काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशप्रसाद सिंखडाले उम्मेदवारी फिर्ता लिंँदै वाम गठबन्धनमा प्रवेश गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले उनलाई खादा लगाउँदै गठबन्धनमा स्वागत गरेका थिए। नयाँ शक्ति नेपाल उदाउन समय लाग्ने भएकाले आफू वाम गठबन्धनमा प्रवेश गरेको उनले बताए। सिंखडाले भने,‘विकासका लागि मुलुकले दोस्रो पुस्ता कुर्दैन। मुलुकको समृद्धिका लागि…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यूएई विरुद्वको खेल अघि भएको अभ्यास खेलमा नेपालले आइतबार केन्यालार्इ ६ विकेटले पराजित गरेको छ। केन्याले दिएको १११ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गरेको हो। यसअघि शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको थियो। युएईको अबुधावीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले अलआउट हुँदै ११०…
काठमाडौं : आइतबार दिउँसो कपनको हेन्डबल ग्राउन्डमा काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता गगन थापाले अन्तिम चुनावी सभा राखे। कार्यक्रममा राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा, राप्रपाका प्रवक्तालगायतले सम्बोधन गरेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राखेका प्रमुख बुँदाहरु यसप्रकार छन्ः • एक महिनाको घरदैलो कार्यक्रम सकेपछि सबै घरमा जाँदा कुनै घरमा छुटेमा आउने चाहना हुदाँ…
राकेश मिश्र - नेपालगन्ज : नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि कांग्रेसलाई मतदान गर्न आव्हान गरेका छन्। बाँके क्षेत्र नम्बर ३ को खजुरामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति कोइरालाले वाम गठबन्धनका नाममा कम्युनिष्टहरुले मुलुकमा अधिनायकवाद लादन खोजेको भन्दै त्यसविरुद्ध लोकतान्त्रिक शक्तिले गतिलो जवाफ दिनुपर्ने बेला आएको बताए। 'प्रजातन्त्र र लोकतन्त्रको रक्षाका निमित्त कांग्रेसले…
काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले रियो ओलम्पिक २०१६ मा सहभागी सात खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई जनही १ हजार अमेरिकी डलर प्रदान गर्दै सम्मान गरेका हुन्। ब्राजिलको रियो दि जेनेरियोमा गत वर्ष अगष्ट ५ देखि २१ तारिखसम्म भएको ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई १ वर्ष भन्दा बढी (साढे १५ महिना) पछि सम्मान गरेको हो। रियो-१६…
डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताएका छन्। गृह जिल्ला डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमत्री देउवाले एमाले माओवादीले वाम गठबन्धनका नाममा एकदलीय सर्वसत्तावादी शासन लाद्न खोजेको आरोप लगाए। प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संविधानमा सबै वर्ग क्षेत्रको अधिकार सुरक्षित भइसकेको जिकिर गर्दै डडेल्धुरालगायत सुदूरपश्चिमवासीलाई विकासको प्रत्याभूति गराउने जिम्मेवारी आफ्नो रहेको बताए। प्रधानमन्त्री देउवाले…
गोलकिपर अल्बर्टो ब्रिगलोनीले इन्जुरी टाइममा बराबरी गोल फर्काएपछि बेनेभेन्टोले एसी मिलानसँग बराबरी खेल्दै इटालियन सिरी ए मा इतिहासकै पहिलो अंक जोडेको छ। यसै सिजन सिरी ए मा प्रोमोट भएको बेनेभेन्टोका लागि ब्रिगलोनीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै १ अंक दिलाएका हुन्। दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको मिलानसँग बेनेभेन्टोले दुई पटक पछाडी परेर पनि २-२ गोलको बराबरी खेलेको हो।…
काठमाडौँ : निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। हाजिरीजवाफ प्रतियोगिता सात भागमा विभक्त रहेको र सबै भागमा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका अध्यक्ष…
रुकुम : रुकुमको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ। रुकुम(पश्चिम)को यो नगरपालिकाले पहिलो पटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो। नगरपालिकाको एक लाख भन्दाबढीको लगानीमा पहिलो पटक नगरपालिकाको कार्यालय तथा वडा नं ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो। एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडा कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर…
इभान पेरिसिकले ह्याट्रिक गरेपछि इन्टर मिमलान चिएभो भेरोनालाई ५-० ले पराजित गर्दै इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ। सान सिरो स्थित घरेलु मैदान गुएसिपे मेएज्जामा इन्टरलाई शानदार जित दिलाउन पेरिसिकले खेलको २३औँ, ५७औँ र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे। यसैगरी कप्तान माउरो इकार्डीले ३८औँ तथा मिलन स्क्रिनियरले ६०औँ मिनेटमा गोल गरे। जितपछि १५ खेलसम्म अपराजित रहेको मिलान…
भक्तपुर : भक्तपुर क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । आइतबार राति करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए। खबर पाएपछि पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बम…
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा थप दुई स्थानमा जित हासिल गरेको छ। कांग्रेसका मोहम्मद अफताव आलम रौताहट २ तथा भरत शाह रुपन्देही ५ बाट विजयी भएका हुन्। यससँगै कांग्रेसकव विजयी प्रतिनिधि सभा सदस्य संख्या ८ पूगेको छ। रौताहट २ मा मोहम्मद आलम १८ हजार ८३३ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धि १६ हजार ८६५ मत प्राप्त…
गोन्जालो हिग्वेनले पूर्व क्लब विरुद्व निर्णायक गोल गरेपछि इटालिनय सिरी ए मा युभेन्ट्सले लिग लिडर नेपोलीलाई १-० ले पराजित गरेको छ। नेपोलीको मैदानमा युभेन्ट्सलाई जिताउन हिग्वेनले १३औँ मिनेटमा पाउलो डिबलाको पास सदुपयोग गर्दै गोल गरेका थिए। हारपछि नेपोलीको यस सिजन अपराजित यात्रामा पूर्णविराम समेत लागेको छ। जितपछि युभेन्ट्स दोस्रो स्थानमा उक्लेको छ भने नेपोलीसँग अंकदूरी १ मा झारेको छ। हारपछि…
बारा : बाराको जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा एक दम्पतीको हत्या गरिएको छ। सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो। आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव मार्फभित्र फेला परेको हो।…
बीपी साह/पीके झा सिम्रौनगढ (बारा) : ऐतिहासिक स्थल सिम्रौनगढलाई सदरमुकाम कलैयासँग जोड्ने सडक निर्माणका लागि भएको आन्दोलनमा २०७१ असोज २५ गते प्रहरीको गोली लागेर जयनारायण पटेलको मृत्यु भयो। पटेल नेपालको इतिहासमा विकास निर्माणको माग राखी आन्दोलन गर्दा मारिने पहिलो शहीद हुन् । ऐतिहासिक स्थल भए पनि विकास निर्माणको आधारमा निकै पछाडि रहेको सिम्रौनगढको गण्डक नहरको बाटोलाई बरियारपुर र सदरमुकाम कलैयासम्म…
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग हात मिलाउँदै दुबै भएर पार्टीलाई एक बनाउनुपर्ने जिम्मेवारी रहेको बताएका छन्। शनिबार पेप्सीकोलामा घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत रहेका नेपालले भने,‘हामी दुई नेता मात्र होइनौं, दुर्इ आन्दोलनका प्रतीक पनि हौं। त्यसो हुनाले हामीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेछ। दुईवटै पार्टीलाई चुनावपछि मिलाउनु छ।’…
काठमाडौं : सुशी श्रेष्ठको नयाँ लुक्ससहित फिल्म ‘लभ डायरिज’ को घोषणा भएको छ। सौरभ चौधरीले निर्देशन गर्ने फिल्मका लागि सुशील श्रेष्ठसँगै, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार फाइनल भएका छन्। होस्टल रिटर्न्स, कारखाना मा अभिनय गरिसकेका सुशील यस फिल्ममा नयाँ अवतारमा देखिने छन्। निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको हो। सम्पादक साहिल खानले यो सिनेमामा ‘एसोसियट…
काठमाडौँ : महानगरीय प्रहरी बिट रानीबारीले १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले शुक्रबार राति रेडन पुलनजिक चेकजाँचका क्रममा बा६४प ५१८९ नम्बरको मोटरसाइकलमा सवार धादिङका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो। दुबै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ । वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने…
काठमाडौं : पुस २८ गते प्रदर्शन मिति तय भएको फिल्म ‘बटरफ्लाई’ को ट्रेलर रिलिज भएको छ। युट्युवमार्फ रिलिज गरिएको ट्रेलरमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको प्रेमभाव झल्केको देखिन्छ। ट्रेलरमा प्रेम, रोमान्स र रोदन हाबी छ। एक्सन लभस्टोरी जनरामा बनेको फिल्म आर्यनको दोश्रो प्रोजेक्ट हो। आर्यन र प्रियंका फिचरिङ भएको म गाउँदिन अब गीत बोलको गीत यसअघि नै हिट…
कपिलवस्तु : कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ। बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ। बाणगंगा नगरपालिका–१० कोरिया चोकमा अज्ञात समूहले दुई पटक बम विस्फोट गराएको स्थानीयले बताएका छन्। घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु…