काठमाडौँ: मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ। प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ।…
८५औँ मिनेटमा विलियनले गोल फर्काएपछि प्रिमियर लिगमा चेल्सीले लिभरपुलसँग १-१ गोलको बराबरी खेल्दै अंङ्क बाँडेको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलमा मोहमद सलाहले ६६औँ मिनेटमा गोल गर्दै लभरपुललाई पहिले ग्रता दिलाएका थिए। तर खेल सकिन पाँच मिनेटअघि विलियनले गोल गरेपछि खेल बराबरीमा सकिएको हो। बराबरीपछि १३ खेलबाट २६ अंक जोडेको चेल्सी तेस्रो तथा स्थानमा यथावत छ। यस्तै समान खेलबाट २३…
काठमाडौँ: माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्। गोरखा सिरानचाक गाउँपालिका ८ जौबारस्थित परोपकार आदर्श उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट श्रेष्ठले मत दिएका हुन्। उनी गोरखा २ बाट पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईसँग चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, निवर्तमान सभामुख ओनसरी घर्ती र रोल्पाका उम्मेदवार वर्षमान पुनले पनि मतदान गरेका छन्। पुन र घर्तीले माडीचौर मतदान केन्द्र रोल्पाबाट मतदात गरेका…
काठमाडौँ: पूर्व सञ्चारमन्त्री एवं वाम गठबन्धनका तर्फबाट सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्। सिन्धुपाल्चोकको साँगाचोकगढी ४ स्थित पञ्चकन्या माध्यमिक विदालय केन्द्रबाट सापकोटाले मतदान ष्रेका हुन्।
काठमाडौँ: नेपाली कांग्रेसका तर्फबाट ओखलढुङ्गामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका रामहरि खतिवडाले मतदान गरेका छन्। ओखलढुङ्गाका मानेभञ्ज्याङ ६ थाक्ले मतदान केन्द्र (ख) बाट उनले मतदान गरेका हुन्। ओखलढुङ्गामा दुई युवा उम्मेदवारको प्रतिस्पर्धाका कारण चर्चित छ। वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवार चुनावी मैदानमा छन्।
काठमाडौँ: वाम गठबन्धनका तर्फबाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले सचिव योगेश भट्टराइले मतदान गरेका छन्। ताप्लेजुङ जिल्ला मैवाखोला गाँउपालिका वडा नम्वर ३ स्थित नारायणी उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर भट्टराइले मतदान गरेका हुन्।
महोत्तरी: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको घर अगाडि बम विस्फोट भएको छ। आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरी औरहीस्थित निवास अगाडि बम विस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घर अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको जनाएको छ। विस्फोटबाट कुनै किसिमको क्षति नभएको जनाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले…
काठमाडौं: माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका तर्फबाट जाजरकोटमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शक्ति बस्नेतले मतदान गरेका छन्। पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले जाजरकोटको पिपेस्थित वागेश्वरी निमावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।
काठमाडौँ: देशभरका ३२ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन केही स्थानमा बाहेक अधिकांश स्थानमा जारी छ। पहिलो चरणको निर्वाचनमा सहभागी हाइप्रोफाइल नेता तथा उम्मेदवारहरुले पनि आ-आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। पूर्व प्रधानमन्त्री तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका - १ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रमा मतदान गरेका…
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती बताएका छन्। माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज बिहान माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए। प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। १२ वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय…
सोलुखुम्बु : सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए। जिल्ला सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहान मतदाताको उपस्थिति न्यून देखिएको छ। चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहेपनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी…
म्याग्दी : म्याग्दीमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। एक नगरपालिकासहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ। रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरेका छन्। जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन्। म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका…
काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार ३२ जिल्लामा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान सुरु भएको छ । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ। पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि…
हरारे : जिम्बाबेको उच्च अदालतले पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिनु संवैधानिक नै भएको ठहर गरेको छ। सेनाले अर्का नेतालाई राष्ट्रपतिको रुपमा जिम्मेवारी दिएको भोलिपल्ट अदालतको यस्तो निर्णय आएको हो। अदालतलाई उदृत गर्दै सरकारी संचारमाध्यमहरुले भनेका छन्,‘पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको सत्तालाई नियन्त्रणमा लिने सेनाको कदम संवैधानिक नै छ।’ जिम्बाबेका धेरै जनताले पनि सेनाको कदम सही भएको भन्दै…
काठमाडौं: बलिउडकी गायिका मोनाली ठाकुरले नेपालमा प्रस्तुति दिने भएकी छिन्। 'मोनाली ठाकुर लाइभ इन नर्पाल' नाम दिइएको सांगीतिक कार्यक्रमको लागि उनी नेपाल आउन लागेकी हुन्। डिसेम्बर ९ तारिखमा हुने कार्यक्रमको लागि मोनाली डिसेम्बर दोस्रो साता काठमाडौं आइपुग्ने आयोजकले जनाएका छन्। कार्यक्रमलाई पर्फेक्ट प्लान इन्टरटेनमेन्टले आयोजना गरेको हो। मोनाली गायिका साथै नायिका पनि हुन्। उनले बंगाली फिल्महरु भ्रमर, लक्ष्मी, लाली लगायतमा…
रसुवा : रसुवामा बिहान साढे ११ बजेसम्म २० प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्म जिल्लाका ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सुरक्षास्थति मनबुत भएका कारण भयरहित वातावरणमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रजिअ चोपेन्द्र न्यौपानेले जानकारी दिए।रासस
काठमाडौं : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप क्वालिफायर एसियाको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ। तर अर्को खेलमा युएईले मलेसियालाई पराजित गरेपछि नेपालको शीर्ष दुईमा रहदै ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना सकिएको छ। नेपाललाई शीर्ष दुईमा पुग्न चीनलाई हराउनु पर्ने थियो भने मलेसियाले युएई तथा थाइल्याण्डले हङकङलाई हराउनु पर्ने थियो। तर युएई विजयी भएपछि नेपाल शीर्ष…
चौतारा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकमा बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान दश बजेपछि मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए। बिहान शुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक…
राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद, असामानता तथा भेदभाव अत्य नभएसम्म तराई–मधेसको विकास हुन नसक्ने बताएका छन्। सप्तरीको राजविराजमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले विकास निर्माणबाट सप्तरी जिल्ला हरेक क्षेत्रमा पछाडि परेको र यहाँको विकास नहुनुमा विभेद र असमानता कारण भएको बताए। यादवले भने,‘सप्तरी जिल्ला नेपालको तेस्रो पछाडि परेको जिल्ला हो, यहाँ खेतीबाहेक केही नभएका कारण अधिकांश…
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले आज ३२ जिल्लामा भइरहेको निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका छन्। मतदान कार्यमा तत्काल सम्बोधन गर्नुपर्ने विषयमा तुरुन्तै आवश्यक निर्देशन दिने उद्देश्यले आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा रहेर उनीहरुले निर्वाचनको प्रत्यक्ष निगरानी गरिरहेका आयोगले जनाएको छ। निरन्तररुपमा मतदान प्रगतिको जानकारी लिने र मतदानलाई निष्पक्ष र…