PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

  • निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका सदस्य घाइते

    निर्वाचनमा खटिएका प्रहरी बोकेको तारा एयरको विमान हुम्लामा दुर्घटना, चालक दलका सदस्य घाइते

    काठमाडौं : हुम्लाको सिमिकोट विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ। सिमिकोट विमानस्थलको धावनमार्गबाट सुर्खेतमा उडान भर्ने क्रममा आज बिहान विमान दुर्घटना भएको हो। दुर्घटनामा चालक दलका दुई जना र एक प्रहरी घाइते भएका छन्। घाइते हुनेमा चालकद्वय बसन्त लामा र अनुप गुरुङ रहेका छन्। यस्तै प्रहरी हवल्दार पनि घाइते भएका छन्। उनको आँखामाथि चोट लागेको छ।  ९ एन-एबीएम कल साइन रहेको ट्वीनअटर विमान उडानको…

    विस्तृतमा पढ्नुस्

  • लालबावु पण्डितलाई लक्षित गरी मोरङमा बम प्रहार

    लालबावु पण्डितलाई लक्षित गरी मोरङमा बम प्रहार

    काठमाडौं : वाम गठबन्धनका तर्फबाट मोरङ ६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट गराइएको छ। मंगलबार बिहान पण्डितलाई लक्षित गरी सुतली बम विष्फोट गराइएको प्रहरीले जनाएको छ। बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा रहेको बाटोको छेउमा सुतली बम प्रहार भएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए। गाडीमा आएको युवकले बम फालेर भागेको भन्ने जानकारी आएको…

    विस्तृतमा पढ्नुस्

  • २६ जिल्लाको मतपेटिका संकलन सकियो, ६ जिल्लाको ७१ स्‍थानको संकलन हुँदै

    २६ जिल्लाको मतपेटिका संकलन सकियो, ६ जिल्लाको ७१ स्‍थानको संकलन हुँदै

    काठमाडौं : पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका संकलनको क्रम जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन्। बाँकी ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भइरहेको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार २ हजार ९१७ मतदान स्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका…

    विस्तृतमा पढ्नुस्

  • बुफोन इटालियन लिगको उत्कृष्ट खेलाडी, युभेन्ट्स टिम अफ दी इअर

    बुफोन इटालियन लिगको उत्कृष्ट खेलाडी, युभेन्ट्स टिम अफ दी इअर

    जियानलुजी बफोन इटालियन सिरी ए को उत्कृष्ट खेलाडी चुनिएका छन्। टिम अफ दी इअरको अवार्डमा बफोनकै क्लब युभेन्ट्सका खेलाडीको वर्चस्व हात रहेको छ। ग्रान गाला डेल साल्सिओ अवार्ड समारोहमा उत्कृष्ट खेलाडीको अवार्ड जित्ने बफोन पहिलो गोलरक्षक बनेका छन्। यस्तै टिम अफ दी इअरमा बफोनसँगै फरवार्डद्वय पाउलो डिबला र गोन्जालो हिग्वेन, डिफेण्डर एलेक्स सान्ड्रो छन्। यस्तै रोमाबाट युभेन्ट्स पुगेका मिडफिल्डर मिरालेम पिजानिक,…

    विस्तृतमा पढ्नुस्

  • बेनेभेन्टोले बनायो लागातार १४ लिग खेल हार्ने रेकर्ड

    बेनेभेन्टोले बनायो लागातार १४ लिग खेल हार्ने रेकर्ड

    यसै सिजन मात्र सिरी बी बाट प्रोमोट भएर इटालियन सिरी ए मा खेलेको बनेभेन्टोले लगातार १४ खेल हार्ने रेकर्ड बनाएको छ। सिरी ए मा गएराती भएको खेलमा बेनेभेन्टोले एटलान्टासँग १-० ले पराजित भएको हो। गत साता ससुलोसँग हारेपछि ८७ वर्षअघि म्यानचेष्टर युनाइटेडले बनाएको खराब रेकर्ड तोडेको बेनेभेन्टोले अहिले आफैँ खराब इतिहास बनाएको छ। यस सिजन १४ खेलमा हार बेहोरेपछि बेनेभेन्टो…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा खटिएका मन्त्रीका अंगरक्षकलाई हर्ट अट्याक, उपचार गर्दागर्दै मृत्यु

    चुनावमा खटिएका मन्त्रीका अंगरक्षकलाई हर्ट अट्याक, उपचार गर्दागर्दै मृत्यु

    काठमाडौं : मन्त्रीको सुरक्षामा खटिएका एक अंगरक्षकको हृदयघातका कारण मृत्यु भएको छ। विना विभागीय मन्त्री तथा वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार बिहान निधन भएको मन्त्री मण्डलले जानकारी दिए।  दैलेख घर भएका अंगरक्षक राम बहादुर बुढा बर्दबहादुर गण नागार्जुनमा कार्यरत थिए। मन्त्री मण्डलको विराटनगर १ पोखरियास्थित निवासमा सुतिरहेको अवस्थामा असहज भएपछि…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्नेछ नेपालको पहिलो 'अण्डरपास वे', आगामी साउनमा संचालनमा ल्याइने, हेर्नुस् १२ फोटोमा

    यस्तो बन्नेछ नेपालको पहिलो 'अण्डरपास वे', आगामी साउनमा संचालनमा ल्याइने, हेर्नुस् १२ फोटोमा

    काठमाडौं : नेपालको पहिलो 'अण्डरपास वे' को कंलकी चोकदेखि खसीबजारसम्मको निर्माण कार्य पूरा भएको छ। चक्रपथ विस्तार आयोजनाका अनुसार यो क्षेत्रमा कालोपत्रे गर्ने तयारी भएको छ। कंलकीदेखि सितापाइलातर्फको अण्डरपासको निर्माण सुरु भएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार अर्को वर्ष साउनमा अण्डरपास संचालनमा ल्याउने गरी निर्माणलार्इ तिब्रता दिएको छ। चीन सरकारको पाँच अर्ब रुपैयाँ सहुलियत ऋण सहयोगमा बन्न लागेको…

    विस्तृतमा पढ्नुस्

  • चुनाव प्रचारमा मन्त्रीसँगै हिँडेका सेनाका जवान सुते पछि उठेनन्

    चुनाव प्रचारमा मन्त्रीसँगै हिँडेका सेनाका जवान सुते पछि उठेनन्

    विराटनगर : चुनाव प्रचारमा हिँडेका नेपाली सेनाका जमदार रोमबहादुर बुढा मन्त्रीसँगै थिए। दिनभरि चुनावी कार्यक्रमबाट राति साढे ११ बजे फर्के। बिना विभागीय मन्त्री एवम् वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल, नेपाली प्रहरीका सइ कृष्ण बुढाथोकी, मन्त्रीका गाडी चालक र जमदार बुढासँगै खाना खाए।  खाना खाइसकेपछि सइ बुढाथोकी र जमदार बुढा सुत्न गए। दुवै जना एउटै बेडमा सुते। राति करिब एक बजेतिर जमदार…

    विस्तृतमा पढ्नुस्

  • स्वर्गीय आलोक नेम्वाङ निर्देशित अन्तिम भिडियो युट्युबमा

    स्वर्गीय आलोक नेम्वाङ निर्देशित अन्तिम भिडियो युट्युबमा

    काठमाडौं: स्वर्गिय निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको अन्तिम म्युजिक भिडियो सार्वजनिक भएको छ। 'यो मनलाई' बोलको गीति भिडियो युट्युबमार्फत रिलिज भएको हो। प्रह्लाद तिमिल्सिनाको स्वर रहेको गीतमा काली प्रसाद बास्कोटाको शब्द र आलोक श्रीको संगीत रहेको छ। 'महक' एल्बममा समावेश गीतको संयोजन महाराज थापाले गरेका हुन्। भिडियोमा अनिल बस्नेत र एलिजा थापाको फिचरिङ रहेको छ। धिरजजंग शाहले खिचेको भिडियो सम्पादन…

    विस्तृतमा पढ्नुस्

  • अर्थशास्त्री राजन भन्छन्- पपुलिष्ट राष्ट्रवाद देशभक्ति होइन, यस आर्थिक वृद्धिमा समेत असर गर्छ

    अर्थशास्त्री राजन भन्छन्- पपुलिष्ट राष्ट्रवाद देशभक्ति होइन, यस आर्थिक वृद्धिमा समेत असर गर्छ

    नयाँ दिल्ली : प्रख्यात अर्थशास्त्री एवं भारतीय केन्द्रिय बैंक (आरबिआई) का पूर्वगभर्नर रघुराम राजनले पपुलिष्ट (लोकप्रियतामुखी) राष्ट्रवादले आर्थिक वृद्धिमा नै गम्भिर असर पार्ने उल्लेख गरेका छन्। जनसंख्यामा बहुमत रहेको जाति विशेषलाई पपुलिष्ट राष्ट्रवादले धेरै छुने उनको भनाइ छ। नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा यस्तो राष्ट्रवाद विश्वभर नै हाबी भएको र भारतलाई समेत त्यसले गाँजेको उनले बताए। 'पपुलिष्ट राष्ट्रवादले आर्थिक वृद्धिमा…

    विस्तृतमा पढ्नुस्

  • सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्, रोहिङ्ग्यालाई स्वदेश फर्काउन आग्रह गर्ने

    सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्, रोहिङ्ग्यालाई स्वदेश फर्काउन आग्रह गर्ने

    याङगोन :  सोमबार म्यानमार पुगेका पोप फ्रान्सिसले म्यानमारकी विदेशमन्त्री एवं राज्य सल्लाहकार आङ सान सुकीसँग भेटवार्ता गर्दै छन्। रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका कारण लगभग विश्वभर नै म्यानमारको आलोचना भइरहेको समयमा शुरु भएको पोपको भ्रमणलाई महत्वका साथ हेरिएको छ। म्यानमारमा गत अगष्ट २५ देखि शुरु भएको जातीय समहूमाथिको ज्यादतिका कारण नोवेल शान्ति पुरस्कार विजेता रहेकी सुकीको आलोचना भएको…

    विस्तृतमा पढ्नुस्

  • कविता : म लोकल मास्टर!

    बादल देवान   विद्यालय खुलेको १५ मिनेट पछि विद्यालय पुग्ने म मास्टर घण्टी लागेको १५ मिनेट पछि कक्षाकोठा छिर्ने म मास्टर घण्टी सकिन १५ मिनेट अघि कक्षाकोठा छोड्ने मै मास्टर   सिकाउन भन्दा निदाउन आनन्द मान्ने म मास्टर कार्यलयमा खैनी माड्दै सुर्ती खानुहुन्न भन्ने म मास्टर अध्यक्षको अघि लम्पसार पर्दै आन्द्रा जोड्ने मै मास्टर   हाजिर गरेर 'घरमा काम छ'…

    विस्तृतमा पढ्नुस्

  • उद्योगमा एघार अर्ब लगानी

    उद्योगमा एघार अर्ब लगानी

    दाङ : जिल्लामा स्थापना भएका उद्योगमा हालसम्म १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ। उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो। लगानी सिमेन्ट उद्योगबाहेक अन्य उद्योगमा पनि भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिए। उनले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग खुलेको र दर्ता…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ४ मा आफूलाई चिनाउँदै राजन भट्टराई

    काठमाडौं ४ मा आफूलाई चिनाउँदै राजन भट्टराई

    पासाङ ठकुल्ला - तपाईँ एमाले हो? एक युवतीले सोधिन्।  घरदैलो अभियानमा रहेका उम्मेदवारले भने, 'हो म नै हो डाक्टर राजन भट्टराई।'  फेरि उनले भनिन्, 'तपाईँको नाम सुनेको थिएँ। तर, तपाईँलाई चिनेका थिएनौं। तपाईँलाई शुभकामना।'  ती युवतीको भनाइपछि भट्टराई मुस्कुराए। धन्यबाद दिए पनि।  चुनावी प्रचारमा वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवार रहेका भट्टराई भोटरलाई भेट्दै भनिरहेका थिए – 'म…

    विस्तृतमा पढ्नुस्

  • 'मिस राई २०१८'को लागि आवेदन खुला

    'मिस राई २०१८'को लागि आवेदन खुला

    काठमाडौं: ‘मिस राई २०१८’ को लागि आवेदन खुला भएको छ। किराँतीहरुको नयाँ वर्ष यलेतोङ्बे ५०७८ को अवसरमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिताको लागि किराँत राई मौलिक कला संस्कृति केन्द्रले आवेदन खुला गरेको बारे जानकारी दियो। यो मिस राईको छैठौं संस्करण हुनेछ। कम्तिमा ५ फिट उचाई तथा एसएलसी (एसईई) उत्तिर्ण १६ देखि २६ वर्ष उमेर समूहको किराँत राई समुदायका अविवाहित युवतीले…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकलार्इ आकर्षण बढाउँदै कुश्माका अग्ला पुल

    पर्यटकलार्इ आकर्षण बढाउँदै कुश्माका अग्ला पुल

    पर्वत : मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल जस्ता आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो माध्यम नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन्। विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै यस्ता पुल नेर्माण भएका थिए। नेपालकै अग्लो पुलका कारण पर्यटकको आकर्षण बढ्दै जाँदा अहिले झनै अग्ला र लामा…

    विस्तृतमा पढ्नुस्

  • जाहिर खानको वेडिङ रिसेप्सनमा 'विराट-अनुष्का'को डान्स

    जाहिर खानको वेडिङ रिसेप्सनमा 'विराट-अनुष्का'को डान्स

    क्रिकेटर जाहिर खान र सगारिका गाट्जको वेडिङ रिसेप्सनमा खेलकुद क्षेत्रका चर्चित नामहरुको उपस्थिति थियो। तर भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माको उपस्थितीले सबैको ध्यान तान्यो। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका विराट र अनुष्का एकै पटक भेटिए त्यसले ठूलै चर्चा पाउने गर्छ। वेडिङ रिसेप्सनमा विराट ग्रे सुट तथा अनुष्का ग्रे एण्ड शिल्भर मिश्रित लेहेश्रगामा उपस्थित थिए। जाहिर-सगारिकाको वेडिङ…

    विस्तृतमा पढ्नुस्

  • राजपा भन्छ : प्रहरीलाई नै पक्राउ गरियोस्

    राजपा भन्छ : प्रहरीलाई नै पक्राउ गरियोस्

    काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनाव प्रचार प्रसारमा अवरोध गरेको भन्दै प्रहरीलाई नै पक्राउ गरी विभागीय कारवाही गर्न माग गरेको छ। सोमवार राति रौतहटमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाको चुनाव प्रचार प्रसारका क्रममा प्रहरीले लाठी चार्ज गर्दै प्रचार सामाग्री नियन्त्रणमा लिएको राजपाको आरोप छ। रौतहटको माधवनारायण नगरपालिका ८ स्थित रजवडा टोलमा राजपाको प्रचार प्रसारको क्रममा स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'बिराङ्गना'को गीति भिडियोमा ३०० कोरस

    फिल्म 'बिराङ्गना'को गीति भिडियोमा ३०० कोरस

    काठमाडौं: फिल्म 'बिरङ्गना'मा समावेश एक गीतको भिडियो छायांकन भएको छ। 'तिमी पुलिस म नि पुलिस सेमसेम छ ड्युटी' गीतको भिडियोमा गरेको फरक प्रयोग झल्कने फोटोहरु फिल्म युनिटले सार्वजनिक गरेको छ। राज बहादुर साने निर्देशित फिल्मको उक्त गीतको भिडियोमा दुई सय बढी सशस्त्र प्रहरी र एक सयभन्दा बढी डान्सरको कोरस रहेको छ। भिडको प्रयोग गरिएको भिडियो निर्देशन भने नृत्य निर्देशक कविराज…

    विस्तृतमा पढ्नुस्

  • केन्याटा अर्को कार्यकालका लागि सपथ लिँदै

    केन्याटा अर्को कार्यकालका लागि सपथ लिँदै

    नैरोवी : केन्यामा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति उहुरु केन्याटा निर्वाचित भएपछि दोस्रो कार्यकालका लागि सपथ लिन लागेका छन्। केन्याको सर्वोच्च अदालतले गत महिना भएको पुनः निर्वाचनबाट राष्ट्रपति केन्याटा अर्को कार्यकालका लागि पुनः निर्वाचित भएको ठहर गरेसँगै सपथ लिन लागेका हुन्। उनले  मङ्गलबार राष्ट्रपति पदको दोस्रो कार्यकालका लागि सपथ लिन लागेको केन्याका सरकारी प्रवक्ताले बताएका छन्। अदालतको निर्णयसँगै केन्याटालाई नयाँ कार्यकालका लागि सपथ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell