रुकुम : आइतबार भएको पहिलो चरणको निर्वाचनका क्रममा स्थगित भएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा शुक्रबार १५ गते पुनःमतदान हुने भएको छ। मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि मतदान स्थगित भएको थियो। मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा पुनः मतदान सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतदानका लागि मतदान अधिकृतलगायतका कर्मचारी सम्बन्धित…
लण्डन : लण्डनका महानगर मेयर सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमण रद्द गर्न आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाएका हुन्। मेयरले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उनलाई बेलायतमा उचित सम्मान…
काठमाडौँ : सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। त्यसैगरी सरकारले मकवानपुरको रातोमाटेदेखि चौकी टोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको मार्गलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ। रातोमाटेदेखि राप्ती पुलसम्म तीन किलोमिटर वाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय भएको बस्नेतले…
काठमाडौं : सरकारले पृथ्वी जयन्तीका दिन पुस २७ गते विदा दिने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। यद्यपि गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा मंसिर १५ मा इस्लाम धर्मका संस्थापकको जन्मदिन र पुस १० गते इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसका दिन मात्र विदा दिने…
काठमाडौं : सिनियर विश्व कुराँस च्याम्पियनसिपमा सहभागिता नेपालबाट भगवती माझी प्रतिस्पर्धा गर्ने भएकी छिन्। भगवतीले महिला ५२ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन्। डिसेम्बर १ देखि ४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा जनाउन भगवती माझी बिहीबारै टर्कीको इस्तानबुल प्रस्थान गरेकी छिन्। भगवतीसंगै नेपाल कुराँस संघकी उपाध्यक्ष प्रतीक्षा खरेल पनि टर्की गएकी छन्। खरेल प्रतियोगिता दौरान हुने अन्तर्राष्ट्रिय कुराँस महासंघको कंग्रेसमा सहभागी हुनेछिन्। खरेलले…
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अफिसियल पोस्टर सार्वजनिक भएको छ। रुसको राजधानी मसकोमा मंगलबार सार्वजनिक गरिएको पोस्टरमा सोभियत युनियनमा महान गोलकिपर लेभ यासिनलाई फोकस गरिएको छ। उनी आलोन डे’ओर अवार्ड जित्ने एक मात्र गोलकिपर समेत हुन्। रसियन आर्टिस्ट इगोर गुरोभिचले उक्त पोस्टर डिजाइन गरेका हुन्। Introducing the official #WorldCup poster for 🇷🇺Russia 2018! pic.twitter.com/91OTD6SYOq — FIFA World Cup…
जुवा: दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामीण बस्तीमा २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ। जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन्। उक्त समूहले ती गाउँबाट…
एस्ले योङको २ तथा एन्टोली मार्सियल र जेस लिनगार्डको १/१ गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा वाटफोर्डलाई ४-२ ले पराजित गरेको छ। योङले १९औँ र २५औँ मिनेटमा गोल गरे। मार्सियलले ३२औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ३-० को अग्रता दिलाएका थिए। पहिलो हाफमा ३ गोलले पछि परेपनि घरेलु टोलीका लागि ७७औँम मिनेटमा ट्रोए डिने र ८४औँ मिनेटमा अबदुलाए डोकुरेले…
बुटवल: स्वास्थ्यमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दीपक बोहोराले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ। उनले आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रमा बिजुलीका पोल तथा पैसा बाँडेको भन्दै उनको उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको हो। रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्यमन्त्री बोहोराले मतादातालाई प्रभावित गर्ने गरी शुद्धोधन गाउँपालिका–४ को जुगडीहवा र वडा नम्बर…
फुएनलाब्राडासँग दोस्रो लेगमा २-२ को बराबरी खेलेपनि रियल मड्रिड स्पानिस कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ। अवे मैदानमा पहिलो लेग २-० ले जितेको रियलले घरेलु मैदानमा बराबरी खेलेपनि समग्रमा ४-२ को जित हात पार्दै प्रिक्वाटरफाइनल यात्रा तय गरेको हो। गारेथ बेल चोटबाट फर्केको खेलमा रियलका लागि दुवै गो बोया मोयारेलले गरे। सेगुण्डा डिभिजन बी को क्लब फुएनलाब्राडाका लागि…
कालिकोट: कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्। मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालिकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ। मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीयका नरविक्रम…
खजुरा: दाङको तुल्सीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ। कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए। उनका अनुसार पाँच जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। भने अन्यको उपचार भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष…
काठमाडौँ: काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ। लु २ ख २९१ नम्बरको बस बिहान करिव ९:१५ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। केही याुत्रको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। मृतककाे सनाखत हुन सकेको छैन। बसमा कति…
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताएका छन्। संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा नेता नेपालले नेपाललाई विश्वमा सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम शक्तिलाई बहुमत दिन मतदातालाई आग्रह गरे। देशमा लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले वाम गठबन्धनपछि अत्तालिएर अब अधिनायकवादको…
काठमाडौं: यो साता पनि दुई नेपाली फिल्म युनिटले फिल्म प्रदर्शन मिति तय गरेका छन्। फिल्महरु 'पञ्चेबाजा' र 'दिपज्योति'ले पोस्टरसँगै फिल्म रिलिज टार्गेट मिति तय गरेका हुन्। फिल्म ‘पञ्चेबाजा’को फागुन ११ गते प्रदर्शन हुने जनाइएको छ। फिल्म युनिटले दुई पोस्टर एकसाथ सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले तीन गाउँले युवाको कथा भन्छ।…
उदयपुर : उदयपुरको उदयपुरगढी नगरपालिका-६ स्थित दनुराबेसीमा बम विस्फोट भएको छ। बम विस्फोटबाट उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए। घाइते कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ। कार्कीलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाएको प्रजिअ श्रेष्ठले जानकारी दिए। उनीसँगै गाडी चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल…
काठमाडौं : बंगलादेशमा आगामी डिसेम्वर १७ बाट शुरु हुने साफ यू-१५ वुमन्स च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाका चार राष्ट्रले सहभागिता जनाउने उक्त च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित, नेपाल, भारत र भुटानले राउण्ड रिवन लिगमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो दिन दुई खेल हुनेछन् जसमा भुटान र भारत तथा बंगलादेश र नेपालबीच खेल हुनेछ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच डिसेम्वर २४…
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्ग मंसिर १० गते पहिलो चरणमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा पुर्याउने काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएकव छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार कूल २ हजार ९१७ मतदानस्थलका सबै मतपेटिकाहरू आज बिहान ११:१५ मा सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्याइएको हो। डोल्पाका से–फोक्सुन्डो र थार्का…
काठमाडौं : अनुराधा थापा मगर भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की उम्मेदवार हुन्। पूर्वसांसदसमेत रहेकी मगर यतिबेला चुनावी प्रचारप्रसारका लागि घरदैलोमा व्यस्त छिन्। हक्की स्वभाव उनकी प्रतिस्पर्धीमा कांग्रेसबाट पूर्वसभामुख दमननाथ ढुंगाना र एमालेबाट पूर्वमन्त्री महेश बस्नेत रहेका छन्। निर्वाचनमा यस क्षेत्रलाई कांग्रेस र एमालेबाट हेभिवेट उम्मेदवार मैदानमा उतारिनु र नेमकिपाबाट मगरले उम्मेदवारी दिनुलाई…
राजविराज : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको उम्मेद्वारी फिर्ता लिए मात्र लोकतान्त्रिक गठबन्धन सम्भव रहेको बताएका छन्। 'यदी धनुषा–३ मा कांग्रेसले उम्मेदवारी फिर्ता लिन्छ भने अझैपनि लोकतान्त्रिक गठबन्धन सम्भव छ।’ मधेसी गठबन्धनको एउटा घटक रहेका फोरम नेपालका अध्यक्ष यादवले राजविराजमा संचारकर्मीसँग कुरा गर्दै कांग्रेसकै घमण्डका कारण लोकतान्त्रिक गठबन्धन बन्न नसकेको…