काठमाडौं : फिफा वरीयतामा नेपाल ६ स्थान माथि उक्लिएको छ। फिफाले नोभेम्बर महिनाको लागि सार्वजनिक गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १७०औँ स्थानमा उक्लेको हो। एएफसी एसियन कप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्ध घरेलु मैदानमा गोलरहित बराबरी खेलेको नेपाली राष्ट्रिय टोलीको कूल अंक ९८ भएको छ। अघिल्लो महिना नेपालको ९४ अंक थियो। दक्षिण एसियामा अगाडी रहेको भारत १०५औँ स्थानमा यथावत छ।…
दार्चुला : दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह भएको छ । सन् २००७ देखि निर्माण सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै १० वर्षपछि आजदेखि प्रसारण सुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए। आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो। प्रसारण लाइनमा प्रयोग भएका टावर, तारलगायतका अन्य…
काठमाडौं: फिल्म 'ह्याप्पी न्यू इयर'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। विहीबार फिल्म युनिटले कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरेको हो। ट्रेलरले लभ स्टोरी जनराको फिल्मको थिम प्रस्तुत गर्छ। जसमा मुख्य दुई कलाकार कुशल थापा, पुकार गौतम र सन्ध्या केसीको फिचरिङ रहेको छ। नयाँ वर्षको माहोलमा घटेको एक घटनालाई कथाबस्तु बनाएको फिल्म 'ह्याप्पी न्यू इयर'को सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको हो।…
पशुपति शम्शेर राणा यतिखेर सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट चुनावी मैदानमा छन्। पछिल्ला दुई निर्वाचनमा लगातार पराजय भोगेका उनी यसपाला नेपाली कांग्रेससँगको गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन्। उनलाई दुई पटक हराइसकेका नेकपा एमालेका शेरबहादुर तामाङ जितमा ह्याट्रिक बनाउने लक्ष्यका साथ सक्रिय छन् भने राणा त्यसलाई रोकेर आफ्नो गुमेको वर्चश्व पुनर्स्थापित गर्ने उद्देश्यका साथ जुटेका छन्। चुनावी अभियानमा रहेका राणासँग पहिलोपोस्टले उनलाई सोध्यो…
ताइपेई : उत्तरी ताइवानको ताइपेईमा रहेको एक अपार्टमेन्टमा भएको आगलागी हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नौतले आवासीय भवनको चौथो तलामा आगो लागेको बताइएको छ। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। ताइपेई सहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी सुरु भएको थियो। अपार्टमेन्टमा प्रायः विदेशी कामदारको बसोबास रहँदै…
इटहरी : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपालको राजनीति वाम शक्ति र लोकतान्त्रिक पक्षबीचको ध्रुवीकरणमा विभाजित भएकाले अब एकतन्त्रीय साम्यवाद रोज्ने कि लोकतन्त्र भन्ने निर्णय गर्ने दिन आएको बताएका छन्। सुनसरीको दुहवीमा आयोजित कार्यक्रममा गच्छदारले प्रजातन्त्रका पक्षमा जीवन मरणको संघर्ष गरेका महामानव बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासमेतले मात्र नभई धेरै सपुतले आफूलाई आहुति दिएको एकतन्त्रीय साम्यवाद ल्याउन नभएको बताए। भ्रम…
काठमाडौं : आगामी डिसेम्वर १९ बाट शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) को टिम ललितपुर प्याट्रियट्सले टिमको अफिसियल जर्सी र कप्तानको नाम सार्वजनिक गरेको छ। बिहीबार ललितपुरे टिमले रातो र पहेँलो कलरको जर्सी सार्वजनिक गरेको हो। यस्तै कप्तानमा मार्क्यु प्लेअरका रुपमा रहेका ज्ञानेन्द्र मल्ललाई नै चयन गरिएको टिम ओनर किशोर महर्जनले बताए। ओनर महर्जन र कप्तान ज्ञानेन्द्रसँगै टिमका जेनेरल म्यानेजर…
काठमाडौं : कोकाकोला अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगितामा छात्रतर्फ बाल सृजनालय र छात्रातर्फ श्री दुर्गा सेकेण्डरी स्कुल च्याम्पियन बनेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको छात्रतर्फको फाइनलमा काठमाडौंको बाल सृजनालयले सर्लाहीको एभरेष्ट सेकेण्डरी स्कुललाई १-० ले हराउँदै उपाधि जित्यो। बाल सृजनालयका लागि एक मात्र निर्णायक गोल प्रतिक आले मगरले गरे। यस्तै छात्रातर्फको फाइनलमा रौताहटको दुर्गा सेकेण्डरीले स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुललाई ७-०…
गोरखा : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले जनबल र मनोबलले धनबल र डनबललाई परास्त गर्ने बताएका छन्। गोरखा नगरपालिकाको याङ्कोटमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै भट्टराईले भने, ' हामीसँग जनबल र मनोबल छ। विपक्षीसँग डन बल र धन बल छ।' उनले डन बल र धन बललाई जनबल र मनोबलले सजिलै परास्त गर्न सक्नेसमेत बताए। पहिलो…
काठमाडौं : आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मत बदर गराउने उद्देश्यका साथ सक्रिय रहेका स्वतन्त्र मधेश गठबन्धनका दुई जना कार्यकर्ता पक्राउ परेका छन्। डा.सीके राउत नेतृत्वको गठबन्धनले ‘बढी मत बदर गराएर आफ्नो उपस्थिति देखाउने’ अभियान अन्तर्गत प्रचार गर्दै आएको छ। मत बदर अभियानको प्रचार प्रसारमा लागेका रौतहटका अशोक सिंह र बीरेन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो। बिहीवार…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन्। छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गरेका अध्यक्ष प्रचण्ड शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए। तिमिल्सेनाले भने, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले भोलिदेखि घरदैलोसहित सानासाना…
नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा समृद्धि र विकास नेपाली कांग्रेसबाहेक अरुले गर्न नसक्ने बताएका छन्। नवलपरासीको प्रगतीनगर क्षेत्रमा चुनावी प्रचार प्रसार कार्यक्रममा महामन्त्री मुलुकको बृहत्तर हितका लागि कांग्रेसको विकल्प नभएको बताए। बर्दघाट सुस्तापूर्व नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका महामन्त्री कोईरालाले अघिल्लो पटक नेपाली कांग्रेसको अगुवाईमा संविधान जारी भएको र अब कांग्रेसको नेतृत्वमा…
दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताएका छन्। नेपाल पानीमा मात्रै धनी नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरेपश्चात पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको बताए। दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…
रोल्पा : प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। नेपाली कांग्रेस रोल्पाले बिहीबार रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गरे। प्रधानमन्त्री देउवाले निर्वाचन हुन लागेको छ, तर पूर्वप्रधानमन्त्री ओली भने चुनाव सरेको सपना देख्नमै व्यस्त रहेको भन्दै यस्तो सपना नदेख्न…
चितवन : आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना सुरु हुँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना गर्न लागिएको हो। विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिए। उनले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा…
काठमाडौं : कराते सिरिज ए–२०१७ मा सहभागी हुन १३ खेलाडीसहितको नेपाली टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेका छन्। कराते सिरिज यही नोभेम्वर २५ र २६ तारिखमा आयोजना हुनेछ। पुरुषमा ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी विनोद शाक्य गुबाजु, जनकसिंह खड्का, गगन पुन, विजय लामा, हेमबहादुर तामाङ, दिगम्बरप्रसाद पन्त, सोनाम लामा, राम तामाङ र लक्ष्मण तामाङले प्रतिस्पर्धा गर्नेछन्। सागका स्वर्णधारी…
काठमाडौं : नेपालबाट दुई म्याराथन धावकले चीनको डोङग्वानमा हुने १६औँ संस्करणको एसियन म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्। नोभेम्बर २६ मा हुने म्याराथनमा नेपालका गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठ दौडन लागेका हुन्। च्याम्पियनसिपमा सहभागि हुन दुई खेलाडीसहित नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम पनि अफिसियलको भूमिकामा बिहीबार मलेसिया एयरलाइन्सबाट चीन उड्दै छन्। गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा…
काठमाडौं : राखेप च्याम्पियनसिप अन्तर्गतको राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसिप मंगलबारबाट सुरु भएको छ। नेपाल र्याफ्टिङ एन्ड क्यानोईङ संघको आयोजनामा तथा नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिको सहयोगमा धादिङको फिस्लिङस्थित त्रिशुली खोलामा च्याम्पियनसिप शुरु भएको हो। दुई दिने प्रतियोगितामा ८१ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। खेलाडीलाई खेल सामाग्री प्याडल प्रदान गरेर च्याम्पियनसिप शुरु गरेका युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जनार्दन रिजालले अन्तर्राष्ट्रिय प्रतियोगितामा…
काठमाडौं : साइपाल एकेडेमीले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हात पारेको छ। शंखमूल फुटसलमा भएको प्रतियोगितामा साइपालले लिभरपुललाई ४–२ तथा कान्जिरोवालाई ४–० गोलले पराजित गर्यो। यसैगरी ओलम्पिया, आईडियल र ह्वाइटहाउस कलेजले पनि दोहोरो जित पाए। ओलम्पियाले लिटिल एन्जल्स (एलए) लाई ३–१ तथा नामीलाई ४–० गोलले हरायो। आईडियलले नामीलाई ४–० तथा एलएलाई ५–० गोलअन्तरले पराजित…
झापा : झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया छन्। शिवाकोटीलाई धान काट्ने क्रममा आज साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो। …