काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत क्रस प्लेअफ खेलमा नेपाल र पपुअ न्यूगिनी आज भिड्दैछन्। जिम्बावेको हारारेस्थित ओल्ड हरारियन्स स्पोर्ट्स क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ। वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस हात पार्नको लागि दुवै टिमलाई आजको खेल जित्नैपर्ने दबाब छ। नेपालले समूह चरणमा हङकङ विरद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ। क्रस प्लेअफकै अर्को खेलमा नेदरल्याण्ड्सले हङकङ…
काठमाडौँः नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छिन्। नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्। सांसद डिला संग्रौलाको प्रस्ताव र देवेन्द्रराज कँडेलको समर्थनमा भुसालको उम्मेदवारी दर्ता गरिएको काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जानकारी दिए। बिहीबार नै काँग्रेस संसदीय दलको बैठकले उनलार्इ उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भुसाल काँग्रेसबाट समानुपातिक सांसद भएकी…
काठमाडौँः भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पदमा पुनःनिर्वाचित भएकोमा बधाई दिएका छन्। गत मंगलबार भएको निर्वाचनमा राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्। भण्डारीले बुधबार नै पद तथा गोपनीयताको सपथ लिँदै कार्यभार सम्हालेकी थिइन्। राष्ट्रपतिमा निर्वाचित भएकोमा भारतीय समकक्षी कोविन्दले शुभकामना दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरेका…
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले पिएनजीका दुवै ओपनरलाई आउट गरिसकेको छ। कप्तान असद भालालाई सोमपाल कामीले एलबीडब्लु आउट गरे भने टोनी उरालाई करण केसीले विकेटकिपर अनिल शाहको हातबाट क्याचआउट गराए। विकेट!! सोमपालले दिलाए सफलता। पिएनजीका कप्तान असद भाला आउट।#batterforODI #PNGvNEP…
काठमाडौँः मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटमा नेकपा (एमाले) र केन्द्रबाट थप गरिने मन्त्रीका विषयमा छलफल भएको थियो। सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरमलाई समेट्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो। हालसम्म दुई चरणमा मन्त्रिमण्डल विस्तार भए पनि…
काठमाडौँः एमाले नेतृ डा. शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। संघीय संसद भवन वानेश्वरमा पुगेर उनले प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा माअोवादी केन्द्रका नेता देव गुरूङ र समर्थकमा एमाले नेता रवीन्द्र अधिकारी रहेका छन्। बाम गठबन्धनको बहुमत रहेको संसदमा यसअघि सभामुखमा माअोवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन्। सभामुखमा उम्मेदवारी…
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले पिएनजीको ३ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभरमा पिएनजीका चाड सुपरलाई आउट गरेका छन्। लामिछानले १३औँ ओभरको चौथो बलमा सुपरलाई एलबीडब्लु आउट गरेका हुन्।
काठमाडौं : बंगलादेशबाट आएको युएस बंगला एअरको विमान काठमाडौंमा अवतरणका क्रममा दुर्घटना हुँदा मृत्यु भएकाको स्मृतिमा बुधवार माइतीघर मण्डला दीप प्रज्वलन गरियो। इक्यानको आह्वानमा गरिएको दीप प्रज्वलनमा उपस्थितहरुले विमान दुर्घटनामा परी ज्यान गुमाएकाको आत्माको चीर शान्तिको कामना गरेका थिए। साथै उनीहरुले आगामी दिनमा विमान दुर्घटनाका समाचार पढ्न नपरोस् भन्ने कामनासहितका प्ले कार्ड बोकेका थिए। बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस…
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले पिएनजीको ४ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले आफ्नो तेस्रो ओभरमा पनि विकेट लिएका छन्। सन्दीपले १५औँ ओभरको अन्तिम बलमा पिएनजीका सेस बाउलाई बोल्ड आउट गरेका हुन्। पिएनजीले १५ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको छ।
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले पिएनजीको ५ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन्। सन्दीपले १७औँ ओभरको पहिलो बलमा महुरु दाईको विकेट लिएका हुन्। त्यसअघि उनले चाड सुपर सेस बाउको विकेट लिएका…
काठमाडौँः राष्ट्रपति विद्या देवी भण्डारीलाई चिनियाँ राष्ट्रपति सी जिङ पिङले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। दोस्रो कार्यकालका लागि मंगलबार निर्वाचित भएकी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरिसकेकी छन्। चिनियाँ राष्ट्रपति सीले शुभकामना सन्देश पठाउँदै नेपाल र चीन नजिकका छिमेकी भएको बताएका छन्। उनले चीनले सँधै नेपाली जनताको स्वतन्त्रातालाई सम्मान गर्ने भन्दै नेपालको विकासमा सँधै सहयोग…
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले पिएनजीको ६ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन्। पिएनजीले १९ ओभरमा ६ विकेट गुमाएर ८० रन बनाएको छ।
काठमाडौं : 'गत साउनमै अवकाश भइसक्नुपर्ने' भन्दै न्यायपरिषद सचिवालयले हिजोमात्र 'पदमुक्त' घोषणा गरेको प्रधान न्यायाधीश गोपाल पराजुलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजीनामा पेश गरेका छन्। हिजै पराजुलीले राष्ट्रपति भण्डारीलाई सपथ ग्रहण गराएका थिए। राष्ट्रपतिमा भण्डारीको पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुअघि नै न्याय परिषद सचिवालयले उनलाई 'पदमुक्त' भएको पत्र सार्वजनिक गरेको थियो। आज पराजुली शितल निवास पुगेर राष्ट्रपतिलाई राजीनामा…
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। टस जितेर नेपालले पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालले पिएनजीको ८ विकेट झारिसकेको छ। सन्दीप लामिछानेले ४, दीपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र करण केसीले १-१ विकेट लिएका छन्। पिएनजीले २४ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको छ।
काठमाडौं : जिम्बावेमा भइरहेको वर्ल्डकप क्वालिफायरमा नेपालले अहिले पिएनजीसँग खेलिरहेको छ। ओडिआई स्ट्याटस हात पार्नका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोज्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। हरारेस्थित ओल्ड हरारियन्समा नेपालले पिएनजीलाई ११४ रनमा अलआउट गरेको छ। पिएनजीलाई २७.२ ओभरमा अलआउट गर्न नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ४-४ विकेट लिए। यस्तै सोमपाल कामी र…
काठमाडौं : विभिन्न 'रियालिटी सो'का नाममा ठग्ने धन्दा बढ्दो छ। महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले 'डान्स नेपाल डान्स' रियालिटी सो संचालन गरी विजेतालाई पुरस्कार नदिइ ठगी गर्ने संचालकलाई पक्रेको छ। २९ वर्षीय विक्रम अछामीलाई प्रहरीले पक्रेको हो। दिने भनिएको पुरस्कार राशी नदिएपछि ठगीमा उजुरी परेको थियो। उजुरीलगत्तै बुधवार उनलाई पक्राउ गरिएको महाशाखा एसपी नरेन्द्र उप्रेतीले बताए। अछामीले भी एण्ड भाइरस…
बेरुतः २०११ मार्च १५ मा राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै सुरू भएको सिरियाली विद्रोह त्यसको केही महिनामै गृहयुद्धमा परिणत भयो। यो ८ वर्षमा तीन लाख पाचास हजार भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्। शान्तिपूर्ण अान्दोलनको रूपमा सुरू भएको अान्दोलनले युद्धको रूप ग्रहण गर्दा दुर्इ करोड भन्दा बढी सर्वसाधारण विस्थापित भएको एएफपीले जनाएको छ। सरकारको दमन बढ्दै जाँदा विपक्षी आन्दोलनकारीहरुले…
काठमाडौं : ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७४ को उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र आयोजकको टोली एपीएफ भिड्ने भएका छन्। प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न सेमीफाइनल खेलमा विजयी हुँदै न्यू डायमण्ड र नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरेका हुन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१०,…
काठमाडौँः संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुनःनिर्वाचित भएकोमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले हार्दिक बधाई ज्ञापन गरेका छन्। राष्ट्रपति भण्डारीलाई सार्कका आठ वटै सदस्य मुलुकका कूटनीतिक एवं सचिवालयका कर्मचारीका तर्फबाट आज एक पत्र पठाउँदै महासचिव सियालले बधाई ज्ञापन गरेका हुन्। पत्रमा नेपालले तीन वटा सार्कका शिखर सम्मेलन आयोजना गरेको स्मरण गर्दै उनले सार्कको…
काठमाडौं : गृह मन्त्री रामबहादुर थापाले उपत्यकाभित्र शान्ति सुरक्षा प्रत्याभूति दिलाउनुका साथै ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। गृह मन्त्री थापाले आफू अरु जस्तो 'टाइम पास' गर्न गृह मन्त्रालयको जिम्मेवारी नलिएको भन्दै काम गरेर देखाउन कडा निर्देशन दिएको बैठकमा सहभागी एक प्रहरी अधिकृतले बताए। गृह मन्त्री थापालाई उदृत गर्दै उनले भने, 'म अरुजस्तो समय विताउन मन्त्रालयमा आएको होइन, केही…