लमजुङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवाद स्वीकार्य नहुने बताएका छन्। लमजुङको सुन्दर बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले संसदीय व्यवस्था स्वीकारेका कम्युनिष्टहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको आरोप लगाए। उनले वाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न लागेको आरोप लगाए। पौडेलले भने, “महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि…
काठमाडौँ : पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न…
साविक विजेता रियल मड्रिड र बेसिकटास युरोपिनय च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन्। रियल मड्रिड अपोल निकोसियालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुगेको हो। रियलका लागि करिम बेन्जामा र क्रिस्टियानो रोनाल्डोले २-२ गोल गरे। यस्तै लुका मोडरिच र नाचो फर्नान्डेजले १-१ गोल गरे। जितपछि समूह एचमा ५ खेलबाट रियलले १० अंक जोडेको छ। यसै समूहमा अन्तिम…
प्रिमियर लिगमा शानदार प्रदर्शन गरिरहेको म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा फेयेनुर्डलाई पराजित गरेको छ। यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको सिटीलाई समूह चरणमा पाँचौ जित दिलाउन रहिम स्टर्लिङले ८८औँ मिनेटमा निर्णायक गोल गरे। जितपछि समूहए चमा १५ अंकका साथ सीट शीर्ष स्थानमा छ। सिटीसँगै प्रिमियर लिगबाट टोटनहम पनि अन्तिम १६ का लागि छनोट भइसकेको छ।…
रियल मड्रिडबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा एकै क्यालेन्डर इअरमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। रोनाल्डोले गएराति एपोएल निकोसियाविरुद्ध समूह चरणको खेलमा २ गोल गर्दै सन् २०१७ मा कूल १८ गोल गरेका हुन्। एपोएललाई ६-० ले पराजित गर्दै साविक विजेता रियल मड्रिड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। सन् २०१६-१७ को सिजनमा १० गोल गरेका रोनाल्डोले २०१७-१८ को सिजनमा ८…
काठमाडौँः नेपाल नागरिक उड्डयन प्राधिकरणले १४१ जनशक्ति पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। खुला तथा समावेशी सिद्धान्तका आधारमा पदपूर्ति हुनेछ। लोक सेवा आयोगको परामर्शमा प्राधिकरणले बुधबार विज्ञापन प्रकाशन गरेको हो। प्राधिकरणले तह ११ को निर्देशकसहित अधिकृत स्तरका एकसय जना कर्मचारी माग गरेको हो। सहायक स्तरका ४१ जनाका लागि विज्ञापन भएको छ। सूचना अनुसार पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर…
नुवाकोट : नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का वडा सदस्य तथा नेपाली कांग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेटिएको छ। घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विष्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए। शंकास्पदवस्तु भएको स्थानलाई अहिले इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ। आज नै…
काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली कांग्रेसको जित आवश्यकता रहेको बताएका छन्। घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा आज चुनावी घरदैलो कार्यक्रम सिंहले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको बताए। काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका सिंहले कांग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र संविधानको सफल कार्यान्वयनका लागि कांंग्रेसलाई जिताउन मतदातालाई…
डोल्पा : आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामासम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला पक्षलाई तालिम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रततर्फ जान थालिसकेका र स्वयंसेवकलेसमेत गाउँगाउँमा पुगेर मतदाता शिक्षा दिइरहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत विक्रम गिरीले भने,‘जिल्लाको उत्तरी क्षेत्रका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतपेटीका, मतपत्र, मतदाता…
पाँचथर : पाँचथरमा ६३ जनाले इजाजत लिएर हतियार राखेपनि २० जनाले मात्रै प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयले निर्वाचन तयारी शुरु भएलगत्तै सार्वजनिक सूचना गर्दै बुझाउन भनेपनि २० जनाको मात्र हतियार संकलन भएको हो। जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा जिल्लाका विभिन्न स्थानका ६३ जनाले घरमा हतियार राख्ने इजाजत पाएका छन्। पछिल्लो पटक सार्वजनिक सूचना गरिएपछि २० जनाले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी…
धनुषा : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले मधेश र मधेशी जनताको आधारभूत आवश्यक्ता पूरा गर्ने जिम्मेवारी मधेशवादी दलको काँधमा आएको बताएका छन्। धनुषाको नगराइन नगरपालिकास्थित लगमा आज आयोजित चुनावी सभामा महतोले मधेशीको हक अधिकार, स्वाभिमान र सम्मानको रक्षाका लागि मधेशवादी दलकै पक्षमा मतदान गर्न अपिल गरे। धनुषा निर्वाचन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका महतोले भने,‘मधेशी जनताकै…
काठमाडौँ : सरकारले नेपालको सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको अनुरोध बमोजिम सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब १५ अर्ब ५० करोड) स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। त्यस्तै, दैनिक…
नेकपा एमालेका महासचिव ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। उनको प्रतिस्पर्धी छन् कांग्रेस नेता प्रकाशसरण महत। संविधानसभा सदस्य निर्वाचनमा दुई पटक यही क्षेत्रबाट पराजित पोखरेल योपटक हारमा ब्रेक लगाउने दाउमा छन्। पोखरेललाई यस क्षेत्रमा सशक्त उम्मेदवार मानिएको छ। तर, विगतमा हारेको क्षेत्र र सशक्त प्रतिस्पर्धीका कारण उनलाई निर्वाचन सोचे जस्तो सहज भने छैन।…
काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको दुई खेलका लागि दोस्रो चरणमा २० खेलाडी छनोट गरिएको छ। प्रारम्भिक चरणमा क्याम्प बोलाइएका २८ खेलाडीबाट दोस्रो चरणमा २० खेलाडी छानिएको नेपी टोलीका म्यानेजर तथा टेक्निकल एलानिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। जसमा यू-१० टिमका अनिमल कुमार शाहले समेत स्थान बनाएका छन्। मलेसियामा भएको यू-१९ एसिया कपमा…
नयाँदिल्ली : भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या भएको छ। त्रिपुरामा राज्यमा मङ्गलबार एक रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ। त्रिपुरा राज्यको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ। प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमिटर…
ऋषिकेश दाहाल/नेत्र तामाङ सिन्धुपाल्चोक : 'चुनाव कसले जित्ला त?' सोझो प्रश्न। उत्तर पनि सोझै मिल्यो – 'जसले बढी भोट ल्यायो उसैले।' जवाफ दिने हुन् लीलामणि आचार्य। घर सिन्धुपाल्चोक बडहरे। डाँडामा रहेको उनको घरभन्दा आधाघन्टा पश्चिम तल फाँटतिर झर्दा पुगिने माझी गाउँ भीमटारमा चुनाव प्रचारमा शेरबहादुर तामाङ जमेका थिए। उनको घरबाट ठीक पूर्वतिर मोटरमा डेढ घन्टाको दुरी पार गर्दा अर्का नेता…
हरारे : जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामाको घोषणा गरेका छन्। उनको राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ। उनको राजीनामाको घोषणा गरेलगत्तै यहाँ खुसियालीसमेत मनाइएको समाचारमा जनाइएको छ। मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान र नाराबाजी गरिरहेका छन्। राष्ट्रपति मुगाबेलाई हटाउन यहाँको सत्तारुढ तथा विपक्षी दलले नै संसदमा महाभियोग दर्ता गर्ने…
इलाम : निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने वसुन्धरा कार्की, वडा नं।–११ सोयाकका सञ्जिव फागो, वडा नं।।–१ साँखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ छन् । एक साताको बीचमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले…
सिन्धुली : जिल्लामा प्रमुख राजनीतिक दलले सडक कालोपत्रे र विद्युत् सेवा र पर्यटन भूकम्पपीडितलाई घर निर्माणका लागि अनुदान रकम उपलब्ध गराउने चुनावी प्रतिबद्धता अगाडि सारेका छन्। विशेषगरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितका वाम गठबन्धनले स्थानीय रुपमा साझा प्रतिबद्धतापत्र घोषणा गर्दै धरान– चतरा वैकल्पिक मार्गसँग जोड्ने गरी शाखा सडक सञ्जाल निर्माण र मध्यपहाडी लोकमार्गको रत्नावती तीनखण्डे– महादेवडाँडा– अरुणठाकुर– दूधौली–…
इलाम : मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ की २५ वर्षीया अस्मिता राई छन्। इलामबाट झापा गइरहेको मे १ ख १९४२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ग १२ प ४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र…