PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

  • धनगढीमा फेला परेको बम सेनाले पार्‍यो निष्क्रिय

    धनगढीमा फेला परेको बम सेनाले पार्‍यो निष्क्रिय

    धनगढी :  कैलालीको धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ।  प्रहरीले बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।  प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम खोला छेउमा प्रहरीले तालिम प्राप्त कुकुरको सहायताले खोजी गरेको…

    विस्तृतमा पढ्नुस्

  • चुनावी मैदानमा १६३ निवर्तमान सांसद्ः कति जोगिएलान, कति होलान रिङआउट?

    चुनावी मैदानमा १६३ निवर्तमान सांसद्ः कति जोगिएलान, कति होलान रिङआउट?

    काठमाडौँ: दोस्रो संविधानसभामा सदस्य रहेका १६३ सांसद् आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन्। धेरै निवर्तमान सांसद्हरुले प्रदेशसभा पनि रोजेका छन्। १६३ उम्मेदवार प्रतिनिधिसभातर्फ मात्र हुन्। उम्मेदवारमध्ये अधिकांश संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्ष जित हासिल गरेका उम्मेदवार छन्। समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित केही सांसद्हरु पनि यो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। निर्वाचन क्षेत्र पुनर्संरचनासँगै धेरै सांसद्हरुको निर्वाचन क्षेत्र एक अर्कातिर गाभिएको छ। काठमाडौँ,…

    विस्तृतमा पढ्नुस्

  • धादिङको धुनिबेंसीमा टिपर पल्टिँदा सहचालकको मृत्यु

    धादिङ :  धादिङको धुनिबेंसी नगरपालिका–६ चालिसेमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बैरेनीबाट काठमाडौँ गइरहेको बा३ख ७४०७ नम्बरको टिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए।  घाइते विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो। दुर्घटनामा चालक राजेश लामा घाइते भएका छन्।रासस   

    विस्तृतमा पढ्नुस्

  • तनहुँको आबुखैरेनीबाट चार थान पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जना पक्राउ

    तनहुँको आबुखैरेनीबाट चार थान पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जना पक्राउ

    काठमाडौ :  प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर तीनबाट चार थान अत्याधुनिक पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।  विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अभियान श्रेष्ठ, जय गुरुङ र विजय गुरुङलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिए।  उनका अनुसार उनीहरुको घर खानतलासी गर्दा चार थान अमेरिकी पेस्तोल, त्यसमा लाग्ने ३९ राउण्ड गोली र…

    विस्तृतमा पढ्नुस्

  • किन भयो म्यानमारमा क्रिश्चियन धर्मगुरु पोपको आलोचना ?

    किन भयो म्यानमारमा क्रिश्चियन धर्मगुरु पोपको आलोचना ?

    म्यानमार :  क्रिश्चियन धर्मगुरु पोपले म्यानमारबाट ढाका पुगेका शरणार्थी ‘रोहिङ्ग्या’ नै भएको जनाएपछि उनीविरुद्ध म्यानमारका सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।  गत शुक्रबार क्याथोलिक चर्च प्रमुख पोपले म्यानमारबाट बङ्गलादेशको राजधानी ढाकामा म्यानमारको अल्पसङ्ख्यक मुसलमान समुदाय राखिनबाट लाखौँको सङ्ख्यामा शरण लिन पुगेका शरणार्थीसँगको भेटपछि उनीहरू ‘रोहिङ्ग्या’ मुसलमान नै भएको बताएका थिए। एसिया भ्रमणमा रहेका क्रिश्चियन धर्मगुरुले शरणार्थीलाई ‘रोहिङ्ग्या’ अल्पसङ्ख्यक मान्ने कुरालाई म्यानमारमा…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा मतदान सकिएको तीन घण्टाभित्र मतपेटिका मतगणनास्थलमा ल्याउने तयारी 

    बाँकेमा मतदान सकिएको तीन घण्टाभित्र मतपेटिका मतगणनास्थलमा ल्याउने तयारी 

    राकेशकुमार मिश्र नेपालगञ्ज :  बाँकेमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनास्थल नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयको निरीक्षण गरिएको छ।  मतगणनस्थलको अवस्था तथा भौतिक पूर्वाधारको अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए ।  केसीका अनुसार भेरी प्राविधिक शिक्षालय मतगणनाका लागि उपयुक्तस्थल भएको तर भौतिक पूर्वाधार भने थप गर्नुपर्ने छ। मतगणनास्थलमा विजुली वत्तिको बैकल्पिक व्यवस्था र वास व्यवस्थापनको काम मात्र बाँकी रहेको…

    विस्तृतमा पढ्नुस्

  • यमनमा युद्धविरामका लागि राष्ट्रसंघका महासचिव गुथ्रेसको आग्रह

    यमनमा युद्धविरामका लागि राष्ट्रसंघका महासचिव गुथ्रेसको आग्रह

    संयुक्त राष्ट्रसंघ :  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्।  जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय सङ्कट कम गर्न सकिने उनले बताएका हुन्। गुथ्रेसले केही दिनयतादेखि सशस्त्र द्वन्द्व जारीराखेका सबै पार्टीहरुलाई आग्रह गरेका उनका प्रवक्ता स्टेफेन डुजारिकले जानकारी दिए।  पछिल्लो समय यमनको राजधानी सानामा झडपहरु भएका छन्। ती झडपमा परी…

    विस्तृतमा पढ्नुस्

  • ‘जित सुनिश्चित देखेरै चितवनबाट उम्मेदवार बनेको हुँ’ : प्रचण्ड

    ‘जित सुनिश्चित देखेरै चितवनबाट उम्मेदवार बनेको हुँ’ : प्रचण्ड

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।  चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताए।  उनले भने,‘जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन्। मैले बल्ल बुझ्दै छु।’ विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नमुना प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता गगन थापामाथि बम प्रहार, शिक्षण अस्पतालमा उपचार हुँदै

    कांग्रेस नेता गगन थापामाथि  बम प्रहार, शिक्षण अस्पतालमा उपचार हुँदै

    काठमाडौं:  काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार गगन थापा बमको छर्रा लागेर घाइते भएका छन्। चुनाव प्रचारप्रसारका लागि चपली पुगेका थापालाई लक्षित गरी राखिएको बम विस्फोट हुँदा उनी घाइते भएका हुन् । थापालाई उपचारका लागि त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनका सहयोगी जीवन भण्डारीले जानकारी दिएका छन्। विस्फोटमा परी एघार जना घाइते भएका छन्। घाइते सबैकाे शिक्षण…

    विस्तृतमा पढ्नुस्

  • विनोद चौधरीको विकासको मार्गचित्र : राष्ट्रिय गौरवका आयोजना पाँच वर्षभित्र पूरा

    विनोद चौधरीको विकासको मार्गचित्र : राष्ट्रिय गौरवका आयोजना पाँच वर्षभित्र पूरा

    अच्युत रेग्मी  काठमाडौँ :  नेपाली कांग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ।  कांग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले प्रस्तुत गरेको सामाजिक तथा आर्थिक विकासको मार्गचित्रअनुरुप योजना बनाएको हो।  विसं २०४८ मा कांग्रेस सरकारले लिएको उदारीकरण र खुला बजार अर्थनीतिका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास

    राष्ट्रपतिद्वारा महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालय भवनको आज अनामनगरमा शिलान्यास गरेकी छन्।  लामो समयदेखि बबरमहलमा रहेको कार्यालयको ऐतिहासिक भवनलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएपछि सो स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो।  १० रोपनी १३ आना जमिनमध्ये सात रोपनीमा अत्याधुनिक साततले भवन बन्नेछ। निजी निर्माण कम्पनी लुम्बिनी, गौरी पार्वती र शान्ति जेवीले आगामी तीन वर्षभित्र भवन…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणका सिइओ भुसालको निर्देशनः पक्षपात नगरी पुनः निर्माणको काम गर्नुस्

    प्राधिकरणका सिइओ भुसालको निर्देशनः पक्षपात नगरी पुनः निर्माणको काम गर्नुस्

    काठमाडौँ :  भूकम्प प्रभावित ३१ जिल्लामा जाने इञ्जिनियर तथा सव इञ्जिनियरले शपथ लिएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सवइञ्जिनियरले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालबाट शपथ लिएका हुन्। शपथग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्प प्रभावित जनताको आँसु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्य क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • १० कदम अगाडि थिइन भने जे पनि हुनसक्थ्यो : गगन थापा

    १० कदम अगाडि थिइन भने जे पनि हुनसक्थ्यो : गगन थापा

    काठमाडौं : छिटो गतिमा हिँडेका कारणमात्र आफू बचेको गगन थापाले बताएका छन्। नेपाली कांग्रेसका युवा नेता थापामाथि आज वम आक्रमण भएको हो। 'भोट माग्न धेरैतिर भ्याउनुपर्ने भएकाले हतारमा छिटो हिँडेको थिएँ, थोरैमात्र गति रोकिएको भए जे पनि हुनसक्थ्यो,' थापाले घटनापछि पहिलोपोस्टलाई प्रतिक्रिया दिँदै भने, 'विस्फोट समय निर्धारण गरेर नै भएको हो।' आज मध्यरातबाट मौन अवधि सुरु हुने भएकाले घरदैलो सक्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • इटहरीको आकाशे पुलमा डेटिङ स्पट बनाउने एमाले प्रदेश उम्मेदवारको घोषणा

    इटहरीको आकाशे पुलमा डेटिङ स्पट बनाउने एमाले प्रदेश उम्मेदवारको घोषणा

    काठमाडौं : सुनसरी क्षेत्र नम्बर २ को ‘क’ बाट उम्मेदवार रहेका एमाले उम्मेदवार सर्वध्वज साँवाले इटहरीमा आकाशे पुल बनाउने र उक्त पुलमा डेटिङ स्पट बनाउने योजना प्रस्तुत गरेका छन्। चुनावी सभालाई सम्बोधन गर्दै साँवाले भनेका छन्, ‘हामी के बनाउन चाहान्छौँ इटहरीलाई? अब हामी इटहरीलाई आह! इटहरी बनाउन चाहान्छौँ। कसरी त? हामी इटहरीको चारैतिर आकाशे पुल बनाउनेछौं र, यसलाई हामी युवायुवतीको…

    विस्तृतमा पढ्नुस्

  • गगनमाथि बम प्रहारपछि राजधानीबाट ३० जना पक्राउ

    गगनमाथि बम प्रहारपछि राजधानीबाट ३० जना पक्राउ

    काठमाडौ :  नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापामाथि बम विस्फोट गराएको आरोपमा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ। राजधानीका बालाजु, महाराजगञ्ज, कंलकीलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए।  एसपी जोशीले भने,‘बम विस्फोटमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं।‘ थापा बुढानिलकण्ठको चपलीमा घरदैलो कार्यक्रममा रहेका…

    विस्तृतमा पढ्नुस्

  • आरजुले भनिन्–कैलालीको नदी कटान र डुबान समस्या समाधान गर्छु

    आरजुले भनिन्–कैलालीको नदी कटान र डुबान समस्या समाधान गर्छु

    कैलाली :  कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा आरजु राणा देउवाले कैलालीको नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि लागिपर्ने बताएकी छन्।  प्रेस युनियनले धनगढीमा गरेको पत्रकार सम्मेलनमा राणाले यहाँका विकासका चुनौती र सम्भावना बुझेर नै आफू चुनावी मैदानमा होमिएको बताइन्।  कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौंदेखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उनले भनिन्,‘गौरीफण्टा नाकाको स्तरबृद्धि,…

    विस्तृतमा पढ्नुस्

  • परमिता राणाको फेसन ब्रान्ड 'नायला' लन्च

    परमिता राणाको फेसन ब्रान्ड 'नायला' लन्च

    काठमाडौं: नायिका परमिता राणाले फेसन ब्रान्ड 'नायला' लन्च गरेकी छिन्। उनको आफ्नै फेसन ब्रान्ड नायला सार्वजनिक भएको हो। भर्सटाइल गर्ल राणा अभिनेत्री, गायिका र मोडल समेत हुन्। राजधानीको कर्म लाउन्जमा आयोजित जमघटमा ब्रान्ड लन्च गरियो। ब्रान्डलाई नेपालमा स्थापित गर्न उनले आफ्नै कम्पनीका साथीहरुसँग टीमअप गरेकी छन्। चपली हाइट २ डेब्यु एक्ट्रेसको नयाँ फिल्म घोषणा एक सातापछि हुँदैछ। त्यसअघि उनले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • झापा ३ मा बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने कसरतमा सिटौला

    झापा ३ मा बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने कसरतमा सिटौला

    झापा  :  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो। आज मध्यराति पछि मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा व्यस्त छन्। मौन अवधि सुरु हुनै लाग्दा झापा क्षेत्र नम्बर ३ को चर्चा अझ बढी चुलिएको छ।  क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनकातर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर प्याट्रिओट्सले ट्यालेन्ट हन्टबाट छान्यो ४ खेलाडी

    ललितपुर प्याट्रिओट्सले ट्यालेन्ट हन्टबाट छान्यो ४ खेलाडी

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि ललितपुर प्याट्रिओट्सले ट्यालेन्ट हन्टबाट छनोट गरेका ४ खेलाडीको नाम सार्वजनिक गरिएको छ। इपीएलका लागि प्रत्येक टोलीले कम्तिमा एक जना खेलाडी ट्यालेन्ट हन्टबाट राख्नैपर्ने प्रावधान अनुसार ललितपुरले ४ खेलाडी छनोट गरेको हो। सोही प्राबधान अनुसार ललितपुरले लेफ्ट ह्याण्ड मिडियम पेसर प्रतिश जिसी, राइट ह्याण्ड ब्याट्सम्यान रित गौतम, अलराउण्डर सुमित झा र स्पिनर विपिन आचार्यलाई…

    विस्तृतमा पढ्नुस्

  • छायाँछबि 'काव्य श्रृंखलामा' हेम र सुशीला

    छायाँछबि 'काव्य श्रृंखलामा' हेम र सुशीला

    काठमाडौं: चलचित्र क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि आयोजना गरेको छ। 'छायाँछवि काव्य श्रृंखला' नाम दिइएको कार्यक्रममा दुई युवा कवि हेम प्रभास एवं गीतकार तथा गजलकार सुशीला पौडेलले आफ्ना रचना प्रस्तुत गरेका हुन्। कवि हेम प्रभास र सुशीला पौडेलले एकएक दर्जन कविता तथा गजल सुनाए। छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले अब हरेक महिना यसरी नै विभिन्न श्रष्टाहरु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell