इनरुवा सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ। स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए। आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको…
दोहा: कतारको आर्थिक बृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन्। गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशमध्ये पनि कतारमा सवैभन्दा धेरै आर्थिक बृद्धि भइरहेको जानकारी दिए। उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तीब्र आर्थिक बृद्धि भइरहेको समाचार संप्रेषण गरेको छ। समाचारमा जनाइए अनुसार कतारले…
मलेखु: उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा ८९ प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुर्घटना भएको हो। मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन्। रासस
गौशाला: कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई महोत्तरी जिल्ला अदालतले आइतबार साँझ जेल चलान गरेको छ। जेल चलान हुनेमा जिल्लाको भंगहा नगरपालिका– ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सदालाई २० वर्ष कैद सजाय तोकेकामा उनी फरार…
काठमाडौं: बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोगमा तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल इन्टरनेशनल सिरिज-२०१७ ब्याडमिन्टन प्रतियोगिता पुस महिनामा हुने भएको छ। डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित एशिया तथा अमेरिकाका गरि १९ राष्ट्रको सहभागिता रहने छ। त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा अष्ट्रेलिया, बंगलादेश, भुटान, हङ्गकङ्ग, भारत, इन्डोनिसिया, इरान, जोर्डन, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान,…
एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा हडल्शफिल्डलाई २-१ ले पारजित गर्दै अपराजित यात्रा कायमै राखेको छ। सिटीका निकोलस ओटामन्डीले पहिलो हाफको इन्जुरी टाइममा आत्मघाती गोल गरेपछि नवप्रवेशी हडल्शफिल्डले घरेलु मैदानमा अग्रता लिएको थियो। तर दोस्रो हाफको दोस्रो मिनेटमै सिटीले बराबरी गोल फर्कायो। सर्जियो अगुएरोले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरी गरे। ८४औँ मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि…
काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताएका छन्। निर्वाचन आयोगमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा. यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन…
लियोनल मेसीले पहिलो हाफमा गरेको गोललाई मान्यता नदिएपछि लिग लिडर बार्सिलोनाले भ्यालेन्सियासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ। भ्यालेन्सियाका लागि रोड्रिगो र बार्सिलोनाका लागि जोर्डी अल्वाले गोल गरे। पहिलो हाफको ३०औँ मिनेटमा लुइस सुवारेजको क्रसमा मेसीले गरेको प्रहार भ्यालेन्सियाको गोलरक्षकले क्लियर गर्न नसकेपछि गोल लाइन पार गरेको थियो। तर रेफ्री इग्नासिओ इग्लेसिसले गोल मान्यता नदिएपछि बार्साले अग्रता ने मौका…
एसेस सिरिजको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले इंगल्याण्डमाथि १० विकेटको शानदार जित हासिल गरेको छ। ब्रिसबनको टेष्ट जितपछि अष्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। जितका लागि पाएको १७० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिन कुनै विकेट नगुमाई पूरा गरेको हो। अष्ट्रेलियाको लागि डेविड वार्नरले ८७ तथा डेब्युटान्ट क्यामरुन ब्यानक्रोफ्टले ८२ रन बनाए। अष्ट्रलियाले ११४/० बाट चौथो दिनको खेल…
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो चरणमा आइतबार मतदान सम्पन्न भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा लगिसकिएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, सदरमुकाममा ल्याउन बाँकी रहेकामध्ये १२९ मतदानस्थलका मतपेटिकाहरु हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको छ। यसैगरी, अन्य ७४१ मतदानस्थलका मतपेटिकाहरु पैदल मार्गबाट जिल्ला…
काठमाडौं : ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपाल थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर एसियामा तेस्रो स्थान हात पार्न सफल भएको छ। तेस्रो स्थानको लागि सोमबार भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो। नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो। बैंककस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा…
जाजरकोट : आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराइएको छ। आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो। विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। उनले भने,‘अवस्था सामान्य छ मतपेटिका सुरक्षित छन्।’ कुशे गाउँपालिका–१ को रोलखोलामा बम विस्फोट भएको…
काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तह निर्वाचनभन्दा झण्डै दश प्रतिशत कम मतदान भएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा भएको मतदानमा तुलनात्मक रुपमा कम मतदान भएको हो। ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान भएको थियो। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबार कम मत खस्नुमा मौसमसहित अन्य कारण पनि रहेको बताएका थिए। निर्वाचन…
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन्। संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा नेता नेपालले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको भन्दै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँच बढाउनुपर्ने बताए। देशमा भएका स्रोतसाधनलाई व्यवस्थित गर्ने र…
इटालियन सिरी ए अन्तर्गत गएराती भएको खेलमा शीर्ष तीनमा रहेका नेपोली, इन्टर मिलान र युभेन्ट्स विजयी हुँदा रोमाले भने बराबरी खेलेको छ। जितपछि नेपोली र इन्टरले अपराजिया यात्रा कायमै राखेका छन्। लिग लिडर नेपोलीले जर्जिन्होको निर्णायक गोल मद्दतमा उडिनेसीलाई १-० ले हरायो। ३३औँ मिनेटमा आफैँले प्रहार गरेको पेनाल्टी उडिनेसीको गोलकिपरले रोकेपछि रिबाउण्ड बलमा जर्जिन्होले गोल गरेका हुन्। यता कप्तान माउरो…
एडिनसन कभानी र नेमारले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा साविक विजेता मोनाकोलाई २-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। मोनाकोको मैदानमा भएको खेलमा पिएसजीका लागि कभानीले १९औँ तथा नेमारले ५२औँ मिनेटमा पेनाल्टीबाट गोल गरे। मोनाकोका लागि ८१औँ मिनेटमा जाओ माउटिन्होले एक गोल फर्काए। जितपछि पिएसजी १४ खेलबाट ३८ अंक जोड्दै शीर्ष स्थानमा आसिन…
काठमाडौं: फिल्म 'रोमियो एण्ड मुना'को टिजर रिलिज भएको छ। रिलिज मिति केही सार्वजनिक भए लगत्तै फिल्म युनिटले कथाको थिम बुझाउने टिजर सार्वजनिक गरेको हो। सवा एक मिनेट लामो टिजरमा एनिमेटेड कार्टुनको प्रयोग गरिएको छ। जसमा दुई चरालाई प्रेम जोडीको बिम्बको रुपमा प्रयोग गरिएको छ। नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शिर्ष…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न मतदातालाई आह्वान गरेकी छन्। पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले दिएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गरेकी छन्। राष्ट्रपतिले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न…
काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज हुँदैछ। हिमाली र उच्च पहाडी ३२ जिल्लामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। संविधान जारीपछि पहिलो पटक संघीय संरचनामा संसदीय निर्वाचन हुँदैछ। यसअघि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचन भएको थियो। तत्कालीन प्रधानमन्त्री देउवाले विघटन गर्न सिफारिस गरी विघटित संसद् २०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापना भएको थियो। संयोग अहिले चुनाव गराउने…
काठमाडौँः पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आज हुँदैछ। घोषित गठबन्धनको अभ्यासमा पहिलो पटक हुन लागेको निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गठबन्धनको मत, उम्मेदवारको व्यक्तित्व र केही टकरावका कारण पनि ती क्षेत्रको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ। वाम गठबन्धनमा आबद्ध भई टिकट विवादका कारण गोरखा २ मा कांग्रेसको सहयोगमा उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई…