PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा अछाममा १२ जना पक्राउ

    निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा अछाममा १२ जना पक्राउ

    अछाम: निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो। पक्राउ गरिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अन्यको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। अनुसन्धानमा अवरोध…

    विस्तृतमा पढ्नुस्

  • युक्रेनको अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते

    युक्रेनको अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते

    युक्रेन: युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन्। पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोट भएको प्रहरीले जनाएको छ। स्थानीय समय अनुसार विहान ११:२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन्। विस्फोटन भएका बेला अदालतमा सुनुवाइ भइरहेको थियो। घटनामा परी घाइते भएका दश जनामध्ये दुई जनाको अवस्था…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार ढिलामा माघ १५ भित्र, यसरी चयन हुनेछन् प्रधानमन्त्री

    नयाँ सरकार ढिलामा माघ १५ भित्र, यसरी चयन हुनेछन् प्रधानमन्त्री

    काठमाडौँ: पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ। दोस्रो चरणको निर्वाचन हुन अब केही दिन बाँकी छ। निर्वाचन लगत्तै सरकार कसको र कहिले बन्छ? धेरैको चासोको विषय छ। अनुमानित रुपमा कुनै गठबन्धनको बहुमत आएमा सरकार गठन प्रक्रिया पनि सहज हुनेछ। बहुमत प्राप्त नभएमा सरकार गठनमा केही ढिलाइ हुनेछ। औपचारिक रुपमा मतदानको सम्पूर्ण परिणाम आएको ३५ दिनभित्र सरकार गठन भइसक्नु…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको इपिसेन्टर गोरखामा ३० महिनामा बने मात्रै ४५ सय घर

    भूकम्पको इपिसेन्टर गोरखामा ३० महिनामा बने मात्रै ४५ सय घर

    गोरखा:  ‘गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन्। भूकम्पले करिब ७० हजार घर भत्किए पनि सरकारले ६१ हजार ३०० जनालाई घर बनाउन अनुदान दिने सूचीमा राखेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवलाल पौडेलका अनुसार ६१ हजार ३०० लाभग्राहीमध्ये अहिलेसम्म ५८ हजारले ५० हजार पहिलो…

    विस्तृतमा पढ्नुस्

  • एचआइभी संक्रमितमध्ये ४० प्रतिशतले मात्र गराउँछन् उपचार

    एचआइभी संक्रमितमध्ये ४० प्रतिशतले मात्र गराउँछन् उपचार

    काठमाडौं: नेपालमा एड्सका कारणले मृत्यु हुनेको संख्या ३० प्रतिशतले घटेको छ। सन् २०१० को तुलनामा २०१६ मा एचआइभी संक्रमितको संख्या ५७ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ।  सन् २०३० सम्म एड्स निवारण पार्ने योजना रहेको अवस्थामा यो तथ्याङ्क प्रभावकारी हैन्। सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रुपमा एड्सका कारणले मृत्यु हुने संख्यामा ४८ प्रतिशतले कमी आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बाँकेका मतदाता भन्छन्, ‘भोट माग्छन्, मत हाल्न सिकाउँदैनन्’

    बाँके : निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भने, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन्।” “दलका नेता–कार्यकर्ता आएर आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन्, तर कसरी भोट हाल्ने सिकाउँदैनन्”, उनको गुनासो गरे। बाँकेमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट समेत कोही नआएको पनि केवटले जानकारी दिए। पहिलो चरणको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरका उम्मेदवारका चुनावी एजेण्डाः ‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र महाकालीमा नहर’ 

    कञ्चनपुरका उम्मेदवारका चुनावी एजेण्डाः ‘दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र महाकालीमा नहर’ 

    शेरबहादुर सिंह/कुमार चौलागाईं  भीमदत्तनगर :  कञ्चनपुरमा नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार र गणितीय आधारमा बलियो देखिएको वाम गठबन्धनका उम्मेदवारहरु आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्ठाको लडाइँ लडिरहेका छन्।  कञ्चनपुरका निर्वाचन क्षेत्रहरूमा राष्ट्रिय राजनीतिमै प्रभाव राख्ने कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय नारायणप्रकाश साउद र रमेश लेखक वाम गठबन्धनका लागि चुनौतीको रुपमा देखिएका छन्।  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार साउद २०७०…

    विस्तृतमा पढ्नुस्

  • धनकुटाको कागतेलाई पर्यटकीय क्षेत्रमा विकास गरिँदै

    धनकुटाको कागतेलाई पर्यटकीय क्षेत्रमा विकास गरिँदै

    धनकुटा : ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेलार्इ कृषि पर्यटकीय क्षेत्रमा विकास हुने भएको छ। धनकुटा नगरपालिका–३ स्थित कागते बजारबाट चार किलोमिटर टाढा रहेको छ। कागतेलाई पर्यटकीय क्षेत्रमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान चलाएका छन्। कागतेलाई पर्यटकीय क्षेत्रमा विकास गर्न त्यहाँको भूगोललाई तीन भागमा विभाजन गरिएको छ। “कागतेलाई वैकल्पिक सहरमा विकास गर्दै मालबासे, चाङलुङगा र सिलुङ्गा…

    विस्तृतमा पढ्नुस्

  • प्रेसरकुकर बमसहित नौबिसेबाट दुई भारतीय पक्राउ

    प्रेसरकुकर बमसहित नौबिसेबाट दुई भारतीय पक्राउ

    काठमाडौ :  धादिङको नौबिसेबाट प्रेसरकुकर बमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।  काँकडभिट्टाबाट काठमाडौं आइरहेको बस चेकजाँच गर्ने क्रममा एक थान प्रेसरकुकर बम र २ थान सकेटबम फेला परेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ। उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन : प्रधानमन्त्री

    सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन : प्रधानमन्त्री

    धनगढी :  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।  नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे।  प्रधानमन्त्रीले भने,‘निर्वाचनले देशभर उत्साह थपिएको छ, हाम्रो बहुमत स्पष्ट आउँछ, निश्चिन्त भएर मतदान गर्नुस्।’  निर्वाचनलाई केन्द्रित गरेर अराजक तत्वले देशका विभिन्न ठाउँमा गराइरहेको विस्फोटका…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: फिल्म फिक्का र तेरा इन्तजार पर्दामा

    फ्राइडे रिलिज: फिल्म फिक्का र तेरा इन्तजार पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिजअन्तर्गत एक मात्र नेपाली फिल्म प्रदर्शनमा आयो। फिल्म 'फिक्का' सोलो रिलिज भएको हो। पहिलो महिला निर्देशक भनिएकी सुचित्रा श्रेष्ठ निर्मित फिल्म फिक्काले पारिवारिक प्रेम र ग्रामिण गरिबीको कथा भन्छ। फिल्मलाई जनक खड्काले निर्देशन गरेका हुन्। फिक्कामा राधिका घिमिरे, इश्वरी बराल, मुस्कान काप्री, अजर सुनार, दुर्गाराज पाण्डे लगायत कलाकारको अभिनय रहेको छ। फिल्मले सिंगल स्क्रिनमा मात्र शो…

    विस्तृतमा पढ्नुस्

  • आँधी र वर्षाबाट भारतमा आठ जनाको मृत्यु, सयौँ बेपत्ता

    आँधी र वर्षाबाट भारतमा आठ जनाको मृत्यु, सयौँ बेपत्ता

    नयाँ दिल्ली : भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा आँधी र वर्षाले आठ जनाको ज्यान जानुका साथै सयौँ बेपत्ता भएको छ। बेपत्ता अधिकांश माछा मार्न समुद्रमा गएका थिए। उनीहरु व्यवसायिक मछुवा रहेका बताइएको छ। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि वर्षा भएसँगै ठूलो संख्यामा नागरिकहरु हताहत भएका जनाइएको छ। तामिननाडू, केरला र दक्षिणी भारतको लक्षदीप स्थानमा आँधीले ठूलो असर गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आयोः प्रचण्ड

    दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आयोः प्रचण्ड

    नारायण अधिकारी  चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन्।  ‘वामगठबन्धन जिताऔँ नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको बताए।  जनयुद्ध सुरु गर्दा पनि यति ठूलो तरंग…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनमा केन्द्रित, यसरी हुँदैछ तयारी

    निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनमा केन्द्रित, यसरी हुँदैछ तयारी

    पासाङ ठकुल्ला काठमाडौं : मंसिर २१ गते दोस्रो चरणको निर्वाचन बाँकी ४५ जिल्ला हुँदैछ। यी जिल्लाहरुका प्रतिनिधिसभा सदस्यमा १२८ क्षेत्र र प्रदेशसभा सदस्यमा २५६ निर्वाचन क्षेत्र कायम गरिएको छ। यस चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १६६३ उम्मेदवार र प्रदेशसभातर्फ २८१९ उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन्। कति छन् मतदाता? दोस्रो चरणमा एक करोड २२ लाख ३५ हाजर ९९० मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग…

    विस्तृतमा पढ्नुस्

  • बाँके २ का उम्मेदवारको एजेण्डाः नेपालगञ्जलाई प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म

    बाँके २ का उम्मेदवारको एजेण्डाः नेपालगञ्जलाई प्रदेश राजधानीदेखि पर्यटन ‘हब’सम्म

    भीष्मराज ओझा  बाँके :  बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारबीच मतदातालाई आकर्षित गर्न नेपालगञ्ज उपमहानगरपालिकालाई प्रदेश नं ५ को राजधानी बनाउने आश्वासन बाँड्न होडबाजी नै चलेको छ।  बाँके निर्वाचन क्षेत्र नं २ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र नजिकको डुडुवा गाउँपालिका पर्दछन्। यस क्षेत्रमा प्रतिनिधिसभाका लागि विभिन्न दल र स्वतन्त्र गरी जम्मा १७ जनाले उम्मेदवारी दिएका छन्।  प्रतिनिधिसभाका लागि लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • फैसला नआउँदै रिलिज तय गर्दै 'गाँजाबाजा' युनिट

    फैसला नआउँदै रिलिज तय गर्दै 'गाँजाबाजा' युनिट

    काठमाडौं: कानुनी झमेलामा परेको फिल्म 'गाँजाबाजा' युनिटले फिल्म रिलिज टार्गेट तय गरेको छ। फिल्म आउँदो फागुन २५ गतेबाट प्रदर्शनमा आउने भएको हो। चलचित्र विकास बोर्डले फिल्मको नाम लागू पदार्थ सम्बन्धी भएको भन्दै दर्ता गर्न नमानेपछि निर्माण युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। मुद्दाको अझै सुनुवाई भइसकेको छैन। 'हामीले अब आफ्नो लागि बाटो खोजेका हौं। व्यवसाय गर्नेलाई सधैं पेशी सारेर…

    विस्तृतमा पढ्नुस्

  • विमलेन्द्र निधिले भने–म राष्ट्रियसभाको सदस्य बन्ने कुरा कपोलकल्पित 

    विमलेन्द्र निधिले भने–म राष्ट्रियसभाको सदस्य बन्ने कुरा कपोलकल्पित 

    जनकपुरधाम :  नेपाली कांग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यको प्रसंग कपोलकल्पित भएको बताएका छन्।  जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा निधिले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा असत्य भएको बताए।  निधिले आफ्नो उम्मेदवारी त्यागकाबारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटरको स्टाटसमा फिल्म 'झ्यानाकुटी'को तारिफ

    क्रिकेटरको स्टाटसमा फिल्म 'झ्यानाकुटी'को तारिफ

    काठमाडौं: क्रिकेटर शरद भेषवारसँग वैवाहिक सम्बन्ध गाँसेकी निशा अधिकारी निर्मित फिल्म हेर्न शरदसँगै नेपाली क्रिकेट टिमका केही  सदस्य हलसम्म पुगे। क्रिकेटर सन्दीप लामिछाने, सागर पुन, छुम्बी लामा, सुरज शाक्य र शरद भेषवाकरले फिल्म हेरेका हुन्। फिल्म हेरेपछि खेलाडीहरुले फेसबुकमार्फत 'झ्यानाकुटी'को तारिफ गर्दै स्टाटस लेखेका छन्। फिल्म बारे निशाका पति शरद भेषवाकरले भने,'सानो कारणले श्रीमान श्रीमतीबीच कसरी दरार पैदा गर्न सक्छ…

    विस्तृतमा पढ्नुस्

  • जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

    जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने

    टोकियो : जापानी सम्राट अकिहितोले सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेका छन्। जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा गर्दै जापानी सम्राटले स्वेच्छाले गद्दी त्याग्ने निर्णय गरेको बताएका छन्। जापानी प्रधानमन्त्री आबेले जापानको राजपरिषद विशेष बैठकमा यस्तो निर्णय गरेको जानकारी दिए। जापानी सम्राट अकिहितो हाल ८३ वर्षका छन्। उनले राजगद्दी त्याग गरेपछि उनका ५७ वर्षका छोरा युवराज नारुहितो…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन विरोधी गतिविधि हुन नदिन चितवनमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’

    निर्वाचन विरोधी गतिविधि हुन नदिन चितवनमा प्रहरीको ‘सर्च एण्ड स्वीप अपरेशन’

    नारायण ढुंगाना  चितवन :  जिल्ला प्रहरी कार्यालय चितवनले निर्वाचन सुरक्षा योजनाअनुसार हरेक निर्वाचन क्षेत्रमा ‘सर्च एण्ड स्वीप अपरेशन’ सुरु गरेको छ।  प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार मतदानको मिति नजिकिएसँगै सुरक्षा चुनौती थपिने भएकाले निर्वाचन पूर्वको सुरक्षा योजनाअनुसार अपरेशन सुरु गरेको जानकारी दिए।  आजैबाट हरेक निर्वाचन क्षेत्रमा प्रहरीको दुईवटा टोली परिचालन गरिएको छ। ढकालले कुनै शंकास्पद गतिविधि देखिने बित्तिकै प्रहरीले अनुसन्धान थाल्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell