काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रमिकलाई पार्टीले सत्तामा जाने भर्याङमात्र बनाउने गरेको र वास्तविक मजदुर हकहितमा काम गर्न नसकेको बताएका छन्। पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल(टुकोन)को बैठकलाई सम्बोधन गर्दै थापाले श्रमिकहरु धेरै दुख गर्दा पनि परिवार धान्न धौ-धौ को अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै उनीहरुको पक्षमा काम गर्नभन्दा ठूला भनिने दलका संगठनहरुले राजनीति मात्र बढी गर्न खोजेको आरोप…
कोनमा राखेको आइसक्रिम खाएपछि धेरैजसोले के गर्छन्? कोन पनि खान्छन्। यो पहिलेबाटै चल्दै आएकै चलन हो। यसैगरी भारतको उत्तर प्रदेशस्थित देवरियाका किसानको एक समूहले कोन झैं चपाउन मिल्ने कप बनाएका छन्। बजारमा पाइने यस्ता कप लिएर खाजाका रुपमासमेत खान पाइने बताइएको छ। प्रयागराजको माघी मेलामा अहिले यस कपप्रति धेरैको आकर्षण बढ्दो छ। 'चिया पिउनुस्, कप खानुस्' नारासहित मकैबाट बनेको कपमा…
काठमाडौं : अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ। केही दिनअघि हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने टोलीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिकाका ३४ वर्षीय विजय महतो, ३० वर्षीय सदाम अन्सारी, ३४ वर्षीय सन्तोष लामा,२४ वर्षीय रोशन थापा, मोजामिल मियाँ, ४२ वर्षीय नबाब हुसेन बारा घर भएका ३४ वर्षीय मुकेश पटेल …
हेटौंडा : वाग्मती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू हुने अघिल्लो दिन अर्थात फागुन १ मा सोही विषयको परीक्षण प्रदर्शन भएको छ। यातायात व्यवस्था कार्यालय चाबहिलको ट्रायल सेन्टरमा भएको परिक्षणमा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगाएतले परीक्षणको स्थलगत अवलोकन गरेका छ्न। ट्रायलका बेला हुने सामान्य…
इङ्ग्ल्याण्ड क्रिकेट टोलीका पूर्वकप्तान इयोन मोर्गनले सबै प्रकारको क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्। ३६ वर्षे मोर्गनले गएको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। उनको कप्तानीमा सन् २०१९ मा इङ्ग्ल्याण्डले विश्वकप जितेको थियो भने एकदिवसीय र टी २० वरीयतामा शीर्षस्थानमा उक्लिएको थियो। 'मलाई विश्वास छ कि यो खेलबाट टाढा रहने सही समय हो जसले मलाई वर्षौंमा धेरै दियो' उनले…
काठमाडौं : टर्कीएमा गएको भूकम्पबाट प्रभावितहरुका लागि सरकारले राहत सामाग्री पठाएको छ। परराष्ट्र मन्त्रालयको समन्वयमा टर्कीएमा राहत सामाग्री पठाइएको हो। परराष्ट्र मन्त्रालयले आज पहिलो खेप सामग्री टर्कीस एअरलाइन्सबाट टर्किए पठाइएको जनाएको हो। आज परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले टर्किस एअरलाईन्सका जेनेरल मेनेजर सेरकान बसरलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् । सरकारले विभिन्न सरकारी निकाय, मानवीय क्षेत्रमा काम गर्ने संघ संस्था र निजी…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा-चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन्। महेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए। 'सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीति अनुसार निर्माण हुनेछ', उनले भने, 'हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौं। यो रणनीति अघि बढाउन बन्दरगाहले…
काठमाडौं : अमेरिकाको सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेकी छिन्। उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री हुन्। अख्तरले भ्रमणका क्रममा 'आइसिआइएमओडी' र ऊर्जा नेपालका हाम्रा नेपाली साझेदारहरूसँग भेट गेर्नेछिन्। यस्तै, उनले नेपाली सेना र सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयसँगै उनले…
काठमाडौं : सोमवार सरकारले सार्वजनिक बिदा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको चौतर्फी आलोचना भइरहेको छ। माओवादीले भन्दै र मान्दै आएको जनयुद्ध दिवसलाई प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाटै निर्णय गरेर सार्वजनिक बिदा घोषणा गरेपछि विरोध शुरु भएको हो। जनयुद्ध दिवसमा बिदा ज्यादतीपूर्ण निर्णय : भीमार्जुन आचार्य, 'अब संवैधानिक सर्वोच्चता नै रहेन' नागरिक समाजदेखि साना दलले आइतवार नै यो निर्णयको विरोध गरे पनि…
काठमाडौं : मकवानपुरको भीमफेदी-कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन संचालनमा रोक लगाइएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधानलाई आज बिहानैदेखि मकवानपुरको चित्लाङ हुँदै थानकोटको बाटोबाट सवारीसाधन सञ्चालन गराइएको छ। उक्त कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए अनुसार काठमाडौंको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन (सुमो,…
काठमाडौं : बर्दियामा एक जनाले बीमा रकम पाउनको लागि आफ्नै गाडीमा आगो लगाएको खुलेको छ। आज बिहान २ बजे बर्दिया मधुबन नगरपालिका ४ बसन्तास्थित माचड चोक देखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा आगलागी भएको अवस्थामा गाडी देखिएको थियो। सुरुमा नम्बर नखुलेपछि प्रहरीले अनुसन्धान गर्दा लु २ ख २०८४ नम्बरको सेतो रङ्गको फोर्स गाडी भएको खुलेको थियो। इलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा…
काठमाडौं : फागुन ५ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फूलबारी’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ। रामबाबु गुरुङ निर्देशित यस फिल्मको आइतबारदेखि नै बुकिङ खुल्ला गरिएको छ। तर, सोही दिन बलिउड फिल्म ‘शेहजादा’ र हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिय’ रिलिज हुने कारण शो बाँडिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फूलबारीलाई २९ शो उपलब्ध गराएको छ। त्यसैगरि, शेहजादालाई…
काठमाडौं : लुम्बिनी प्रदेशकी पूर्वमन्त्री विमला वलीले माओवादी पार्टी त्यागेकी छिन्। आफूलाई पार्टीले युज एन्ड थ्रो गरेको उल्लेख गर्दै उनले पार्टी त्यागेकी हुन्। आफ्नो भूमिकाको ख्यालै नगरी कुनै कमिटीमा नराखेकोमा अपमानित अनुभूति भएको उल्लेख गर्दै उनले पार्टी त्यागेको जनाएकी छिन्। 'मलाई पार्टीले युज एण्ड थ्रो' गरेको अनुभूति भयो,' माओवादी दाङका अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामापत्रमा भनिएको छ, 'त्यत्रो सरकार नै…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन्। गोदावरी नगरपालिका-५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा दाहालले सो मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा स्थापना गर्ने निर्णय हिजो नै मन्त्रिपरिषद्को बैठकले गरेको जानकारी दिए। भने, 'शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान…
काठमाडौं : फाइजरको नयाँ खोप 'बाइभ्यालेन्ट'को तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ती खोप आइपुगेको बताए। उनले 'गाभी'मार्फत प्राप्त उक्त खोेपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने जानकारी दिए। नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिनेछ। ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ। कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको…
काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबिच छलफल सुरु भएको छ। सचिवस्तरीय बैठकमा सहभागी हुन क्वात्रा आज बिहान काठमाडौं आइपुगेका हुन्। हाल विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पौड्याल सचिवस्तरीय बैठकमा छन्। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा उनीहरुबिच 'कनेक्टिभिटी', ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका…
काठमाडौं : अहिलेको चर्चित गायिकाको सूचीमा पर्छिन् एलिना चौहान। आफ्ना हिट गीतहरु कन्सर्टमा गाउँदै गरेका उनका भिडियोहरु टिकटकमा भाइरल छन्। चर्चा र व्यस्तताबिच उनी केही दिन अघि प्रकाश सुवेदीको शो 'रजटपट'मा पुगिन्। त्यहाँ एलिनालाई नेता र कलाकारहरुको तस्विर देखाउँदै सुवेदीले उनीहरुको परिचय सोधे। एलिनाले कतिलाई चिनिन्, कतिलाई चिनिनन्। त्यही 'सेग्मेन्ट' मा उनलाई रवि लामिछानेको तस्विर पनि देखाइयो। एलिनाले पनि रविलाई चिनिहालिन् र भनिन्, ‘रवि दाई। उहाँलाई त्यसरी…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले जनयुद्ध दिवसबारे कांग्रेसको आधिकारिक धारणा नआएकोमा जिज्ञासा राखेका छन्। सरकारले सोमवार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि चौतर्फी विरोध भएको छ। यद्यपि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले भने मौन छ। संविधानको मर्मविपरित बिदा घोषणा भएको दाबी गर्दै रिजालले कांग्रेसको आधिकारिक धारणा खोजेका हुन्। 'एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको…
काठमाडौं : सरकारले जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक विदा दिएको छ। सरकारको यो निर्णयको आलोचना पनि भइरहेको छ। यसबिच द्वन्द्व पीडित र नागरियक समाजको आयोजनामा बबरमहलमा विरोध सभा आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्याल, काठमाडौं नजिकै उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पुर्याएको भन्दै विरोध गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले सार्वजनिक विदा खारेज गर्न र द्वन्द्व पीडितलाई न्याय दिन माग…
काठमाडौं : भारतका विदेश सचिव विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका हुन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पौड्यालले क्वात्राको स्वागत गरेका हुन्। भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबिचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन्। सो अवसरमा उनीहरुबिच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने…