PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • 'जेरी २' को थिम पोस्टर सार्वजनिक

    'जेरी २' को थिम पोस्टर सार्वजनिक

    काठमाडौं : अनमोल केसी र आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा झोला बोकेका एक युवकलाई लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ।  फिल्ममा पुर्णिका सिजापतीको पनि मुख्य भुमिका रहनेछ। हेमराज बिसी निर्देशित यो फिल्म सन् २०१४ मा रिलिज भएको हिट फिल्म ‘जेरी’को सिक्वेल हो। सो फिल्ममा पनि आना र अनमोलको मुख्य भूमिका थियो। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • सर्ट फिल्म 'आराध्या' मा अभिभावकले समय नदिँदा बालमस्तिष्कमा पारेको प्रभावको कथा

    सर्ट फिल्म 'आराध्या' मा अभिभावकले समय नदिँदा बालमस्तिष्कमा पारेको प्रभावको कथा

    काठमाडौं : विद्यालय परिसरको दृश्य। मुख्य पात्र आराध्याको पढाईमा खासै ध्यान छैन। त्यही बेला उनका एक साथीले भन्छन् : आराध्या, हिजो मेरो बर्थडे थियो नी। सबले के के गिफ्ट दिनुभयो मलाई। दादा, मामा, मामु र साथीले दिएको। अनि थाहा छ हिजो म 'जु' पनि गएको नि। बाबाले मिठी पापा पनि किनिदिनुभएको। अनि आज मामुले मेरो फेबरेट टिफिन पनि आफ्नै हातले बनाउनु भएको,…

    विस्तृतमा पढ्नुस्

  • नामिबियामाथि नेपालको ऐतिहासिक जित : कुशलको शतक, करणको पाँच विकेट

    नामिबियामाथि नेपालको ऐतिहासिक जित : कुशलको शतक, करणको पाँच विकेट

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराउँदै सानदार सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको थियो। नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय…

    विस्तृतमा पढ्नुस्

  • महंगीको चपेटामा भ्यालेन्टाइन्स डे : गुलाव, चकलेट र रेष्टुरेन्टका परिकार सबैको मूल्य बढ्यो

    महंगीको चपेटामा भ्यालेन्टाइन्स डे : गुलाव, चकलेट र रेष्टुरेन्टका परिकार सबैको मूल्य बढ्यो

    बिजीशा बुढाथोकी काठमाडौं : यो वर्षको प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डे फरक मात्रै छैन, महँगो पनि भएको छ। फूलदेखि चकलेट र रेस्टुरेन्टहरूमा खानेकुराका मेनुको मूल्य बढेको छ यसपटक। कोरोना महामारीले खल्बलिएको आपूर्ति श्रृंखला तथा रसिया-युक्रेनबिच चलिरहेको युद्धका कारण विश्व अर्थतन्त्र नै संकटमा छ। त्यसको बाछिटा नेपालको अर्थतन्त्रमा पनि गम्भीर रूपमा परेको छ। फलस्वरूप, नेपालमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा…

    विस्तृतमा पढ्नुस्

  • एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल भुर्तेलको पहिलो शतक

    एकदिवसीय अन्तर्राष्ट्रियमा कुशल भुर्तेलको पहिलो शतक

    काठमाडौँ: कुशल भुर्तेलले नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन्र। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ९९ बलमा ९ चौका र ४ छक्काको सहायतामा शतक पुरा गरेका हुन्। पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि भुर्तेल एकदिवसीयमा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी हुन्। नेपालका ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २५ रन बनाए। त्यस्तै कप्तान रोहितकुमार…

    विस्तृतमा पढ्नुस्

  • 'लभ यु केपी बा' भन्नेलाई ओलीको रिप्लाई : लभ यु टु, ह्याप्पी भ्यालेन्टाइन

    'लभ यु केपी बा' भन्नेलाई ओलीको रिप्लाई : लभ यु टु, ह्याप्पी भ्यालेन्टाइन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेम दिवसको शुभकामना दिएका छन्। अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्दै ओलीले प्रेम दिवसको शुभकामना दिएका हुन्। 'सबैलाई धेरै शुभकामना छ। ह्याप्पी भ्यालेन्टाइन,' ओलीले भने, 'तपाईहरुले लभ यु केपी बा भन्नुहुन्छ। तपाईहरुलाई आइ लभ यु टु।' ओलीले जीवन संघर्ष भएको उल्लेख गर्दै राजनीति झनै ठुलो संघर्ष भएकोसमेत बताए। यसका लागि डटेर लाग्नुपर्ने ओलीको भनाई…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बसपार्कमा सामान चोरी गर्नेविरुद्ध अनुसन्धान गर्न गृहको निर्देशन, बालाजुका डिएसपीको जिम्मेवारी खोसियो

    नयाँ बसपार्कमा सामान चोरी गर्नेविरुद्ध अनुसन्धान गर्न गृहको निर्देशन, बालाजुका डिएसपीको जिम्मेवारी खोसियो

    काठमाडौं : नयाँ बसपार्क क्षेत्रमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने समुहलाई अनुसन्धानमा ल्याएर कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृहसचिवले प्रहरी महानिरीक्षकलाई फोन गरेर सोमबारको घटनालाई गम्भिरतापूर्वक लिएर अनुसन्धान गर्न निर्देशन दिएका हुन्। सोमबार गोंगबु नयाँ बसपार्कको प्रवेश विन्दुमा रहेको ल्होत्से मलमा केही समुह प्रवेश गरेर पसल तोडफोड गर्नुको साथै पसलमा भएका सामान चोरी गरेका थिए। त्यसपछि प्रहरीले सिसिक्यामराको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा फेरि अर्को गोलीकाण्ड : मिसिगनमा ३ जनाको हत्या गरेका व्यक्तिले पछि आफैमाथि चलाए गोली

    अमेरिकामा फेरि अर्को गोलीकाण्ड : मिसिगनमा ३ जनाको हत्या गरेका व्यक्तिले पछि आफैमाथि चलाए गोली

    अमेरिकाको मिसिगन विश्वविद्यालयमा गोली चलेको छ। युनिभर्सिटी क्याम्पसमा मंगलवार बिहान भएको गोलीकाण्डमा ३ जनाको मृत्यु भएको छ। सो घटनामा धेरैजना घाइते भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। प्रहरीका अनुसार केही घाइते व्यक्तिको अवस्था गम्भीर रहेको छ। ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीका अनुसार गोली चलाउने व्यक्तिले आफैलाई गोली हानी मारेका छन्। उनको शव क्याम्पस क्षेत्रमा नै फेला परेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ, गठबन्धन भत्किने सम्भावना छैन : झलनाथ खनाल

    राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ, गठबन्धन भत्किने सम्भावना छैन : झलनाथ खनाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन्।  धनगढीमा आज आयोजित  पत्रकार सम्मेलनमा उनले भने, 'राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण विषय हो। यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्‍याउनुपर्छ”, उनले भने। यस्तै, खनालले सहमतिका लागि सबै पार्टीले राम्रोसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए। उनले राजनीतिक दलहरूबिच…

    विस्तृतमा पढ्नुस्

  • कुशल पछि कप्तान रोहितको अर्धशतक

    कुशल पछि कप्तान रोहितको अर्धशतक

    काठमाडौँ: नामिबिया र नेपालबीच जारी खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। विश्वकप लिग २ अन्तर्गत कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ओपनर कुशल भुर्तेल पछि कप्तान पौडेलले अर्धशतक पुरा गरेका हुन्। पौडेलले २४ औं ओभरको अन्तिम बलमा अर्धशतक पुरा गरेका हुन्। उनले ३ छक्का र ४ चौकाको सहायतामा अर्धशतक प्रहार गरेका हुन्। उनीसँगै क्रिजमा रहेका ओपनर भुर्तेलले पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रबलले तयार पारेको पहिरनसँगै सिउँदोमा सिन्दुर लगाएर र्‍याम्पमा हिँडे मोडल

    प्रबलले तयार पारेको पहिरनसँगै सिउँदोमा सिन्दुर लगाएर र्‍याम्पमा हिँडे मोडल

    काठमाडौं : नेपाली मुलका हलिउड ‘फेशन डिजाइन’ प्रबल गुरुङ विश्वभर चर्चित छन्। उनले 'डिजाइन' गरेका पहिरनको निकै चर्चा हुने गर्छ। उनले तयार पारेको पहिरनमा हलिउड र बलिउडका धेरै सेलिब्रेटी सजिसकेका छन्। केहिदिन अघि अमेरिकामा न्युर्योक फेशन सप्ताह चलेको थियो। जहाँ प्रबल गुरुङले तयार पारेको पहिरनमा मोडलहरु र्‍याम्पमा हिँडे। तर, यसपटक र्‍याम्प शोमा देखिएका मोडल गुरुङको पहिरनमा मात्रै थिएनन्। प्रबलले मोडलहरुलाई हिन्दु 'टच' पनि…

    विस्तृतमा पढ्नुस्

  • कुशल भुर्तेलको अर्धशतक, लय समात्दै नेपालको ब्याटिङ

    कुशल भुर्तेलको अर्धशतक, लय समात्दै नेपालको ब्याटिङ

    काठमाडौँ: नामिबिया र नेपालबीच जारी खेलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। विश्वकप लिग २ अन्तर्गत कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ओपनर भुर्तेलले २१.१ ओभरमा ५१ बलमा २ छक्का र ४ चौकाको सहायतामा अर्धशतक पुरा गरे। २१ औँ ओभरको समाप्तिसम्म नेपालको स्कोर २ विकेटको क्षतिमा १२२ रन छ। नेपालका ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २५ रन…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीस्थित बीबीसीको कार्यालयमा आयकर विभागको छापा, कांग्रेसले भन्यो : अघोषित आपतकाल

    दिल्लीस्थित बीबीसीको कार्यालयमा आयकर विभागको छापा, कांग्रेसले भन्यो : अघोषित आपतकाल

    भारतको नयाँ दिल्लीस्थित कार्यालयमा आयकर विभागले छापा मारेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार विभागको ६० – ७० जनाको टोली बीबीसीको कार्यालयमा पुगेको हो। बीबीसीको कार्यालयमा काम गर्ने कर्मचारीको मोबाइल बन्द गरिएको बताइएको छ। यसैगरी यो कार्यालय परिसरमा जान पनि रोक लगाइएको बताइएको छ। आयकर विभाग स्रोतका अनुसार बीबीसीमाथि अन्तर्राष्ट्रिय कर गडबडीको आरोप छ। विभागको दाबी छ - यही विषयमा सर्भे गर्न…

    विस्तृतमा पढ्नुस्

  • लिन्गेनको शतकमा नामिबियाले नेपाललाई दियो २ सय ८६ रनको विशाल लक्ष्य, करणले लिए पाँच विकेट

    लिन्गेनको शतकमा नामिबियाले नेपाललाई दियो २ सय ८६ रनको विशाल लक्ष्य, करणले लिए पाँच विकेट

    काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको हो। नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • के अल्लु अर्जुन शाहरुखको 'जवान' मा केमियो भूमिकामा देखिदैछन्?

    के अल्लु अर्जुन शाहरुखको 'जवान' मा केमियो भूमिकामा देखिदैछन्?

    काठमाडौं: ‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान ‘जवान’ को छायाङ्कनमा व्यस्त छन्। दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमार निर्देशित यस फिल्ममा शाहरुखसँगै नयनतारा मुख्य भूमिकामा छन्। ‍शाहरुखको पहिलो 'प्यान इन्डिया’ फिल्ममा विजय सेतुपाती पनि प्रमुख भूमिकामा रहनेछन्। यसैबिच, साउथ स्टार अल्लु अर्जुन पनि ‘जवान’ मा केमियो रोलमा देखिने खबर बाहिरिएको छ। भारतीय मिडियाका अनुसार ‘जवान’ मा अल्लु अर्जुनलाई एक विशेष…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू : ७० प्रतिशत ल्याउने पास, यस्तो छ अङ्कभार

    वाग्मतीमा सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’लागू : ७० प्रतिशत ल्याउने पास, यस्तो छ अङ्कभार

    काठमाडौं : वाग्मती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो। यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो  बिदा परेकाले  आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएको हो। मन्त्रालयले मोटरसाइकल,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

    प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो। भेटवार्तामा इपीएसमार्फत् अझ…

    विस्तृतमा पढ्नुस्

  • यातायात मजदुरले फिर्ता लिए बन्द, चल्ने भयो सार्वजनिक सवारीसाधन

    यातायात मजदुरले फिर्ता लिए बन्द, चल्ने भयो सार्वजनिक सवारीसाधन

    काठमाडौं : यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन्। ‘उहाँहरु बन्द फिर्ता लिन सहमत हुनु भएको छ। अहिले सम्झौताको ड्राफ्ट बन्दैछ।,’ मन्त्रालयका एक अधिकारीले भने,’एक छिनमा सम्झौता हुन्छ। बन्द फिर्ता भइसक्यो।’ उनका अनुसार सवारी जलाउने, ल्होत्से बहुउदेश्यीय संस्थाको भवनमा तोडफोड…

    विस्तृतमा पढ्नुस्

  • अतिविशिष्ट सेवा सञ्चालनमा ल्याएपछि भरतपुर अस्पतालमा बढ्यो बिरामीको चाप

    अतिविशिष्ट सेवा सञ्चालनमा ल्याएपछि भरतपुर अस्पतालमा बढ्यो बिरामीको चाप

    नारायण अधिकारी- चितवन : भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ। पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो। एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो। अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ। छ…

    विस्तृतमा पढ्नुस्

  • नेपालले टस जितेर नामिबियालाई दियो ब्याटिङको निम्तो, कोको छन् प्लेइङ ११ मा?

    नेपालले टस जितेर नामिबियालाई दियो ब्याटिङको निम्तो, कोको छन् प्लेइङ ११ मा?

    काठमाडौँ: नेपाली क्रिकेट टोलीले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया आमनेसामने हुन लागेका हुन्। नेपाल र नामिबिया एकदिवसीय क्रिकेटमा चारपटक आमनेसामने हुँदा नेपालले हालसम्म जित निकाल्न सकेको छैन। नामिबियाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell