कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन्। कान्दाहारको ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको जनाइएको छ। कारबाहीमा १२ तालिबान लडाकूको घटनास्थलमै मारिनुका साथै अन्य ६ घाइते भएका अफगानिस्तानको गृह मन्त्रालयले जानकारी दिएको छ। कारबाहीका क्रममा प्रहरीले तालिबानको हातहतियारसमेत कब्जा…
राजपूत समुदायको भावनामा प्रहार हुने तरिकाले इतिहास तोडमोड गरेको भन्ने आरोपले 'पद्मावती' फिल्म निर्माण युनिटलाई ठूलै झमेलामा पारेको छ। जसका कारण फिल्मको रिलिज टार्गेट मिट नहुने निश्चित जस्तै छ। भारतिय जनता पार्टी र राजपूत संघठनले फिल्मले ऐतिहासिक कथा तोडमोड गर्दा राजपूतहरुको अपमान भएको बताउँदै प्रदर्शन रोक लगाउने धम्की दिएको हो। उनीहरुले फिल्म प्रदर्शन अघि इतिहासकारलाई देखाउन पर्ने बताएका थिए। तर…
काठमाडौं : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स टी-२० वर्ल्डकप एसिया क्वालिफायरमा युएईले हङकङलाई पराजित गरेपछि शीर्ष दुईमा पर्ने नेपालको झिनो सम्भावना अझै बाँकी छ। शुक्रबार नेपालले पहिलो जित हात पार्ने क्रममा मलेसियालाई ३३ रनले हरायो भने युएईले हङकङलाई ८ विकेटले पराजित गर्यो। हङकङले दिएको ८१ रनको लक्ष्य युएईले १८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। यस्तै आयोजक थाइल्याण्डले चीनलाई चीनलाई…
काठमाडौं : निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधानमन्त्री कमल थापासँग स्पष्टीकरण मागेको छ। आयोगको आचारसंहिता केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा भाेट मागेकाले उपप्रधानमन्त्री थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते मध्यरातिदेखि मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री…
काठमाडौ : निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ सय १० नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्वाचन प्रकृया सुरु भएदेखि शुक्रवार बिहानसम्म ४ सय १० जनालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले जानकारी दिए। त्यस्तै चुनावी गतिविधिमा अवरोध गर्ने र विष्फोटक पदार्थसहित अन्य १ सय ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उम्मेदवार आक्रमणका…
काठमाडौं : राजधानीको ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेस नेता विमलेन्द्र निधिसँग भेट गरी नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्। शुक्रबार दिउँसो अस्पताल पुगेका राजदूत पुरीले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। राजदूत पुरी बिबाह पञ्चमीका अवसरमा जनकपुरमा आयोजित राम–जानकी बिबाह महोत्सवमा सहभागी भएर काठमाडौं फर्कने क्रममा विमानस्थलबाट सिधै ओम अस्पताल पुगेका थिए। …
काठमाडौं : लोकसेवा आयोगले आफ्नो ५८ औं वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगबाट आर्थिक वर्ष २०७३/०७४ मा सम्पादन गरिएका कार्यहरु तथा सुझाव समावेश गरिएको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन्।
काठमाडौं : सिरहाको मिर्चैयामा वाम गठबन्धनका उम्मेदवार एवम् पूर्वमन्त्री अजय शंकर नायकको चुनावी क्याम्पमा आज कुकर बम विष्फोट भएको छ। विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि स्थानीयवासी त्रसित भएका छन्।विष्फोटको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाले लिएको छ। जयकृष्ण गोइत नेतृत्वको मोर्चाले निर्वाचनको विरोधमा बम विष्फोट गराएको जनाएको छ। गोइतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा सहभागीहरुको सशस्त्र प्रतिरोध गर्नु बाहेक हम्रो…
सोल : अमेरिकी सैन्य बलले दक्षिण कोरियाका लागि आगामी महिना ६ वटा लडाकू जहाज दिने भएको छ। ती जेट विमान अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासका लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाईटिएन’ ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृतगर्दै जानकारी दिएको छ। दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिविरबाट कडेना…
काठमाडौं : टाइम्स इन्टरनेसनल कलेजले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ। शंखमूल फुटसलमा शुक्रबार भएको फाइनलमा टाइम्सले आईडियल कलेजलाई टाइब्रेकरमा ५-४ गोलले पराजित गर्यो। निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो। जसमा टाइम्सबाट विवेक गुरुङ, सन्तोष महत, अनिश कार्की, अनिल खड्का र आशिष सुनामले गोल गरे। आईडियलबाट उर्केन शेर्पा, सागर स्याङतान, अमित…
बीबीसी : इजिप्टको साइनाइ प्रायद्वीपस्थित एक मस्जिदमा विद्रोहीहरुले गरेको गरिएको आक्रमणमा कम्तीमा १८० जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन्। बन्दूकधारीहरुले उत्तरी गाउँ अल रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएका थिए। घाइतेको उद्दारका लागि आएका एम्बुलेन्सहरुमाथि पनि विद्रोहीहरुले गोली हानेका थिए। स्थानीयका अनुसार आक्रमणकारीहरुले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको थिए। घटनापछि सरकारले तीन दिनको राष्ट्रिय शोक…
काठमाडौँ : नेपाली सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार २० जनशक्ति परिचालन गरिएको जनाएको छ। ती फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। निर्वाचनमा खटिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइमा सुरक्षा…
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गरेका छन्। धनगढीमा शुक्रबार वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण गर्न लागिएको स्पष्ट पारे। विभिन्न जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष ओलीले भने, “जातीय क्षेत्रीय रुपमा…
बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन्। सन् २०१६-१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन्। जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो। मेसीलाई एक समारोहमा बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरे। सुवारेजले पनि २०१५-१६ को सिजनमा उक्त अवार्ड पाएका थिए। मेसी आफ्नी…
फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिगमा शत प्रतिशत जित हात पारेको छ। यसअघि नै अन्तिम १६ मा पुगिसकेको पिएसजीले समूह चरणको खेलमा सेल्टिकलाई ७-१ ले हरायो। खेलको पहिलो मिनेटमै गोल खाए पनि पिएसजीले घरेलु मैदानमा ७ गोल फर्कायो। माउसा डेम्बेले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए। तर नेमार र एडिनसन कभानी चम्केपछि सेल्टिकको केही चलेन। पिएसजीको शानदार जितमा…
युभेन्टसँग बराबरीमा रोकिए पनि स्पानिस क्लब वार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह डी अन्तर्गत युभेन्ट्सको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि ५ खेलबाट बार्सिलोनाको ११ अंक भएको हो। युभेन्ट्सले भने अन्तिम १६ मा पुग्न अन्तिम खेल नै कुर्नु पर्ने भएको छ। युभेन्ट्सको ५ खेलबाट ८ अंक छ। अर्को खेलमा ओलम्पियाकोसलाई २-१ ले हराएको स्पोर्टिङ सिएको…
इंगलिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको दिन अर्को इंगलिस क्लब म्यानचेष्टर युनाइटेड भने पराजित भएको छ। बासेलसँग हारेपछि युनाइटेडले समूह चरण पार गर्न अन्तिम खेल कुर्नु पर्ने भएको छ। १० खेलाडीमा झरेको क्वाराबाग एफकेलाई ४-० ले हराउँदै चेल्सी समूह सी'मा एक खेल अगावै अन्तिम १६ मा पुगेको हो। चेल्सीको जितमा विलियनले २ तथा एडेन हाजार्ड र…
जुम्ला: पातारासी गाउँपालिका –६ का एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन्। २० वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए। एक वर्षअघि कतारबाट फर्किएका उनले लेखेको नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख गरेको उनले बताए। हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानको मुद्दामा कारबाही अघि…
२०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ ६ बाट पराजित एमाले सचिव योगेश भट्टराई अहिले ताप्लेजुङको चुनावी मैदानमा छन्। वाम गठबन्धनका तर्फबाट भट्टराई प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। भट्टराइलाई टक्कर दिइरहेका छन्, कांग्रेसका उम्मेदवार केशव दाहाल। ताप्लेजुङको एकमात्र क्षेत्रमा भट्टराई र दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। ताप्लेजुङमा घरदैलोमा व्यस्त रहेका भट्टराईसँग पहिलोपोस्टका लागि सागर बुढाथोकीले गरेको कुराकानी। चुनावी…
काठमाडौँ: पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज अन्तिम चुनावी प्रचार–प्रसार गर्दैछन्। मौन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीहरुले आचारसंहिता विपरीत काम गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार गर्न पाउँदैनन्। दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने निर्वाचन प्रचारको कार्यक्रम रोकिने छैन। के…