PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • वर्ल्डकप क्वालिफायर : दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले पिएनजीलाई हरायो, ओडिआई स्ट्याटसका लागि अर्को खेलको नतिजा कुर्नुपर्ने

    वर्ल्डकप क्वालिफायर : दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले पिएनजीलाई हरायो, ओडिआई स्ट्याटसका लागि अर्को खेलको नतिजा कुर्नुपर्ने

    काठमाडौं : बलरहरुको उत्कृष्ट प्रदर्नशन तथा दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा वर्ल्डकप क्वालिफायर अन्तर्गत क्रस प्लेअफ खेलमा नेपालले पपुअ न्यू गिनी (पिएनजी)लाई ६ विकेटले पराजित गरेको छ। नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले ४ विकेट लिदै अर्धशतक समेत पुरा गरे। नेपालसँग पराजित भएपछि पिएनजी भने डिभिजन टू मा घटुवा हुने पक्का भएको छ। ११५ रनको सामान्य लक्ष्य नेपालले २३ ओभरमा ४…

    विस्तृतमा पढ्नुस्

  • लिस्ट ए मा दीपेन्द्र सिंह ऐरीको दोस्रो अर्धशतक

    लिस्ट ए मा दीपेन्द्र सिंह ऐरीको दोस्रो अर्धशतक

    काठमाडौं : दीपेन्द्र सिंह ऐरीले लिस्ट ए क्रिकेटमा नेपालको लागि दोस्रो अर्धशतक बनाएका छन्। क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफमा अलराउण्ड प्रदर्शन गर्दै पिएनजी विरुद्ध नेपाललाई ६ विकेटको जित दिलाउन नटबउट ५० रन प्रहार गर्दै उनले उक्त उपलब्धी हात पारे। दीपेन्द्रले यसअघि गत वर्ष भएको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्या विरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए। सिनियर टिममा खेलेको दोस्रो खेलमै…

    विस्तृतमा पढ्नुस्

  • गणेश लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सिडिओको अनुमति

    गणेश लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न सिडिओको अनुमति

    काठमाडौं : राजधानीको गौशालाबाट बुधवार राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके तथा नेता गणेश लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ। हातहतियार तथा खरखजानामा प्रहरीले अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। सरकारी वकिल कसलाई राख्ने भन्ने तोकिएको छैन। बुधवार राति प्रहरीले लामालाई गौशलाको पशुपति भिजन होटेलबाट एक थान पेस्तोल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिए पद तथा गोपनीयताको शपथ

    राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ लिएका छन्।  बिहीबार राष्ट्रपति भवन शितल निवासमा अायोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिमिल्सिनालार्इ पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।  नेकपा (एमोल)का नेता तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो।  शितल निवासमा अायोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा अोली,…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र नेदरल्याण्ड्सले सातौँ स्थानको लागि खेल्ने, हङकङ र पिएनजी ओडिआई स्ट्याटस गुमाउँदै डिभिजन टू मा घटुवा

    नेपाल र नेदरल्याण्ड्सले सातौँ स्थानको लागि खेल्ने, हङकङ र पिएनजी ओडिआई स्ट्याटस गुमाउँदै डिभिजन टू मा घटुवा

    काठमाडौं : नेपाल र नेदरल्याण्ड्सले क्रिकेट वर्ल्डकप क्वालिफायरको सातौँ स्थानको लागि प्लेअफ खेल्ने भएका छन्। नेपालले पपुअ न्यू गिनी तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै प्लेअफ भेट पक्का गरेका हुन्। साथै नेपालले २२ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई नेशनको स्ट्याटस समेत पाएको छ। नेपालले पिएनजीलाई ६ विकेटले पराजित गर्दा नेदरल्याण्ड्सले हङकङलाई ४४ रनले पराजित गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित राष्ट्रपति भण्डारीको आज शपथ

    नवनिर्वाचित राष्ट्रपति भण्डारीको आज शपथ

    काठमाडौँः नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिन कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माले अपराह्न ४ः०० बजेका लागि शपथको समय तय भएको जानकारी दिए। संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीले शपथग्रहण गराउने व्यवस्था छ। राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ। रासस

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा बैठक बस्दै, ‘तिमिल्सिनाको उम्मेदवारीलाई निर्विरोध घोषणा गरिने’

    राष्ट्रियसभा बैठक बस्दै, ‘तिमिल्सिनाको उम्मेदवारीलाई निर्विरोध घोषणा गरिने’

    काठमाडौँः राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष चयन गर्ने कार्यसूची छ। फागुन २८ गते भएको मनोनयन अनुसार अध्यक्षमा एमालेका गणेश तिमिल्सिना एकल दाबेदार छन्। एकमात्र उम्मेदवारी परेका कारण बैठकले तिमिल्सिनालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ।  निर्विरोध घोषणा गर्नुअघि तिमिल्सिनाका प्रस्ताव पेश हुनेछ। उनका प्रस्तावकमा एमालेका खिमलाल भट्टराई रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • के नेपाली आकाश असुरक्षित हो? यस्तो छ दुर्घटनाको श्रृङ्‍खला

    के नेपाली आकाश असुरक्षित हो? यस्तो छ दुर्घटनाको श्रृङ्‍खला

    काठमाडौँः सन् १९४८ मा बेलायती नागरिक एच वेल्डरले पहिलो पटक काठमाडौंको गौचरमा परीक्षणस्वरुप जहाज अवतरण गराए। अर्को वर्ष सन् १९४९ मा भारतीय वायुयान डकोटा– ३ अवतरण गर्‍यो। २००७ (सन् १९५१) मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले काठमाडौंका लागि वाणिज्य उडान सुरु गर्‍यो। त्यसको तीन वर्षपछि सन् १९५४ मा शाही नेपाल वायुसेवा निगम (हालको नेपाल वायु सेवा निगम) को स्थापना भयो। पछि…

    विस्तृतमा पढ्नुस्

  • गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

    गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

    काठमाडौँः नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन्। सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरे पनि उक्त कम्पनीले अटेर गरेका हुन्। नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म लिएका छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • वैज्ञानिक स्टिफन हकिङ्गको निधन

    वैज्ञानिक स्टिफन हकिङ्गको निधन

    काठमाडौँः वैज्ञानिक स्टेफन हकिङ्गको निधन भएको छ। ७६ वर्षीय उनको निधन भएको परिवारलार्इ उदृत गर्दै बीबीसीले जनाएको छ।  उनका सन्तानहरू लुसी, रोबर्ट र टीमले भनेका छन, ' हामी अत्यन्तै दुःखी छौँ।अाज हाम्रा प्रिय पिताको निधन भएको छ। उनी महान वैज्ञानिक थिए र एउटा पृथक मानिस पनि थिए जसका कार्यहरू वर्षौँसम्म रहिरहने छन्।' सन् १९४२ जनवरी ८ मा अक्सफोर्ड वेलायतमा जन्मिएका…

    विस्तृतमा पढ्नुस्

  • इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, जबरालाई आज पनि मुद्दा दिइएन

    इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, जबरालाई आज पनि मुद्दा दिइएन

    काठमाडौँः प्रधानन्यायाधीश गोपाल गराजुलीले इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई पनि मुद्दा तोकेका छन्। पूर्ण इजलासका अतिरिक्त सर्वोच्चमा आज पनि दश इजलास गठन भएका छन्। यसअघि गत सोमबार फरक रायसहित इजलास नबस्ने घोषणा गरेका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मुद्दा तोकिएको छैन। मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना…

    विस्तृतमा पढ्नुस्

  • इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, जबरालाई आज पनि मुद्दा दिइएन

    इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दा तोकियो, जबरालाई आज पनि मुद्दा दिइएन

    काठमाडौँः प्रधानन्यायाधीश गोपाल गराजुलीले इजलास बहिष्कार गरेका आठ न्यायाधीशलाई पनि मुद्दा तोकेका छन्। पूर्ण इजलासका अतिरिक्त सर्वोच्चमा आज पनि दश इजलास गठन भएका छन्। यसअघि गत सोमबार फरक रायसहित इजलास नबस्ने घोषणा गरेका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मुद्दा तोकिएको छैन। मंगलबार इजलास बहिष्कार गरेका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : घरेलु मैदानमै सेभियासँग हारेपछि म्यानचेष्टर युनाइटेड बाहिरियो

    च्याम्पियन्स लिग : घरेलु मैदानमै सेभियासँग हारेपछि म्यानचेष्टर युनाइटेड बाहिरियो

    इंगलिस क्लब म्यानचेष्टर युनाइडेड युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ। प्रिक्वाटरफाइनल दोस्रो लेगको खेलमा सेभियासँग २-१ ले पराजित भएपछि युनाइटेड बाहिरिएको हो। पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो। सेभियालाई क्वाटरफाइनलमा पुर्‍याउन वैकल्पिक खेलाडी विसम बेन येडरले दुई गोल गरे। ७२औँ मिनेटमा लुइस मुरियलको स्थानमा मैदान प्रवेश गरेका येडरले ७४औँ र ७८औँ मिनेटमा गोल गरे। घरेलु मैदान ओल्ड ट्राफोर्डमा रोकेलु…

    विस्तृतमा पढ्नुस्

  • सरकारी सेवाको अवसरः लोक सेवाले माग्यो ५७५ खरिदार

    सरकारी सेवाको अवसरः लोक सेवाले माग्यो ५७५ खरिदार

    काठमाडौँः  लोक सेवा आयोगले राजपत्र अनङ्कित द्धितीय श्रेणी (खरिदार) पदको पदपूर्तिको सूचना प्रकाशित गरेको छ। खुला तथा समावेशी रुपमा हुने पदपूर्तिका लागि ५७५ कोटा निर्धारण गरिएको छ। यस्तै आन्तरिक खुलातर्फ १५९ जनाका लागि दरखास्त आह्वान भएको छ। आन्तरिक खुला र खुला कोटामा गरी ७३४ जनाको पदपूर्ति हुनेछ। आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, लेखा तथा व्यवस्थपिका संसद् सबै…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा मापदण्ड विपरितका भौतिक संरचना भत्काउन सुरु 

    पोखरामा मापदण्ड विपरितका भौतिक संरचना भत्काउन सुरु 

    कास्कीः पोखरा लेखनाथ महानगरपालिकाले महानगर भित्र मापदण्ड मिचेर बनाएका संरचनाहरु भत्काउने अभियान थालेको छ। जनप्रतिनिधिहरु निर्वाचित भएर कार्यभार सम्हालेको लामो समय वितिसक्दा पनि महानगर भित्रका सार्वजनिक ठाउँमा अतिक्रमण नरोकिएको भन्दै स्थानीयले विरोध सुरु गरेपछि महानगरले डोजर चलाउन थालेको हो।  महानगरले मंगलबार भिमकाली पाटन तमु समाजको पर्खाल डोजर लगाएर भत्काएको छ। महानगरपालिकाले मंगलबार भिमकालीपाटन बगर स्थित सार्वजनिक जग्गा मिचेर स्थानिय भिमकाली…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार महासंघ युकेको अधिवेशन मे १९ मा 

    पत्रकार महासंघ युकेको अधिवेशन मे १९ मा 

    लण्डनः नेपाल पत्रकार महासंघ युके शाखाको चौथो अधिवेशन मे १९ मा हुने भएको छ।   शाखाको शनिबार फार्नब्रोमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले अधिवेशनमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ।  बैठकले नयाँ सदस्यताका लागि प्राप्त आवेदनमध्ये सर्वसम्मतरुपमा २० जनालाई सदस्यताका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ। जसअनुसार मञ्जु भण्डारी खरेल, डा.…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारको अधिकार गाउँसम्म अायो तर सदरमुकामका बैंक अाएनन्

    सिंहदरबारको अधिकार गाउँसम्म अायो तर सदरमुकामका बैंक अाएनन्

    सुर्खेतः जिल्लाका स्थानीय तहमा तोकिएका बैंक नहुँदा यहाँका नागरिकलाई समस्या भएको छ।  सिंहदरबारको अधिकार गाउँमा गएपनि बैंक नजाँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ। सुर्खेतका आठवटा स्थानीय तहमध्ये चिङ्गाड गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन्। स्थानीय तहमा हुने विकास लगायतका सम्पूर्ण कारोबार गर्न यहाँका नागरिक सदरमुकाम धाउनुपर्ने बाध्यता छ।  स्थानीय तहमा सरकारी कारोबार गर्ने बैंक नहुँदा यहाँका सर्वसाधारण,…

    विस्तृतमा पढ्नुस्

  • अब बलात्कारका घटना रोकिन्छन्ः प्रधानमन्त्री ओली

    अब बलात्कारका घटना रोकिन्छन्ः प्रधानमन्त्री ओली

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने बताएका छन्।  संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्ट्रिय सभा तथा प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभाका सांसदहरुलाई  प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिँदै ओलीले भने, ‘संविधान समयको माग अनुसार संशोधन हुन्छ, तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन्। देशलाई…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : नेपाल vs पिएनजी (प्रिभ्यु)

    वर्ल्डकप क्वालिफायर : नेपाल vs पिएनजी (प्रिभ्यु)

    काठमाडौं : नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बिहीवार प्लेअफमा भिड्नुअघि दुवैको एउटै लक्ष्य हुनेछ, डिभिजन टू मा घटुवा हुनबाट जोगिनु र वान डे इन्टनरनेशनल (ओडिआई) स्ट्याटस को सम्भावना कायम राख्नु। जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपाल र पिएनजी 'क्रस प्लेअफ' खेल्दैछन्। नेपाल समूह बी मा चौथो तथा पिएनजी समूह बी मा पाँचौ हुँदै प्लेअफका लागि छनोट भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा कसरी प्रस्तुत हुने? कांग्रेसले थाल्यो प्रशिक्षण

    संसदमा कसरी प्रस्तुत हुने? कांग्रेसले थाल्यो प्रशिक्षण

    काठमाडौं : नेपाली कांग्रेसले संघीय सांसद र र प्रदेश सांसदका लागि संसदीय अभ्यासबारे सुसूचित पार्न आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। सांसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले आफ्ना सांसदहरुलाई संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण राखेको हो। कार्यक्रम सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् भने महामन्त्री शशांक कोइरालाले स्वागत गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell