भक्तपुर: आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको…
कपिलवस्तु : आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ। निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिँदै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै लगेको हो। निर्वाचन कार्यालयले बुधबार यहाँका मतदान अधिकृत र…
लहान : प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन्। प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन्। आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थीले बताएका छन्। कलेजले आफूखुशी बिना विज्ञापन शिक्षक…
बुटवल : पाल्पा क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार भोट माग्न बुटवल आएका छन्। बुटवलमा बसोबास गर्ने पाल्पालीहरुसँग भोट माग्न वाम गठबन्धनका उम्मेदवार बुटवल आएका हुन् । बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभाका एमाले उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पा जिल्ला अब लालकिल्ला बन्ने उद्घोष गरे। उनले भने, ‘हामी क्षेत्र नं. २…
धनकुटा : खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिका–१ का जनकबहादुर वालिङले आफ्नो घर हुँदै सदरमुकाम जाने बाटो पक्की गर्नेलाई मत दिने बताए। ‘हिलेदेखि त्रिवेणी जोड्ने बाटो कालोपत्रे नहँदा सदरमुकामसम्म जान कठिन छ, बर्खामासमा त झन हिलोले गाडी नै चलाउन मिल्दैन त्यसैले जसले बाटो बनाउँछ उसलाई भोट दिने हो’– वालिङले भने। बाटो कालोपत्रे हुन नसक्दा गाउँमा उत्पादन भएका सुन्तला र अदुवालगायतका वस्तु…
काठमाडौं: गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चार अडिसन सम्पन्न भएको छ। सनसाइन प्रोडक्शन हाउसले आयोजना गरेको विद्यार्थी लक्षित गायन प्रतियोगीताका टेलिभिजनमा भने आउँदो पुस पहिलो साताबाट प्रशारण हुनेछ। प्रतियोगीतामा विभिन्न ८ जिल्लाका बाल–बालिकाहरु सहभागी भएका छन्। बालबालिकाका गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि कार्यक्रम आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन्। भनिन्,'बालबालिकाका लागि नेपालमा स्तरिय…
म्याग्दी : कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि ११ करोड रुपैयाँको लागतमा आयोजना सुरु भएको छ। जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बागलुङले कालीगण्डकीको दायाँ र म्याग्दीको बायाँ किनारमा आरसिसी र मेसिनरी पर्खाल निर्माणको काम सुरु गरेको हो। चालु आर्थिक वर्ष २०७४/७५ मा नदी कटान नियन्त्रणका लागि दुई वटा प्याकेजमा काम…
काठमाडौँ : ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ब्राजिलको संसद्ले ६ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ। अन्तरसंसदीय सहयोग प्रवद्र्धनका साथै दुई मुलुकका संसद्बीच भ्रमण आदानप्रदान, सांस्कृतिक प्रवद्र्धन कार्यंशाला आयोजना र सामाजिक एवं भाषिक सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आज समूह गठन भएको ब्रासिलियास्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार नेपाल–ब्राजिल कूटनीतिक सम्बन्धको इतिहासमा पहिलो पटक स्थापित संसदीय…
वासिङ्टन : अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र वैकल्पिक दल चाहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणका अनुसार अमेरिकामा हाल डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए। ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ। त्यसैले उनीहरुले यी दुईको सट्टामा राम्रो काम गर्ने दल चाहेको…
पोखरा : निर्वाचनको मिति सात दिन मात्रै बाँकी रहँदा मतदान केन्द्रका गाउँ–टोलमा खटिएका मतदाता शिक्षा स्वयंसेवक अझै मतदाता सामु पुगेका छैनन्। मतदातालाई मतपत्रमा छाप लगाउने तरिकाबारे जानकारी दिने स्वयंसेवक नै गाउँघरमा नपुगेपछि मतदाता अलमलमा परेका छन्। पोखरा नगर क्षेत्रको नजिक रहेको पोखरा–लेखनाथ महानगरपालिका–९ नयाँबजारमा मतदाता शिक्षा स्वयंसेवक नआएको स्थानीय मतदाता मायादेवी शर्मा बताउँछिन्। स्थानीय तह निर्वाचनमा एउटै मतपत्रको सात ठाउँमा स्वस्तिक…
काठमाडौं: 'द सार्क फिल्म अवार्ड २०१७'को विजेता घोषणा भयो। द सार्क फिल्म फेस्टिवलले सार्वजनिक गरेको चौध विधाका विजेताहरुको नाम सार्वजनिक गरेको हो। जसमा तीन विधाको अवार्ड नेपाली फिल्मले जितेका छन्। भुपेन्द्र अधिकारीले फिल्म 'डाईङ्ग क्यान्डल’का लागथि उत्कृष्ट सम्पादकको अवार्ड जितेका हुन्। त्यस्तै उत्कृष्ट पार्श्व संगीतमा फिल्म ‘कालो पोथी’बाट जेसन कुँवरले र फिल्म ’कालो पोथी’ले नै उत्कृष्ट फिल्म ओपनको अवार्ड हात…
काठमाडौं : अधिकांश मानिसहरु कृर्षिमा आधारित भएर पनि समृद्ध हुन नसकिरहेका दुर्इ राष्ट्रबीच महत्वपुर्ण सम्झौता भएको छ। नाइजेरियाको ओसुन राज्यको कृर्षि मन्त्रालय र नेपाल खाद्य बैंक लिमिटेडले २२ नोभेम्बर, २०१७ मा महत्वपुर्ण सम्झौता भएको जानकारी गराएका छन्। खाद्य सुरक्षा तथा कृर्षिबाट जीवन स्तर उकास्न दुर्इ राष्ट्रका संस्थाबीच काम गर्ने कुरा उक्त सम्झौतामा उल्लेख गरिएको छ। नाइजेरिकाको खाद्य सुरक्षा तथा कृर्षि मन्त्रालयमा भएको…
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरासत जोगाउने कसरतमा राजनीतिक दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्। निर्वाचनमा विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा देखिए पनि वाम गठबन्धन र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धीका रुपमा छन्। वाम गठबन्धनले यस पटक जिल्लालाई लाल किल्ला बनाउने रणनीतिका साथ चुनावमा होमिएको छ भने कांग्रेस विरासत जोगाउने…
उदयपुर : उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज भट्टले बताएका छन्। बाँकीको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको भट्टले बताए। उदयपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर…
काठमाडौँ : नेकपा एमालेले प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। आज बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै त्यसबारेमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा…
भारत प्रशासित कश्मिर : भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाकाबीच पनि दोहोरो गोली हानाहान भएको छ। लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था एक हप्ता भन्दा बढी समयदेखि कडा बनाइएको थियो। तर बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ। सधैँजसो अशान्त नै भइरहने…
काठमाडौं : इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित भलाद्मी टोलमा बम विस्फोट भएको छ। विस्फोटमा परी एक बालक सहित चार जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस महिला संघको चुनावी सभास्थलमा बम विस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिद्यानन्द माझीले फोहोरो थुप्रोमा राखिएको अवस्थामा विस्फोट भएको बताए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुलाई वीपी कोइराला धरानमा…
चितवन : त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा मृत्यु सात जनाको सनाखत भएको छ। नदीमा हराएकाको भने खोजी कार्य जारी रहेको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह–…
काठमाडौँ : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ। मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले वडा तहसम्मका सबै विवरण वेबसाइट mofald.gov.np मा प्राप्त गर्न सन्छि। यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ। मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने। प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै भने,‘‘म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ।’ प्रधानमन्त्री देउवा बुधबार उदयपुरमा बम विस्फोटमा परेर घाइते भई काठमाडौँ ल्याइएका बिरामीलाई भेट्न आज त्रिवि शिक्षण अस्पताल पुगेका थिए। प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार…