काठमाडौं : बुधवार राति ग्यास लिक भएर आगलागीमा परी घाइते भएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सको जहाजमार्फत मुम्बई लगिँदै छ। स्वास्थ्यकर्मी र आधारभूत सेवासहितको जहाजमार्फत पौने ३ घण्टामा मुम्बईको नेसनल बर्न सेन्टर पुर्याउने तयारी भइसकेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए। ‘हामीले नागरिक उड्डयन प्राधिकरण र भारतबाट यो उडानका लागि इजाजत पाइसकेका छौं। बिरामीलाई कीर्तिपुरस्थित बर्न…
काठमाडौं : भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजल लिटरमा ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ। यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँ बढाएको थियो।…
बुटवल : दाङमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरा स्थित कृषि बिउ उत्पादन कम्पनीमा बिहीवार ग्यास सिलिन्डर बिस्फोट हुँदा सोही ठाउँका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भइ सोही ठाउँ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन्। खाना पकाउने…
काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले म्याद गुज्रिएका बियर जफत गरेको छ। बुधवार टोलीले काठमाडौंको सिनामंगलमा रहेको संस्कार ड्रेस प्रालिको गोदाम लगायतबाट ६ सय ६० कार्टुन बियर बरामद गरेको विभागका सूचना अधिकारी कमल प्रसाद भुसालले जानकारी दिए। त्यस्तै, सिनामंगलको सीके ट्रेसर्डबाट पनि म्याद गुज्रिएको बियर बरामद गरिएको छ। विभागको टोलीले दुई वटै गोदाममा सिलबन्दी गरेको छ। टुबोर्ग, मुस्ताङ, कार्ल्स्बर्ग,…
काठमाडौं : ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान तयारी भइरहेको छ। अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। घाइते सांसद भण्डारीलाई उपचारको लागि भारतको मुम्बई लग्ने तयारी भइरहेको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल बर्न हस्पिटल लग्ने तयारी भइरहेको हो। भण्डारीलाई एम्बुलेन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र त्यहाँबाट…
काठमाडौं : नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधवार राति बुद्धनगरस्थित घरमा ग्यास विस्फोट हुँदा चन्द्र भण्डारीसँगै उनकी आमा घाइते भएका थिए। चन्द्र भण्डारीलाई राति १०:३० बजे कीर्तिपुर अस्पताल पुर्याइएको थियो। आमा हरिकलालाई भने बानेश्वरस्थित सिभिल अस्पतालबाट राति साढे ११ बजे तिर कीर्तिपुर पुर्याइएको थियो। अस्पताल ल्याउने बेलासम्म हरिकलाको जीउको अधिकांश भागमा गरि ७० प्रतिशत जलन…
काठमाडौं : ग्यास विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनको आमा हरिकला भण्डारीको उपचार अहिले कीर्तिपुर अस्पतालमा भइरहेको छ। चन्द्र भण्डारीकी कान्छी आमाका अनुसार ग्यास विस्फोट हुँदा घरमा चन्द्र र आमा हरिकला मात्र थिइन्। ग्यास लिक भएको ठाउँमा बत्ति जलाउँदा आगो लागेको उनले बताइन्। भण्डारीलाई राति १०:३० बजे कीर्तिपुर अस्पताल पुर्याइएको थियो। आमा हरिकलालाई भने बानेश्वरस्थित सिभिल…
काठमाडौं : बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ। महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५…
काठमाडौं : गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले सिफारिस गरेका छन्। अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। घाइते सांसद भण्डारीलाई उपचारको लागि भारतको मुम्बई लग्ने तयारी भइरहेको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत मुम्बईस्थित नेशनल बर्न हस्पिटल लग्ने तयारी भइरहेको हो। भण्डारीलाई एम्बुलेन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र…
जनकपुरधाम : मधेश प्रदेशसभाका समितिहरुले पूर्णता पाएको छ। प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ७ वटा समितिलाई पूर्णता दिइएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश अन्तर्गत रहेको सार्वजनिक लेखा समिति, अर्थ तथा योजना समिति, प्रदेश मामिला समिति, विकास समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति, कृषि तथा भूमि व्यवस्था समिति र महिला बालबालिका तथा सामाजिक न्याय समितिलाई बुधवार बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको प्रदेशसभाका…
काठमाडौं : उच्च अदालत पाटनले इन्टरनेटको तार काट्ने काम तत्काललाई रोक्न वा सेवा अवरुद्ध नगर्न आदेश दिएको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले हालेको रिटमा न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले ऊर्जा मन्त्रालयसहितका विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आइस्पानले नेपाल विद्युत प्राधिकरणले पटकपटक आफूहरुको तार काट्नेदेखि इन्टरनेट उपकरण जफत गर्नेलगायतका काम गरिरहेको भन्दै निषेधाज्ञायुत आदेश जारी गर्न माग गर्दै…
जनकपुरधाम : क्रसर व्यवसायीहरुले गर्दै आएको अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीिप महतोलाई मनसायपूर्वक हत्या गरिएको जिल्ला अदालत धनुषाले ठहर गरेको छ। जिल्ला अदालत धनुषाले दिलीपको हत्यामा विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा ठहर गरेको छ। दिलीपको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच बिहीवार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटका क्रममा दुई नेताबिच समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं : गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले सिफारिस गरेका छन्। बुधवार राति खाना पकाउने ग्यास पड्किँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी गम्भीर घाइते भएका छन्। घाइते दुवैको कीर्तिपुरस्थित अस्पतालको सघन कक्षमा उपचारका लागि भर्ना गरिएको थियो। दुवै जनालाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत…
काठमाडौं : तीन जना नवनियुक्त कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बिहीवार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। शपथ ग्रहण गर्नेहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहेका छन्। सो अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ। घरेलु मैदान सेन्टिआगो बर्नेबेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले एल्चेमाथि ४-० गोलको फराकिलो जित निकालेको हो। खेलको ८ औं मिनेटमा मार्को एसेन्सियोले ड्यानी कार्भाजलको पासमा गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै दुईवटा गोल करिम बेन्जेमाले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरे। उनले खेलको ३१ मिनेट र…
काठमाडौं : खाना पकाउने ग्यास पड्किँदा नेपाली कांग्रेसका सांसद चन्द्र गम्भीर भण्डारी घाइते भएका छन्। सांसद भण्डारीसहित उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि घाइते भएको प्रहरीले जनाएको छ। गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद काठमाडौंको बुद्धनगरमा बस्दै आएका छन्। बुधवार राति करिब साढे १० बजे ग्यास विस्फोट भएको थियो। घाइते दुवैको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। यस्तै, कांग्रेस…
म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। इमिरेट्स स्टेडियममा गएराति सम्पन्न सम्पन्न खेलमा घरेलु टोली आर्सनललाई १-३ गोलअन्तरले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो। खेलको २४ औं मिनेटमा केभिन डी ब्रुइनाको गोलमा सिटीले अग्रता बनाएको थियो। आर्सनलका टाकेहिरो टोमियासुको कमजोर ब्याकपासलाई अवसर बनाएर डी ब्रुइनाले गोल गरेका थिए। तर, ४२ औं मिनेटमा सिटीका गोलकिपरले फउल गरेपछि पेनाल्टीमा पाएको अवसर सदुपयोग…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सी बोरुसिया डर्टमण्डसँग पराजित भएको छ। सिग्नल इडुना पार्क स्टेडियममा सम्पन्न खेलमा जर्मन टोली डर्टमण्डले इङ्ग्लिस क्लब चेल्सीलाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीलाई जित दिलाउन करिम अदियेनीले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा गरेको गोल डर्टमण्डको जितका लागि पर्याप्त…
काठमाडौँ: नेपाली फुटबल टोली भारतसँग बराबरीमा रोकिएको छ। भारतको चेन्नइस्थित जवहारलाल नेहरु स्टेडियममा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारत २-२ गोलको बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा भारतले दोस्रो हाफमा अग्रता बनाएको थियो। त्यसअघि नेपालले पहिलो हाफमा केही राम्रा अवसरहरु बनाए पनि फिनिसिङमा कमजोर देखिएको थियो। खेलको ५६ औं मिनेटमा सौम्या गुगुलोथले भारतलाई अग्रता दिलाइन्। त्यस्तै…