काठमाडौँ: विशेष अदालतले जनही एक करोड रुपैयाँ धरौटी माग गरेका कर फर्छ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल धरौटीमा रिहा भएका छन्। अध्यक्ष महत र सदस्य ढकाल बुधबार धरौटीमा रिहा भएका हुन्। बैंक ग्यारेन्टीबाट उनीहरु रिहा भएका हुन्। मंगलबार महत र ढकालसँग विशेषले जनही एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले तोकेको धरौटीको प्रक्रिया पूरा नभएपछि दुबैलाई…
जनकपुरधाम: मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ। जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन्। महोत्सवका लागि अहिले यहाँ श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ। जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना पनि भइरहेको छ। विगतमा आन्दोलन र विशिष्ट अतिथिको आगमनले विवाह महोत्सव प्रभावित भई भक्तजनको सहभागितामा हुन नसेकेकामा…
नुवाकोटः स्थानीय प्रशासनले नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरेलाई निषेधित क्षेत्र घोषणा गरेको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन अनुसार बिहीबारका लागि ढिकुरेमा कुनै पनि सभा र जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो। निषेधित क्षेत्रमा बिहानैदेखि नेपाली सेनाले गस्ती सुरु गरेको छ। ढिकुरेमा बिहीबार वाम र लोकतान्त्रिक गठबन्धन दुबैले नजिकै कार्यक्रम राखेपछि सम्भावित तनावलाई मध्यनजर गरी प्रशासनले निषेधित क्षेत्र…
नुवाकोट: नुवाकोटमा जिल्ला निर्वाचन कार्यालय अगाडि बम फेला परेको छ। सकेट बम फेला परेपछि अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ। बम निश्क्रिय पार्न सेनाको टोली घटनास्थलमा परिचालन भइसकेको छ।
हरि लामिछाने ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा छन्। यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन्। यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र चार हजार रुपैयाँ भन्दा बढी खर्च गर्नुपर्छ र तीन दिनको एकतर्फी यात्रा गर्नुपर्ने वाध्यता छ। मुलुककै तेस्रो…
पासाङ ठकुल्ला - काठमाडौं : पहिलो चरणको निर्वाचन अन्तर्गत मंसिर १० गते प्रदेश नम्बर २ बाहेकमा ३२ जिल्लामा निर्वाचन हुँदैछ। ३२ जिल्लाका ३७ प्रतिनिधि सभा सदस्य र ७४ प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। पहिलो चरणमा ३७ प्रतिनिधि सभा सदस्यका लागि २८२ र प्रदेशसभाका ७४ स्थानका लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। पहिलो चरणको निर्वाचनको तयारी पूरा भइसकेको निर्वाचन आयोगका…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी नारासहितको घोषणापत्र सार्वजनिक गरिएको हो। ‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य,…
काठमाडौं : नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको वर्तमान अवस्था हो यो। २०७२ सालको भूकम्पपछि यस रंगशालाको स्थिति यस्तो छ।
कालीकोट : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन्। कालीकोटको नरहरिनाथ गाउँपालिकाको कोटवाडामा पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धन स्वार्थका कारण भएकाले मुलुकको हित नगर्ने बताए। प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परेपनि कांग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको भन्दै सुदूरपश्चिम र मध्यपश्चिमसँगको सु–सम्बन्धले प्रगति हुने बताए। प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन…
काठमाडौं: फिल्म 'राज्जा रानी' मैथिली भाषामा पनि रिलिज हुने खबर सार्वजनिक भयो। पहिलोपटक क्षेत्रीय भाषामा फिल्म प्रदर्शन हुन लागेको हो। मैथिली मिथिला क्षेत्र (जनकपुर र मधेश)मा बोलिने क्षेत्रीय भाषा हो। निर्माता पौडेलले स्थानीय बासिन्दासामु नेपाली सिनेमाको पहुँच वृद्धि गर्नका लागि यस्तो कदम लिएको बताए। ‘फिल्मको कथा त मधेस केन्द्रित छ नै। साथै यसले देशभित्रै बजार सिर्जना गर्ने विश्वास लिएका छौं’…
हवाना : संयुक्त राज्य अमेरिकासँग दुवै देशको सम्बन्ध विग्रिएको अवस्थामा उत्तर कोरिया र क्युबाले द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गरी अघि बढ्ने बताएका छन्। क्युबाको भ्रमणमा रहेका उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली विदेशमन्त्रीको भेटवार्तापछि जारी भएको संयुक्त विज्ञप्तिमा यी दुई देशले आपसमा मिलेर अघि बढ्ने सहमति जनाएका बताइएको छ। अमेरिकी…
काठमाडौं : गृह मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवा रोकेको छ। आयोगको सहमतिका लागि पत्र लेखी पठाएकोमा आयोगले सहमति नदिने निर्णय गरेपछि सरुवा रोकिएकाे हो। साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले काज सरुवा गरेका ६ जना कर्मचारीमध्ये तीनजना प्रमुख जिल्ला अधिकारी छन्। गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला…
दोलखा : नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ। सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो। सकेट बम राखिएको स्थानमा कांग्रेसले आज आमसभाको आयोजना गरेको छ। मसभालाई कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ।रासस
काठमाडौं: फिल्म 'डायरी' युनिटले ज्योतिषलाई देखाएर फिल्मको अङ्ग्रेजी नाममा दुईवटा आर लेखायो। तर फिल्म समिक्षात्मक एवं व्यवसायिक रुपमा असफल भयो। त्यस्तै झरना थापा निर्देशित फिल्म 'ए मेरो हजुर २'को स्क्रिप्ट लेखनदेखि छायांकनसम्म ज्योतिषले जुराएको साइत अनुसार पुरा भयो। फिल्मले राम्रो व्यापार गर्योम। यस्तोमा अर्को फिल्म युनिटले पनि साइत जुराएर पोस्टर रिलिज गरेको छ। फिल्म 'सुपर गोर्खे'को पोस्टर रिलिज गरिएको हो।…
काठमाडौं: फिल्म 'सेतो सूर्य'को फेरि नेपाल प्रदर्शन हुने भएको छ। अस्करको विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको लागि प्रतिस्पर्धा गरिरहेको फिल्म काठमाडौंका मल्टिप्लेक्सहरुमा देखाइने भएको हो। फिल्मका निर्देशक दीपक रौनियारले ट्विट गर्दै फिल्मको पुन: रिलिज बारे जानकारी दिएका हुन्। फिल्म डिसेम्बर ८ अर्थात मङ्सिर २२ गते देखाइने जनाइएको छ। अस्कर नजिकिंदै गर्दा दीपक रौनियार लगायत फिल्म युनिटले नेपाल साथै विदेशमा पनि प्रचार…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी नारासहितको घोषणापत्र सार्वजनिक गरिएको हो। घोषणापत्रमा राजपाले कम्युनिष्टहरु जस्तो पटक–पटक बोली फेरिरहने दल नभएको कारणले नेपाली कांग्रेस…
काठमाडौं: बिना प्रचार प्रसार निर्देशक सबिर श्रेष्ठले नयाँ प्रोजेक्ट सुरु गरेका छन्। नायक आर्यन अधिकारी र सन् २०१२ की मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठको रिल जोडी लिएर फिल्म 'बाँध मायाले' सुटिङका लागि श्रेष्ठ लगायतको युनिट नवलपरासी पुगेको हो। फिल्मको छायांकन यसै साताबाट नवलपरासीमा सुरु हुँदैछ। लेखक समेत रहेका निर्देशक श्रेष्ठले बाँध मायालेलाई आफ्नो ड्रिम प्रोजेक्ट मानेका छन्। उनले हतारमा…
नयाँदिल्ली : भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको छ। मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो। उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो। त्रिपुरा राज्याको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयको अर्ध सैन्य बलका एकजना अधिकारीले उनलाई गोली हानेको बताइएको छ। मुख्यालयका सैनिक कमाण्डेन्ट…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताएका छन्। आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा प्रचण्डले देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताए। प्रचण्डको लिखित मन्तव्यमा भनिएको छ, ‘प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू…
काठमाडौं : आइसीसी वुमन्स टी-२० वर्ल्डकप एसिया क्वालिफायरको तेस्रो खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको छ। यसअघि दुई खेलमा अंक बाँडेको नेपाल युएईसँग हारेपछि छनोट यात्रा कठिन बनेको छ। ८० रनको सामान्य लक्ष्य नेपालले पूरा २० ओभर खेलेर समेत भेट्टाउन सकेन। नेपाली टोलीले २० ओभरमा ९ विकेट गुमाएर ७४ रन मात्र बनाउन सकेपछि झिनो रन अन्तरको हार बेहोरेको हो।…