PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

  • नेपाली क्रिकेट टोलीले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

    नेपाली क्रिकेट टोलीले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौँ: नेपाली क्रिकेट टोलीले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया आमनेसामने हुन लागेका हुन्। खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।  नेपाल र नामिबिया एकदिवसीय क्रिकेटमा चारपटक आमनेसामने हुँदा नेपालले हालसम्म जित निकाल्न सकेको छैन। नामिबियाले तीन पटक जित निकाल्दा एउटा खेल नतिजाविहीन…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलले एभर्टनलाई हरायो

    लिभरपुलले एभर्टनलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एभर्टनलाई हराएको छ। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले एभर्टनमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको ३६ औं मिनेटमा डार्विन नुनेजको पासमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। दोस्रो हाफमा कोडी गाक्पोले अर्को गोल थपे। उनले खेलको ४९ औं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गरेका थिए। जितसँगै अंकतालिकाको नवौँ…

    विस्तृतमा पढ्नुस्

  • पनौतीमा प्याराग्लाइडिङ : गुर्दूमडाँडाबाट ‘टेकअफ’, कुशादेवीको बन्चरेटारमा ‘ल्यान्डिङ’

    पनौतीमा प्याराग्लाइडिङ : गुर्दूमडाँडाबाट ‘टेकअफ’, कुशादेवीको बन्चरेटारमा ‘ल्यान्डिङ’

    काभ्रेपलाञ्चोक : पनौती नगरपालिकास्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ संचालनका लागि परीक्षण उडान भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो। उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न पाउने गरि अनुमति प्रदान गरेको हो। प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक…

    विस्तृतमा पढ्नुस्

  • भौतिक पूर्वाधार मन्यालयमा यातायात मजदुरहरुसँग वार्ता हुँदै

    भौतिक पूर्वाधार मन्यालयमा यातायात मजदुरहरुसँग वार्ता हुँदै

    काठमाडौं : यातायात व्यवसायीले नयाँ बसपार्कभित्र आफ्ना कम्पनीको सवारीसाधन ‘पार्किङ’ गर्न ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरे पनि मजदुरले भने त्यसको विरोध गरेका छन्। विसं २०५६ मा काठमाडौं महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेर काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित विष्णुमती किनारामा राष्ट्रिय बसपार्कका रूपमा संचालनमा ल्याएको थियो। उक्त बसपार्कबाट सार्वजनिक सवारीसाधन संचालन गर्नेबारे यातायात व्यवसायीहरूको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग सम्झौता गरेर…

    विस्तृतमा पढ्नुस्

  • यातायात मजदुरहरुको आन्दोलनलाई मध्यनजर गर्दै बालाजु-गोङ्गबु क्षेत्रमा बढाइयो सुरक्षा निगरानी

    यातायात मजदुरहरुको आन्दोलनलाई मध्यनजर गर्दै बालाजु-गोङ्गबु क्षेत्रमा बढाइयो सुरक्षा निगरानी

    काठमाडौं : आज बिहानैदेखि काठमाडौंको बालाजु-गोङ्गबु क्षेत्रमा प्रहरीले सरक्षा निगरानी बढाएको छ। यातायात मजदुरहरुले गर्न सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सतर्कता बढाएको हो। हिजो यातायात मजदुरहरुको प्रदर्शन हिंसात्मक बन्दा बालाजु, माछापोखरी र गोङ्गबु क्षेत्र तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरुले प्रहरी भ्यान जलाउनुका साथै अन्य सवारीसाधन तोडफोड गरेका थिए। यस्तै, नयाँ बसपार्क क्षेत्रमा प्रहरीमाथि ढुंगामुढा हुँदा अश्रु ग्यास प्रहार भएको थियो। प्रदर्शनकारीहरुले…

    विस्तृतमा पढ्नुस्

  • मजदुर संगठनको हड्ताल : यातायातका साधनहरु संचालन नगर्ने

    मजदुर संगठनको हड्ताल : यातायातका साधनहरु संचालन नगर्ने

    काठमाडौं : यातायात मजदुर संगठनहरुले आज काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने भएका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेका हुन्। ट्राफिक नियमको विरोध गर्दै सुरु भएको यातायात मजदुरहरुको विरोध प्रदर्शन हिजो हिंसात्मक भएको थियो। नयाँ बसपार्कमा मजदुरमाथि हातपात भएको र उल्टै प्रहरीले मजदुरलाई नै पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीका दुईवटा गाडीमा आगजनी, डेढ दर्जन प्रहरी घाइते

    प्रहरीका दुईवटा गाडीमा आगजनी, डेढ दर्जन प्रहरी घाइते

    काठमाडौं : बालाजु क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रर्दशनलाई नियन्त्रण गर्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले अवस्था सामान्य भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालय कुमार श्रेष्ठले बताए। 'अवस्था सामान्य भएको छ। सडकमा राखिएका केही गाडीहरु पन्छाउने काम भइरहेको छ,' एसएसपी श्रेष्ठले भने। नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बसपार्कमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने प्रहरी नियन्त्रणमा

    नयाँ बसपार्कमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने प्रहरी नियन्त्रणमा

    काठमाडौं : नयाँ बसपार्क क्षेत्रमा प्रर्दशनको नाममा पसलमा चोरी तथा लुटपाट गर्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बालाज क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रर्दशनलाई नियन्त्रण गर्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  यातायात मजदुरहरुले नयाँ बसपार्क क्षेत्रमा रहेको ल्होत्सेमा ढुंगामुढा गरेका थिए। ट्राफिक नियमविरुद्ध आयोजित सभामा ल्होत्से मलका कर्मचारीहरु आएर यातायात मजदुरमाथि हातपात गरेको भन्दै उनीहरुले तोडफोड गरेका हुन्। यही…

    विस्तृतमा पढ्नुस्

  • माछापोखरी क्षेत्र प्रहरीको 'कन्ट्रोल'माः सशस्त्रबाट एसपीको कमान्डमा २ सय ५० भन्दाबढी प्रहरी

    माछापोखरी क्षेत्र प्रहरीको 'कन्ट्रोल'माः सशस्त्रबाट एसपीको कमान्डमा २ सय ५० भन्दाबढी प्रहरी

    काठमाडौं : बालजु क्षेत्रमा यातायात मजदुर संगठनले गरेको प्रर्दशनलाई नियन्त्रण गर्न बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा पुगेको थियो। काठमाडौं उपत्यकाको ४ वटा गण  र एउटा गुल्मबाट गरेर २ सय ६५ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो। यातायात मजुर संगठनहरुले भोली काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द…

    विस्तृतमा पढ्नुस्

  • देउवा र क्वात्राबिच भेटवार्ता

    देउवा र क्वात्राबिच भेटवार्ता

    काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। धुम्बाराही पुगेर क्वात्राले देउवालाई भेटेका हुन्। भेटका क्रममा नेपाल र भारतबिच द्विपक्षिय सम्बन्ध बलियो बनाउने र दुई देशका जनताबिच थप प्रगाढ सम्बन्ध बनाउनेबारे कुराकानी भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबिच भेटवार्ता, के के विषयमा भयो कुराकानी?  

    प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिवबिच भेटवार्ता, के के विषयमा भयो कुराकानी?  

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबिच भेटवार्ता भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा क्वात्राले प्रचण्डसँग शिष्टाचार भेट गरेका हुन्। क्वात्रा दुई दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका हुन्। भेटका क्रममा नेपाल र भारतबिच उर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षक, संस्कृति लगायतका क्षेत्रमा सहर्काय गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • भोली काठमाडौं उपत्यकाभित्र सवारी साधन नचलाउने मजदुर संगठनको घोषणा

    भोली काठमाडौं उपत्यकाभित्र सवारी साधन नचलाउने मजदुर संगठनको घोषणा

    काठमाडौं : यातायात मजदुर संगठनहरुले भोली काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका छन्।   नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखित नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा बन्द गर्ने निर्णय गरेका हुन्। ट्राफिक नियमको विरोध गर्दै सुरु भएको यातायात मजदुरहरुको विरोध प्रदर्शन अहिले हिंसात्मक बन्दै गएको छ। मजदुरमाथि हातपात भएको र उल्टै प्रहरीले मजदुरलाई…

    विस्तृतमा पढ्नुस्

  • यातायात मजदुरद्वारा ल्होत्से मलमा ढुंगामुढा

    यातायात मजदुरद्वारा ल्होत्से मलमा ढुंगामुढा

    काठमाडौं : यातायात मजदुरहरुले नयाँ बसपार्क क्षेत्रमा रहेको ल्होत्सेमा ढुंगामुढा गरेका छन्। ट्राफिक नियमविरुद्ध आयोजित सभामा ल्होत्से मलका कर्मचारीहरु आएर यातायात मजदुरमाथि हातपात गरेको भन्दै उनीहरुले तोडफोड गरेका हुन्। अहिले प्रहरीले अवस्था नियन्त्रणमा लिन सो क्षेत्रमा अश्रुग्यास प्रहार गरेको छ भने यातायात मजदुरहरु विष्णुमत खोलामाथि रहेको पुलबाट ढुंगामुढा गरिरहेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्रालय पाए फेरि सरकारमा जानेबारे रास्वपामा छलफल

    गृह मन्त्रालय पाए फेरि सरकारमा जानेबारे रास्वपामा छलफल

    काठमाडौं : गृहमन्त्रालय नपाएपछि सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पुन: सरकारमा जाने विषयमा छलफल भएको छ। सोमवार बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिमा फेरि सरकारमा जानेबारे छलफल भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। जनताको काम गर्न सक्ने अवस्था आएमा सरकारमा जान सक्ने र नभए विचार गरिने निर्णय भएको बुर्लाकोटीको भनाई थियो। 'सहमति कायम गरेर सरकारमा गएका थियौं। सहमति…

    विस्तृतमा पढ्नुस्

  • चितवन २ मा पार्टीको तर्फबाट रवि लामिछाने निर्विकल्प उम्मेदवार : रास्वपा

    चितवन २ मा पार्टीको तर्फबाट रवि लामिछाने निर्विकल्प उम्मेदवार : रास्वपा

    काठमाडौं : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछाने उम्मेदवार हुने रास्वपाले जनाएको छ। यद्यपि यसबारे निर्णय भने भइनसकेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। यसअघि लामिछाने उक्त क्षेत्रबाट निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्री बनेका थिए। सर्वोच्च अदालतले लामिछानेको नागरिकता पुनर्कायम नदेखिएको फैसला गरेपछि उनको सांसद पदसहित अन्य पद गएको…

    विस्तृतमा पढ्नुस्

  • यातायात मजदुर विरोधमा उत्रिँदै गर्दा फिर्ता भयो १५०० जरिवाना गर्ने ट्राफिक नियम, सुरुमा अब ५०० रुपैयाँ मात्रै

    यातायात मजदुर विरोधमा उत्रिँदै गर्दा फिर्ता भयो १५०० जरिवाना गर्ने ट्राफिक नियम, सुरुमा अब ५०० रुपैयाँ मात्रै

    काठमाडौं : ट्राफिक प्रहरीले नियम मिच्दा वृद्धि गरेको जरिवाना शुल्क फिर्ता गरेको छ। यसअघि ५०० रुपैयाँ रहेको जरिवाना शुल्क गत पुस ३ गतेदेखि लागु हुने गरी १ हजार पाँच सय रुपैयाँ कायम गरिएको थियो। यसको चौतर्फी विरोध भएपछि यातायात व्यवस्था विभागले बढाइएको जरिवाना न्यूनतम ५०० नै कायम गर्न सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई परिपत्र गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • यातायात मजदुरको प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त, माछापोखरीमा जलाइयो प्रहरीको भ्यान

    यातायात मजदुरको प्रदर्शनले बालाजु क्षेत्र तनावग्रस्त, माछापोखरीमा जलाइयो प्रहरीको भ्यान

    काठमाडौं : बालाजु र गोङ्गबु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन उग्र बनेको छ। यातायात मजदुरमाथि हातपात भएपछि मजदुरहरुले विरोध प्रदर्शन गरेका हुन्। त्यसक्रममा मजदुरहरुले माछापोखरी क्षेत्रम प्रहरी भ्यान जलाएका छन्। अन्य गाडीमाथि पनि तोडफोड भएको छ। मजदुरहरुले अहिले बालाजुदेखि गोङ्गबु क्षेत्रसम्म बस सडकमै तेर्साएर विरोध गरिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासमा भारतीय विदेश सचिव क्वात्रा, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

    शीतल निवासमा भारतीय विदेश सचिव क्वात्रा, राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्। आज काठमाडौं आइपुगेका क्वात्राले शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार् गरेका हुन्। भेटका क्रममा द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो। त्यसक्रममा क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको सन्देश पनि हस्तान्तरण गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, सडकमै तेर्स्याए बस

    बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, सडकमै तेर्स्याए बस

    काठमाडौं : विभिन्न माग राख्दै प्रर्दशनमा उत्रिएका यातायात मजदुरले काठमाडौंको बालाजु सडक खण्डमा प्रदर्शन गरेका छन्। आफ्ना मागहरु पुरा गर्नुपर्ने भन्दै सडकमा बस तेर्साएका हुन्। उनीहरुले सडकमा आवतजावत नै अवरोध हुने गरि बसहरु राखेका छन्। प्रहरीले बसहरु हटाएर सवारी आवगमन सहज बनाउने प्रयास गरिरहेको जानकारी दिएको छ। उनीहरुले आफ्नो मजदुरलाई कुटपिट गरेकोदेखि ट्राफिक प्रहरीको नियमलाई लिएर विरोध जनाएका हुन्। आफ्नो माग पुरा नभए…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्री उप्रेती र भारतीय समकक्षीबिच भेटवार्ता

    रक्षामन्त्री उप्रेती र भारतीय समकक्षीबिच भेटवार्ता

    काठमाडौं : रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतीय समकक्षी राजनाथ सिंहबिच आज भेटवार्ता भएको छ। भारतको बेङ्ग्लोरमा 'एरो इन्डिया शो' को क्रममा उप्रेती र सिंहबिच 'साइडलाइन' वार्ता भएको हो। सिंहले नेपालसँग को सम्बन्ध थप बलियो बनाउँदै सहर्काय गर्न भारत तयार रहेको बताएका छन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell