PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • 'कामिनो'मा नीति शाह अनुबन्धित

    'कामिनो'मा नीति शाह अनुबन्धित

    काठमाडौं: दीपक वलीको निर्देशन रहने फिल्म ‘कामिनो मा नीति शाह अनुबन्धित भएकी छिन्। फिल्मको मुख्य भूमिकाका लागि बुधबार नीति र निर्माण टिमबीच सम्झौता भएको हो।  फिल्मको स्क्रिप्ट, पात्र र टिम मन परेपछि नीति काम गर्न राजी भएको बताइएको छ। यसअघि फिल्ममा प्रदीप खड्का, वर्षा शिवाकोटी र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन्। नीतिले प्रदीपसँग यसअघि केही गीत र विज्ञापनमा काम गरिसकेकी छिन्। मिस…

    विस्तृतमा पढ्नुस्

  • राप्रपालाई थापाको प्रश्न, ‘भ्रष्टाचारको विरोध गर्ने दलकै मन्त्रीले अवैध सम्पत्ति वैध बनाउने विधेयक किन’?

    राप्रपालाई थापाको प्रश्न, ‘भ्रष्टाचारको विरोध गर्ने दलकै मन्त्रीले अवैध सम्पत्ति वैध बनाउने विधेयक किन’?

    काठमाडौंः स्रोत नखुलेको सम्पत्तिलाई कर तिराएर वैधानिकता दिनेगरी सरकारले प्रतिनिधि सभामा पेस गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विधेयकको राप्रपा नेपालका अध्यक्ष कमल थापाले विरोध गरेका छन्। बुधबार कानुनमन्त्री ध्रुवबहादुर प्रधानले विधेयक प्रतिनिधि सभामा पेस गरेका थिए। विधेयक गत शुक्रबार सचिवालयमा दर्ता भएको थियो। थापाले भ्रष्टाचारको ठूलो विरोध गर्ने दलकै मन्त्रीले त्यस्तो विधेयक पेस गर्नु महाभ्रष्टाचार भएको बताएका छन्।  ट्वीटरमा थापाले लेखेका…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश सरकारले मनायो स्थापना दिवस, ६१ जना विभूषित

    लुम्बिनी प्रदेश सरकारले मनायो स्थापना दिवस, ६१ जना विभूषित

    बुटवलः लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाएको छ। ३ फागुन २०७४ मा पहिलोपटक प्रदेशमा सरकार गठन भएको थियो। प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ। स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको थियो। प्रदेश सरकारले स्थापना दिवसमा प्रदेश पदक महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरेको छ भने विभिन्न समुदायको झाँकी सहितको कला संस्कृति प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग अब पाँच महिनाभित्र टुंगो लगाउनुपर्ने, नयाँ संसदमा लैजान पुनः एक चौथाइको समर्थन चाहिने

    महाभियोग अब पाँच महिनाभित्र टुंगो लगाउनुपर्ने, नयाँ संसदमा लैजान पुनः एक चौथाइको समर्थन चाहिने

    काठमाडौंः राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाभियोग अब संसदमा दर्ता भएको बढीमा पाँच महिनामा टुंगो लगाउनुपर्ने भएको छ। महाभियोग प्रस्ताव पाँच महिनामा टुंगो लगाउनेगरी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा सहमति भएको हो। समितिलाई बिहीबार अन्तिम रुप दिएर पारित गर्ने तयारी गरिएको छ। यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग ६ महिनाभन्दा बिना कारण रोकिएपछि योपटक नियमावलीमा नै नयाँ व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • सुवास नेम्वाङविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम, इलाम २ मा पुनः मतगणना नहुने

    सुवास नेम्वाङविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम, इलाम २ मा पुनः मतगणना नहुने

    काठमाडौंः सर्वोच्च अदालतले इलाम २ मा पुनः मतगणनाको माग अस्वीकार गरेको छ। नेपाली कांग्रेसबाट पराजित उम्मेदवार डम्बर खड्काले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश अस्वीकार गरेको हो। इलाम २ बाट पूर्वसभामुख सुवास नेम्वाङ विजयी भएका थिए।  धाँधली गरेर निर्वाचित भएको भन्दै खड्काले मंसिर २१ गते मुद्दा दायर गरेका थिए। बुधबार संवैधानिक इजलासले खड्काको मुद्दामा अन्तरिम अस्वीकार गरेको हो।  नेम्वाङ ३०…

    विस्तृतमा पढ्नुस्

  • बालेनको रिटमा सर्वोच्चको अन्तरिम आदेश, यस्तो छ विवादको विषय

    बालेनको रिटमा सर्वोच्चको अन्तरिम आदेश, यस्तो छ विवादको विषय

    काठमाडौंः सर्वोच्च अदालतले समयमै निर्वाचन खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले गरेको जरिवानाविरुद्ध काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को रिटमा अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले शाहको पक्षमा अन्तरिम जारी गरेको हो।  कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले अन्तरिम जारी गरेको हो।  आयोगले कानुन विपरीत आफूलाई जरिवाना…

    विस्तृतमा पढ्नुस्

  • ल्होत्से मलबाट मोबाइल लुट्ने कसैलाई चिन्नु भएको छ भने हामीलाई जानकारी दिनुहोला : प्रहरी

    ल्होत्से मलबाट मोबाइल लुट्ने कसैलाई चिन्नु भएको छ भने हामीलाई जानकारी दिनुहोला : प्रहरी

    काठमाडौं : नयाँ बसपार्क क्षेत्रमा सोमवार मोबाइल लुटपाट गर्ने समूहका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरुलाई पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसरको टोलीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा दैलेख भगवती गाउँपालिका वडा नं. ३ का तारकेश्वर बस्ने वर्ष २४ की चिरन रेग्मी, काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी बस्ने वर्ष ३५ को नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा क्वात्रा उत्रिँदा प्रहरी संयमता, संयमता अपनाउँदा गोंगबु घटना : नेपाल प्रहरी

    काठमाडौंमा क्वात्रा उत्रिँदा प्रहरी संयमता, संयमता अपनाउँदा गोंगबु घटना : नेपाल प्रहरी

    काठमाडौं : सोमवार गोंगबु, नयाँ बसपार्क क्षेत्रमा प्रहरीको गाडीमा तोडफोड र आगजनी भयो। यतिमात्र हैन भीड ल्होत्से मल फोडेर मोबाइल लुटपाटमै उत्रियो। राजधानीमा दिनदहाडै यस्तो घटना भएपछि प्रहरीको सुरक्षा व्यवस्थापनमा प्रश्न उठ्ने नै भयो। नागरिक समाज, व्यवसायीले मात्र हैन, संसदमै सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठ्यो। प्रहरीले भने संयमता अपनाएकोले ठुलो क्षति हुनबाट बचेको भन्दै आफ्नो संगठनको बचाउ गर्दै आएको छ। उसो…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका डाँडैडाँडा कुदाउन मञ्जुश्री अल्ट्रा ट्रेल रेस, ४० देशका धावक दौडने

    काठमाडौंका डाँडैडाँडा कुदाउन मञ्जुश्री अल्ट्रा ट्रेल रेस, ४० देशका धावक दौडने

    काठमाडौं : मञ्जुश्री अल्ट्रा रेसको तेस्रो संस्करण फागुन २० बाट शुरु हुने भएको छ। काठमाडौं उपत्यकाको तीनैवटा जिल्लालाई समेट्ने यो रेस वाग्मती प्रदेश खेलकुद विकास परिषद, वाग्मती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको हो। रेस तीन दिनसम्म चल्नेछ। प्रतयोगिताका लागि प्रदेश खेलकुद विकास परिषदले ५० लाख रुपैयाँ प्रदान गर्ने परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बताए। 'विश्वभरबाट सहभागी गराएर नेपालीले जित्ने गरि प्रतियोगिता…

    विस्तृतमा पढ्नुस्

  • गोंगबु घटनाबारे प्रचण्डलाई सुरक्षा प्रमुखको जवाफ, 'यस्तो होला भन्ने पूर्वानुमान नै थिएन'

    गोंगबु घटनाबारे प्रचण्डलाई सुरक्षा प्रमुखको जवाफ, 'यस्तो होला भन्ने पूर्वानुमान नै थिएन'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोगंबु घटना छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा निकायलाई प्रचण्डले निर्देशन दिएका हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा निकायका प्रमुखलाई बोलाएर प्रधानमन्त्रीले अन्याय परेकालाई न्याय हुनेगरी दोषीमाथि कार्वाही गर्न भनेका हुन्। 'गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका…

    विस्तृतमा पढ्नुस्

  • चितवन-२ मा उपनिर्वाचन : चैत २० गते उम्मेदवारी दर्ता, यस्तो छ निर्वाचन कार्यतालिका

    चितवन-२ मा उपनिर्वाचन : चैत २० गते उम्मेदवारी दर्ता, यस्तो छ निर्वाचन कार्यतालिका

    काठमाडौं : चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ। यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कलाकार विदेशिने अवस्था रोकिनुपर्छ :  उपराष्ट्रपति पुन

    कलाकार विदेशिने अवस्था रोकिनुपर्छ :  उपराष्ट्रपति पुन

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताएका छन्।टेलिचलचित्र ‘अब जे होला होला’ले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताएका हुन्। 'प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरिती, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि जनमानसमा प्रमुख प्रेरक माध्यमका रुपमा चलचित्रले भूमिका खेल्दै आएका छन्',…

    विस्तृतमा पढ्नुस्

  • सरकारले प्रतिनिधिसभामा पेश गर्‍यो स्रोत नखुलेको सम्पत्तिलाई वैध बनाउने विधेयक, 'अपराधबाट सिर्जित सम्पत्ति वैध हुँदैन'

    सरकारले प्रतिनिधिसभामा पेश गर्‍यो स्रोत नखुलेको सम्पत्तिलाई वैध बनाउने विधेयक, 'अपराधबाट सिर्जित सम्पत्ति वैध हुँदैन'

    काठमाडौं : सरकारले प्रतिनिधिसभा बैठकमा 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' पेश गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले बैठकमा विधेयक पेश गरेका हुन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति…

    विस्तृतमा पढ्नुस्

  • मानवअधिकार आयोगलाई बलियो बनाउने प्रचण्डको चाहना

    मानवअधिकार आयोगलाई बलियो बनाउने प्रचण्डको चाहना

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउनुपर्ने बताएका छन्। बुधवार दिउँसो सिंहदरबारमा आयोगका पदाधिकारीहरूसँग भएको बैठकमा प्रधानमन्त्रीले आयोगलाई बलियो बनाउनुपर्ने बताएका हुन्। 'राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ,' प्रधानमन्त्रीले सरकार मानवअधिकारप्रति संवेदनशील भएको भन्दै भने, 'लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पुरै गम्भीर छु। आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र…

    विस्तृतमा पढ्नुस्

  • स्कटल्याण्डद्वारा नामिबिया १० विकेटले पराजित

    स्कटल्याण्डद्वारा नामिबिया १० विकेटले पराजित

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा बुधवार भएको खेलमा स्कटल्यान्ड विजयी भएको छ। नामिबियालाई १० विकेटले हराउँदै स्कटल्यान्ड विजयी भएको हो। नामिबियाले पहिलो ब्याटिङ गर्दै ३९.२ ओभरमा १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले २२.१ ओभरमा विकेट नगुमाउँदै १५७ रन बनाएको हो। स्कटल्याण्डलाई विजयी बनाउन जर्ज मुन्सेले ६१ बलमा अविजित १०३ रन बनाए। यस्तै, केल कोटचरले ७२ बलमा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’को अनुसन्धान सकियो, १२ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझायो

    नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’को अनुसन्धान सकियो, १२ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझायो

    काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ घटनाको अनुसन्धान सकाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालया बुझाएको छ। मंगलबार ब्युरोले राय सहितको प्रतिवेदन बुझाएको हो। १२ जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै प्रतिवेदन प्रहरीले बुझाएको छ। घटनामा मुख्य अभियुक्त नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालियालाई…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको नेटवर्क फेरि डाउन

    नेपाल टेलिकमको नेटवर्क फेरि डाउन

    काठमाडौं : नेपाल टेलिकमको नेटवर्क फेरि अवरुद्ध भएको छ। आज दिउँसो २ बजेदेखि टेलिकमको नेटवर्क पूर्ण रुपमा डाउन भएको हो। एक महिना अघि पनि घण्टौंसम्म टेलिकमको नेटवर्क डाउन भएको थियो। दशक पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ परिवर्तन नगर्दा टेलिकमको नेटवर्क पटकपटक डाउन हुँदै आएको छ। बुधबार पनि थोत्रो बिलिङ प्रणालीका कारण टेलिकमको फोन, एसएमएस र डेटा सेवा चलेका छैनन्। जसका कारण थुप्रै ग्राहकहरु प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • स्रोतमा फोहर वर्गीकरण किन हुन सकिरहेको छैन?

    स्रोतमा फोहर वर्गीकरण किन हुन सकिरहेको छैन?

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सात महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरि अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। फोहर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहर वर्गीकरणको काम थालेको थियो। तर, महानगरको ३२ वटै वडामा फोहरको वर्गीकरण हुन सकेको छैन। सुरुमा केही दिन नगरवासीले घरबाट नै फोहर वर्गीकरण गरि ल्याउने गरे…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उन्मुक्तिको चेतावनी : लाल आयोग प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्छौं

    नागरिक उन्मुक्तिको चेतावनी : लाल आयोग प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्छौं

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले राज्यबाट पक्षपातपूर्ण व्यवहार भएको बताएका छन्। आज प्रतिनिधिसभामा उनले टीकापुर घटनाका सम्बन्धमा जानकारी गराउँदै कसैलाई झुट्टा मुद्दा लगाएर कसैलाई थुन्न नपाइने बताए। उनले पार्टीका सल्लाहकार रेशम चौधरीलाई रिहा गर्नुपर्ने आफूहरुको मागप्रति सरकारले वेवास्ता गरेको पनि बताए। साथै उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भएको ढिलाइप्रति प्रश्न गरेका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • कायममुकायम प्रधानन्यायाधीशको भरमा सर्वोच्च चलेको भन्दै केसीको प्रश्न : महाभियोग प्रस्ताव के भयो?  

    कायममुकायम प्रधानन्यायाधीशको भरमा सर्वोच्च चलेको भन्दै केसीको प्रश्न : महाभियोग प्रस्ताव के भयो?  

    काठमाडौं : एक वर्षदेखि कामूका भरमा सर्वोच्च अदालत सञ्चालन भइरहेकामा सरकारको ध्यान जानुपर्नेमा नेपाली कांग्रेस सांसदले जोड दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाअभियोगको प्रस्तावमा के भइरहेको छ भनी प्रश्न गरेका थिए। संसद्मा भएका कानुन अर्को अधिवेशनमा निष्क्रिय हुने, तर महाअभियोगका विषयमा संविधान र प्रतिनिधिसभा नियमावलीमा कुनै कुरा उल्लेख नभएकाले सर्वोच्चको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell