याे समाचार रद्द गरिएकाे सूचना राससले पठाएकाे छ। काठमाडौं : राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव लोकसेवा आयोगले खारेज गरेको छ। आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामा प्रभाव पार्ने भएकाले राष्ट्र बैंकका कर्मचारीलाई ३० वर्षे सेवा अवधी राख्ने प्रस्तावलाई अस्वीकृत गरिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए। …
कञ्चनपुर : आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का वाम गठबन्धन तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन्। महाकाली नदीमा पक्की पुल निर्माण र सुख्खा बन्दरगाहसँग जोडेर आर्थिक समृद्धि गर्ने चुनावी एजेण्डासहित उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन्। क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका डा दीपक प्रकाश भट्ट र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश लेखक प्रतिनिधिसभा…
काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)मा थप चार जना बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ, हेमन्तबहादुर पाल र माधव नेपाललार्इ एआइजीमा बढुवा गरेको हो। केही समय अगाडि बढुवा सिफारिसमा गरिएका हेमन्तबहादुर पालले १ सय पूर्णाङ्कमा सबैभन्दा बढी ७५ दशमलव ३४ अंक पाएका थिए। त्यस्तै पुडासैनीको ७४ दशमलव ५२ अंक छ। यस्तै नेपालको ७२ दशमलव ८९ रहेको…
बैतडी : पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा बढेको बताइएको छ। जिल्लाका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्धता जनाएको भए पनि निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन्। प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत सामग्री प्रयोगमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ। सदरमुकाम गोठलापानी बजार, शाहीलेक बजार दलहरुका झण्डा तथा पर्चा…
काश्मिर : भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीन सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारीहरुले थप हिंसा मच्चाउनसक्ने अनुमानमा प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या मङ्गलबार साँझदेखि त्यहाँ खटाइएको छ। मङ्गलबार बिहानमात्र सो क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए। अर्ध सैन्यबल र आतङ्ककारीबीच भएको…
दोलखा : कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्ष भयो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको। तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्तबुझ्ने गरी बताएका छैनन्। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मत माग्न गाउँ पसेका राजनीतिक दलका नेतालाई खड्काले पटक पटक सोधे माथिल्लो तामाकोशीको शेयर कहिले पाइन्छ? तर उम्मेदवारले पनि हालसम्म चित्तबुझ्दो जवाफ दिन नसकेका उनले…
नारायण ढुँगाना चितवन : ‘नेताले मात्रै हुँदैन, विश्व बदल्ने शक्ति युवा शक्ति नै हुन्। तिनै युवा शक्तिले साथ दिनुपर्छ। संसारका ठूला विद्रोह र आमूल परिवर्तनीय क्रान्ति युवा शक्तिले नै भएको छ।’ मञ्चमा उक्लिएर यति भनेपछि खाली समयको सदुपयोग गर्दै जनवादी गायक खुसीराम पाख्रिनले प्रगतिशील गीत गाउन थाले। युवाहरु हो देश तिम्रै हो, भविष्य तिम्रै हो, नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो …
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार गराइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। बुधबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थियो। आज बिहान नै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। कांग्रेस नेता निधिलाई पेटरोग…
काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनअन्तर्गत पहिलो चरणको आगामी आइतबार निर्वाचन हुँदैछ। तर, मतगणना भने दोस्रो चरणको निर्वाचन (मंसिर २१ गते) पछि गरिने आयोगले जनाएको छ। पहिलो चरणकाे निर्वाचनपछि मतपेटिकाको सुरक्षा व्यवस्था पूर्ण रुपमा मिलाई सकेको आयोगले जनाएको छ। तर, सुरक्षित र उपयुक्त स्थानमा मतपेटिका राखिने भनिए पनि मतपेटिका कहाँ राख्ने बारे आयोग अन्याेलमा रहेको छ। जिल्लामा निर्वाचन कार्यालय र मुख्य निर्वाचन…
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाको विषयलाई लिएर साउदी अरेबिया, इजिप्ट र इजरायली नेताहरुसँग टेलिफोन वार्ता गरेका छन्। क्रेमलिनद्वारा प्रकाशित विज्ञप्तिमा यसबारेमा जानकारी दिइएको छ। रुसी राष्ट्रपति पुटिनले सिरियाको द्वन्द्वलाई लिएर साउदी अरेबियाली राजा सलमान बिन अब्दुलाजिज अल साउदसँग छलफल गरेका छन्। यी दुई नेताबीच मध्यपूर्वी क्षेत्र र लामो समयसम्म द्वन्द्व चलेको सिरियाको विषयलाई लिएर छलफल भएको क्रेमलिनले जनाएको छ। …
सुरेन्द्रबहादुर नेपाली काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना विदेश भ्रमणकालमा त्यहाँ बसोबास गर्ने नेपालीसँग भेट गर्दा उनीहरू ‘आफ्नै लगानी तथा खर्चमा नेपालका लागि सद्भावना तथा मानार्थ दूत भएको’ बताउँदै उनीहरूको ‘‘काम, कर्तव्य र व्यवहारले दुई मुलुकबीचको सम्बन्धलाई अझै बलियो बनाउनसक्ने’ बताउँछिन्। उनी ती नेपालीले विदेशी भूमिमा सिकेका सीप तथा पूँजी नेपालमै उपयोग गरी अझै बढी योगदान दिन सकिनेमा पनि जोड दिन्छिन्।…
काठमाडौं : थाइल्यान्डको बैंककमा भएको बैंकक म्याराथनमा नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले कांस्य जितेका छन्। दुवैले फुल म्याराथनतर्फ पदक जितेका हुन्। ५०–५९ वर्षको उमेरसमूहमा रामले ३ घण्टा १० मिनेटमा दौड पूरा गरेको टिम व्यवस्थापक रजत श्रेष्ठले जनाएका छन्। धर्मले ४०–४९ उमेरसमूहमा ३ घण्टा ८ मिनेटमा दौड सकाए। दुवैले जनही ५ हजार भाट नगद पुरस्कार समेत पाएको व्यवस्थापक श्रेष्ठले जानकारी…
बागलुङ: सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ। राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भएको छैन। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार समेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासी ठूलो आवाजसहित बम विस्फोट भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले…
सिद्धराज भटृ धनगढी: थारु समुदायको बाहुल्य रहेको कैलाली निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ। विसं २०४८ यता भएका सबै संसदीय निर्वाचनमा (पहिलो संविधानसभा निर्वाचनबाहेक) जित्दै आएका पूर्वमन्त्री एवं कांग्रेस नेता रामजनम चौधरी र पूर्व कृषिमन्त्री एवं माओवादी केन्द्रका नेता गौरीशंकर चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको हो। नौजना प्रतिस्पर्धी भए पनि मुख्य प्रतिस्पर्धा भने दुर्इ पूर्व…
बैतडी: बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ। जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो। विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। बुबाको निधनमा किरिया बस्नुभएका…
जितपुर: ट्र्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो। क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पुर्याएपछि साँझ नै मृत्यु…
भैरहवा : आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि रुपन्देही जिल्लामा लोकतान्त्रिक गठबन्धनले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। गठबन्धनले भैरहवामा पत्रकार संयुक्त पत्रकार सम्मेलन गरी आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा कम्युनिष्टहरुको गठबन्धनले मुलुकको राष्ट्रिय राजनीतिलाई नै अन्यौलतर्फ धकेलिरहेको र लोकतान्त्रिक शक्तिहरुको बीचमा सहमति, सहकार्य र एकताको वातावरण कमजोर बनेमा…
चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर दुईस्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको सानो बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले कम क्षति बनाउने र तर्साउनका लागि बम राखिएको…
नवलपरासी : नवलपरासीको गैँडाकोट नगरपालिकाले सरकारी शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन गैँडाकोटका सबै सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीलाई निर्देशन दिएको हो। राजनीतिक दलका कार्यक्रममा विद्यार्थीलाई सहभागी नगराउन पनि आग्रह गरिएको छ। साथै राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएमा त्यस्ता शिक्षक एवं कर्मचारीलाई नियमानुसार…
लमजुङ : आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ। निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने अधिकारीहरुले बताएका छन्। मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछि नै गरिने बताइएको छ। सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए। लमजुङमा राजनीतिक दल…