सोल : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रको सूचिमा राखेको भन्दै उत्तर कोरियाले त्यसको विरोध गरेको छ। अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस्तो आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामको संज्ञा दिएको छ। उत्तर कोरियाले अमेरिकाले यसअघि पनि यस्ता आरोपहरु लगाउने गरेको तर ती प्रमाणित नभएका भन्दै यस खालका प्योङयाङ विरोधी अभियानले…
काठमाडौं : धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।दिउँसो एक बजेसम्म धादिङमा ३५ प्रतिशत भन्दा बढी मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले दिउँसो १ बजेसम्म ३५ देखि ४० प्रतिशतको हाराहरीमा मदतान भएको पहिलोपोस्टलाई जानकारी दिए। बिहान प्रतिनिधि नपुगेर केही स्थानमा ढिलो मतदान शुरु भएपनि अहिले सामान्य रुपमा मतदान भइरहेको कोइरालेले बताए। धादिङमा दुई प्रतिनिधिसभा र चार…
काठमाडौँ : पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार ३२ जिल्लामा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार दिउँसाे एक बजेसम्म ४० प्रतिशत भन्दा बढी मतदान भएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान सुरु भएपनि अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ। आयोगका अनुसार औषतमा ४० प्रतिशत…
काठमाडौ : पश्चिम रुकुमको बाफिकोट गाउँपालिका ५ काँडामा रहेको रत्न आधारभूत विद्यालयको केन्द्रको मतपेटिकामा एक्कासी आगो लागेको छ। बिहान करिव ११ बजेर ५५ मिनेटमा भोट हाल्न आएका एक युवकले मतपेटिका भित्र एसिड हालेका कारण मतपत्र जलेका जिल्ला प्रहरी कार्यालय रुकुममा प्रहरी निरीक्षक ऋषि ढुङगानाले जानकारी दिए। उनले भने, ‘कसले किन एसिड हाल्यो र केमा बोकेर ल्याएको भन्ने अनुसन्धान भइरहेको छ।' २…
काठमाडौ : सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा झडप भएको छ। सिन्धुपाल्चोकको कालिका मावि र देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले बताए। स्थितिलाई नियन्त्रणमा लिन एक राउण्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखेलले बताए।
पोखरा : मुस्ताङमा दिउँसो एक बजेसम्म ५१ प्रतिशत मतदान भएको छ। जिल्लाका केही मतदान केन्द्रमा चिसोका कारण मतदाताहरु केही ढिलो पुगेका थिए। जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरुमा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। ‘जिल्लाका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको छ,’प्रजिअ तिवारीले भने, ‘अहिलेसम्म जिल्लामा ५१ प्रतिशत मतदान सम्पन्न भएको छ।’
काठमाडौं : भारतीय क्रिकेट कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा १९औं शतक बनाएका छन्। नागपुरमा भइरहेको श्रीलंका विरुद्ध दोस्रो टेष्टको तेस्रो दिन उनले आइतबार १ सय ३० बलमा शतक प्रहार गर्दै विभिन्न रेकर्ड बनाएका हुन्। टेष्ट क्रिकेटमा यो वर्ष कोहलीको यो चौथो शतक हो भने सबैखाले फर्म्याटमा गरी २०१७ मा दशौँ शतक हो। कोहलीले एकै क्यालेन्डर इअरमा सबैखाले फर्म्याटमा सर्वाधिक शतक बनाउने सूचीमा…
फिल्म ‘ए मेरो हजुर २’ को अस्ट्रेलिया प्रिमियर सम्पन्न भयो। सिड्नीमा भएको प्रिमियरमा निर्देशक तथा निर्मात्री झरना थापासँगै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि उपस्थिति रहेको थियो। काठमाडौं एयरपोर्टदेखि नै इनसटाग्राममा फोटो पोस्ट गर्दै अस्ट्रेलिया यात्राको अपडेट गरेकी थिइन् साम्राज्ञीले। उनले सिड्नीस्थित इभेन्ट सिनेमामा आयोजना भएको प्रिमियर लुक्स साथै सिड्नी घुम्दाको केही फोटोहरु पनि सार्वजनिक गरेकी छिन्। सिड्नीपछि अस्ट्रेलियाका अन्य सहरहरुमा…
डोल्पा : उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन भएका छन्। उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकास्थित २३ मतदाता…
साङ्घाइ : चीनको साङघाईबाट दक्षिणी भागमा पर्ने बन्दरगाह सहर निङ्गबोमा रहेको एक कारखानामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। विस्फोटमा परी दर्जनौं व्यक्ति घाइते भएका छन् भने कैयौं भवन ध्वस्त भएका सञ्चारमाध्यमले जनाएका छन्। निङ्गबो सरकारका अनुसार शक्तिशाली विस्फोटको विस्तृत विवरण कारण हालसम्म पत्ता लागेको छैन्। घाइतेहरुको बन्दरगाह सहर निङ्गबोमा उपचार भइरहेको बताइएको छ।रासस/एएफपी
इलाम : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन हुनुपर्ने बताएकी छन्। स्थानीय चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सबै भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताइन्। बहुभाषिक पाठशालाको भौतिक पूर्वाधार र शालिक निर्माणमा स्थानीयवासीले गरेको योगदानको उनले प्रशंसा गरिन्। सो अवसरमा…
बलिउड फिल्म 'गोलमाल'को चौथो संस्करण 'गोलमाल अगेन'को प्रदर्शन भारत साथै अन्य केही देशमा निरन्तर चलिरहेको छ। प्रदर्शनमा आएको एक महिनासम्म पनि दर्शकको साथ पाइरहेको कमेडी जनराको फिल्म बल्कबस्टर लिस्टमा परेको छ। फिल्म वर्ष २०१७ को लागि २०० करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो। फिल्म 'बाहुबली २' हिन्दी डबपछि सर्वाधिक ग्रस कलेक्शन गर्ने दोस्रो फिल्म बनेको हो। त्यस्तै तेस्रो नम्बरमा भने…
काठमाडौं: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' नियुक्त भएका छन्। कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको छ। समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन्। मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन्। सिटिजन लाइफले कार्तिक…
काँकडभिट्टा : नेकपा एमालेका नेता सुवास नेम्वाङले निर्वाचनको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री पद पनि लिएर जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाएका छन्। झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेम्वाङले उम्मेदवारमाथिको हमलाले मुलुकमा गृहमन्त्री भएको अनुभूति नभएको बताए। उम्मेदवारको घरमा बम हान्ने र मतदातालाई त्रसित बनाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नेता नेम्वाङले सरकार चुनावलाई मर्यादित बनाउने भन्दा…
काठमाडौँ : पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार ३२ जिल्लामा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार अपरान्ह तीन बजेसम्म ५५ प्रतिशत भन्दा बढी मतदान भएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान सुरु भएपनि अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ। पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि…
काठमाडौं : बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। बाजुराको बुडीदन्दा नगरपालिका–८ स्थित ट्रिसकेट ऐकेडेमी मतदान केन्द्र नजिकै दुई पार्टीका कार्यकर्ताबीच खुकुरी हानाहान र ढुंगामुढा भएको हो। झडपमा दुई जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मुख्य निर्वाचन अधिकृत सुभद्रा शर्मा गौतमले जानकारी दिइन्।
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएका आरोप लगाएका छन्। एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा अध्यक्ष ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य हुनुपरेको बताए। ओलीले भने,‘एमाले दल चुनाव लड्ने…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएका आरोप लगाएका छन्। एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध्य हुनुपरेको बताए। ओलीले भने,‘एमाले दल चुनाव…
काठमाडौ : सिरहामा अज्ञात समूहको गोली प्रहारबाट दुई प्रहरी घाइते भएका छन्।सुरक्षा चेकजाँचका क्रममा मोटरसाइकलमा आएका दुई जना मध्ये एक जनाले गोली चलाएका प्रहरीले जनाएको छ। गोली लागि प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका छन्। गोली लागेका दुवै जनालार्इ उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।…
काठमाडौँ : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेसले पुनःएकपटक कम्युनिष्ट अधिनायकवादविरुद्ध लड्नुपर्ने बेला आएको बताएका छन्। नेपाली कांग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजना गरिएको साक्षात्कारमा समितिका संयोजक खाँणले अहिलेको निर्वाचन लोकतन्त्रवादी र वामपन्थीबीचको जनमत संग्रह भएको बताए। उनले वामपन्थी शक्तिबाट लोकतन्त्र खोसिनसक्ने र पुनःप्राप्तिका लागि कांग्रेसले संघर्ष गर्नुपर्ने बताए। खाँणले खोसिएको लोकतन्त्र जनताको हातमा फर्काउन पुनःकांग्रेसले केही समय संघर्ष गर्नुपर्ने…