काठमाडौं : प्रतिनिधि सभामा एक सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधान मन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ। सबै ठाउँबाट चुनावमा नराम्ररी पछारिए पनि राप्रपाका राजेन्द्र लिङदेन प्रधान मन्त्रीको गृह जिल्ला झापाबाट प्रतिनिधि सभा निर्वाचन जित्न सफल भएका थिए। नेकपा एमालेले लिङ्देनलाई समर्थन गर्दै उम्मेदवारी दिएको थिएन। नेपाली कांग्रेसका चर्चित नेता कृष्णप्रसाद सिटौला लिङ्देनसँग पराजित भएका थिए। राष्ट्रियता…
काठमाडौं: अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् एसिया प्यासिफिकमा नेपालले पनि सहभागिता जनाउने भएको छ। लुमेरी इन्टरनेसनलको आयोजनामा हुने मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिनिधित्व गर्ने भएका हुन्। प्रतियोगिता अन्तर्गतको मिसेस एसिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसेस सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेका हुन्। गोमा र विन्दु…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। यसअघि लगातार तीन खेलमा पराजित भएको अफगानिस्तानले नेपाललाई ६ विकेटले पराजित गरेको हो। नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। समूह बी मा ४ खेलबाट २ अंक जोडेको अफगानिस्तानले सुपर सिक्समा पुग्ने सम्भावनालाई समेत कायम राखेको छ। आजको अर्को खेलमा हङकङ…
काठमाडौं: टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलालीका सांसद रेशम चौधरीलाई काठमाडौं ल्याइएको छ। जिल्ला कारागारमा अनशनरत चौधरी विरामी भएपछि थप उपचारका लागि काठमाडौंमा ल्याइएको हो। बुद्ध एयरको विमानबाट काठमाडौं आइपुगेका उनी अहिले वीर अस्पतालको अाकस्मिक कक्षामा भर्ना भएका छन्। आज साँझ ६:५० मा विमानस्थलमा आइपुगेका उनलाई ७ बजे अस्पतालको आकस्मिक कक्षामा भर्ना गरिएको हो। एक साताअघिदेखि चौधरी हिरासतभित्रै आमरण अनशनमा…
काठमाडौँ: पत्रकार अनुप ओझा अब गायक पनि भएका छन्। उनले पहिलो गीत ‘वारिको डाँडामा म’ भिडियोसहित रिलिज गरेका छन्। अनुप स्वयंमको शब्द रहेको गीतमा सागर राजले संगीत दिएका हुन्। भिडियो द नेक्स्टले बनाएको भिडियोमा दुई युवाको बाल्यकालको मित्रताको कथा समेटिएको छ। प्रदीप लामाले निर्देशन गरेको उक्त भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल…
क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिडले ला लिगामा आइबरलाई पराजित गरेको छ। खेल सकिन ६ मिनेट अगाडी रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले आइबरलाई २-१ ले पराजित गरेको हो। त्यसअघि रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोली आइबरका लागि ५०औँ मिनेटमा इभान रामिसले बराबरी गोल फर्काए। तर ८४औँ मिनेटमा…
मार्कुस रासफोर्डले पहिलो हाफमा गरेको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई २-१ ले पराजित गरेको छ। घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा रासफोर्डले १४औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको दश मिनेछपटि नै रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। दोस्रो हाफमा युनाइटेडकै एरिक बाईले आत्मघाती गोल गरेपछि लिभरपुलले गोल अन्तर छोट्टाएको थियो। तर त्यसपछि गोल गर्न नसक्दा पराजित…
भक्तपुर: अरनिको राजमार्गअन्तर्गत जडीबुटीदेखि सूर्यविनायकसम्मको छ लेन सडकखण्डमा पाँच वर्षमा भएको दुर्घटनामा ८० जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक महाशाखाले दिएको तथ्यांकअनुसार सो अवधिमा चार हजार ६६२ सवारीसाधन दुर्घटना हुँदा १०६ गम्भीर घाइते र एक हजार ६१९ सामान्य घाइते भए। चालू आवको फागुन महिनाभित्र मात्र १७ जनाको मृत्यु भइसकेको छ। चारदोबाटो, सूर्यविनायकलगायत स्थानमा दिनहुँ दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ।…
फुलमान तामाङ- हरि तामाङ, वर्ष ४० । परिचय: तीनपटक वैदेशिक रोजगारमा पुगेर पनि रित्तो हात। हो, एक वर्ष अघिसम्म उनको परिचय यही थियो। पैसा कमाउने सपना बोकेर तीनपटक खाडी पुगे उनी। तर, फर्किँदा रित्तो हात। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका उनले आफ्नो युवाअवस्था जागिर खोज्दै काठमाडौंमा घुमेरै विताए। २८ वर्ष लागेपछि विदेशिन बाध्य भए। पहिलोपटक पुगे साउदी। तीन वर्ष साउदी बसाईमा…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले अफगानिस्तान विरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ। यसअघि लगातार तीन खेल हारेको अफगानिस्तान र दुई खेल हारेको नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाईँ समेत हुनेछ। अघिल्लो खेलमा स्कटल्याण्ड विरुद्ध खेलेको नेपाली टोलीमा आज दुई परिवर्तन गरिएको छ। ओपनर दीलिप नाथ र ब्याट्सम्यान शरद भेषावकरको स्थानमा आज अनिल कुमार शाह र करण…
काठमाडौः प्रतिनिधि सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन्। आज बसेको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे हुन्। शुक्रवार दिउँसो १ बजेसम्म सभामुखको निर्वाचको लागि कुनै पनि दलले उम्मेदवार दर्ता नगराएपछि महरा निर्वाचित भएका हुन्।
काठमाडौं: गायक सुरज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘धेरैपछि’ बोलको गीत भिडियोसहित शुक्रबार युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा शंकरदेव कँडेलको शब्द र चिरञ्जिवी भण्डारीको संगीत रहेको छ। गीतको भिडियोमा रेश्मा लामा र पुष्पराज शाख्यको फिचरिङ रहेको छ। सरोज श्रेष्ठ निर्देशित भिडियोलाई विशाल प्रजापतीले खिचेका हुन्। एलआरएस म्युजिकको प्रस्तुति रहेको गीत एल्बम मनको खुशीमा समावेश छ।
काठमाडौं: गायिका रेखा शाहले पहिलो एकल गायन कार्यक्रम सम्पन्न गरेकी छिन्। २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापि लोकगीत गायन प्रतियोगीतामा प्रथम स्थान प्राप्त गरेको उनको पहिलो गीत ‘सिमसिमे पानीमा’ गाएको २५ वर्ष पुगेको अवसरमा उनले एकल गायनसँगै सिल्भर जुब्ली वर्ष मनाएकी हुन्। होटल याक एण्ड यतिमा रेखा शाह फाउन्डेसनद्वारा आयोजित समारोहलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय थममाया…
काठमाडौं: राष्ट्रिय सभामा मनोनित तीन सांसदले राष्ट्रपतिको निर्वाचनमा मत हाल्न नपाउने भएका छन्। मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल रार्इले मत हाल्न नपाउने भएका हुन्। निर्वाचन आयोगले आज वक्तव्य जारी गर्दै उनीहरुले मत हाल्न नपाउने जनाएको हो। वक्तव्यमा भनिएको छ-फागुन २२ गते प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका निर्वाचक मण्डलका सदस्यहरूले…
काठमाडौं : नेपालका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटमा आठौँ अर्धशतक बनाएका छन्। आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत अफगानिस्तान विरुद्ध भइरहेको खेलमा उनले ५३ रन बनाउँदै उक्त उपलब्धी हासिल गरे। २२औँ ओभरको पहिलो बलमा रसिद खानलाई चौका प्रहार गर्दै पारसले अर्धशतक पुरा गरेका हुन्। नेपालको स्कोर १३-१ हुँदा पाँचौ ओभरमा क्रिजमा पुगेका पारसले ५६ बल खेल्दै ७ चौका र १…
काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधान मन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ। आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधान मन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए। प्रतिनिधि सभाको आजको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधन र प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल…
नयाँ दिल्ली : भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टर दुर्घटनामा परेको छ। एएनआइलाई उदृत गर्दै टाइम्सअफइन्डियाले जनाएअनुसार महाराष्ट्रको रायगढमा हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा कति सवार थिए भन्ने खुलासा भइसकेको छैन। घटनाको विवरण आउन बाँकी नै छ। अपडेट दुर्घटनामा परेको भारतको समुन्द्री सीमा रक्षक हेलिकप्टरमा सवार सबैलाई उपचारका लागि अस्पताल लगिएको छ। महाराष्ट्रको रायगढमा हेलिकप्टर दुर्घटनामा परेको हो। हेलिकप्टरमा रहेका चार…
काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको छ। बुलावायोस्थित बुलावायो एथ्लेटिक क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १ बल बाँकी छदा १९४ रनमा अलआउट भएको हो। नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन। कप्तान पारसले सर्वाधिक ७५ रन बनाएको नेपाली इनिङ्समा दीपेन्द्र सिंह ऐरीले ३२ तथा…
काठमाडौँः प्रतिनिधि सभाको सभामुख पदका लागि आज मनोनयन हुँदैछ। संघीय संसद् सचिवालयले तय गरेको आन्तरिक कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन हुनेछ। आजै दिउँसो १ः३० बजे मनोनयन गर्ने उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ। वाम गठबन्धनबीच भएको पदीय भागबन्डा अनुसार सभामुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिनेछ। अन्तिम समयमा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष र सभामुख पद…
बैतडीः मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १ः३० बजे महाकालीमा बेपत्ता भएका हुन्। बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ। प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले…