थल स्रोतलाइर् उल्लेख गर्दै मृतक तथा घाइतेका अाफन्त बोकेको युएस-बंगलाको विमान नेपालका लागि उडेको जनाएको छ। विमानमा ४६ जना रहेको र सबै मृतकका अाफन्तहरू भएको समाचारमा उल्लेख छ। सोमबार युएस-बंगला विमान दुर्घटनामा मारिएका ४९ जना मध्ये २६ जना बंगलादेशी नागरिक…
काठमाडौं: विवेकशील साझा पार्टीले राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने भएको छ। तीन प्रदेश सदस्य रहेको पार्टीले संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ नदेखिएको भन्दै मत नहाल्ने प्रदेश ३ का पार्टीका संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिए। प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरको समूह चरणका खेलहरु सकिएका छन्। सुपर सिक्स पुग्ने ६ वटै टिमको छिनोफानो भइसकेको छ भने बाँकी ६ टोलीले सातौँ देखि दशौँ स्थासम्मका लागि प्लेअफ खेल्नेछन्। सुपर सिक्स पुग्न असफल नेपालले क्रस प्लेअफमा समूह ए को पाँचौ स्थानमा रहेको पपुवा न्यू गिनीसँग बिहीवार खेल्नेछ। समूह बी मा एक खेल जित्दै अफगानिस्तान र हङकङसमान २…
काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२:०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गरेको छ भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन्। हालसम्म करिव ५० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा…
काठमाडौं: राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा यतिबेला विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको आफन्तको भिड लागेको छ। आफ्ना आफन्तको शव बुझ्न उनीहरु अस्पताल आइपुगेका हुन्।
काठमाडौं: महिना दिनको कामको तनावलाई भुलाउन उनीहरु विदामा विदेश घुम्न जाने योजनामा थिए। उनीहरुले साथीहरुको सल्लाहमा गन्तव्यमा तय गरे, नेपाल। दुवै साञ्जिदा हक र उनका पति रफिक जमानले सोचिरहेका थिए यो भ्रमण आफ्ना सात वर्षका छोरा अनिरुद्ध जमानका लागि एउटा सुखद उपहार हुने छ। दुवैले अफिसबाट विदा लिए। योजनाअनुसार नै हिजो (सोमबार) ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट युएस–बंगला विमान चढे।…
काठमाडौं: सोमबार भएको विमान दुर्घटनाको अवस्था बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री नेपाल आउन लागेका छन्। ढाकाबाट काठमाडौँका लागि उडेको विमान अवतरणका क्रममा सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५० जनाको निधन भएको थियो। बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पहिलो पोस्टलाई जानकारी दिए। नागरिक उड्डयन…
काठमाडौं : प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध न्यायाधीश चोलेन्द्रशम्शेर जवराले हिजो गरेको विद्रोहको असर आजको बेन्चमा परेको छ। जवराको विद्रोहपछि अरु न्यायाधीशहरुले प्रधान न्यायाधीश पराजुलीलाई विदामा बस्न दिएको सुझाव लत्याउँदै उनले दैनिक पेशी तोकेका थिए। न्यायाधीश चोलेन्द्रशम्शेर जवरा इतर इजलास तोके पनि सबै न्यायाधीश मुद्दा हेर्न तयार भएनन्। हिजोबाट सुरु भएको प्रधान न्यायाधीश पराजुलीविरुद्ध न्यायाधीशहरुको 'विद्रोह'ले थप गति लिएको छ।…
काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा समूह चरणका सबै खेल सकिएको छ। समूह चरणको समाप्तीपछि समूह ए बाट वेस्ट इन्डिज, आयरल्यान्ड र युएई सुपर सिक्समा पुगेका छन् भने समूह बी बाट जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान सुपर सिक्समा पुगेका छन्। नेदरल्याण्ड्स, पपुवा न्यू गिनी, नेपाल र हङकङ प्लेअफमा खेल्नेछन्। सुपर सिक्समा पुगेका ६ मध्ये शीर्ष दुई स्थान हात पार्ने…
काठमाडौं : जुलाई १ देखि ८ सम्म स्पेनको सान सेवेस्टानमा हुने दशौँ डोनोस्टी कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट २०१८ मा नेपालबाट पनि सहभागिता हुने भएको छ। आयोजकको निमन्त्रणामा नेपालको स्कलर्स होम एकेडेमीको फुटबल टिमले उक्त टुर्नामेन्टमा सहभागिता जनाउने एकेडेमीका प्रिन्सिपल हरि नारायण उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार एकेडेमीको यू-१४ टिमले नेपालबाट प्रतिनिधित्व गर्नेछ। यस संस्करणको डोनोस्टी कपमा विश्वका ५७ देशका ५…
काठमाडौं: सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश नागरिक उड्डयनमन्त्रीसहित १७ जनाको टोली काठमाडौं आइपुगेका छन् । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार बंगलादेशको पर्यटन मन्त्री, लगायतका उच्च पदाधिकारी आज २:१५ मा विमानस्थल आइपुगेका हुन्। क्षेत्रीले भने, 'आज साढे पाँच बजे होटल याक एण्ड यतिमा बंगलादेशको मन्त्रीस्तरीय टोलीलाई दुर्घटनासम्बन्धी ब्रिफिङ गर्नेछौँ।Ú बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम…
काठमाडौं : राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा मतदानको कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानमा ३ सय २६ जना संघीय संसदका सदस्य र ५ सय ३६ जना प्रदेश सभाका सदस्य गरी कूल जम्मा ८ सय ६२ जनाले मतदानमा भाग लिए।राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा…
काठमाडौं : दुई बुँदे माग राखेर २९ गतेबाट अनशन बस्ने तय गरेका प्राध्यापक डाक्टर गोविन्द केसीले तत्कालका लागि अनशन स्थगित गरेका छन्। विमान दुर्घटनामा परेका परिवारप्रति श्रद्धाञ्जलि दिँदै उनले अनशन स्थगित गरेका हुन्। प्रेस विज्ञप्ति जारी गर्दै केसीले चैत चार गतेसम्म माग पूरा नगरे अनशन बस्ने जनाएका छन्। यी हुन् डा केसीका माग १) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको…
काठमाडौं : न्यायालयको जनआस्था जोगाउन फूल कोर्ट बसेर अविलम्ब समस्या समाधान गर्न सर्वोच्च अदालतका कर्मचारी संगठनहरुले ध्यानाकर्षण गराएका छन्। न्यायालयभित्र र बाहिरबाट न्यायपालिकाको जनआस्था खस्काउने गतिविधि भइरहेको भन्दै उनीहरुले न्यायाधीशहरुलाई ध्यानाकर्षण गराएका हुन्। उनीहरुले विवादित एवम् वेन्च बहिस्कार गर्ने न्यायाधीशहरुको राजिनामाको माग सहित आन्दोलनका कार्यक्रम अगाडि बढाउनेसमेत जनाएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती युनियन संघ, नेपाल निजामती कर्मचारी…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर पछि नेपाली राष्ट्रिय क्रिकेट टोली हरारे पुगेको छ। जिम्बावेको बुलावायोमा समूह चरणका खेलपछि नेपाली टोली मंगलवार हरारे पुगेको जिम्बावेबाट प्रशिक्षक जगत टमाटाले पहिलोपोस्टलाई बताए। नेपालले समूह चरणका चार खेल बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लब र बुलावायो एथ्लेटिक क्लबमा खेलेको थियो। अब नेपालले प्ले अफ खेल हरारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्बलमा खेल्नेछ। नेपाल र पपुवा न्यू…
काठमाडौं: आज भएको राष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारीले दोस्रोपटक आफ्नो कार्यकाल सुरक्षित गरेकी हुन्। भण्डारीले ३९ हजार २७५ र राईले ११ हजार ७३० मतभार प्राप्त गरे। भण्डारी यसअघि २०७२ कातिक ११ मा भएको निर्वाचनमा नेपाली कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी…
काठमाडौं: नेपाल विद्यार्थी संघले मंगलबार साँझ माइतीघर मण्डलामा सोमबार विमान दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरेको छ। नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले मण्डलामा उपस्थित भएर मृतकको आत्मशान्तिको लागि प्रार्थना गर्दै दीप प्रज्वलन गरेको प्रवक्ता प्रेमराजा जोशीले जनाए। सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एअरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो। विमानमा चालक दलका सदस्यसहित ७१ सवार…