काठमाडौं : टीयू र कसमस कलेज कीर्तिपुरमा भइरहेको दोस्रो युनिभर्सिटी क्रिकेट कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलवार भएको क्वाटरफाइनलमा जित हात पार्दै यी दुई टिमले अन्तिम चारमा स्थान बनाए। कीर्तिपुरस्थित टीयू मैदानमा भएको पहिलो क्वाटरफाइनलमा कसमसले न्यु समिट कलेजलाई ४७ तथा दोस्रो क्वाटरफाइनलमा टीयूले क्यारेबियन कलेजलाई १३६ रनको फराकिलो अन्तरले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको कसमसले कमल सिंह ऐरीको…
प्रविन रानाभाट- काठमाडौं : यात्रु कुरेर बसेको जस्तो लाग्ने दुई बस, एउटा निलो र अर्को रातो। 'पर्यटक मात्र' लेखिएको यी बसमा चढ्ने कुनै गन्तव्यमा पुग्दैन। बसभित्र तपाईँ हामीले देखिरहने सिट पनि छैन, मोडिफाइड भइसकेको छ। यात्रु ओसार्ने बसको पहिचान फेरिएको छ। यो बस हो 'क्यान्टिन बस' जसमा चढेर तपाईँले पनि पेट पूजा गर्न सक्नुहुन्छ। यो बसमा भूगोल होइन, भोजनको यात्रा…
प्रिमियर लिग अन्तर्गत आइतवार भएको खेलमा टोटनहम हट्सपर र आर्सनल विजयी भएका छन्। एएफसी बर्नमाउथलाई ४-१ ले पराजित गरेको टोटद्दहम लिभरपुललाई पछि पार्दै तेस्रो स्थानमा उक्को छ। अर्को खेलमा आर्सनलले वाटफोर्डलाई ३-० ले हरायो। घरेलु मैदान बर्नमाउथले पहिले गोल गर्दै अग्रता लिएपनि हेन मिन सनले दुई गोल गरेपछि टोटनहमले सहजै जित हात पार्यो। खेलको सातौँ मिनेटमै जुनियर स्टानिसलासले गोल गर्दै…
म्याग्दीः म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ-पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना शुरु भएको छ। रघुगंगा गाउँपालिकाले बेनी नगरपालिका-१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हुँदै ६ नं वडा पाखापानी जोड्ने सडक फराकिलो बनाउन ७५ लाख रूपैयाँको लागतमा आयोजनाको काम शुरु गरेको हो। झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको नौ किलोमिटर सडकलाई दश मिटर फराकिलो बनाउने, नाली, पर्खाल, सोलिङ र कजवे निर्माणका लागि…
चितवनः भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्मी र २०७ जना स्वास्थ्य स्वयंसेविका आएका छन्। भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा आइतबार स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्मीलाई महानगर मातहत ल्याइएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयबाट हस्तान्तरण भई महानगरमा आएकामा वडा नं १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट १० कर्मचारी र करारमा कार्यरत…
बेइजिङः चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ। सन् २०२३ सम्म रहेको चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्नुहुनेछ भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको छ । गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो। उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन्…
मनिलाः फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर (बिआइएफएफ)बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू मारिएका यहाँको सैनिक प्रवक्ताले आइतबार जनाएका छन्। लेफ्टिनेन्ट कर्नेल जेरी वेसानाले सञ्चारकर्मीलाई बताएअनुसार बिहीबार शुरूभएको दोहोरो झडपमा परी ४४ जना विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका छन्। गुप्तचर अधिकारीले दिएको सूचनाका आधारमा घाइते र मृतकको सङ्ख्या सार्वजनिक गरिएको सैनिक प्रवक्ता वेसानाले…
कञ्चनपुरः भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित गरेको छ। नगरसभाले नगरपालिकालार्इ रूपान्तरणको बाटोमा लैजाने प्रतिवद्धता जारी गर्दै अावश्यक एेनहरू पारित गर्ने निर्णय गरेको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । दोस्रो नगर सभाबाट सहकारी ऐन, आर्थिक ऐन र प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन पारित गरिएको उनले जानकारी दिए। यसअघि पहिलो नगर सभाबाट पारित ऐनहरू स्थानीय राजपत्रमा प्रकाशित भइसकेका…
काठमाडौंः राष्ट्रिय सभा अध्यक्षका लागि अाज मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ। सोही अनुसार एमालेले अध्यक्षको उम्मेदवार छनोटका लागि गृहकार्य अगाडि बढाएको छ। ५९ सदस्यीय राष्ट्रियसभाको अध्यक्षका लागि नेकपा…
जाजरकोटः लामो समयदेखि विवादका रोकिएको नलगाड हाइड्रोपावर परियोजना निर्माण सुरू हुने भएको छ। निर्माणस्थलका स्थानीयलार्इ मुअाब्जा वितरण सम्बन्धि सहमति भएसँगै अायोजना निर्माण अगाडि बढ्ने भएको हो। विद्युत्गृह निर्माणस्थल नलगाड नगरपालिका-१ दल्लीमा बसोबास गरिरहेका १८ घरधुरी वादी समुदायलार्इ जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत मुअाब्जा वितरण गर्ने सहमति भएको छ। योसँगै अायोजना निर्माण विवाद समाधान भएको छ। मुअाब्जा वितरणका लागि एकमुस्ट रकम जिल्ला…
नयाँ दिल्लीः भारतीय सेनाको सोमबारको संयुक्त अप्रेशनका क्रममा अनन्तनागमा तीन जना अातंककारी मारिएका छन्। भारतीय सेना, जम्मु कश्मीर प्रहरी र सीअारपीएपफको संयुक्त अप्रेशनका क्रममा तीन जना मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय सेनाले अनन्तनागमा अाइतबार रातीदेखि कारवाही सुरू गरेको थियो। मारिनेमा श्रीनगरका इसा फाजिल र काेकेरनागका वाला सैयद अोवैस रहेको भारतीय प्रहरीले जनाएको छ। एक जनाको पहिचान खुल्न सकेको…
काठमाडौं: नेकपा एमालेले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारमा गणेश तिमिल्सिनाको नाम सिफारिस गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनको नाम सिफारिस गरेको हो। केही बेरमै तिमिल्सिना नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा पुग्दैछन्। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। एमालेबाट अध्यक्षका लागि…
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी नदिने भएको छ। आज १ बजेसम्म अध्यक्ष मनोनयनका लागि समयसीमा राखिएको छ। राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसको उम्मेदवारी नरहने कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकृत केशव रिजालले जानकारी दिए। संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको दल कांग्रेसको राष्ट्रिय सभामा १३ सांसद रहेका छन्। वाम गठबन्धनबाट गणेश तिमिल्सिनाले उम्मेदवारी मनोनयन गर्दैछन्।
चितवनः नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षातको समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ। नारायणगढ-मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ। पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ। अन्य नौ ठाउँमा अहिलेको ठेक्काअन्तर्गत नै बायो–इन्जिनियरिङ हुनेछ ।…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र हङकङ भिड्दैछन्। बुलावायोस्थित क्वीन्स स्पोर्ट्स क्लबमा हङकङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। समूह बी मा लगातार ३ खेल हारेर नेपाल पहिलो जितमा खोजीमा छ। उता नेपाल विरुद्ध जित हात पार्दै हङकङ सुपर सिक्स पुग्ने योजनामा छ। हङकङ नेपाललाई हराउँदै सुपर सिक्स पुगे…
काठमाडौं: संगीतकार तथा साउण्ड ईन्जियर मीन विष्टले थ्रीडी गीत सार्वजनिक गरेका छन्। लक्ष्मी प्रसाद घिमिरेको शब्द, दिपा लामा र राम धिमालको स्वरमा मीन आफैँले संगीत भरेको “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको थ्रीडी गीत हालै युट्युबमा सार्वजनिक गरेका हुन्। विष्टले यो नेपालमै पहिलो थ्रीडी गीत भएको दाबी गरेका छन्। मीनले हेडफोन अनिवार्य लगाएर सुन्न आग्रह गरेको यस गीतमा बाजाहरु…
काठमाडौंः काठमाडौं बालुवाटारका ३५ वर्षीय नवाङ पासाङ शेर्पा खुकुरी र पेस्तोलसहित इटहरीबाट पक्राउ परेका छन्। ईटहरी उपमहानगरपालिका–१६ स्थित मेजर टोलमा हतियार देखाई स्थानीयलाई त्रसित बनाएको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई अटोमेटिक पेस्तोल, खुकुरी १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं: राष्ट्रिय सभाको अध्यक्षको नेकपा एमालेका उम्मेदवारमा गणेश तिमिल्सिनाले उम्मेद्वारी मनोनयन गरेका छन्। तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रका दीनानाथ शर्मा रहेका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उनी राष्ट्रिय सभाको अध्यक्षमा निर्विरोध चयन हुने भएका छन्। आज १ बजेसम्म मनोनयनका लागि समय तोकिएकोमा उनकोमात्र उम्मेदवारी परेको छ। नेपाली कांग्रेसले राष्ट्रिय सभाको…
काठमाडौँः सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत भएकोमा बधाई व्यक्त गर्दै शुभकामना दिएका हुन्। अध्यक्ष झ्याङको सन्देश लिएर नेपालका लागि चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेकी थिइन्। आज सभामुख महरालाई शिष्टाचार भेट गर्दै…
काठमाडौं: न्यायाधीश चोलेन्द्रशम्शेर जवराले विवादित प्रधान न्यायाधीशसँगको बेन्चमा रहेर न्याय सम्पादन गर्न अस्वीकार गरेपछि कान्तिपुर दैनिकविरुद्ध सर्वोच्च अदालतको अवहेलना मुद्दामा नयाँ ट्विस्ट आएको छ। मुद्दा सुनुवाइको दोस्रो दिन जवराले फरक मत राखेसँगै प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीमाथि थप दवाव सिर्जना भएको छ। प्रधान न्यायाधीश पराजुलीसँगै बसेर न्याय सम्पादन गर्न नसकिने तर्क फुल बेन्चकै न्यायाधीशबाट आएपछि आज प्रकृया अगाडि नै बढ्न सकेन। …