काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लोकतान्त्रिक गठबन्धन विधिको शासनमा विश्वास राख्ने शक्ति भएको बताएका छन्। नेपाली कांग्रेस, भक्तपुर क्षेत्र नं २ युवा परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खाँणले मेलमिलाप र एकतामा राष्ट्रियता बलियो हुने बताए। नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका नेता खाँणले महेन्द्रपथीय खोक्रो राष्ट्रवादले मुलुक समृद्ध नहुने भन्दै युवालाई संयम हुँदै कार्यकर्ताको…
काठमाडौं : प्रहरीले लागूऔषधसहित रामेछापको मन्थलीका विनोद खत्रीलाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले खत्रीलाई काठमाडौंको कागेश्वरी मनहराबाट पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट ३८६ थान एम्पुल बरामद गरेको छ। त्यसैगरी, प्रहरीले झापा गौरादहका प्रदीप बराईलीलाई २७३ थान एम्पुलसहित तार्केश्वरबाट पक्राउ गरेको छ। उनीहरुकाबारेमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
काठमाडौं : केहि समय नेपाली सांगीतिक दुनियाबाट टाढिएका गायक तथा कम्पोजर अनिल सिंह आफ्नो नयाँ गीतमार्फत फेरी सक्रिय भएका छन्। आफ्नै एल्बम समेत ल्याउने तयारीमा रहेका अनिलको सोलो कम्पोजमा 'फलो मि एल्बम' तयार भएको छ। उक्त एल्बममा सावेश गीत 'सेल्फी क्विन'मा गायक अनिलललाई रविना थापाले साथ दिएकी छिन्। यसमा सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईको एकल शब्द रहेको छ। गीतको भिडियोमा…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार गठन हुने र विकास, समृद्धिको मार्गमा देश अघि बढ्ने बताएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज बागबजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी अभियानमा अध्यक्ष ओलीले अब नयाँ संरचनाअनुसार तीन तहमा जनतालाई सहुलियत, सुविधा उपलब्ध गराउने बताए। ओलीले लोकतन्त्रका माध्यमबाट सबै नेपालीको विकास र…
मोहिनी मिश्र रिसाल काठमाडौं : म्यानमार सरकारले आफ्नो गल्ती लुकाउँदै आफूहरु रोहिङ्ग्यालाई राखिन राज्यबाट भगाउने र भाग्नुपर्ने कुनै त्यस्तो काम नगरेको दाबीगर्दै आएको छ। तर उनीहरु भने घर फर्किन पाउने साइतको पर्खाइमा रहेका छन्। हरेक दिन उनीहरुको प्रश्न हुने गर्छ हामी कहिले घर फर्किन पाउँछौँ ? यद्यपी गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले…
राजविराज : राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले आगामी प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा मधेश आन्दोलनमा शहिद भएकाहरुको सपनालाई साकार पार्न मधेसी दलको गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताएका छन्। राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले आज सप्तरीको राजविराजमा आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै महताेले कांग्रेस, एमाले, माओवादीलाई भोट दिंदा मधेशको अपमान हुने बताए। महतोले मधेशी दललाई मत दिएर शहीदको…
कतारका हाइजम्प खेलाडी मुस्ताज एसा बार्सिम र बेल्जियमकी हेप्टाथलन खेलाडी नफिसातोउ थिएम एथ्लेट अफ दी इअर घोषित भएका छन्। इन्टरनेशनल एसोसिएसन अफ एथ्लेटक्स फेडेरेसन (आइएएएफ)ले मोनाकोमा आयोजना गरेको अवार्ड समारोहमा मुस्ताज पुरुष तथा थिएम महिलातर्फ उत्कृष्ट घोषित भए। २६ वर्षीय मस्ताज बर्सिमले २०१७ मा ११ प्रतियोगिता अपराजित रहेका थिए। उनले वर्ल्ड च्याम्पियन र डायमण्ड लिगमा गोल्ड मेडल जितेका थिए। उनले…
अफगानिस्तान : अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा हसाक मिना जिल्लामा भएको हवाई कारबाहीमा इस्लामिक स्टेट्सका १३ लडाकू मारिएका छन्। शुक्रबार साँझ हसाक मिना जिल्लाको गगारी क्षेत्रमा भएको हवाई कारबाहीमा १३ आइएस लडाकू मारिएका प्रान्तीय गभर्नर आताउल्लाह ओगयानीले जानकरी दिए। कारबाहीका क्रममा सर्वसाधारण नागरिकको भने कुनै हताहती नभएको बताइएको छ। यस विषयमा आइएसले हालसम्म भने कुनै प्रतिक्रिया दिएको छैन।रासस/सिन्ह्वा
किरण भट्टराई काठमाडौँ : हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ। सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता पायो। यसबीचमा परिचयपत्र छपाइ रोक्न भएका…
स्टार खेलाडी लियोनल मेसीले स्पानिस जायन्ट बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन्। सम्झौतापछि अब मेसी २०२०-२१ को सिजनसम्म बार्सिलोनामै रहनेछन्। यसै सिजनको अन्त्यसम्म मात्र सम्झौता रहेको मेसीसँग गत जुनमै बार्सिलोनाले सम्झौता गर्ने भनिएपनि त्यो सम्भव भएको थिएन। सम्झौता थप भएपछि मेसीले अझै चार वर्ष बार्सिलोनाका लागि खेल्नेछन्। सन् २००० मा १३ वर्षकै उमेरमा अर्जेन्टिनाबाट बार्सिलोना पुगेका मेसीले क्लबमा रहदा धेरै रेकर्ड…
काठमाडौं : निर्वाचन आयोगले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनका सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। अशक्त, जेष्ठ नागरिकलगायतलाई प्राथमिकताका साथ मतदान गर्न दिने व्यवस्था मिलाउन निर्वाचनमा खटिएका पर्यवेक्षकलाई आयोगले आग्रह गरेको छ। पहिलो चरणअन्तर्गत भोलि ३२ जिल्लामा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान…
काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचनमा भाग लिन निर्वाचन आयोगले अनुरोध गरेको छ। भोलि बिहान ७ बजे देखि ५ बजे सम्म निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको हो। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मतदाताको नाममा सम्बोधन गरेका प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए। उनले…
लेविस डकले आत्मघाती गोल उपहार दिएपछि प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले ब्राइटन विरुद्व १-० को जित हात पारेको छ। युनाइटेडको मैदानमा भएको खेलमा डकले ६६औँ मिनेटमा आत्मघाती गोल गरेपछि युनाइटेडले जित हात पारेको हो। युनाइटेडको एस्ले योङले प्रहार गरेको बल डकले आफ्नै पोष्टमा छिराएका थिए। जितपछि १३ खेलबाट ३९ अंक जोडेको युनाइटेडले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ५ मा झारेको छ।…
घरेलु मैदान सान्टियागो बर्माबेउमा क्रिस्टियानो रोनाल्डोले यस सिजनको पहिलो लिग गोल गरेपछि रियल मड्रिडले मालागालाई ३-२ ले पराजित गरेको छ। रोनाल्डोले ७६औँ मिनेटमा प्रहार गरेको पेनाल्टी मालागाका गोलकिपरले बचाएपनि रिबाउण्ड बलमा रोनाल्डोले विजयी गोल गरे। .@Cristiano scores his first #LaLiga goal of the season at the Bernabeu! ⚽️#RealMadridMalaga pic.twitter.com/wzMKvQcugU — LaLiga (@LaLigaEN) November 25, 2017 त्यसअघि रियलका लागि करिम…
काठमाडौं: पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा थपिएका नयाँ मतदातालाई निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ। आज र भोलि आयोगले परिचयपत्र वितरण गर्दैछ। मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र पाउन सक्नेछन्। पहिलो चरणमा ३२ जिल्लामा मतदान हुँदैछ। निर्वाचन हुने जिल्लामा दुई दिन परिचयपत्र वितरण हुन लागेको हो। आयोगले ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्म…
काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु भएको छ। उम्मेदावरले गर्न पाउने प्रचार–प्रसारको समय पनि सकिएको छ। उम्मदवारले बिहीबारसम्म मतदातालाई आफूतर्फ तान्ने अन्तिम कसरत गरेका छन्। मतदातामाझ आफ्ना योजना र कार्यक्रम सुनाएका छन्। मत दिन अब ४८ घन्टाको समय भए पनि कतिपय क्षेत्रमा मतादात शिक्षा कार्यक्रम पुग्न नसकेको गुनासो छ। सुरुमा एकै मतपत्रको तयारी गरी मतादाता शिक्षा…
यसअघि नै अन्तिम ३२ मा स्थान बनाइसकेको इंगलिस क्लब आर्सनल युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा जर्मन क्लब एफसी कोलोनसँग पराजित भएको छ। अधिकांश पहिलो रोजाईका खेलाडीलाई आराम दिइएको खेलमा आर्सनल १-० ले पराजित भएको हो। बुण्डेसलिगामा अन्तिम स्थानमा रहेको कोलोनलाई जित दिलाउन सेरउ गुएरासले पेनाल्टीमा एक मात्र गोल गरे। जितपछि कोलोनले अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै रखेको छ।…
काठमाडौं: मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने मत दिने अरु विकल्प पनि हुन् सक्छन्। नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनु पर्दैन। निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र हालैको स्थानीय तह निर्वाचनमा पनि यी विकल्प मतदातालाई दिएको थियो। सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको थियो। मतदाता…
काठमाडौं: उद्योगमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट धनकुटामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सुनीलबहादुर थापालाई लक्षित गरी बम विस्फोट गराइएको छ। आज बिहान करिव ७ बजेतिर छिन्ताङ शहीद भूमि गाउँपालिकाको साप्तिङटार नजिक रहेको फक्सिङखोलामा बम प्रहार भएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रमुख एसपी सुदीप भण्डारीले बताए। एकान्त ठाउँ हेरी रङको बट्टामा बारुद राखेर बम पड्काएको भेटिएको एसपी भण्डारीले बताए। मन्त्री थापा…
ब्राजिलियन फुटबलर रोबिन्होलाई सामुहिक बलात्कारमा दोषी ठहर गर्दै इटालीको एक अदालतले ९ वर्ष जेल सजाय सुनाएको छ। ३३ वर्षीय रोबिन्होलाई सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा संलग्न रहेको भन्दै दोषी ठहर गरेको हो। अदालतले उनीसँगै उक्त घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गरेको छ। अपिल प्रकिया जारी रहेसम्म जेल सजाय होल्डमा राखिने बीबीसीले जनाएको छ। रोबिन्होले ५…