PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु

    बोलेरो जिप दुर्घटनामा एकजनाको मृत्यु

    म्याग्दीः म्याग्दीको बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरमा गएराति भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शख्त घाइते भएका चालक रकबहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मालिका गाउँपालिका–४ घर भएका करिब २८ वर्षका सुनारको शव परीक्षणको लागि बेनी अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता छोरी खोजिदिन बुबाको आग्रह, प्रहरीले समेत असहयोग गरेको आरोप

    बेपत्ता छोरी खोजिदिन बुबाको आग्रह, प्रहरीले समेत असहयोग गरेको आरोप

    इनरुवा: तीन साताअघि बेपत्ता भएकी छोरीको अवस्था अज्ञात रहेको भन्दै पत्रकार सम्मेलन गरी एक बाबुले आफूलाई सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।  आफ्नी १८ वर्षीया छोरीको अवस्था अज्ञात रहेको भन्दै सुनसरीको देवानगञ्जका प्रमोद मेहताले सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकार सम्मेलन गरी गुहार मागेका हुन्।   पीडित पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ता भएकी भनिएकी मनिताकुमारी मेहताका बाबुले कप्तानगञ्जका शिवकुमार मेहताले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ को बजेट चैत २० भित्र आउने

    प्रदेश ३ को बजेट चैत २० भित्र आउने

    हेटौँडाः प्रदेश नं ३ को चालु आर्थिक वर्षको पहिलो बजेट यही चैत २० गतेभित्र पेश गरिने भएको छ।   बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सो प्रदेशको बजेट चैत २० गतेभित्र पेश गर्ने निर्णय गरेको हो।  बैठकले सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई तोकेको छ।  बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको विधेयक, स्थानीय तहको सेवा सुविधासम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा, मेसीको दुई गोल

    च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा, मेसीको दुई गोल

    लियोनल मेसीले दुई गोल गरेपछि घरेलु मैदानमा भएको दोस्रो लेगमा ३-० को जित हात पारेको बार्सिलोना इंगलिस क्लब चेल्सीलाई समग्रतमा ४-१ ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान नोक्याम्पमा बार्सिलोनालाई शानदार जित दिलाउन मेसीले खेलको तेस्रो र ६३औँ मिनेटमा गोल गरे। यस्तै २०औँ मिनेटमा ओसमान डेम्बेलेले एक गोल गरे। चेल्सीको मैदानमा भएको पहिलो ले १-१…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायरः नेपाल र पिएनजी भिड्दै, दुबैको लक्ष्य जित

    वर्ल्डकप क्वालिफायरः नेपाल र पिएनजी भिड्दै, दुबैको लक्ष्य जित

    काठमाडौँः आइसीसी वल्र्डकप क्वालिफायरको प्लेअफ अन्तर्गत आज नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गर्दैछन्। जिम्बावेको हरारेमा आज दिउँसो हुने खेलमा दुबै टिम जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्। आजको जितले दुबै टिमका लागि एक दिवसीय मान्यता पाउने ढोका जीवितै राख्नेछ। खेलमा हार्ने टिम भने डिभिजन दुईमा घटुवा हुनेछ।  नेपाल समूह बी मा चौथो तथा पिएनजी समूह बी मा पाँचौ हुँदै प्लेअफका…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा कसले तोक्छ पेशी? पराजुली र जोशी दुबैको हातमा मुद्दाका रोष्टर

    सर्वोच्चमा कसले तोक्छ पेशी? पराजुली र जोशी दुबैको हातमा मुद्दाका रोष्टर

    काठमाडौँः न्याय परिषदले सात महिनाअघि नै प्रधानन्यायाधीश पराजुलीले अवकाश पाइसकेको पत्र बुधबार दियो। तर, पत्र गैरकानुनी भन्दै पराजुलीले त्यसको वैधानिकतामाथि प्रश्न उठाए। न्यायलय पत्रका विषयमा दुई भागमा बाँडियो।  केही न्यायाधीशले न्याय परिषद् सचिवको पत्रलाई स्वभाविक मानेका छन्। कतिपयले क्षेत्रधिकार बाहिरको निर्णय भनेका छन्।  सर्वोच्च न्यायलय दुई कित्तामा विभाजित हुँदा सेवाग्राही अन्योलमा परेका छन्। सेवाग्राही मात्र हैन दैनिक पेशीसूची कसले तोक्ने…

    विस्तृतमा पढ्नुस्

  • दीपकराज जोशी बने कामु प्रधानन्यायाधीश, तोके मुद्दाको पेशी

    दीपकराज जोशी बने कामु प्रधानन्यायाधीश, तोके मुद्दाको पेशी

    काठमाडौँः अन्योलका बीच सर्वोच्चको दैनिक पेशी वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले तोकेका छन्। न्याय परिषद सचिवालयले बुधबारमात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र थमाएको थियो। पराजुलीले वैधानिक प्रधानन्यायाधीश अाफैं भएको दावी गरे पनि पत्र अनुसार सर्वोच्च प्रशासनले जाेशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो।  आज सबै न्यायाधीशलाई पेशी तोकिएको छ।  सोमबारदेखि मुद्दा नपाएका न्यायाधीश चोलेन्द्र शमशेर जवराले पनि मुद्दा पाएका छन्।  बिदाका लागि…

    विस्तृतमा पढ्नुस्

  • भारतको थिएटर ओलम्पिकमा मण्डला थिएटर

    भारतको थिएटर ओलम्पिकमा मण्डला थिएटर

    काठमाडौं: भारतमा जारी आठौँ थिएटर ओलम्पिकमा मण्डला थिएटरले प्रस्तुति गर्ने भएको छ। राजन खतिवडाको निर्देशनमा बनेको नाटक ‘एन्टिगोनी’ थिएटरमा सहभागी हुन लागेको हो। बिराटनगर हुँदै सुरु भएको नाटकको यात्रा भारतको गुवाहाटी, नयाँ दिल्ली र पोखराबाट काठमाडौँ फर्किने छ। बिराटनगरमा मंगलबारबाट सुरु भएको नाटकको प्रदर्शन हरेक दिनको दुई सो गर्दै बिहीबार सकिएपछि टोली भारततर्फ लाग्नेछ। आजभन्दा २५ सय वर्षभन्दा पहिला ग्रिसमा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानमा पूर्व प्रधानमन्त्री शरीफको घर नजिक शक्तिशाली विष्फोट ९ को मृत्यु

    पाकिस्तानमा पूर्व प्रधानमन्त्री शरीफको घर नजिक शक्तिशाली विष्फोट ९ को मृत्यु

    इस्लामाबादः पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको घर नजिकै अात्मघाती बम विष्फोट भएको छ। विष्फोटमा परी ९ जनाको मृत्यु भएको छ।  घटनामा कम्तीमा २५ जना मानिस घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।  मृतकमध्ये ५ जना प्रहरी जवान रहेको बताइएको छ। तालिवान अात्मघाती हमलाकारीले राइवीन्ड सडकमा रहेको प्रहरी चेकप्वाइन्ट नजिक अाफैलार्इ विष्फोट गराएका थिए।  घटनामा घाइते भएकाहरूलार्इ अस्पताल भर्ना गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

    पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

    उर्लाबारीः मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो। पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पुर्‍याउने बित्तिकै मृत्यु भएको थियो। ठक्कर दिने पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जली

    राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जली

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल सुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गरेकी छन्। राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुग्दा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए। नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। रासस

    विस्तृतमा पढ्नुस्

  • भारतीय भन्दा नेपाली खुशी, विश्वमा १०१ औँ स्थानमा नेपाल

    भारतीय भन्दा नेपाली खुशी, विश्वमा १०१ औँ स्थानमा नेपाल

    काठमाडौँः नेपाल खुशी देशहरुको सूचीमा १०१ औँ स्थानमा परेको छ। वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०१८ मा १५६ वटा देशहरुको सूचीमा नेपाल १०१ औँ स्थानमा परेको हो।  नेपालले ह्याप्पीनेस स्कोर ४.८८० पाएको छ। कुल ग्राह्स्थ उत्पादन, सामाजिक सद्भाव, स्वस्थ जीवनयापन, उदारता र भ्रष्टाचारप्रतिको धारणालाई लिएर गरिएको अध्ययनमा नेपाल १०१ औँ स्थानमा परेको हो। सन् २०१४–१६ मा नेपाल यो सूचीको ९९ औँ स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • न्याय परिषद बैठक बस्दै, ‘सचिवको पत्राचार अनुमोदनको तयारी’

    न्याय परिषद बैठक बस्दै, ‘सचिवको पत्राचार अनुमोदनको तयारी’

    काठमाडौँः प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाशको पत्र थमाएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका दीपकराज जोशीले न्याय परिषद बैठकको तयारी गरेका छन्। प्रधानन्यायाधीश परिषदको अध्यक्ष हुने संवैधानिक प्रावधान छ।  न्याय परिषद स्रोतका अनुसार बैठक राख्ने तयारी भइरहेको छ। तर, समय यकिन भइसकेको छैन।  स्रोतका अनुसार परिषद् बैठकले पराजुलीलाई अवकाश दिने सचिवको जानकारी पत्रलाई अनुमोदन गर्नेछ। भने, परिषद सदस्यमा न्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गरिनेछ। 

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ता अधिकार संरक्षण गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री अोली

    उपभोक्ता अधिकार संरक्षण गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री अोली

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्।  विश्व उपभोक्ता अधिकार दिवशको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले संविधानमा भएको व्यवस्था अनुसार उपभोक्तालाई गुणस्तरिय बस्तु तथा सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्।  उनले अपभोक्तालाई आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेतना कार्यक्रमको आवश्यक्ता रहेको बताएका छन्। उपभोक्ता अधिकारको संरक्षण, सम्मान…

    विस्तृतमा पढ्नुस्

  • 'शत्रु गते' मोफसल यात्राको केही झलक

    'शत्रु गते' मोफसल यात्राको केही झलक

    काठमाडौं: फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ। चैत ९ गतेबाट प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउन तथा दर्शकसँग प्रत्यक्ष अन्तरक्रियाको लागि फिल्म युनिट काठमाडौं बाहिरको शहरहरुको यात्रामा थियो।  'मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, प्रस्तुतकर्ता किरण केसी, अभिनेत्री दीपाश्री निरौला, शिवहरि पौडेल, पल शाह र आँचल शर्मा सहभागी थिए। फागुन २३…

    विस्तृतमा पढ्नुस्

  • अन्तराष्ट्रिय डकुमेन्ट्रीमा समेटियो फिल्म 'राज्जा रानी'

    अन्तराष्ट्रिय डकुमेन्ट्रीमा समेटियो फिल्म 'राज्जा रानी'

    राज्जा रानी मैथिली फिल्मलाई समेटेर नेपालस चाइल्ड ब्राइडसले अन्तराष्ट्रिय डकुमेन्ट्री तयार पारेको छ। नेपालका विभिन्न भागहरुमा छायाकंन गरिएको डकुमेन्ट्री सिगांपुरको च्यानल न्यूज एसियाबाट १२ मार्च २०१८ को दिन प्रसारण भयो। वृत्तचितरलाई टेलिभिजन च्यानल न्षूज एसियाले नै निर्माण गरेको हो। नेपालमा बाल विवाह एवम् दाइजोको वर्तमान अवस्था र यसले निम्त्याउने नाकारात्मक असरहरुमाथि खोजमुलक डकुमेन्ट्री तयार पारेको नेपालस चाइल्ड ब्राइडसले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिगमा मेसीको सय गोल पुरा

    च्याम्पियन्स लिगमा मेसीको सय गोल पुरा

    बार्सिलोनाका अर्जैन्टाइन स्टार लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिगमा १०० गोल गरेका छन्। बुधवार भएको चेल्सी विरुद्धको खेलमा २ गोल गर्दै मेसीले उक्त कोसेढुंगा पार गरे। र मेसी यस्तो सफलता हात पार्ने दोस्रो खेलाडी हुन्। ३० वर्षीय मेसीले १२३ खेल खेल्दै १०० गोल गरेका हुन्। रोनाल्डोले उक्त उपलब्धी हासिल गर्न १४४ खेल खेलेका थिए। मेसीले सन् २००५ मा ग्रीक क्लब पानाथिनाइकोस…

    विस्तृतमा पढ्नुस्

  • गुण्डा नाइके गणेश लामालार्इ महानगरीय प्रहरी परिसर टेकु पुर्‍याइयो

    गुण्डा नाइके गणेश लामालार्इ महानगरीय प्रहरी परिसर टेकु पुर्‍याइयो

    काठमाडौँ: राजधानीको गौशालाबाट बुधवार राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके नेता गणेश लामालाई  महानगरीय प्रहरी परिसर टेकु लगिएको छ। लामालाई ६ राउन्ड गोली र पेस्तोलसहित बुधबार पक्राउ गरि महानगरी प्रहरी वृत गौशालामा राखिएको थियो। थप अनुसन्धानको लागि लामालाई टेकु ल्याइएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए।  लामालाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा…

    विस्तृतमा पढ्नुस्

  • उपसभामुखको उम्मेदवार छान्न काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा

    उपसभामुखको उम्मेदवार छान्न काँग्रेस संसदीय दलको बैठक सिंहदरबारमा

    काठमाडौं : उपसभामुखको उम्मेदवार टुंगो लगाउन प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ।  उपसभामुखको उम्मेदवार छान्न कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जानकारी दिए।  उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ। निर्वाचन शुक्रबार हुनेछ । वाम गठबन्धनको भागवण्डामा सभामुख माअोवादी केन्द्र र उपसभामुख एमालेको भागमा परेको थियो। सभामुखमा…

    विस्तृतमा पढ्नुस्

  • प्रवेशाज्ञा शूल्क पुनरावलोकन गर्न अमेरिकी राजदुत टेप्लिजको आग्रह

    प्रवेशाज्ञा शूल्क पुनरावलोकन गर्न अमेरिकी राजदुत टेप्लिजको आग्रह

    काठमाडौँः नेपालका लागि अमेरिकी राजदुत अलाइना बी टेप्लिजले नेपालले लिँदै आएको प्रवेशाज्ञा शूल्क पुनरावलोकनका लागि आग्रह गरेकी छिन्।  बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा(बादल)सँग शिष्टाचार भेट गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।  राजदुत टेप्लिजले नेपालको अध्यागमन सुरक्षाका क्षेत्रमा अमेरीकी सरकारले सहयोग गर्न चाहेको बताउँदै अमेरीकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न आग्रह गरेकी हुन्।  भेटमा दुई देशको सम्बन्ध, आपसी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell