रुपन्देहीः रोजगारीका लागि भारतको चेन्नाई पुगेका एक नेपालीको रेलबाट खसेर मृत्यु भएको छ। रुपन्देही कञ्चन गाँउपालिका–५ गरगरेका ४५ वर्षिया दुर्गादत्त बास्तोलाको राप्तीसागर एक्सप्रेसबाट चेन्नाई जाने क्रममा रेलबाट खसेर मृत्यु भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि महेन्द्र बस्यालले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका उनको भारतमै दाहसंस्कार गरिएको छ। समाजका प्रतिनिधि र रोजगकारीका लागि भारतमै रहेका उनका दाजु टिकाराम…
काठमाडौं: बंगलादेशको एयर युएस बंगलाको विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। विमान बंगलादेशमा अहिले आगलागी भैरहेको देखिएको छ। घटनाको थप बिवरण आउन बाँकी रहेको छ। अवतरणका क्रममा धावनमार्गमा दुर्घटनामा परेको हो। Sad. Plane crash at TIA. pic.twitter.com/AsuDDV6WpR — Bishnu Sapkota (@Bishnusapkota) March 12, 2018
काठमाडौँः संयुक्त अरब इमिरेटबाट स्तानबुलका लागि उडेको एक निजि विमान इरानमा दुर्घटना भएको छ। इरानको सरकारी टेलिभिजनले दुर्घटनामा ११ जनाको मृत्यु भएको जनाएको छ। खराब मौसमका कारण विमान जगरोसा पहाडमा ठोक्किएको थियो। इमिरेटबाट उडान भरको विमान ४०० किलोमिटर पर ए–कोर्दमा दुर्घटना भएको थियो। विमानमा ८ जना यात्रु र चालकदलका तीन सदस्य रहेका थिए। इरानको नागरिक उड्डयन संगठनका प्रमुख रजा जफरजादेहले…
काठमाडौं : त्रिभुवन अन्तर्रार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोजिएको पाइएको छ। ६७ यात्रुसहित ७१ सवार रहेको उक्त विमान रुटभन्दा बाहिरबाट आएर अवतरण गरिएको देखिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। विमान किन रुट बाहिर गयो यसबारेमा अनुसन्धान गरिने उनले बताए। दुर्घटनामा परेका यात्रुलाई अहिले सेना, प्रहरीले एम्बुलेन्समार्फत केएमसी…
काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको हवाई दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनास्थलबाट काठमाडौं मेडिकल कलेज, सिभिल, नर्भिक लगायतका अस्पतालमा घाइतेहरु पुर्याइएको छ। घाइतेलाई अस्पताल पुर्याउने क्रम पनि जारी छ। काठमाडौं मेडिकल कलेजमा पुर्याइएका मध्ये केहीको निधन भएको त्यहाँ रहेका प्रहरीले बताएको हाम्रा संवाददाता प्रवीण रानाभाटले जानकारी दिए। उनका अनुसार अस्पताल पुर्याइएकाहरुको अवस्था गम्भीर देखिएको छ। नर्भिक अस्पतालमा…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन्। विमान दुर्घटनाबारे बुझ्न ओली विमानस्थल पुगेका हुन्। विमानस्थलमा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनामा घाइतेहरुको उद्दार कार्य जारी रहेको छ। डिआईजी जयबहादुर चन्दका अनुसार उद्दार कार्य जारी रहेको छ। दुर्घटनाग्रस्त विमानबाट केही शब निकालि सकिएको छ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा घाइते भएका यात्रुलाई राजधानीका विभिन्न अस्पतालमा उपचार जारी छ।
काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा परी कति जनाको निधन भयो आधिकारिक जानकारी दिइएको छैन। मृत्यु पुष्टि कसैले नगरेको भए पनि विमानस्थलबाट उद्दार गरेर ल्याइएका केही घाइतेहरुको मृत्यु भइसकेको तस्बिर हाम्रा संवाददाताले काठमाडौं मेडिकल कलेजबाट पठाएका छन्। मृत्यु र घाइतेको संख्याका विषयमा हामी अपडेटमा नै रहने छौं। प्रतीक्षा गर्नुहोला।
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ। बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८.२ ओभरमा अलआउट हुँदै १५४ रन बनाएको हो। हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४७ रन बनाए। यस्तै एहसान खानले २५, कप्तान बाबर हायतले २०, एहसान नवाजले १३ तथा…
प्रवीण रानाभाट - काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा परी घाइतेले नजिकैको काठमाडौं मेडिकल कलेज (केएमसी)को इमर्जेन्सी भरिएको छ। घाइते राख्ने ठाउँ नहुँदा अस्पताल ल्याइएका घाइतेहरुलाई यहाँबाट अन्य अस्पतालतिर पठाउन थालिएको छ। नर्भिक तथा सिभिल अस्पतालतिर घाइतेलाई पठाइँदैछ। यहाँ ल्याइएका घाइतेमध्ये केहीको मृत्यु भइसकेको छ। केहीको अवस्था ज्यादै गम्भीर रहेको छ। सम्बन्धित समाचार: 'अफ रुट'बाट ओर्लिँदा विमान दुर्घटना: किन…
काठमाडौं: युएस बंगलाको दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स भेटिएको विमानस्थलले जनाएको छ। दुर्घटनाको अनुसन्धनका लागि महत्वपूर्ण मानिने ब्ल्याक बक्स भेटिएको र थप अनुसन्धान जारी रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाप्रति परराष्ट्र मन्त्रालयले श्रद्धाञ्जलि व्यक्त गरेको छ। सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटना भएको थियो। परराष्ट्र मन्त्रालयले विमान दुर्घटना प्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो।
काठमाडौं: युएस बंगलादेश एयरलाइन्स दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ। विमान दुर्घटना भएपछ बन्द भएको विमानस्थल साँझदेखि खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए। काठमाडौँमा अवतरणका तयारीमा रहेका विमानलाई लखनौ र ढाकातर्फ पठाइएको थियो। विमानस्थल खुलेपछि ती विमान काठमाडौँमा अवतरण हुनेछन्। रासस
काठमाडौं: दुर्घटनामा परेको बंगलादेशी विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए।
काठमाडौं : गोपाल पराजुली नेतृत्वको बेन्चमा सहभागी हुन अस्वीकार गर्दै चोलेन्द्र शमशेर जवराले 'विद्रोह' गरेपछि गहिरिएको संकटको भूमरीबाट उम्किन प्रधान न्यायाधीशलाई थप कठिन हुने देखिएको छ। जवराले विद्रोह गरेपछि बसेको फूलकोर्टमा प्रधानन्यायाधीश पराजुलीले सबैसँग सुझाव मागेका थिए। सर्वोच्च अदालतको अवहेलनामा कान्तिपुर दैनिक र प्राध्यापक गोविन्द केसीको मुद्दा पेचिलो हुँदै गएको अवस्थामा अधिकांश न्यायाधीशले पराजुलीलाई विदामा बस्न सुझाव दिए। अवहेलना मुद्दालाई…
काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ। समूह चरणमा पाएको पहिलो जितसँगै नेपालले वान डे स्ट्याटस हात पार्ने सम्भावना कायमै राखेको छ। यस्तै नेपालको जितपछि रनरेटमा अगाडि रहँदै अफगानिस्तान समूह बी मा तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ। नेपाल, अफगानिस्तान र हङकङको समान २…
काठमाडौं : क्रिकेट वर्ल्ड कप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ। रोहित पौडेल र सोमपाल कामीले छैटौँ विकेटका लागि नटआउट ८९ रनको साझेदारी गरेपछि नेपालले १५४ रनको लक्ष्य ५६ बल अगाडि नै ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितले अफगानिस्तान भाग्यमानी बनेको छ। नेपाल, अफगानिस्तान र हङकङको समान २ अंक भएपनि रन रेटमा अगाडि रहँदै…
काठमाडौं: त्रिभुवन विमानस्थलमा आज भएको विमान दुर्घटनामा १४ जना एमबिबीएसका विद्यार्थी परेका छन्। बंगलादेशको एमबिबीएसको अन्तिम परीक्षा उनीहरु फर्केका थिए। ती मध्ये श्रेया झा कुमुदिनी ओमन्स कलेजका र अरु जलालवाद राजीव रबेया मेडिकल कलेजका विद्यार्थी रहेका छन्। १.सञ्जय पौडेल २. सञ्जय महर्जन ३. निगा महर्जन ४. एन्जिला श्रेष्ठ ५. पुर्णिमा लोहनी ६. स्वेता थापा ७. मिली महर्जन ८. सरीमा श्रेष्ठ…
काठमाडौं: आज भएको युएस बंगला एयरको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। भारत भ्रमणमा रहेका थापा बंगलादेश हुँदै नेपाल फर्केका थिए। उनका आफन्त विकास बोलाखेका अनुसार थापा चितवन अस्पताल तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर हुन्। काभ्रे पनौतीका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटकसम्म स्वर्ण पदक प्राप्त गरेको बोलाखेले जानकारी दिए।
काठमाडौं : अधिकांश नेपाली र बंगाली नागरिक रहेको विमान दुर्घटनाको साक्षी बन्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। दिउँसो २ बजेर २० मिनेटमा धाबनमार्गभन्दा पूर्वतिर भएको दुर्घटनामा परी मर्नेको संख्या ४९ पुगिसकेको छ। बाँकी घाइतेको उपचार भइरहेको छ। विमान दुर्घटनामा उद्दार हुँदाको अवस्था हेर्नुस्