PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • बेइजिङको वायु प्रदुषण गतवर्षको तुलनामा २७ प्रतिशतले कमी 

    बेइजिङको वायु प्रदुषण गतवर्षको तुलनामा २७ प्रतिशतले कमी 

    चीन :  बेइजिङमा वायु प्रदुषणमा यस वर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको चीनको वातावरण मन्त्रालयले जनाएको छ।  वातावरण संरक्षण मन्त्री ली गान्जियाले बेइजिङको वायुमा पाइने धुलोको कणको मापन २।५ तहमा आएको जानकारी दिए। यो गतवर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस वर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो।  बेइजिङमा शीतकालिन महिनामा वायुप्रदुषणको मात्रामा नराम्ररी बढ्ने गर्दछ। सरकारले राजधानीलगायतका सहरमा वायु प्रदुषणको समस्या निकै…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली म्युजिक भिडियो अवार्ड'को दोस्रो संस्करण सम्पन्न

    'नेपाली म्युजिक भिडियो अवार्ड'को दोस्रो संस्करण सम्पन्न

    काठमाडौं: नेपाली म्युजिक भिडियो अवार्ड २०७३ सम्पन्न भएको छ। अवार्ड वितरणको दोस्रो कार्यक्रम पनि दुबईमा आयोजना भयो। कार्यक्रममा गीत, म्युजिक भिडियो र सम्बन्धि व्यक्तिहरुलाई २२ विधामा अवार्ड वितरण गरेको आयोजक संगिक्षा फिल्मस जानकारी दियो। दुबईमा रहेको नमस्ते ट्राभल्ससँगको संयुक्त प्रस्तुति रहेको अवार्ड वितरण कार्यक्रमका लागि १७ विधाका ५ मनोनयन सूची रिलिज गरिएको थियो। थप पाँच अवार्ड भने वैदेशिक रोजगारीको क्रममा…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाली म्युजिक भिडियो अवार्ड'मा दिइएन घोषणा गरिएका ३ अवार्ड

    'नेपाली म्युजिक भिडियो अवार्ड'मा दिइएन घोषणा गरिएका ३ अवार्ड

    काठमाडौं: शनिबार नेपाली म्युजिक भिडियो अवार्ड २०७३ सम्पन्न भयो। दुबईमा आयोजना भएको अवार्ड वितरणको कार्यक्रममा गीत, म्युजिक भिडियो र सम्बन्धित व्यक्तिहरुलाई २२ विधामा अवार्ड वितरण गरियो तर अवार्ड मनोनय घोषणा कार्यक्रममा घोषित ३ अवार्ड भने दिइएन।  आयोजक संगिक्षा फिल्मसले १७ विधाका ५ मनोनयन सार्वजनिक गरेको दिन 'लाइफ टाइम कन्ट्रिब्यूसन सम्मान' गीतकार डाक्टर भोला रिजाललाई, ‘स्पेशल कन्ट्रिब्यूसन अवार्ड’ विशेष श्रेष्ठलाई र ‘म्यूजिक भिडियो…

    विस्तृतमा पढ्नुस्

  • यमनमा नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

    यमनमा नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह

    संयुक्त राष्ट्रसंघ :  यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गरेका छन्।  देशमा लामो समयदेखि यस्तो झडप बढ्दै गएका र त्यसमा परी निर्दोष  सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोतर्फ उनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएका हुन्। जसका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ।  गएको २४ घण्टायता यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेतृ मञ्जु खाँणमाथि दाङको भालुवाङमा आक्रमण

    कांग्रेस नेतृ मञ्जु खाँणमाथि दाङको भालुवाङमा आक्रमण

    बुटवलः नेपाली कांग्रेसकी नेतृ मञ्जु खाँणमाथि आक्रमण भएको छ। चुनावी अभियानका क्रममा सुदुरपश्चिम पुगेर फर्किने क्रममा खाँणमाथि शनिबार राति दाङको भलुवाङमा आक्रमण गरिएको हो। केही युवाहरुको समूहले उनी चढेको गाडीमा अन्धाधुन्ध लाठी र ढुङगा प्रहार गरेका थिए। आक्रमणबाट खाँण घाइते भएकी छन् भने गाडीका सिसा फुटेका छन्। नेतृ खाँणको टोली दाङको लमहीमा खान खाएर बुटवलतर्फ आउँदै गर्दा केही युवाहरु पछि लागेका…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा १० वर्षीय बालकको हत्या

    पर्सामा १० वर्षीय बालकको हत्या

    वीरगंज :  पर्सामा चार दिनदेखि वेपत्ता एक १० वर्षीय बालकको हत्या भएको छ। बहुदरमाई नगरपालिका वडा नम्बर दुईका सन्जय साह तेलीका १० वर्षीय छोरा सुमित कुमारको हत्या भएको हो। पर्सा प्रहरीले सुमितको शव गएराति पर्साको बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला पारेको हो। हत्या गरी शव कहीँ लुकाएर राखिएको र शनिवार साँझ पोखरीको डिलमा फालिएको स्थानीय सुनिल कुशवाहाले बताए।…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्ग्या शरणार्थी फिर्तागर्नेबारे बङ्गलादेश र म्यानमारका अधिकारीबीच साेमबार छलफल हुने

    रोहिङ्ग्या शरणार्थी फिर्तागर्नेबारे बङ्गलादेश र म्यानमारका अधिकारीबीच साेमबार छलफल हुने

    बङ्गलादेश :  बङ्गलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ।  यसअघि बङ्गलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो।  यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता हुने भएको जनाइएको छ।  म्यानमारमा पछिल्ला केही महिना अघि भएका हिंसात्मक गतिविधिपछि सेनाले…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुयलामा सरकार र विपक्षी दलको वार्ता निष्कर्षविहीन, अर्को बैठक डिसेम्बर १५ मा

    भेनेजुयलामा सरकार र विपक्षी दलको वार्ता निष्कर्षविहीन, अर्को बैठक डिसेम्बर १५ मा

    कारकास :  भेनेजुयलाको सरकार र विपक्षी राजनीतिक दलबीचको वार्ता विफल भएको छ। शुक्रबार र शनिबार विभिन्न चरणमा भएको छलफलबाट पनि सहमति नजुटेपछि बैठक विना निष्कर्ष सकिएको हो। अहिले विषयगत रुपमा सहमती नजुटेपछि दुई पक्षीय छलफललाई भने जारी राख्ने सहमती भएको वार्तामा सहभागीहरुले बताएका छन्।  दुबै पक्षलाई वार्ताको टेबलमा राख्न पहल गरेका डोमिनिया रिपब्लीकका राष्ट्रपति डोनिलो मेडिनाले कुनै निष्कर्ष विना बैठक सम्पन्न भएको…

    विस्तृतमा पढ्नुस्

  • विराट कोहलीको कीर्तिमानी दोहोरो शतक

    विराट कोहलीको कीर्तिमानी दोहोरो शतक

    वर्ष २०१७ मा गज्जबको क्रिकेट खेलिरहेको भारतिय कप्तान विराट कोहलीले कीर्तिमान बनाउने क्रम जारी छ। प्रत्येक खेलमा कीर्तिमान तोड्दै/थप्दै अघि बढेका कोहलीले महान ब्याट्सम्यानहरुको कीर्तिमानलाई पछि पारेका छन्। आइतबार श्रीलंका विरुद्वको तेस्रो टेष्टमा दोहोरो शतक पूरा गर्दै कोहलीले कप्तानको रुपमा सर्वाधिक ६ दोहोरो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। कोहलील पहिलो इनिङ्समा २४३ रन बनाएका हुन्। होमटाउन फिरोज शाह…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरी २ मा द्वीपक्षीय र तीनमा त्रिपक्षीय प्रतिस्पर्धा, उम्मेदवारबीच प्रतिष्ठाको लडाइँ

    महोत्तरी २ मा द्वीपक्षीय र तीनमा त्रिपक्षीय प्रतिस्पर्धा, उम्मेदवारबीच प्रतिष्ठाको लडाइँ

    गौशाला :  महोत्तरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच प्रतिस्पर्धा हुने देखिएको छ।  कांग्रेसबाट किरण यादव र राष्ट्रिय जनता पार्टी नेपालबाट पार्टीका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी उम्मेदवार छन्। दुबैबीच प्रतिष्ठाको लडाइँ जारी छ।  यादव संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकतर्फ तथा संविधानसभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।  सुखदुःखमा साथ दिनुका साथै विकास…

    विस्तृतमा पढ्नुस्

  • सुगम पोखरेलको नयाँ गीत 'तिमी हिड्ने', भिडियोमा आँचल शर्मा

    सुगम पोखरेलको नयाँ गीत 'तिमी हिड्ने', भिडियोमा आँचल शर्मा

    काठमाडौं: नेपाली फिल्मका रोमान्टिक गीतमा लगातार रुचाइएका गायक सुगम पोखरेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'तिमी हिड्ने' बोलको गीत भिडियो सहित युट्युबमार्फत रिलिज भएको हो। एल्बम 'स्वेत हंसनी'मा समावेश गीतमा राजन तिमिल्सनाको संगीत र केशव शर्मा बेलबासेको शब्द दिएका छन्। गीतको भिडियोलाई बिकास सुवर्दीले निर्देशन गरेका हुन्। जसमा नायिका आँचल शर्मा, आकाश राई र भुवन खड्काको फिचरिङ रहेको…

    विस्तृतमा पढ्नुस्

  • मोबाइलमा भएका हेल्थ एप्सः के साँच्चिकै उपयोगी छ त ?

    मोबाइलमा भएका हेल्थ एप्सः के साँच्चिकै उपयोगी छ त ?

    मोबाइलमा देखिएका हेल्थ एप्सहरुले डिप्रेसन, पिम्पललगायत धेरै समस्याहरुबाट मुक्ति दिलाउने दाबी गरिरहेका हुन्छन्। तर, ति एप्स कत्तिको विश्वसनीय हुन्छन् र त्यसको प्रमाण के ? साउथ अष्ट्रेलिया युनिभर्सिटीका मोबाइल एप अनुसन्धानकर्ता कारोल मेहर भन्छन्, ‘मानिसहरुले मोबाइल हेल्थ एप प्रयोग गर्नु सामान्य केही सिद्धान्त हुन्छ।’ ‘मोबाइलमा हेल्थ एप राख्दा मानिसहरुलाई रोगको बारेमा स्मरण गराउँछ र कम चिन्तित बनाउँछ।’ उनले भने । चिकित्सकहरुसँग…

    विस्तृतमा पढ्नुस्

  • 'माइ लभ'को जापानिज गीत, भिडियोमा नेपाली कलाकार

    'माइ लभ'को जापानिज गीत, भिडियोमा नेपाली कलाकार

    काठमाडौं: नेपाली कलाकारको फिचरिङ रहेको जापानिज गीत सार्वजनिक भएको छ। फिल्म 'माइ लभ'मा समावेश गीतमा फिल्मकै कलाकार गणेश लामा र शितल श्रेष्ठ गीतको भिडियोमा देखिएका हुन्। गीतको भिडियोमा जापानिज नायिका युईची हायताको पनि अभिनय छ। गीतमा ताकाफुमी होसाईको संगीत र रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा र युका तुका टोकुईको स्वर रहेको छ। सार्वजनिक गीतको शब्द भने निर्देशक डाक्टर तोसिआकी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले हारको मानसिकता बनाईसक्यो : माधव नेपाल

    कांग्रेसले हारको मानसिकता बनाईसक्यो : माधव नेपाल

    काठमाडौं  : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनपछि मुलुकमा पहिलो पटक वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी गरेका छन्। काठमाडौंमा आज आयोजित साक्षततकारमा नेता नेपालले जनता वाम गठबन्धनको पक्षमा रहेकाले बहुमतको सरकार बन्ने बलियो सम्भावना रहेको बताए।  उनले कांग्रेसले वाम गठबन्धनकाविरुद्ध अफबाह काम गरेको आरोप लागाए। उनले भने, ‘वाम गठबन्धनले जिते अधिनकावाद लाद्ने, देशमा चुनाव हुन नदिने, वैदेशिक लगानी भित्रिन नदिने…

    विस्तृतमा पढ्नुस्

  • मधेशीको अधिकारका लागि संविधान संशोधन आवश्यकः उपेन्द्र यादव

    मधेशीको अधिकारका लागि संविधान संशोधन आवश्यकः उपेन्द्र यादव

    राजविराज :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।  सप्तरीको राजविराज– ९ स्थित मलेठमा आज कार्यकर्तासँगको भेटमा अध्यक्ष यादवले विभेद अन्त्य गर्न आर्थिक परिवर्तन मुलुकका लागि खाँचो रहेको बताए। उनले गरिबी, बेरोजगारीबाट मुक्ति पाउनका लागि निर्वाचनमा मधेशी दललाई मतदान गर्नुपर्ने बताए।  यादवले सप्तरी जिल्ला ५०औँ वर्षदेखि पछाडि परेकाले यसलाई अगाडि बढेको…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता : बाबुराम भट्टराई

    समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता : बाबुराम भट्टराई

    चितवन :  नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताएका छन्।  ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा भट्टराईले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताए।   उनले माक्र्स परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने भन्दै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताए। अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले भनिन्–नेवारी संस्कृति संरक्षणका लागि सबैको साथ आवश्यक 

    राष्ट्रपतिले भनिन्–नेवारी संस्कृति संरक्षणका लागि सबैको साथ आवश्यक 

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन्।  ज्यापू संस्कृति विकास कोषले १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइन्।  उनले भनिन्,‘कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला,…

    विस्तृतमा पढ्नुस्

  • गगन थापालाई भोट माग्दै पशुपतिले भने–समानुपातिकमा चाहिं जम्मै भोट हलोमा

    गगन थापालाई भोट माग्दै पशुपतिले भने–समानुपातिकमा चाहिं जम्मै भोट हलोमा

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रत्यक्षमा रुखमा भोट माग्दै समानुपातिकमा भने हलोमा भोट हाल्न अनुरोध गरेका छन्। आइतबार दिउँसो कपनको हेन्डबल ग्राउन्डमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राणाले भने, ‘ प्रतिनिधिसभातर्फ प्रत्यक्षमा गगन कुमार थापालाई, नरोत्तम वैद्य र साधुराम खड्कालाई प्रदेशसभामा रुख चिन्हमा मत हाल्नुस्, अन्य ठाउँमा सबै हलो…

    विस्तृतमा पढ्नुस्

  • रजनिकान्तको नयाँ फिल्म '२.०'को रिलिज टार्गेट तय

    रजनिकान्तको नयाँ फिल्म '२.०'को रिलिज टार्गेट तय

    साउथ इन्डियन फिल्म स्टार रजनिकान्तको नयाँ फिल्म प्रदर्शन मिति तय भएको छ। फिल्म '२.०' युनिटले आउँदो अप्रिल २७ लाई रिलिज टार्गेट गरेको हो। फिल्ममा रजनिकान्तसँगै अक्षय कुमार र यामी जियाकसनको पनि मुख्य अभिनय रहेको छ। साइन्स फिक्सन जनराको फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्। फिल्मको कथा र पटकथा शंकर स्वयंम र बि जेयामोहनले लेखेका हुन्। २.० सिधैं थ्रीडीमा सुट गरिएको…

    विस्तृतमा पढ्नुस्

  • माछा मार्ने डुङ्गा दुर्घटना हुँदा दक्षिण कोरियामा १३ जनाको मृत्यु, दुई बेपत्ता

    माछा मार्ने डुङ्गा दुर्घटना हुँदा दक्षिण कोरियामा १३ जनाको मृत्यु, दुई बेपत्ता

    सोल :  दक्षिण कोरियाको पश्चिमी तटीय समुद्रमा ट्याङ्कर र माछा मार्ने डुङ्गा आइतबार विहान आपसमा ठोक्किएर भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।  दक्षिण कोरियाली सामुद्रिक तट रक्षक सेनाले अरु दुई जना हराइरहेकाले उनीहरुको खोजी कार्य भइरहेको जनाएको छ।  द सेन्चङ – वान नामक माछामार्ने डुङ्गामा २० जना यात्रु थिए। इन्चोएन सहर नजिकैको सामुद्रिक तटमा स्थानीय समय अनुसार विहान ६ बजेतिर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell