PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

    उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

    गोरखा :  उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका मतपेटिका हेलिकप्टरमार्फत आज गोरखा सदरमुकाम ल्याइएको छ।  नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो। मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता चूडामणि खड्का, सहायक प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • विमलेन्द्र निधि ८ दिनमा अस्पतालबाट डिस्चार्ज्ड

    विमलेन्द्र निधि ८ दिनमा अस्पतालबाट डिस्चार्ज्ड

    काठमाडौं : छातीमा इन्फेक्सन भएका कारण अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि डिस्चार्ज्ड भएका छन्। प्रदेश नम्बर २ को चुनावी प्रचारमा सक्रिय रहेकै बीच स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार उनी राजधानीको ओम हस्पिटलमा भर्ना भएका थिए।  नेता निधि ८ दिनपछि आज डिस्चार्ज्ड भएका हुन्। उनी फेरि चुनावी अभियानका लागि बुधवार जनकपुर जाँदैछन्। धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • सहरी विकासका लागि एडिबीले दियो १५ अर्ब, ८ नगरपालिकाको पूर्वाधारमा खर्च गरिने

    सहरी विकासका लागि एडिबीले दियो १५ अर्ब, ८ नगरपालिकाको पूर्वाधारमा खर्च गरिने

    काठमाडौँ :  एशियाली विकास बैंकले क्षेत्रीय सहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ।  ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरे।  आगामी पाँच वर्षभित्रमा वीरगंज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको सहरी पूर्वाधार निर्माण तथा सहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ

    प्रधानमन्त्रीले भने–कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ

    तेह्रथुम :  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिष्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने बताएका छन्। तेह्रथुमको म्याङ्लुङमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले नै हार्ने बताए। प्रधानमन्त्रीले भने,‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिष्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्।’…

    विस्तृतमा पढ्नुस्

  • वाम र लोकतान्त्रिक गठबन्धनलाई भोट माग्ने अधिकार छैन : प्रेम सुवाल

    वाम र लोकतान्त्रिक गठबन्धनलाई भोट माग्ने अधिकार छैन : प्रेम सुवाल

    भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले देश र जनताका हितमा काम नगर्ने तीन ठूला दलका नेतालाई भोट माग्ने अधिकार नभएको बताएका छन्।  सरकारमा जानका लागि मात्र चुनाव जित्न खोज्ने नेपाली कांग्रेस तथा राप्रपा र एमाले तथा माओवादीलगायतले गठबन्धन गरी जनताको घरदैलोमा आएकाले ती गठबन्धनलाई जनतासँग भोट माग्ने अधिकार नभएको बताए।  चुनावी…

    विस्तृतमा पढ्नुस्

  • २६ लाख रुपैयाँसहित गल्कोपाखाबाट दुई जना पक्राउ

    २६ लाख रुपैयाँसहित गल्कोपाखाबाट दुई जना पक्राउ

    काठमाडौं : प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँसहित राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं २९ गल्कोपाखाबाट बा ८० प ५०३८ नम्बरको माेटरसाइकलमा सवार रानीवारी वस्ने २३ वर्षीय राजकुमार श्रेष्ठ र शिव श्रेष्ठलाई  प्रहरीले नगद २६ लाख १५ हजारसहित पक्राउ गरेको हो। श्रेष्ठले हुन्डी कारोवार गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

    विस्तृतमा पढ्नुस्

  • युएई विरुद्व खेल्ने नेपाली टोली घोषणा, शक्ति इन सुशील आउट

    युएई विरुद्व खेल्ने नेपाली टोली घोषणा, शक्ति इन सुशील आउट

    काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध डिसम्वरमा हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटिले खेलाडी छनोट गरेको हो। राष्ट्रिय टिमका लागि दोस्रो चरणमा २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली टोलीका…

    विस्तृतमा पढ्नुस्

  • आफैलाई 'मुर्ख' भन्दा आक्रोशको शिकार बनिन् ऋचा शर्मा, प्रियंका र स्वस्तिमाले गरे स्टाटस डिलिट

    आफैलाई 'मुर्ख' भन्दा आक्रोशको शिकार बनिन् ऋचा शर्मा, प्रियंका र स्वस्तिमाले गरे स्टाटस डिलिट

    काठमाडौं: शनिबार युट्युबमार्फत एक सार्वजनिक कार्यक्रममा अभिनेत्री ऋचा शर्मा बोलेको भिडियो सार्वजनिक भयो। भिडियोमा उनले फिल्मको विषय उठान र प्रस्तुति बारे बोलेकी छिन्। शर्माले फिल्म 'छक्का पञ्जा' हेर्दा आफूले अनुभव गरेको कुरालाई उदाहरणको रुपमा व्यक्त गरिन् जसका कारण छक्का पञ्जा युनिटले सामाजिक सञ्जालमार्फत ऋचालाई व्यङ्ग्य गरे। यो विषय अहिले फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ। भिडियोमा ऋचाले भनेकी छिन्,'छक्का पञ्जामा…

    विस्तृतमा पढ्नुस्

  • चीनमा भ्रष्टाचार विरुद्धको अर्को अभियान

    चीनमा भ्रष्टाचार विरुद्धको अर्को अभियान

    एन्ड्र्यु सेङ र जियाओ गेङ  हङकङ :  भ्रष्टाचार एउटा यस्तो क्यान्सर हो जसले कुनै पनि समाजलाई नछोएको होस्। दस वर्षअघिको कमजोर आवास निर्माणसँगै यसले इरानमा हालैको भूकम्पमा मृतकको संख्यालाई बढायो।  भ्रष्टाचारले अमेरिकी नौसेनालाई पनि सताएको छ। त्यहाँ अहिले जालसाँजी र घुस प्रकरणमा ६० भन्दा बढी एडमिरल र सयौँ सैनिक अधिकृतमाथि अनुसन्धान भइरहेको छ। यसले गतवर्ष ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफको प्रशासनदेखि लिएर…

    विस्तृतमा पढ्नुस्

  • अस्थिर सरकारको मुख्य जिम्मेवार कांग्रेस : विश्वकर्मा

    अस्थिर सरकारको मुख्य जिम्मेवार कांग्रेस : विश्वकर्मा

    लक्ष्मण न्यौपाने देवदह (रुपन्देही) : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व कृषितथा सहकारी मन्त्री छविलाल विश्कर्माले मुलुकमा स्थायी सरकार चल्न नदिने र सधै अस्थिर सरकार बन्ने अवस्थाको मुख्य जिम्मेवार नेपाली कांग्रेस रहेको बताएका छन्। संयुक्तवाम गठबन्धनको देवदह ३ र ४ को घरदैलोका क्रममा टटेरामा आयोजित कार्यक्रममा बोल्दै वामपन्थीहरुलाई बहुमत प्राप्त भएर ५ वर्ष स्थिर सरकार चलाउन पाएको खण्डमा मात्र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ९ मा ध्यानगोविन्द र कृष्णगोपालको रोचक भिडन्तः जातीय मत तान्न प्रतिस्पर्धा

    काठमाडौं ९ मा ध्यानगोविन्द र कृष्णगोपालको रोचक भिडन्तः जातीय मत तान्न प्रतिस्पर्धा

    कृष्णराज गौतम  काठमाडौँ :  काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा लोकतान्त्रिक र वाम गठबन्धनको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  यस क्षेत्रका अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहुँ हुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयबासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ।  राजधानीको यस निर्वाचन क्षेत्रमा दुई…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दलाल र गुन्डालाई परास्त गर्न मेरो उम्मेदवारी : अनुराधा थापा मगर

    भारतीय दलाल र गुन्डालाई परास्त गर्न मेरो उम्मेदवारी : अनुराधा थापा मगर

    भक्तपुर :  नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अनुराधा थापा मगरले भारतीय दलाल र गुन्डालाई परास्त गरी मुलुकलाई समाजवादमा लैजानका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरेकी छन्। सोमबार भक्तपुरको गुन्डुमा घरदैलो अभियानका क्रममा आयोजित कोणसभामा आफ्ना प्रतिद्वन्द्वी कांग्रेस र एमालेका उम्मेदवारप्रति लक्षित गर्दै थापा मगरले भनिन्, ‘भ्रष्टाचारी, गुन्डा र भारतीय दलाल घरदैलोमा आइरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बेलायती प्रिन्स ह्यारीले अमेरिकी अभिनेत्री मेघन मर्केलसँग विवाह गर्ने

    बेलायती प्रिन्स ह्यारीले अमेरिकी अभिनेत्री मेघन मर्केलसँग विवाह गर्ने

    बेलायती प्रिन्स ह्यारीले अमेरिकी अभिनेत्री मेघन मर्केलसँग विवाह गर्ने भएका छन्। ह्यारी र मर्केलले यस महिनाको शुरुमै इनगेजमेन्ट गरेको बेलायतको राजदरबारले सार्वजनिक गरेपछि उनीहरु विवाह बन्धनमा बाँधिने निश्चित भएका हुन्। ३३ वर्षीय ह्यारी र ३६ वर्षीय मर्केल गत वर्ष देखि नै रिलेसनसिपमा रहेपनि ओपचारिक घोषणा भएको थिएन। यी दुईबीच अर्को वर्ष स्प्रिङमा विवाह हुने जनाइएको छ। राजकुमार ह्यारीसँग विवाह गरेपछि मर्केललाई…

    विस्तृतमा पढ्नुस्

  • गाना बजानासहित भोलि मतदान मेला

    गाना बजानासहित भोलि मतदान मेला

    काठमाडौं : शैक्षिक संस्था कारखाना र स्वतन्त्र नागरिक सञ्जालको आयोनामा भोलि मतदान मेला आयोजना हुने भएको छ। काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई मतदानका विषयमा जानकारी गराउने उद्देश्यले आयोजना हुन लागेको मेलामा कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुतीसमेत दिनेछन्।  'काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरुलाई लक्षित गर्दै दिउँसो १२ देखि बेलुका ४ सम्म मतदाता मेला आयोजना गरिएको छ,' आयोजकले भनेको छ, 'आम सर्बसाधारणहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • भ्यानको ठक्करबाट धरानमा दुई जनाको मृत्यु

    इनरुवा : सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित तीनकुने जंगलमा पिकअप भ्यानको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  धरानबाट इटहरीतर्फ गइरहेको को१ज २७१४ नम्बरको पिकअप भ्यानले सोही दिशातर्फ जाँदै गरेको को४प ६३१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटा ताङखुवा–३ का ४९ वर्षीय भरतकुमार सुब्बा र पहिचान खुल्न नसकेकी अन्दाजी ४० वर्षीय एक महिला छन्। …

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट सुनसरीमा दुई जनाको मृत्यु

    इनरुवा : सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदारको मृत्यु भएको हो। कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका उनीहरुलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।  हात्तीको आक्रमणबाट ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी…

    विस्तृतमा पढ्नुस्

  • ६ उपसचिवको काज सरुवा बदर गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

    ६ उपसचिवको काज सरुवा बदर गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

    काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका ६ उपसचिवको काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णय अविलम्ब बदर गर्न निर्देशन दिएको छ।  गृह मन्त्रालयले आयोगको स्वीकृति नै नलिई तीन प्रजिअसहित ती उपसचिवलाई काज सरुवा गर्ने निर्णय गरेको थियो। आयोगले ती कर्मचारीको काज सरुवा गर्ने सम्बन्धमा गरेको निर्णयको सक्कलै फाइल उपलब्ध गराउन मन्त्रालयलाई यसअघि निर्देशन दिएको थियो। सरुवासम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिका मार्कलसँग हुने

    बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिका मार्कलसँग हुने

    लण्डन :  बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ। अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए।  राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन्। प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।  एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    रत्ननगर: चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०/५२ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार उनको पहिचान…

    विस्तृतमा पढ्नुस्

  • चुनावको १० दिनअघि वाम गठबन्धनका उम्मेदवार रायको उम्मेदवारी रद्द, यस्तो छ कारण

    चुनावको १० दिनअघि वाम गठबन्धनका उम्मेदवार रायको उम्मेदवारी रद्द, यस्तो छ कारण

    काठमाडौँः निर्वाचन आयोगले वाम गठबन्धनका तर्फबाट सर्लाही ४ मा उम्मेदवार रहेका शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको छ। चुनावको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवउपर कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो।  लामो समयसम्म उजुरीमा मौनत साँधेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको १० दिनअघि उम्मेदवारी खारेज गरेको हो।  आयोगले शनिबार नै उजुरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell