PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • नेपालको एटिसीको लापरवाहीका कारण दुर्घटना भएको विमान कम्पनीको दाबी 

    नेपालको एटिसीको लापरवाहीका कारण दुर्घटना भएको विमान कम्पनीको दाबी 

    काठमाडौं: नेपालको एयर ट्राफिक कन्ट्रोल(एटिसी)ले गलत सूचना दिंदा आज विमान दुर्घटना भएको युएस बं‌गला विमान कम्पनीले दाबी गरेको छ।  विमान दुर्घटना भएको केही समयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले त्रिभूवन विमानस्थलको एटिसिले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दाबी गरेका हुन्।  'एटिसिले हाम्रा पाइलटलाई मिस गाइड गर्यो, उनीहरुले रनवेमा कहाँ ल्याण्ड गर्ने भन्ने सहि सूचना पाएनन्,' उनले भने।…

    विस्तृतमा पढ्नुस्

  • हङकङ विरुद्ध नेपालको जितमा ३ नायक

    हङकङ विरुद्ध नेपालको जितमा ३ नायक

    काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायरमा हङकङ विरुद्ध ५ विकेटको जित हात पार्दै नेपाललाई वान डे स्ट्याटसको होडमा राख्दा तीन युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। बलिङमा सन्दीप लामिछानेले तथा ब्याटिङमा रोहित कुमार पौडेलले र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। यस जितले नेपालको वान डे स्ट्याटस हात पार्ने सम्भावना कायमै राखेको छ। लगातार तीन खेल हारेको नेपालको यो पहिलो जित समेत हो।…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनामा एकै परिवारका ५ जना!

    विमान दुर्घटनामा एकै परिवारका ५ जना!

    काठमाडौं : सोमवार त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युएस-बंगाल विमानमा एउटै परिवारका ५ जना सदस्य रहेको खुलेको छ। एकै परिवारका एफ एच प्रिओक उनकी श्रीमती अलमुन नाहर अनी, उनीहरुका सन्तान तमारा प्रिओनमोयी, नातेदार मेहदी हसन र मेहदीकी श्रीमती कमरुन्नाहर शवरना थिइन्।   त्यसमध्ये तमाराको दुर्घटनामा मृत्यु भएको मेहदी हसनका बाबु टोफाजेल होसेनले बंगलादेशको द डेली स्टारलाई बताएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • यी हुन् सुपर सिक्स पुग्ने ६ टोली, प्लेअफमा को-को भिड्छन्?

    यी हुन् सुपर सिक्स पुग्ने ६ टोली, प्लेअफमा को-को भिड्छन्?

    काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकपको सुपर सिक्स पुग्ने सबै ६ टोलीको टूङ्गो लागेको छ। समूह चरणका सबै खेल सकिएपछि ६ टोलीको छिनोफानो भएको हो। समूह ए बाट घरेलु टोली जिम्बावे, स्कटल्याण्ड र अफगानिस्तान क्रमश: पहिलो, दोस्रो र तस्रो हुँदै सुपर सिक्स पुगेका हुन्। यस्तै समूह बी बाट वेष्ट इन्डिज, आयरल्याण्ड र युएई क्रमश: पहिलो, दोस्रो र तेस्रो हुँदै…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनाबारे युएस बंगला एयर र विमानस्थलको आ-आफ्नै दाबी, कसरी भयो दुर्घटना?

    विमान दुर्घटनाबारे युएस बंगला एयर र विमानस्थलको आ-आफ्नै दाबी, कसरी भयो दुर्घटना?

    सविन मिश्र/वसन्तराज उप्रेती- काठमाडौं‌: नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चालकले एयर ट्राफिक कन्ट्रोल (एटिसी)को निर्देशअनुसार ल्यान्ड नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरेको छ। युएस बंगला एयरले भने एटिसीको गलत सूचनाका कारण विमान दुर्घटनामा परेको जनाएको छ। एटिसीको खराब सूचनाका कारण विमान दुर्घटनामा परेको र यसमा विमानका चालकको कुनै दोष नरहेको उसले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एटिसी कार्यालयले विमानलाई दक्षिण…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी सेठियालाई लक्षित गरी गोली प्रहार, एक पक्राउ 

    व्यवसायी सेठियालाई लक्षित गरी गोली प्रहार, एक पक्राउ 

    रूपन्देही: रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ। भारतीय मोटरसाईकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमति सदस्य हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन्।  उनलाई भैरहवाको हाटबजार स्थीत सेवा पथमा गोली प्रहार गरिएको थियो । उनलाई लक्षित गरी हानिएको गोलीबाट उनी बच्न सफल भएको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, ‘दुई तिहाइको समर्थन’

    प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, ‘दुई तिहाइको समर्थन’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले आज दिउँसो ३ बजे प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका हुन्। अोली फागुन ३ गते प्रधानमन्त्रीमा चयन भएका हुन्।  वाम गठबन्धनको सहज बहुमतबाट प्रधानमन्त्री चयन भएका ओलीको पक्षमा प्रतिनिधि सभामा स्पष्ट दुई तिहाइ मत रहेको छ।  प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • एमाले र माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दै, ओली र प्रचण्डले सम्वोधन गर्ने

    एमाले र माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दै, ओली र प्रचण्डले सम्वोधन गर्ने

    काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रले आज संयुक्त रुपमा संसदीय दलको बैठक आह्वान गरेका छन्। पार्टी एकता प्रक्रिया जारी रहेका बेला रणनीतिक मुद्दामा फरक फरक बैठक नराख्न दोस्रो तहका नेताहरुले दिएको सुझाव अनुसार संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो। मध्याह्न १२ बजे संयुक्त बैठक बोलाइएको छ। यसअघि संघीय संसद् अधिवेशन सुरु हुनभन्दा अघि दुबै दलले संयुक्त रुपमा सांसद्हरुलाई प्रशिक्षण…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको ‘स्विप अपरेशन’मा ३६ जना पक्राउ

    प्रहरीको ‘स्विप अपरेशन’मा ३६ जना पक्राउ

    काठमाडौँः महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन्।   प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उक्त व्यक्ति पक्राउ परेका हुन्। प्रहरीले बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गर्नेलाई पक्राउ गरेको हो। प्रभागका प्रमुख प्रताप पौडेलले १२० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनालाई ११ अंकको अग्रता

    ला लिगा : बार्सिलोनालाई ११ अंकको अग्रता

    लिग लिडर बार्सिलोनाले ला लिगमा मालागालाई २-० ले पराजित गरेको छ। बार्सिलोनाको जितमा लुइस सुवारेज र फिलिप काउटिन्होले एक-एक गोल गरे। सामुएल गार्सियाले २८औँ मिनेटमा रातो कार्ड खाएपछि घरेलुम मैदानमा मालागाले त्यसपछि दश खेलाडीमा रहेर खेलेको थियो। तर बार्सिलोनाले गोल थप्न भने सकेन। आफ्नो तेस्रो सन्तान जन्मेका कारण लियोनल मेसीले भने उक्त खेल गुमाए। जितपछि २८ खेलबाट ७२ अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ प्रभाव नियन्त्रणका लागि भारत र फ्रान्सबीच यस्तो सम्झौता

    चिनियाँ प्रभाव नियन्त्रणका लागि भारत र फ्रान्सबीच यस्तो सम्झौता

    नयाँ दिल्लीः भारतले फ्रान्ससँग रक्षा सहितका विभिन्न १४ वटा विभिन्न सम्भौतामा हस्ताक्षर गरेको छ। फ्रान्सका राष्ट्रपति इम्यानुयल माक्रोनको भारत भ्रमणका क्रममा दुई देशबीच युद्धपोतको लागि नौसैनिक अड्डा खोल्ने देखि सैन्य केन्द्रको उपयोग व्यवस्थापन गर्ने सम्मका रणनीतिक महत्त्वका सम्झौताहरुमा शनिबार दुई देशबीच हस्ताक्षर भएको हो।  दुबै देशबीच यी सम्झौता इन्डो प्यासिफिक क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई नियन्त्रणका लागि भएको भारतीय सञ्चार माध्यमलेहरुले…

    विस्तृतमा पढ्नुस्

  • किन जम्मा हुँदैछन् २३ देशका राष्ट्र प्रमुख दिल्लीमा?

    किन जम्मा हुँदैछन् २३ देशका राष्ट्र प्रमुख दिल्लीमा?

    नयाँ दिल्लीः भारत र फ्रान्सको संयुक्त सहकार्यमा नयाँ दिल्लीमा आजदेखि अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्बन्धि सम्मेलन हुँदै छ। दुई देशको सहकार्यमा स्थापना भएको ‘इन्टरनेशनल सोलार एलाइन्स (आइएसए)’को पहिलो सम्मेलन नयाँ दिल्लीमा हुन लागेको हो।  सम्मेलनमा सहभागि हुन् विभिन्न २३ देशका राष्ट्राध्यक्षहरु नयाँ दिल्ली पुगेका छन्। भरतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारका अनुसार २३ देशका प्रमुख तथा १० देशबाट मन्त्रिस्तरीय प्रतिनिधि मण्डल दिल्ली…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकी करिडोर प्रशारण लाइन प्रभावितलाई आठ करोड मुआब्जा

    कालीगण्डकी करिडोर प्रशारण लाइन प्रभावितलाई आठ करोड मुआब्जा

    म्याग्दीः राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई आठ करोड रुपैयाँ मुआब्जा वितरण गरिने भएको छ।  २२० केभीए दाना-खुर्कोट-बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई आठ करोड रुपैयाँ मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिए।  मालपोत र नापी कार्यालयको सिफारिश, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर म्याग्दीमा चार करोड १७…

    विस्तृतमा पढ्नुस्

  • ‘कैलाली घटनाका दोषीलाई कारवाही गर्न प्रधान मन्त्रीको निर्देशन’

    ‘कैलाली घटनाका दोषीलाई कारवाही गर्न प्रधान मन्त्रीको निर्देशन’

    काठमाडौँः प्रधान मन्त्री केपी शर्मा ओलीले कैलाली घोडाघोडी नगरपालिका – ५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको घटनाका दोषीलाई छानविन गरी कारवाही गर्न निर्देशन दिएका छन्।  प्रधान मन्त्री ओलीको निजी सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा समेत यथार्थ छानविन गरी कारबाहीका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।  पीडित राधाको सम्पूर्ण उपचार…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs हङकङ (हेड टु हेड)

    नेपाल vs हङकङ (हेड टु हेड)

    काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमवार नेपालले हङकङसँग खेल्दैछ। यसअघि लगातार ३ खेल हारेको नेपाल र ३ मध्ये १ मा जित र २ मा हारे बेहोरेको हङकङबीचको खेल सुपर सिक्समामा पुग्ने तेस्रो टोलीका लागि निर्णायक मानिएको छ। घरेलु टोली जिम्बावे र स्कटल्याण्ड लगातार ३ खेल जित्दै यसअघि नै सुपर सिक्समा पुगिसकेका छन्। समूह…

    विस्तृतमा पढ्नुस्

  • दुई आणविक शक्ति सम्पन्न मुलुकबीच रहेको नेपालको सैन्य क्षमता कति ? 

    दुई आणविक शक्ति सम्पन्न मुलुकबीच रहेको नेपालको सैन्य क्षमता कति ? 

    काठमाडौँः नेपाल दुई आर्थिक सम्पन्न मुलुकहरुको बीचमा अवस्थित छ। दुई आणविक शक्ति सम्पन्न मुलुकहरु भारत र चीनको बीचमा अवस्थित नेपालको सुरक्षा शक्ति भने विश्वमै कमजोर छ।  ग्लोवल पावर इन्डेक्समा नेपाल ९७ औँ स्थानमा परेको छ। सैन्य क्षमताका आधारमा विश्वमै तेस्रो र चौँथो स्थानमा रहेका चीन र भारतको बीचमा रहेको नेपालको सैन्य क्षमता कमजोर रहेको विश्वको सैन्य शक्ति सुरक्षा संयन्त्रको विश्लेषण…

    विस्तृतमा पढ्नुस्

  • सभामुख महराले लिए पद तथा गोपनीयताको सपथ

    सभामुख महराले लिए पद तथा गोपनीयताको सपथ

    काठमाडौँ: सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।  नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिवार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।  सभामुख महरा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा दौरा-सुरवाल लगाएर पुगेका थिए। यसअघि पटकपटक मन्त्री र उप प्रधानमन्त्री हुँदा समेत उनले दौरा-सुरवाल लगाएका थिएनन्।  सभामुख…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा तीनको मृत्यु 

    दुर्घटनामा तीनको मृत्यु 

    काठमाडौँः नुवाकोट भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।   त्रिशूलीबाट काठमाडौँ आँउदै  गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो। बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।  यसैगरी…

    विस्तृतमा पढ्नुस्

  • विष्फोटनमा परी एकको मृत्यु

    विष्फोटनमा परी एकको मृत्यु

    ईलामः जिल्लाको ईलाम नगरपालिका–९ भञ्ज्याङ चोकमा विष्पोट हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पुवाजुङ घर भएका २८ वर्षीय बिकाश राईको बिष्फोटनमा परेर मृत्यु भएको हो। आफ्नै कोठामा करीब ८० वटा सलाईको बट्टा र सानो जिआई पाइपका टुक्राहरु समेत फेला परेको छ।  शनिबार आफ्नै कोठामा बिष्फोटन हुँदा गम्भीर घाइते भएका राईको उपचारको लागि जिल्ला अस्पताल ईलाम लैजाने क्रममा बाटोमै मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : नेपाल Vs हङकङ (प्रिभ्यु)

    वर्ल्डकप क्वालिफायर : नेपाल Vs हङकङ (प्रिभ्यु)

    काठमाडौं : जिम्बावेमा भइरहेको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले समूह चरणको अन्तिम खेलमा सोमवार हङकङसँग भिड्दैछ। दुवै टोलीका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ। यसअघि लगातार ३ खेल हारेको नेपाल अंकविहीन छ र ५ टोली रहेको समूह बी को सबैभन्दा पुछारमा छ। ३ मध्ये १ खेल जित्दै २ अंक जोडेको हङकङ अफगानिस्तानसँग रनरेटमा पछि पर्दै चौथो स्थानमा छ। समूह बी बाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell