काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुले मधेश प्रदेशसभाको आजको बैठक अवरुद्ध गरेका छन्। प्रदेशसभा बैठक सुरु हुने बित्तिकै सांसदहरुले उठेर सदन चल्न नदिने बताएका हुन्। प्रदेशसभा सदस्यहरूले बोलाएका आफन्तहरूलाई सदन भित्र छिर्न नदिने भएपछि प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरिएको कांग्रेसका प्रदेशसभा सदस्य शेषनरायण यादवले जानकारी दिए। कांग्रेसले प्रदेशसभा अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको छ। अर्को बैठक १० मिनेटपछि बस्ने बताइएको…
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा गणतन्त्रविरोधी गतिविधिबारे प्रश्न नउठेकोमा अचम्म मानेका छन्। आफूले नेपालको गणतन्त्र पटकपटक खतरामा छ भन्दै प्रश्न उठाउँदै आएको उल्लेख गर्दै केसीले सत्ताधारी दलकै नेताले गणतन्त्र विरोधी अभियान शुरु गरेको बताए। सत्तामा रहेको प्रमुख दल एमालेतिर लक्षित गर्दे केसीले भने, 'नेपालमा गणतन्त्रमाथि खतरा गणतन्त्र पक्षधरबाटै छ। गणतन्त्र मुखले स्विकारे पनि व्यवहार गणतन्त्र विरोधी छ।…
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँगै मैत्रीपूर्ण खेल खेल्दैछ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा साँझ पौने ८ बजे खेल सुरु हुनेछ। भारतीय फुटबल टोलीका प्रशिक्षक थोमस डेनब्रीले नेपालसँगको खेललाई ओलम्पिक छनोटको तयारीका रुपमा लिएको बताएका छन्। 'हामी अहिले नतिजा खोजिरहेका छैनौं। हाम्रो मुख्य उद्देश्य ओलम्पिक क्वालिफायरका लागि टोली निर्माण गर्नु हो। नेपालसँगका यी खेलहरू त्यस प्रक्रियाको हिस्सा…
काठमाडौं : मुस्ताङको जोमसोमबाट पोखराका लागि हिँडेको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ। बुधवार कोरोला यातायातको बस बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत थासाङ गाउँपालिका वडा नं ३, धम्पुस्थित कालीगण्डकी नदीमा दुर्घटना भएको हो। बसमा १७ जना यात्रु सवार थिए। बस दुर्घटनालगत्तै यात्रुलाई स्थानीयवासी र प्रहरले उद्धार गरी अस्पताल लगिएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा चौतर्फी रुपमा ४ विषयमा छलफल हुनुपर्ने धारणा राखेका छन्। बुधवार संसदमा आफ्नो धारणा राख्दै शर्माले ४ विषय उठान गरेका हुन्। केही समयअघि संसद भवनअघि आत्मदाह गरेका प्रेम आचार्यको गाउँ इलाम पुगेर आइपुगेको प्रसंग उल्लेख गर्दै शर्माले आत्महत्या केवल मृत्युमात्र हुन नसक्नेसमेत उल्लेख गरेका छन्। 'म भर्खर इलाम पुगेर आएको छु, प्रेम…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरिएकोप्रति संसद्मा प्रश्न उठाएकी छन्। बुधवार जारी प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो? भन्दै प्रश्न गरेकी हुन्। यही प्रकरणका कारण पीडितहरुलाई झनै ठूलो मानसिक अवस्थामा धकेल्ने जोखिम बढेको उनको भनाइ थियो। उनले भनिन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन…
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार छ सय रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ छ।…
न्युयोर्कमा टेस्लाका कामदारहरूले कर्मचारी संगठन (युनियन) बनाउने प्रयास गरिरहेका छन्। यदी सबै प्रक्रिया पूरा भए इलन मस्कको इलेक्ट्रिक कार कम्पनीको यो पहिलो कर्मचारी संगठन हुनेछ। कामदार-कर्मचारीहरूले कम्पनी र व्यवस्थापनका विभिन्न युनिट नेतृत्वहरुलाई ‘निष्पक्ष’ युनियन चुनावका लागि योजनाको रूपरेखासहित आधारभूत नियमहरूमा सहमत हुन आग्रह गर्दै पत्राचार गरेका छन्। हाल बफेलोमा रहेको टेस्लाको प्लान्टमा करिब दुई हजार कर्मचारी काम गर्छन्। विगतमा आफ्नो कम्पनीमा युनियन बनाउने पक्षमा…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राजधानीको नयाँ बसपार्कमा दिनदहाडै लुटपाट मच्चिँदा सरकारले शान्तिसुरक्षा दिन नसकेको आरोप लगाएका छन्। सोमबार नयाँ बसपार्कमा ल्होत्से मलमा लुटपाट मच्चिएको थियो। 'नयाँ बसपर्कमा जुन किसिमको घटना भयो त्यसले हामी सबैलाई गम्भीर बनाएको छ। सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,' प्रवक्ता महतले भने, 'प्रधानमन्त्री स्वयं प्रशासनको जिम्मेवाहरुमा हुनुहुन्छ। साना व्यवसायी छन्। मोबाइल पसलहरु छन्। अन्य…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन्। आज पोखरामा आयोजित कार्यक्रममा नेपालले भने, 'लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ।' नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो। सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताए। उनले…
काठमाडौं : नेपाली कांग्रेसले गोङ्गबु-बालाजु क्षेत्रमा भएको हुलदंगाको जिम्मेवारहरुलाई कारवाही गर्नुपर्ने बताएका छन्। कांग्रेस सांसद प्रकाशशशण महतले संसदमा समय लिँदै अराजकता फैलाउनेहरुलाई कारवाही हुनुपर्ने बताएका छन्। उनले मजदुरहरुको जायज माग पूरा हुनुपर्ने पक्षमा आफूहरु रहे पनि मजदुरको नाममा अराजकतालाई बढावा दिन नसकिन बताए। महतले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै सरकारलाई शान्ति सुरक्षा कायम गर्न तर्फ ध्यान दिन आग्रह पनि गरेका छन्।…
काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' पेश गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक,…
बुटवल : लुम्बिनी प्रदेश सरकार स्थापना भएको आज पाँच वर्ष पूरा हुँदैछ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २०७८ साल चैत्र ११ गतेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्थापना दिवस दाङको राप्ती उपत्यका (देउखुरी)मा भव्य रुपमा…
काठमाडौं : म्याद सकिएका विभिन्न ब्रान्डका बियरहरू बजारमा बिक्रि भइरहेको पाइएको छ। सूचना आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले मंगलवार छापा मारेको थियो। छापा मार्दा धुम्बराईस्थित याक ब्रुअरी कम्पनीबाट उत्पादित बियर कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको गोदाममा फेला परेको थियो। तीन वटा गोदामबाट २१ सय कार्टुन बियर बरामद गरेको विभागले जानकारी दिएको छ। ६५० मिलिलिटर र ३ सय ३० मिलिलिटरको बजार मूल्य ६०…
काठमाडौं : आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘सुनाखरी’ सार्वजनिक भएको छ। आर्टमाण्डूको युट्युब च्यानलमार्फत् प्रणय दिवसको अवसरमा म्युजिकल फिल्म सार्वजनिक गरिएको हो। गीतकार हर्क साउदको शब्द रहेको गीतमा उज्ज्वल सागर र विद्या तिवारीको स्वर सुन्न सकिन्छ। त्यसैगरि, गीतमा उज्ज्वल स्वयमले सङ्गित भरेका छन। म्युजिकल फिल्मको निर्देशन नवीन चौहानले गरेका छन्। सुनाखरी’ एक वृद्ध जोडीको प्रेमको कथा हो। भिडियोमा कुमार राई र…
काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' पेश गर्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण…
बुटवल : लुम्बिनी प्रदेश सरकार स्थापना भएको बुधवार पाँच वर्ष पूरा भएको छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २१ चैत २०७८ को लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्थापना दिवस दाङको राप्ती उपत्यका (देउखुरी)मा भव्य…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ। घरेलु मैदान पार्क डी प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजी ०-१ गोलले पराजित भएको हो। पीएसजीलाई हराउन बायर्नका किंग्सले कोमनले निर्णायक गोल गरे। उनले खेलको ५३ औं मिनेटमा अल्फेन्सो डेभिडको पासमा गोल गरेका थिए। अर्कोतर्फ घरेलु टोलीका नेइमारले ८३ औं…
काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा दयाहाङ राई र मिरुना मगरलाई देख्न सकिन्छ। टिजरमा दया र मिरुनाको बिचको मायाप्रेम र उनीहरुको सम्बन्धका आएको उतारचढावको कथा समेटिएको छ। दृश्यकाव्यबाट तयार पारिएको टिजरमा संवादहरु भने छैनन्। फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको…
काठमाडौं : ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र वा बाहिरी सडकबाट चल्दा जाममा कम हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ। केही दिनयता सवारीसाधन दुई घण्टासम्म पनि रोकिने अवस्था आएपछि ट्राफिक डाइभर्ट गर्नुपर्ने अवस्था आएको कार्यालयका प्रवक्ता प्रहरी…