नेत्र तामाङ/चन्द्रबहादुर आले रसुवा: रसुवामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका एमाले नेता एवं पूर्व सांसद् जनार्दन ढकाल बिहीबार ८ बजे बेत्रावती बजारबाट चुनावी र्याली सकेर १० बजे कालिकास्थानमा कोणसभा गर्ने तयारीमा थिए। त्योसँगै दिउँसो ३ बजे राम्चे पुगेर चुनावी सभा राख्ने तय भएको थियो। तर, स्थानीय प्रशासनले राम्चेलाई सभा तथा जुलुस निषेधित क्षेत्र घोषित गरिदियो। त्यसपछि कार्यक्रम नै रद्द भएको एमाले…
दाङ : दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर वडीगाउँ नगरपालिकाका चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङ छन्। अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने क्रममा नजिकै रहेको विद्युत् हाइटेन्सनको…
पासाङ ठकुल्ला काठमाडौं: निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घनका करिव दुई हजार उजुरी छन्। आयोगले विधिवत स्पमा ती उजुरीको छानविन पनि सकेको छ। तर, अचम्म उजुरीमा सामान्य नसिहतभन्दा अर्को कारबाही भएको पाइन्न। आयोगमा विदेश भ्रमणदेखि कर्मचारी सरुवासम्मका उजुरी परेका हुन्। यी सबै उजुरीलाई निर्वाचन आयोगले किनारा लगाएको जनाएको छ । भदौ १४ गतेदेखि असोज २० गतेसम्म आयोगमा १ हजार ८५८ उजुरी…
काठमाडौं : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप एसिया क्वालिफायरमा नेपालले पहिलो जित हात परेको छ। यसअघिका तीन खेलमध्ये दुई वर्षाले प्रभावित हुनु र एकमा पराजित भएपछि नेपालले जित हात पार्न सकेको थिएन। आफ्नो चौथो खेलमा नेपालले शुक्रबार मलेसियालाई ३३ रनले पराजित गरेको हो। १०९ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले ७५ रनमा रोक्दै जित हात पारेको हो। जितपछि नेपालले ४…
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रमुख आयुक्त यादवले मौन अवधि मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उनीहरुलाई स्वतन्त्ररुपमा छोड्दिन आग्रह गरे। शान्तिपूर्णरुपमा धैर्यताका साथ मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै यादवले स्थानीय तहको…
काठमाडौ : निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षकलगायतले निर्वाचनमा भोट हाल्नेदेखि अन्य गतिविधिमा सहभागी हुन पाउँदैनन्। ७२ हजार नेपाल प्रहरी भोट हाल्नबाट बञ्चित छन्। सुरक्षाकर्मीलाई त झनै तटस्थ भएर बस्नुपर्ने कानुनी व्यवस्था नै छ। कानुन अनुसार कुनै उम्मेद्वार र पार्टीलाई सहयोग गर्न नमिल्ने भएपनि अहिले प्रहरी संगठनका केही सदस्य भने सामाजिक सञ्जालमार्फत उम्मेद्वारलार्इ भोट माग्नदेखि सहयोग गर्नसमेत लागेको खुल्न आएको छ। केहि…
भद्रपुरः झापामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४९ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको हो। जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४ संवेदनशील र १३० मतदान स्थललाई समान्य रहेको प्रहरीले जनाएको छ। पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँचजना प्रतिनिधिसभा र १० प्रदेशसभाका…
भीष्मराज ओझा काठमाडौँ : मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रमुख दलमध्ये सबैभन्दा बढी उम्मेदवार नेपाली कांग्रेसका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार दुबै चरणका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीमा कांग्रेस उम्मेदवार सबैभन्दा बढी छन् । प्रत्यक्षतर्फ निर्वाचन हुने प्रतिनिधिसभाको कूल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १५३…
काठमाडौं: यो साता कुनै पनि नयाँ नेपाली फिल्म सार्वजनिक भएनन्। तर गत साताहरुमा नै प्रदर्शनमा रहेका फिल्महरु छक्कापञ्जा २, फाटेको जुत्ता, झ्यानाकुटी, रोमियो, रुद्रप्रिया, मेला, ऐश्वर्या प्रदर्शनरत छन्। यसैबिच निखिल उप्रेतीको फिल्म 'रुद्र' पुन: केही हलमा देखाउन सुरु भयो। काठमाडौं भित्रका सिंगल स्क्रिनहरु पृथ्वी, सिद्धार्थ र पुष्पाञ्जली लगायतका हलहरुमा उत्री सकेको फिल्मको प्रदर्शन सुरु गरिएको हो। बलिउडतर्फ पनि नयाँ फिल्म…
चितवन : चितवन क्षेत्र नम्बर तीनबाट लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। चितवन क्षेत्र नम्बर ३ समृद्ध बनाउने अभियान लोकतान्त्रिक गठबन्धनलाई ‘अमूल्य मतदान’ भन्ने नाराका साथ सोही क्षेत्रका प्रदेशसभा सदस्य दिनेश कोइराला र साजनकुमार महतोकोसमेत प्रतिबद्धता रहने गरी १८ बुँदे साझा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो। प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत्, सिँचाइ तथा…
चितवन : निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चितवनमा नेपाल कम्युनिष्ट पार्टीका १६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पार्टीका जिल्ला इन्चार्ज लालबहादुर विसीदेखि सामान्य कार्यकर्तासम्म पक्राउ परेका छन्। प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ ओसारपसारलगायतका मुद्दा लगाइएको छ। उम्मेदवारी मनोनयनपछिका दिनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ…
बैंकक : थाइल्याण्डमा शुक्रबार भएको कार दुर्घटनामा परी १२ जना म्यान्माली नागरिक र चालक गरी १३ जनाको मृत्यु भएको छ। म्यानमारका नागरिक सवार भ्यान थाइल्याण्डको सिंगबुरी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो। कार ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो। कार चालक थाई नागरिक पनि दुर्घटनामा मारिएका छन्। प्रहरीले दुर्घटनामा परी मारिएकाको पहिचान हुन नसकेको बताएको छ। थाइल्याण्डमा सडकको अवस्थाका कारण सडक दुर्घटना धेरै हुने…
काठमाडौं: विहीबार दुई नेपाली फिल्मको रिलिज टार्गेट तय भएको छ। फिल्म 'रोमियो एण्ड मुना' र 'तिमीसँग' प्रदर्शनमा आउने मिति सार्वजनिक गरिएको हो। 'रोमियो एण्ड मुना' युनिटले फागुन ११ गते फिल्म पर्दामा उतार्ने जानकारी दिएको छ भने फिल्म 'तिमिसँग' चैत २३ गते देशभर प्रदर्शनमा आउने बताइएको छ। रोमियो एण्ड मुनाले यसअघि माघ २६लाई रिलिज मिति तोक्यो। आन्तरिक समस्याका कारण बताउँदै दोस्रो…
बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति घरेलु हातहतियार प्रहारबाट नेपाली कांग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन छन्। घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेका बताइएको छ।…
नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विष्फोटक पदार्थ आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ को दुम्कौलीस्थित महामन्त्री कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विष्फोटक पदार्थ झ्यालटङडाँडास्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए। महामन्त्री कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा…
केदार मगर खोटाङ : खोटाङको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ। खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको पुल आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो। सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै पटक तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ। …
श्रीलङ्का : श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका बताइएको छ। श्रीलङ्काली प्रधानमन्त्री विक्रमसिङ्गेको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी गाल जिल्लामा दुई भिन्न सम्प्रदायका समूहबीच भडप भएकाले अब त्यस्तो हुन नदिन कडा निर्देशन दिएको बताएको छ। …
नयाँदिल्ली : रुसमा आयोजना हुन गइरहेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज सहभागी हुने भएकी छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवेश कुमारले रुसको सुचीमा नोभेम्बर ३० र डिसेम्बार १ मा आयोजना हुन लागेको एससिओमा भारतकोतर्फबाट विदेशमन्त्री स्वराज सहभागी हुने जानकारी दिएका हुन्।त्यसअवसरमा विदेशमन्त्री स्वराजले विभिन्न देशका नेताहरुसँग भेटवार्ता पनि गर्ने बताइएको छ। प्रवक्ता रेभिस कुमारले भने,‘उक्त मञ्च राजनीतिक,…
काठमाडौं: गायिका मेलिना राईको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। 'सानो कथा छ' बोलको गीत युट्युबमार्फत रिलिज गरिएको हो। गीतमा लतिका श्रेष्ठको शब्द रहेको छ भने बिनोद पछाईले संगीत दिएका छन्। गीतको भिडियोमा गीतकार लतिका स्वयंमको फिचरिङ रहेको छ। भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन्। महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई उत्सव ढकालले खिचेका हुन्। नवनारी मिडियाले गीत बजारमा…
काठमाडौं : सरकारले १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भएको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले आयोजना स्वदेशी लगानी एवं प्रविधिमा निर्माण गर्ने निर्णय गरेको हो।उपप्रधान तथा उर्जामन्त्री कमल थापाले ट्विटरमार्फत यसको जानकारी दिएका छन्। दुई साता अघि सरकारले चिनियाँ कम्पनी गेजुवा सिजिजिसीसँगको सम्झौता रद्द गरेको थियो।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बुढीगण्डकी चीनियाँ कम्पनीलाई दिएको थियो। सरकारले…