काठमाडौं : नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै विज्ञापन गरेको आरोप लगाउँदै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको छ। काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्कीले दायर गरेको उजुरीमा निर्वाचन आचार संहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ बाइ ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सकिने…
काठमाडौं: फिल्म 'कोशेली'को पोस्टर सार्वजनिक भएको छ। पुस ७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म युनिटले प्रचारका लागि दुई पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ। भोले बाबा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा मनोज खत्रीको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई,…
तनहुँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताएका छन्। नेपाली कांग्रेस साविक मिर्लुङ वडा कार्यसमिति (हाल भानु नगरपालिका–१२) द्वारा आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने – 'लोकतन्त्रले मात्रै देशको रक्षा हुन्छ। त्यसकारण लोकतन्त्रका पक्षधर कांग्रेसलाई भोट दिएर जिताउनु होस्।' वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यस विरुद्ध नेपाली…
काठमाडौं: विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग १ करोड रुपैयाँ धरौटी मागेको छ। थुनछेक बयानका लागि निलम्बित महानिर्देशक शर्मा आज विशेष अदालतमा उपस्थित भएका हुन्। शर्माले अदालत पुगेर बयान दिए। गत जेठ १९ गते शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। अख्तियारले गैर कानुनी रुपमा आफूलाई नियन्त्रणमा लिएको भन्दै शर्माले बन्दी प्रत्यक्षीकरण निवेदन लिएर उनी सर्वोच्च…
कालिकोट : पहिलो चरणमा भएको प्रतिनिधि तथा प्रदेश सभाका सबै मतपेटिका सदरमुकाम ल्याइएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका १०९ मतदान केन्द्रका मतपेटिका सोमबार नै ल्याइएको थियो। बाँकी दुई ठाउँको मतपेटिका आज बिहान ल्याइएको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर रावलका अनुसार जिल्लामा छिटफुट घटनाबाहेक शान्तिपूर्ण मतदान भएको र जिल्ला सदरमुकाम मान्म खांडाचक्रमा मतपेटिका पुर्याएको छ। उनका अनुसार जिल्लामा कुल…
काठमाडौं : एक करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्दै चुडामणि शर्मा तारेखमा छुटेका छन्। विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग १ करोड रुपैयाँ धरौटी मागेको थियो। थुनछेक बयानका लागि निलम्बित महानिर्देशक शर्मा आज विशेष अदालतमा उपस्थित भएका थिए। शर्माले अदालत पुगेर बयान दिए। साथै अदालतले जमानी मागेको एक करोड रुपैयाँ नेपाल इन्भेस्टमेन्ट बैंकबाट ग्यारेन्टीसमेत गराए। गत जेठ…
काठमाडौं : पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान भएका सबै ३१ जिल्लाका मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन्। अब बाँकी रहेको डोल्पा जिल्लाका ९ वटा मतदान स्थलका मतपेटिका सदरमुकाम ल्याउने कार्य भइरहेको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार कूल २ हजार ९१७ मतदानस्थलमध्ये डोल्पा जिल्लाबाट ९ मतदान…
काठमाडौं : निर्वाचन आयुक्त सुधीरकुमार शाहले भक्तपुरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारबाट भएको प्रचारप्रसारको स्थलगत अनुगमन गरेका छन्। आयुक्त शाहले शुरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर त्यहाँको निर्वाचनको तयारी, निर्वाचन व्यवस्थापन र समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। उनले निर्वाचन आचारसंहिताको पालना कडाइका साथ गराउन, आचारसंहिता विपरीतका प्रसार सामग्री हटाउन र मतदाताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण सिर्जना गर्न…
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचार संहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच राष्ट्रिय दैनिक पत्रिकालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो विषयमा जानकारी दिएको हो । नेकपा एमालेले मंगलबार बिहान राजधानीसहित देशका विभिन्न भागबाट प्रकाशित हुने कान्तिपुर, अन्नपूर्ण, नयाँ…
काठमाडौं : आइतबार सिरहामा ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि गोली प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिव रोए, मनोज रोए र सुरेन्द्र रोए छन्। उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव गम्भीर घाइते भएका थिए। घाइते दुबैजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।सोमबार बिहान घाइते प्रहरीको स्वास्थ्यस्थितिबारे जानकारी लिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल प्रहरी…
काठमाडौं : पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएलगत्तै निर्वाचन आयोग देस्रो चरणको निर्वाचनमा केन्द्रीत भएको छ। पहिलो चरणमा भएका कमीकमजोरीलाई मध्यनजर गर्दै आयोगले दोस्रो चरणको निर्वाचनलाई सशक्त पार्ने जनाएको छ। दोस्रो चरणको निर्वाचनका लागि आयोगले मतदाता शिक्षा र सुरक्षालाई जोड दिएको छ। बदर मत कम गर्न मतदाता शिक्षा कार्यकर्तालाई घरघरमा खटाइएको अायाेगले जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका…
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताएका छन्। माडीको वसन्तपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको भन्दै वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने दाबी गरे। उनले सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको सुरुवात गर्ने बताए। अध्यक्ष…
काठमाडौं: गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। 'तिमी मेरो जिन्दगी' बोलको गीत भिडियोसहित युट्युबमार्फत रिलिज भएको हो। जगत नबोदितको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीति भिडियोमा मेलिना राई स्वयंमको फिचरिङ रहेको छ। भिडियोमा उनीसँगै गायक रेवत राई पनि देखिएका छन्। शान थापाले निर्देशित भिडियोलाई ओम प्रसाईले खिचेका हुन्। एल्बम अलग 'उपहार'मा समावेश गीत मेलिनाकै युट्युब च्यानल मार्फत…
भीष्मराज ओझा काठमाडौँ : आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कूल २० जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस नेता महतलाई लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुको समर्थन छ भने एमाले…
जाकार्ता : इन्डोनेसियाको बाली टापूमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ। ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई अन्यत्रै सारिएको अधिकारीले जानकारी दिएका छन् । सतर्कता अपनाउँदै त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ । यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडिसकेका इन्डोनेसियाको प्रकोप व्यवस्थापन निकायले जनाएको छ। सरकारी अधिकारीहरुले…
काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिलाई पेशा नबनाउन दलका नेतासँग आग्रह गरेका छन्। नेपाली कांग्रेस, बालकोट इकाइ समितिद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ढुंगानाले राजनीति कमाइ गर्ने पेशा नभई सामाजिक सेवा भएकाले राजनीतिबाट कमाउन चाहनेले राजनीतिलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने बताए। ढुंगानाले निर्वाचनमा हारजित जुनसुकै पक्ष विपक्षको भएपनि राजनीतिभित्र भ्रष्टाचार मौलाउँदै गएकाले नैतिक चरित्र बोकेका नेतालाई मतदान गर्न आग्रह गरे। उनले निष्ठा, पारदर्शिता…
'मिस युनिभर्स २०१७' मिस साउथ अफ्रिकाले जितेकी छिन्। विश्वभरका ९२ प्रतिस्पर्धीलाई पछि पार्दै साउथ अफ्रिकाकी डेमिलेग नेलपेटर्सले ताज पहिरेकी हुन्। २२ वर्षिय डेमिलेग अमेरिकामा बस्दै आएकी थिइन् भने उनी मोडलको रुपमा काम गर्दै आएकी थिइन्। मिस युनिभर्स २०१७मा मिस जमाइका डेभिना बेन्नेट सेकेन्ड रनर्सअप र मिस कोलम्बिया लाउरा गोन्जालेज फस्ट रनर्सअप भए। प्रतियोगिताको ६६ औं संस्करणबाट नेपाल पारम्भिक चरणमै बाहिरियो।…
देवकी बिष्ट – प्रिय नेता बीना मगर, यतिखेर हामी १६ दिने महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा छौं। यसैका कारण हुनुपर्छ मैले आफूलाई रोक्न सकिनँ र लेख्न बाध्य भएँ। यसलाई राजनीतिक र व्यक्तिगत रुपमा नलियोस्। हुन त लाग्ला देशमा यति धेरै महिलाहरु छन् उनीहरुका बारेमा किन लेखिनँ भनेर। तर, तिम्रा बारेमा लेख्नुको पनि कारण छ। तिमी अहिले सबैकी आकर्षणको रुपमा हिँडिरहेकी छौ।…
इस्लामाबाद : पाकिस्तानका कानुन मन्त्री जहिद हमिदले राजिनामा दिएका छन्।इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार गरेको हिंसात्मक प्रदर्शनका कारण उनले राजिनामा दिएका बताइएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ता भन्दा बढी हिंसात्मक प्रदर्शन भएको थियो। देशलाई द्वन्द्वबाट बाहिर निकाल्न हमिदले आफ्नो राजिनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान बुझाएका एसोसिएटेट प्रेस अफ पाकिस्तानले जानकारी दिएको छ। तर राजिनामाको विषयमा विस्तृत…
सोमबार नागपुरमा चौथो दिनैमा जित हात पारेपछि भारतले तीन टेस्टको सिरिजमा १–० को अग्रता पनि लिएको छ। यसअघि पहिलो टेष्ट बराबरीमा सकिएको थियो। भ्रमणकारी टोली श्रीलंका चौथो दिन १ सय ६६ रनमै अलआउट भएपछि भारतले फराकिलो जित हात पारेको हो। २१/१ बाट दिनको खेल शुरुवात गरेको श्रीलंकालाई इनिङ्स हार जोगाउन ३८४ रन बनाउनु आवश्यक थियो। भारतले पहिलो इनिङ्स ६१० रन…